10/11/2025
सरकारी अस्पतालको ओपिडि को कथा
(मैले नि माफी माग्न पर्ने हो खासमा, बुद्द एयर,पठाओ ले जस्तै गरेर...😂😂😂)
न्युन जनशक्ति...
दुई जना डाक्टरले राजीनामा दिएको १ महिना हुन लाग्यो , सट्टामा कोहि छैनन्...(ताकेता गरेको गरेइ छु😂)
एक जना कन्सल्टेन्ट फ्लाइट नपाएर पुर्व तिरै अड्किनु भो...(हिजो को एयरपोर्ट कान्डले)..बिहान खबर आयो
एक जना सरलाइ हिजो चिकित्सा आयोगले अनुगमनमा गैदिन अनुरोध गर्यो..(बिचरा बिहान आएर, वार्ड राउन्ड गरेर त्यता लाग्नु भो)
सम्बन्धित विषयमा पढ्न डाक्टर भर्ना नभएको ३/४ वर्ष भैसक्यो....१ जना बॉकि हुनुहुन्छ रेजिडेन्ट
अफिस टाइम ९ बजे देखि हो...
तिन जना डाक्टर पौने ९ देखि ओपिडिमा भिडेको भिड्यै(सॉच्चै नै युद्द मैदान जस्तै थियो)....
मान्छेहरू “ढिलो भयो” भनेका छन्,”लाइन लामो भयो” भनेका छन्.. कराएका छन्..गाली गरेका छन्, कर्मचारी देखि सरकारलाइ...जेष्ठ नागरीक कति कति, सबलाइ आफ्नो बिरामी सिरियस लाग्ने...
आज त मेयरसापले भन्दा नि कडा सुनियो गाली पनि.....
कोहि जॉच मात्रै लेखाउन आएका छन्(बिमाको दोहोरो दुख दिने काम, बिरामीलाइ दुइ पटक लगातार धाउन नपरोस् भनेर हामी जॉचको फारम पहिले नै दिएर पठॉउछौ, बिमालाई त्यो नहुने रे, हे राम !), कोहि औषधि सार्न आएका छन्(त्यै बिमाले लगाएको घॉडो काम),कोहि नानाभॉति फारम भराउन(त्यै विमाले दुइ लाख पाउने भनेर फेरी डाक्टरले फारम भर्न पर्ने बनाएछ), कोहि सिफारीश बोकेर आएका छन् गरीब भनेर, कोहि बिचरा भाषा बुझ्दैनन्, कोहि डाक्टरको नाम सुनेर आएका छन्, कोहि अस्पताल ठुलो भनेर आएका छन्...
कोहि बिमाले औषधि नदिएको गुनासो गर्छन्....
बत्ति जान्छ...पटक पटक !
कोहि रिफर भएर आएका छन्..ताप्लेजुङ देखि दार्चुला सम्म, झापा देखि कन्चनपुर सम्म का...!
कोहि नभएको रोग खोज्दै भौंतारिएका छन् बिचरा...
तर मान्छे ओइरिएका ओइरियै छन्....कोहि तपॉइले दिने औषधिले मिर्गौला बिगार्ने हो कि सोध्छन्, कोहि भर्ना हुन पठाएको बिरामी “भर्ना नभए हुन्न र?” सोध्न ऑउछन्....कसैको घुर्कि छ फेरी “ तपॉइले डायलाइसिस यहॉ दिनुभएन केरे”😂 मैले लुकाएर नदिएको जस्तो...
रोग र अभाव का कथा त यसै छन्..असरल्ल
बिचमा दाइको फोन ऑउछ घरबाट: ठुली माइजू बित्नु भएछ भनेर...
पुरै कुरो सोध्न पनि भ्याइन..”ए..! “ भनेर फोन राखें
(माइजूको आत्माले शान्ति पाओस्😢😢)
तै पनि “काम” गरेकै छम् भन्न पर्ने छ.......! देश बन्दै थियो भन्ने त होला नि....!
#सरकारीडाक्टर
#रमाइलोओपिडि
Anil Baral