26/08/2025
धनगढी नेत्रालय प्रा.लि. (आँखा अस्पताल) ले सफलतापूर्वक ८ वसन्त पार गरी ९औं वर्षमा प्रवेश गरेको यस शुभ अवसरमा यो आँखा अस्पताल स्थापनाका लागि मार्ग निदेशन तथा हौसला प्रदान गरी यस आँखा अस्पतालको भौतिक तथा प्राविधिक प्रगतिमा सहयोग पुर्याउनु हुने प्रमुख व्यक्तित्व डा. विद्या प्रसाद पन्त ज्यूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
यस अस्पतालका सञ्चालकज्यूहरूबाट प्राप्त सहयोग, सुझाव-सल्लाहका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
यस आँखा अस्पतालबाट आर्थिक वर्ष २०७४/०७५ देखि २०८१/०८२ असार मसान्तसम्म नियमित आँखाको परीक्षण गराई सेवा लिनु भएका सेवाग्राही १,९३,००७ जना तथा विभिन्न आँखा शिविरमार्फत सेवा लिनु भएका सेवाग्राही २,१३,७४२ जना गरी जम्मा बहिरंग सेवा लिनु भएका ४,०६,७४९ जना सेवाग्राहीलाई हार्दिक बधाई दिन चाहन्छौं । लाखौं आँखाका सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न सफल भएकोमा गौरव अनुभूति गरेका छौं ।
त्यसैगरी, आर्थिक वर्ष २०७४/०७५ देखि २०८१/०८२ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेश तथा अन्य क्षेत्रबाट यस आँखा अस्पतालमा मोतिबिन्दु, जलबिन्दु तथा अन्य आँखाका शल्यक्रियाबाट सशुल्क ९,६२३ जना र आँखा शिविरहरूबाट छनोट भई च्यारिटी हेल्थ फाउन्डेशन नेपालको सहयोगमा धनगढी नेत्रालयमा नि:शुल्क शल्यक्रिया गरिएका २२,०५४ जना, गरी जम्मा ३१,६७७ जना बिरामीले वरिष्ठ नेत्र विशेषज्ञहरूद्वारा शल्यक्रिया सेवा प्राप्त गर्नुभएको छ । साथै, यस अवधिमा च्यारिटी हेल्थ फाउन्डेशन नेपालको सहयोगमा ४९,८४५ जना सेवाग्राहीले धनगढ़ी नेत्रालय आँखा अस्पतालबाट नि:शुल्क नजिक पढ्न मिल्ने चस्मा प्राप्त गर्नुभएको छ भने गुणस्तरीय आँखासम्बधी सेवा पुर्याउन धनगढी नेत्रालय सफल रहेको छ ।
उपरोक्त उपलब्धि तथा सेवाहरू सम्भव बनाउन सहयोग पुर्याउनु हुने नेपाल सरकारका सम्बन्धित प्रशासनिक निकायहरू, स्थानीय निकायहरू, च्यारिटी हेल्थ फाउन्डेशन नेपाल, दातृ निकायहरु, विभिन्न संघ–संस्था, सञ्चार माध्यम, विभिन्न सहयोगी महानुभावहरू, यस अस्पतालका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीज्यू, नेत्र विशेषज्ञ डा. ओम प्रकाश पन्तज्यू लगायत यस धनगढी नेत्रालय परिवार, साथै विभिन्न समयमा यस अस्पताललाई विशेषज्ञ सेवा प्रदान गरी सहयोग गर्नुभएका डा. लिला, डा. दीपक, डा. अर्जुन, डा. कमल, डा. सन्जीव, डा. प्रचण्ड, डा. रोसिजा, डा. दीक्षा, डा. कविता लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं साथै उहाँहरूको अमुल्य समय र साथको फेरि पनि अपेक्षा राख्दछौं ।
अन्त्यमा, यस आँखा अस्पतालबाट निरन्तर गुणस्तरीय सेवा लिन सम्पूर्ण सेवाग्राहीमा हार्दिक अपिल गर्दै यस अस्पतालको निरन्तर प्रगति, समृद्धि र उज्ज्वल भविष्यको लागि सम्बन्धित सबैमा आ-आफ्नो क्षेत्रबाट सहयोगको अपेक्षा गर्दै सम्पूर्णमा ९औं वार्षिकोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
गजेन्द्र बहादुर चन्द
अध्यक्ष तथा
धनगढ़ी नेत्रालय प्रा.लि. (आँखा अस्पताल) परिवार