01/03/2014
"Core Adventure Nepal ले भित्र्याए पूर्वमा क्यान्योनिङ"
गत फागुन १२ गते सोमबारका दिन कोर एड्भेन्चर नेपाल प्रा. लि. का टोलीद्वारा भेडेटार र मुलघाट सडकखण्डबीच पर्ने सिङ्सुवा गाउँ नजिकै अवस्थित प्रसिद्ध भ्रमणीय स्थल नमस्ते झरनामा 'क्यान्योनिङ' नामक आउटडोर एड्भेन्चर स्पोर्ट प्रथम पटक सफलतापूर्वक संचालन गरेका छन्। त्यसअघि नै (Founder/Director), (Managing Director) र (Sales Manager) द्वारा निर्दिष्ट स्थानको निरिक्षण साथै सम्बन्धित व्यक्तित्वहरुसँग छलफल र परामर्श गरिसकेको हुँदा कोर एड्भेन्चरका १३ सदस्यीय टोली सो दिन सम्पूर्ण पूर्वतयारी र आवश्यक स्रोत साधनहरुले सुसज्जित भई गन्तव्य प्रस्थान गरेका थिए। अनुगमनार्थ, निर्देशक भीष्म र (दक्ष तथा अनुभवी गाइड) ले करिब दश बजेतिर दाहिनेपट्टीको भीर छिचोल्दै झरनाको मुहानतर्फ उक्लिएका थिए। क्यान्योन (यस खेलमा प्रयोग गरिने बलियो डोरी) र सुरक्षाका अन्य सामग्रीहरुको सहारा मार्फत भीर, पहरा, झरना, छाँगा, इत्यादि ओर्लने यस खेलको निम्ति आवश्यक प्रबन्धहरुको जोडजाम गरी सर्वप्रथम भीष्म त्यसपछी बिकासले क्यान्योनिङ खेलको प्रदर्शन गर्दै प्रत्यक्षदर्शीहरुलाई रोमाञ्चित तुल्याएका थिए। दिउँसोको खानापश्चात प्रबन्ध निर्देशक सुदन थापा (जो यस खेलका अनुभवी खेलाडी पनि हुन्) ले पून खेल सुचारु गरे। त्यस लगत्तै, २ महिला र पाँच पुरुष गरी जम्मा ७ जना अनुभवविहीन नयाँ खेलाडीहरुले समेत यस खेलको पहिलो अनुभव बटुले। डर र रोमाञ्चको मिश्रित भाव एकसाथ पहिलो पटक अनुभुत गरेका नयाँ खेलाडीहरुको मुहारमा खेल पूर्व जुन त्रास व्याप्त थियो, सफलतापूर्वक खेल सम्पन्न भएपछी त्यहाँ विजयी मुस्कान र सन्तुष्टीको भावले घर गरिसकेको थियो। सबैजना प्रफुल्ल देखिन्थे।
हिजोआज मनोरञ्जनको नाममा फैलिएका अनेक विकृति र विसंगतीहरुबाट युवा पुस्तालाई विमुख पारी उनीहरुलाई सही मार्गदर्शन गराउने र उनीहरुको शारिरिक तथा मानसिक आत्मबल बढाउने अभिप्रायले सुदन थापाको पहलमा पूर्वाञ्चलमै नितान्त पहिलो पटक भित्रिएको यस खेललाई व्यवसायिकरण गराउँदै आगामी दिनहरुमा यस्ता साहसिक खेल अन्तर्गतका अन्य कृयाकलापहरुको पनि विस्तार गर्दै लैजाने, स्थानीय युवाहरुलाई उक्त कृयाकलापहरुमा पेशागत रुपमा नै लाग्न सकिने वातावरण श्रीजना गर्न, आन्तरिक र विदेशी पर्यटकहरु भित्र्याएर पर्यटन लगायत यहाँको सर्वाङ्गीण विकासमा मद्घत पुर्याउने सर्वमंगल उदेश्य लिएर आएको सुदन थापा र भीष्मराज थपलियाको यो साझा योजनारुपी लक्ष्यलाई होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष #विष्णुश्रेष्ठ लगायत सिङ्सुवा व्यवस्थापना समितिका अध्यक्ष र स्थानीय जन प्रतिनिधिहरुको समेत एकसाथ समर्थन र सहयोगी साथ जुटेको छ। पर्यटन विकास, कार्यक्रम संयोजन र युवा उत्थानको निम्ति संस्थागत 'दर्शन धरान' बहुउद्देश्यीय सामाजिक संस्थाका संस्थापक एवं निर्देशक समेत रहेका सुदन थापा क्यान्योनिङको शुरुवात पनि यसै संस्थाको गतिविधिहरु मध्येको एक बताउनुहुन्छ।
पर्यटनको निम्ति क्यान्योनिङ लगायत एड्भेन्चरका अन्य कृयाकलापहरुको समेत प्रबल सम्भावना बोकेको भेडेटार र यसको सेरोफेरो उक्त गतिविधिहरुको लागि उर्वर भुमि रहेको बताउँदै बिकास गुरुङ यहाँको प्राकृतिक सम्पदा साथै पर्यावरणको उचित सम्मान र संरक्षण गरिरहन पनि सुझाव दिनुहुन्छ।
On the 24th Feb 2014, adventure nepal explored and launched canyoning for the very first time in Namaste Waterfalls, a spectacular waterfalls in the Ea...