NPA Lumbini Chapter

NPA Lumbini Chapter only for pharmacy profession...

18/04/2016
विहान विहान एकदमै सकारात्मक खबरअस्पताल फार्मेसी सन्चालन निर्देसिकाको कार्यानयन अनि औषधि व्यवस्था विभागको सक्रियता || अब ...
04/02/2016

विहान विहान एकदमै सकारात्मक खबर
अस्पताल फार्मेसी सन्चालन निर्देसिकाको कार्यानयन अनि औषधि व्यवस्था विभागको सक्रियता || अब चाहिँ केहि होला जस्तो छ है ||
======================================================
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भित्र फार्मेसी सञ्चालन प्रक्रिया सुरु भएको छ । अस्पताल भित्र निजी फार्मेसी चलाउन सर्वोच्चले रोक लगाएपछि साउन १ गतेबाट बन्द फार्मेसी अस्पताल आफैैले प्रक्रिया थालेको हो । अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा श्रीकृष्ण श्रेष्ठले औषधी खरिदका लागि टेन्डर आह्वान गरिएको र २ महिनाभित्रमा फार्मेसी सञ्चालनमा आउने बताए ।

उनले भने,‘माघ ५ गते टेन्डर आह्वान गरेका छौं । औषधी सूची तयार गरी पहिलो चरणमा ६ करोडको टेन्डर गरेको हो ।’ उनले ३५ दिनको समय दिएर टेन्डर गरिएको र मूल्यांकन गरेर खोल्न थप १५ दिन लाग्छ । फार्मेसी चलाउन १४ कर्मचारी चाहिन्छ ।

सर्वोच्च अदालतले अस्पताल परिसरमा निजी क्षेत्रलाई फार्मेसी संचालनमा रोक लगाउने र अस्पताल आफैले चलाउनुपर्ने आदेश दिएपछि साउन १ गतेबाट यो समस्या आएको हो । पहिलादेखि औषधी बेच्दै आएको फार्मेसीको म्याद सकिएको बोलपत्रबाट आएको नयाँ फर्मले संचालनको तयारी गरेका बेला सर्वोच्चको यस्तो आदेश आएको हो । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट परेको रिटमा सर्वोच्च अदालतले गत असार १३ गते अन्तरिम आदेश र २९ गते परमादेश जारी गरी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको फार्मेसी यस अघि मासिक १५ लाख रुपैयाँ भाडामा संचालन हुँदै आएको थियो । जहाँ अन्यत्र भन्दा धेरै औषधी सहुलियत दरमा किन्न पाइन्थ्यो । गर्मी याममा दैनिक एक हजार पाँच सय बिरामी आउने यस अस्पतालको फार्मेसी चलाउन पछिल्लो पटक मासिक २५ लाख भाडा तिर्ने गरी एक फर्मको नाम स्वीकृत गरिएको थियो । तर उक्त फर्मले सर्वोच्चको आदेशका कारण कारोबारै थाल्न पाएन । तीन सय ५० शैययाको क्षेत्रीय अस्पतालले गत आर्थिक वर्षमा मात्र चार लाख भन्दा बढीलाई ओपीडी सेवा प्रदान गरेको छ । गण्डकी र धवलागिरीका विभिन्न जिल्लाबाट बिरामी यहाँ आउने गरेका छन् ।

यसैबिच मानव अधिकार निगरानी समूह र जनसरोकार मञ्च कास्कीले मंगलबार अस्पतालमा भर्ना भएका बिरामी, कुरुवा तथा आफन्त फार्मेसी नहुँदा मर्कामा परेकोले तत्काल सञ्चालन गर्न मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

06/01/2016

ठूला होस् वा साना सबै अस्पतालले अनिवार्य रुपमा आफ्नै स्वामित्वको फार्मेसी सञ्चालन अनिवार्य रुपमा गर्नुपर्छ । तर नेपालका अधिकांश अस्पतालका आफ्नो स्वामित्वमा फार्मेसी छैनन् । किनभने सरकारी अस्पतालहरु…

03/12/2015

सांस्कृतिक कार्यक्रम र मेलापातबाट छुट्याएको पैसाबाट बुटवलमा सन्चालित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले पु-याइरहेको सेवाबारे एक रिपोर्ट

‘जेनरिक नाममा औषधि सिफारिस गरौं’=================================================== विशेषज्ञहरूले हालको औषधि अभावलाई दृष...
28/11/2015

‘जेनरिक नाममा औषधि सिफारिस गरौं’
===================================================
विशेषज्ञहरूले हालको औषधि अभावलाई दृष्टिगत गरी जेनरिक नाममा औषधि सिफारिस गर्न चिकित्सकलाई सुझाव दिएका छन् ।

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं वरिष्ठ फार्मासिस्ट बाबुराम हुमागाईंले सबैले खास ब्रान्डकै औषधि खोज्न थाल्दा अभाव देखिए पनि ती औषधिको त्यति साह्रो अभाव नभएकाले चिकित्सकले औषधिको जेनेरिक नाम सिफारिस गरे उपलब्धता अझ सुनिश्चित हुने बताए ।

हुमागाईंका अनुसार हाल बजारमा कतिपय ब्रान्डको औषधि नभए पनि त्यसको जेनरिक औषधि भने सहज उपलब्ध छ । औषधिमा भएका मूल तत्त्वका आधारमा राखिएको नाम जेनरिक हो । यो एउटै गुणस्तरको भए पनि ब्रान्डेड औषधिको तुलनामा धेरै सस्तोसमेत हुन्छ ।

‘हाल मुलुकमा जेनरिकको सट्टा ब्रान्ड नेमबाट औषधि प्रस्तावित हुने गरेकाले समेत अभाव बढी देखिएको हो,’ औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने, ‘यो औषधि अभाव नभएर खास ब्रान्डको औषधि अभाव हो ।’

‘सम्भव भएसम्म हाल ब्रान्डको सट्टा औषधिको जेनरिक नाम नै लेख्न हामी सबै चिकित्सकलाई अनुरोध गर्छौं,’ नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ भन्छन्, ‘हाल अभावको स्थितिमा औषधिको ब्रान्ड र शक्तिप्रति संवेदनशील हुने स्थिति छैन ।’

५ सय मिलिग्रामको औषधि पाइएन भने २ सय ५० मिलिग्रामका दुई चक्की खाए पनि केही फरक नपर्ने जनाउँदै श्रेष्ठले भने, ‘जेनरिक नाममा औषधि सिफारिस गर्दा यो झन् सस्तो हुने भएर उपभोक्तालाई फाइदा पनि हुन्छ ।’

जेनरिक नाम र ब्रान्ड नाममा रहेको अन्तरबारे औंल्याउँदै वरिष्ठ फर्मासिस्ट हुमागाईं भन्छन्, ‘तपाईं गहुँको पीठो खानुस् भन्नु ‘जेनरिक’ हो भने तपाईं कुनै खास उद्योगबाट पिसिएको गहुँको पीठो खानुस् भन्नु ब्रान्ड नेम हो ।’

जब कुनै कम्पनी नयाँ औषधि बजारमा ल्याइन्छ, तब त्यो औषधिको अनुसन्धान, विकास, बजार प्रवद्र्धनमा धेरै खर्च गर्छ । कम्पनीले त्यो औषधिलाई पेटेन्ट गराउँछ । यसले कम्पनीलाई उक्त औषधि बेचेर कमाउने अधिकार दिन्छ । पेटेन्टको समय समाप्त भएपछि त्यो फर्मुलाका आधारमा अन्य कम्पनीले समेत त्यो औषधि बनाउन सक्छ । अर्थात पेटेन्ट मुक्त भएको औषधि जेनरिक हो ।

चिकित्सकले जेनरिक नाममा औषधि सिफारिस गरेपछि विक्रेताहरूले बिरामीलाई सस्तो र विश्वसनीय औषधि दिनुपर्ने हुमागाईं बताउँछन् ।

जेनरिक नाममा सिफारिस गरिएको पुर्जा लिएर पसलमा जाँदा उपभोक्तालाई औषधि खोज्न धेरै पसलमा चहार्नुपर्ने स्थितिसमेत नरहने औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ औंल्याउँछन् । मुलुकमा एसीडीटीको ब्रान्डेड औषधिको एक पत्ता १६० रुपैयाँमा पाइन्छ भने त्यही औषधि जेनरिक नाममा ४० रुपैयाँसम्म उपलब्ध हुने गर्छ ।

औषधि व्यवस्था विभाग स्रोतका अनुसार मुलुकमा धेरैजसो औषधि मूल्य नियन्त्रणबाट मुक्त हुने कारणले निर्माता आफ्नो ब्रान्डेड औषधिमा अधिकतम खुद्रा मूल्य धेरै बढी लेख्ने गरेका छन् । विक्रेताले त्यही मूल्य उपभोक्तासँग लिन्छन् । उपभोक्तालाई थाहा हुँदैन कि धेरैजसो औषधिको उत्पादन लागत अत्यन्त न्यून हुन्छ । चिकित्सकले कुनै खास ब्रान्डको औषधि सिफारिस गरेपछि उपभोक्तासँग त्योबाहेक अन्य लिनुको विकल्पसमेत रहँदैन ।

‘हाम्रो मानसिकता के छ भने एउटै प्रकारको औषधिमा यदि ब्रान्ड नेमको औषधि महँगो छ भने हामी ठान्छौं त्यसमा अवश्य केही खास विशेषता होला,’ विभाग स्रोतले भन्यो, ‘औषधि निर्माण गर्ने कम्पनी यही भ्रमको फाइदा उठाउँछन् ।’

यस्ता औषधिहरूमा प्रस्ताव गर्ने चिकित्सक, बेच्ने विक्रेतालाई कमिसनसँगै व्यापक मात्रामा मार्केटिङसमेत गरिने गरिएको स्रोतको दाबी छ । औषधि व्यवसायी संघका अनुसार मुलुकमा बर्सेनि २२ अर्बको औषधि र ८ अर्बको शल्यक्रियाको सामान भित्रिने गरेको छ ।

जेनरिक नाममा औषधि सिफारिस गरिए अभाव नहुने
सस्तो हुन्छ.

Interview of Our Advisor...Chairman of Nepal Pharmacy Council Mr. Baburam Humagain
23/11/2015

Interview of Our Advisor...
Chairman of Nepal Pharmacy Council Mr. Baburam Humagain

Samaye Chakra with Baburam Humagai by Suresh Acharya, ABC Television, Nepal

08/11/2015

काठमाडौँ २२ कार्तिक । नाकाबन्दीका कारण वीरगन्ज सीमापारि रक्सौलमा करिब तीन सय ट्रक औषधि डेढ महिनादेखि...

02/11/2015

डाक्टरले लेखिदिने औषधिको अस्पष्ट प्रेस्क्रिप्सनको कारण विरामीको ज्यान जोखिममा Details 02 November 2015 स्वास्थ्य Previous Article दुई दिन भिटामिन ‘ए’ खुवाउने कार्यक्रम Next Article भौगोलिक विकटताका कारण बाग्लुङ ढोरपाटनका जनता स्वास्थ्य सेवाबाट बञ्चित Tools  Print  Email - रिया भण्डारीअस्पताल र स्वास…

Happy bijaya dasami...
22/10/2015

Happy bijaya dasami...

02/10/2015

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when NPA Lumbini Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram