७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका

  • Home
  • Nepal
  • Dhankuta Bazar
  • ७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका

७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका १. वडा अध्यक्ष- श्री रुद्र प्रसाद चेम्जोङ्ग सम्पर्क नं. 9842071493

सुचना हेरेर सम्बन्धितले सम्पर्क गरि फाइदा लिनु होला है
03/06/2025

सुचना हेरेर सम्बन्धितले सम्पर्क गरि फाइदा लिनु होला है

03/05/2025

Help post!!!
खोटाङ घर भएको तिलक राम गिरि घर घर डोको बुन्ने पेसा गर्नुहुने हाल सम्पर्क बिहिन हुनु भयेकोले देख्नु हुने माहानुभाबले निम्न फोन नम्बर मा सम्पर्क गरिदिनु होला।
9818809587

लु है सम्बन्धित सबैको लागि सुचना।
01/05/2025

लु है सम्बन्धित सबैको लागि सुचना।

भोलि मिति २०८२/०१/१९ गते शुक्रबार बाट विद्यालयको नियमित विद्यार्थी भर्ना , पठनपाठन लगायत सम्पूर्ण कार्यहरू नियमित रुपमा सुचारु हुने कुरा सम्पूर्ण विद्यार्थी, अभिभावक एबम सरोकारवालाहरुमा जानकारी गरिन्छ ।
विद्यालय परिवार

यहि सूचना अनुसार गर्न गराउन हुन अनुरोध छ।
18/04/2025

यहि सूचना अनुसार गर्न गराउन हुन अनुरोध छ।

06/09/2024

यस मौनाबुधुक प्रहरी बिटको नाउमा चाडै जग्गा पास गर्नु पर्ने भएकोले जग्गादाता द्वय श्री डिल्लीमाया सुवेदी र श्री जित ब सुबेदीलाइ हार्दिक धन्यवाद दिदै सो जग्गा पास खर्चका लागि सहयोग गर्नुहुने सहयोगदाताहरुको दोस्रो नामावली प्रकाशन गरिएकोछ। सहयोगी सबैलाई हार्दिक धन्यवाद र अन्य सहयोग गर्न चाहनुहुने महानुभावहरुले वडाध्यक्ष श्री रुद्र प्रसाद चेम्जोङ्ग वा श्री केदार निरौला वा श्री दुर्गा प्रसाद लिम्बूलाई सम्पर्क गर्न समेत अनुरोधछ।
१. श्री दिल कुमार लिम्बू (ठूलोढुङ्गे) रु. ३०००/-
२. श्री नुम कुमार लिम्बू (मालबासे) रु. ३०००/-
३. श्री मातृका खतिवडा (चौबाटे) रु. १०२०/-
४. श्री यज्ञ कुमारी चेम्जोङ्ग (बुधुकबजार) रु. १०००/-
५. श्री चेवन गिरी (हमेला) रु. ५००/-
गरी गरी जम्मा रु. ८,५२०/-
पहिलो नामावलीबाट रु. ४७,०००/-
हालसम्मको जम्मा रु. ५५,५२०/- (पचपन्न हजार पाँच सय वीस मात्र)

यस मौनाबुधुक प्रहरी बिटको नाउमा चाडै जग्गा पास गर्नु पर्ने भएकोले जग्गादाता द्वय श्री डिल्लीमाया सुवेदी र श्री जित ब  सु...
27/08/2024

यस मौनाबुधुक प्रहरी बिटको नाउमा चाडै जग्गा पास गर्नु पर्ने भएकोले जग्गादाता द्वय श्री डिल्लीमाया सुवेदी र श्री जित ब सुबेदीलाइ हार्दिक धन्यवाद दिदै सो जग्गा पास खर्चका लागि सहयोग गर्नुहुने सहयोगदाताहरुको नामावली प्रकासन गरिएकोछ। सहयोगी सबैलाई हार्दिक धन्यवाद र अन्य सहयोग गर्न चाहनुहुने महानुभावहरुले वडाध्यक्ष श्री रुद्र प्रसाद चेम्जोङ्ग वा श्री केदार निरौला वा श्री दुर्गा प्रसाद लिम्बूलाई सम्पर्क गर्न समेत अनुरोधछ।

10/08/2024

चौविसे- ७, मौनाबुधुक (२०८१/०४/२६)
विगत २०७२ सालमा तत्कालीन मौनाबुधु गा.वि.स.मा गृह मन्त्रालय अन्तर्गत स्थापना भएको अस्थायी प्रहरी विटलाई स्थायी बनाउनका लागि विटका ईन्चार्ज श्री भक्ति अधिकारीको विशेष पहलमा मिति २०८१/०३/१५ गतेका दिन आम भेला बसी वडाध्यक्ष श्री रुद्र प्रसाद चेम्जोङ्गज्यूको अध्यक्षतामा मापदण्ड अनुसारको जग्गा व्यवस्थापन समिति गठन गरी जग्गा व्यवस्थापनमा विभिन्न पहलकदमी गरी विभिन्न अनौपचारिक बैठक बसी मिति २०८१/०४/२६ गते बैठकबाट प्रहरी विटको नाउमा जग्गा व्यवस्थापन अन्तिम बैठक बसिएको छ।
जसमा विभिन्न जग्गादाताहरुको खोजी गर्दा चौविसे- ७ निवासी श्री डेडराज सुवेदीको पहलमा निज कै स्व. बुबा सनवीर सुवेदीको नाउमा आमा श्री डिल्ली माया सुवेदीले एकलौटी रुपमा ३ रोपनी जग्गा प्रदान गर्नु हुने पक्का भएको छ भने यस भन्दा अगाडी नै चौविसे- ७ निवासी श्री जित बहादुर सुवेदीले ४ आना जग्गा प्रदान गर्ने पक्का भई सकेको छ।
आजको बैठकबाट जग्गादाता द्वय श्री डिल्ली माया सुवेदी र परिवारजन तथा श्री जित बहादुर सुवेदी र परिवारजनलाई हार्दिक धन्यवाद प्रदान गरिएको छ भने यस कार्यमा अहम भूमिका खेल्नु हुने अस्थायी प्रहरी विटका ईन्चार्ज श्री भक्ति अधिकारी, जग्गा व्यवस्थापन समितिका अध्यक्ष श्री रुद्र प्रसाद चेम्जोङ्ग लगायत सम्पुर्ण पदाधिकारी र सल्लाहकार सदस्यहरुलाई पनि धन्यवाद प्रदान गरिएकोछ।
साथै अव जग्गा पास गर्न आवश्यक पर्ने रकमका लागि मौनाबुधुक बजार व्यवस्थापन समितिका अध्यक्ष श्री केदार निरौलाज्यको संयोजकत्वमा आर्थिक सङ्कलन गर्ने भनी निर्णय भएको जानकारी गराउदछौ।

सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
03/07/2024

सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

यो सूचनामा भनिए झै यस चौविसे गाउँपालिका वडा नं. ७ मौनाबुधुकको मौनाबुधुक स्वास्थ्य चौकीमा २०८१ साल बैशाख १४ गतेका दिन निः...
23/04/2024

यो सूचनामा भनिए झै यस चौविसे गाउँपालिका वडा नं. ७ मौनाबुधुकको मौनाबुधुक स्वास्थ्य चौकीमा २०८१ साल बैशाख १४ गतेका दिन निःशुल्करुपमा मोतिविन्दु छनौट शिविर र महिलाहरुमा हुनसक्ने पाठेघरको क्यान्सर स्तन क्यान्सर तथा पाठेघर खस्ने समस्या सम्बन्धी शिविर हुने भएकोले सबैलाई जानकारी गराई सेवा लिन प्रेरित गरिदिन अनुरोध छ।

11/03/2024

यो भिडियोको लागि हार्दिक धन्यवाद limbu लाई।

सबैलाई सफलताको शुभकामना।
29/12/2023

सबैलाई सफलताको शुभकामना।

प्रथम वडाअध्यक्ष फूटबल कप मौनाबुधुक ⚽️
सम्पुर्ण साबीक वडाहरु लाई उपस्थित भईदिनु हुन विनम्र आनुरोध गर्दछाै⚽️
Fc Budhuk ⚽️

चौविसे- ७, मौनाबुधुक।यस चौविसे गाउँपालिका वडा नं. ७ निवासी श्री एक बहादुर कोईरालाको जेठा छोरा, चौविसे गाउँ शिक्षा समितिक...
01/11/2023

चौविसे- ७, मौनाबुधुक।
यस चौविसे गाउँपालिका वडा नं. ७ निवासी श्री एक बहादुर कोईरालाको जेठा छोरा, चौविसे गाउँ शिक्षा समितिको सदस्य तथा श्री बुधुक मा.वि. विद्यालय व्यवस्थापन समितिका सदस्य साथै यस वडा नं. ७ मौनाबुधुकको विकासप्रेमी, समाजसेवि, मिलनसार व्यक्तित्व श्री हिम कर्ण कोईराला गत २०८०/०७/०३ गतेबाट अचानक Acute Leukaemia भई काठमाण्डौको Civil Hospital मा उपचारत हुनुहुन्छ। उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा आर्थिक सहयोग गर्नुहुने तपशिलका सबै देवरुपी विदेशमा रहनु हुने तथा वडावासी प्रति हार्दिक आभार व्यक्त गर्दछौ। साथै अन्य क्षेत्रहरुबाट पनि सहयोग सङ्कलन भई रहेको जानकारी गराउन चाहन्छौ।

Address

Dhankuta Bazar

Telephone

9807366150

Website

Alerts

Be the first to know and let us send you an email when ७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to ७ नं.वडा कार्यालय, मौनाबुधुक, चौविसे गाउँपालिका:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram