27/03/2026
अत्यन्त जरुरी सूचना
यस रसुवा अस्पतालमा दिनहुुँ Hepatitis A संक्रमण भयका बिरामीको संख्या बढेकोले सम्पुर्ण रसुवा बासिहरुले सतर्कता अपनाइदिनुहुन अनुरोध गर्दछौं ।
✅रोकथामका उपायहरू
•सधैं सफा र उमालेको वा सुरक्षित पानी मात्र पिउनुहोस्
• खाना खानु अघि र दिसापिसाबपछि साबुनपानीले हात धुनुहोस्
• सफा र ताजा खाना मात्र सेवन गर्नुहोस्
• सडक किनारका अस्वच्छ खाना नखानुहोस्
• व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुहोस्
⚠️ लक्षणहरू:
• ज्वरो आउनु
• वाकवाकी र बान्ता हुनु
• पेट दुख्नु
• आँखा र छाला पहेंलो हुनु (जण्डिस)
• थकान महसुस हुनु
💉 उपचार र सल्लाह:
यदि यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्। चिकित्सकको सल्लाह अनुसार उपचार गर्नु आवश्यक छ।
🙏 सचेत बनौं, अरूलाई पनि सचेत बनाऔं!स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।
#स्वास्थ्यसचेतना