Buddha International Hospital

Buddha International Hospital Buddha International Hospital is founded in 2074 B.S , providing excellent healthcare services. Located in the heart of Ghorahi, Sadak Bhibhag Road.

02/04/2026

आज अप्रिल २, बिश्व अटिजम जागरुकता दिवसको अवसरमा बुद्ध ईन्टरनेशनल हस्पिटल परिवार सबैमा सचेतना फैलाउन आग्रह गर्दछ।
अटिजम कुनै रोग होइन, यो बालबालिकामा देखिने एक स्नायू विकास सम्बन्धी अवस्था हो। समयमै पहिचान, अभिभावकको माया र उचित मार्गदर्शनले उनीहरूको जीवन सहज बनाउन सकिन्छ।
👉 संकेतहरू: बोल्न ढिलो हुनु, आँखामा आँखा नमिलाउनु, एउटै व्यवहार दोहोर्याउनु।
👉 उपाय : समयमै जाँच, विशेषज्ञ परामर्श र समावेशी व्यवहार।
बुद्ध ईन्टरनेशनल हस्पिटल अटिजम सम्बन्धी परामर्श, मूल्याङ्कन तथा आवश्यक उपचार सेवाका लागि सधैं तयार रहेको जानकारी गराउँदछ।
“Understanding र Inclusion नै वास्तविक उपचार हो।”

चैते दशैं २०८२ को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी सेवाग्राही तथा अस्पताल परिवारमा सुख, शान्ति, समृद्धि ...
26/03/2026

चैते दशैं २०८२ को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी सेवाग्राही तथा अस्पताल परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।
यस पर्वले हामी सबैको जीवनमा सकारात्मक ऊर्जा, आशा र उत्साह ल्याओस् भन्ने कामना गर्दै, बुद्ध इन्टरनेशनल हस्पिटल सधैं तपाईंहरूको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ।
स्वस्थ रहौं, सुरक्षित रहौं र खुशीका साथ पर्व मनाऔं।

आज बिश्व क्षयरोग दिवस – TB रोकौं, जीवन बचाऔँ!
24/03/2026

आज बिश्व क्षयरोग दिवस – TB रोकौं, जीवन बचाऔँ!

💐महिलाको स्वास्थ्य—परिवारको आधार💐हाम्रो बुद्ध इन्टरनेशनल हस्पिटल की बरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. बिमला तिवा...
23/03/2026

💐महिलाको स्वास्थ्य—परिवारको आधार💐

हाम्रो बुद्ध इन्टरनेशनल हस्पिटल की बरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. बिमला तिवारीज्यूसँग गरिएको यो महत्वपूर्ण अन्तर्वार्तामा महिलामा देखिनसक्ने प्रमुख स्वास्थ्य समस्या, अस्पतालमा उपलब्ध सेवा तथा मेडिकल क्षेत्रमा आउन चाहने युवाहरुकालागि प्रेरणादायी सन्देश समेटिएको छ।
सम्पूर्ण भिडियो हेरेर जानकारी लिनुहोस् र अरूसम्म पनि पुर्‍याउनुहोस्।
एउटै अन्तर्वार्तामा ज्ञान, अनुभव र प्रेरणा।

🌙✨ ईदको हार्दिक शुभकामना ✨🌙पवित्र ईद–उल–फित्रको सुखद अवसरमा हाम्रो अस्पताल परिवारको तर्फबाट सम्पूर्ण मुस्लिम दाजुभाइ तथा...
21/03/2026

🌙✨ ईदको हार्दिक शुभकामना ✨🌙
पवित्र ईद–उल–फित्रको सुखद अवसरमा हाम्रो अस्पताल परिवारको तर्फबाट सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सहिष्णुता, प्रेम, दया र भाइचाराको भावना अझ प्रगाढ बनाओस्।
मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने विश्वासका साथ, हाम्रो अस्पताल सधैं तपाईंहरूको स्वास्थ्य सेवामा समर्पित रहनेछ।
यस खुशीयालीको अवसरमा सबैले सुरक्षित र स्वस्थ रहँदै पर्व मनाउँ। भीडभाडमा सचेत रहनुहोस्, सरसफाइमा ध्यान दिनुहोस् र आफ्नो तथा आफ्ना प्रियजनहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुहोस्।
सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना ।
ईद मुबारक! 🌙

09/03/2026

वायु प्रदूषण सम्बन्धी सार्बजनिक जनस्वास्थ्य सूचना !

हाल दाङ जिल्लाको घोराही क्षेत्रमा वायु प्रदूषण (AQI) उच्च स्तरमा पुगेको पाइएको छ। यस अवस्थाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम, मुटु वा फोक्सो सम्बन्धी रोग भएका व्यक्तिहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। त्यसैले सबैलाई निम्न सावधानी अपनाउन अनुरोध गरिन्छः
१. अत्यावश्यक काम बाहेक लामो समयसम्म बाहिर नबस्नुहोस्।
२. बाहिर निस्कँदा मास्क प्रयोग गर्नुहोस्।
३. बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुकालागि विशेष सावधानी अपनाउनुहोस्।
४. बाहिरी वातावरणमा दौड, व्यायाम वा श्रमजन्य गतिविधि कम गर्नुहोस्।
५. खोकी, सास फेर्न गाह्रो, आँखा पोल्ने जस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।

स्वास्थ्य सुरक्षा सबैको साझा जिम्मेवारी हो।

🌸 अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना! 🌸बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही परिवारको तर्फबाट सम्पूर्ण महिलाहरुलाई अन्तर्रा...
08/03/2026

🌸 अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना! 🌸
बुद्ध इन्टरनेशनल हस्पिटल, घोराही परिवारको तर्फबाट सम्पूर्ण महिलाहरुलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना!
महिला सशक्तीकरण, स्वास्थ्य, र समाजमा योगदानको सम्मान गर्दै, हामी सबै महिलाहरूको खुशी, स्वास्थ्य, र समृद्धिको कामना गर्दछौं।
आज र हरेक दिन, महिला शक्ति प्रेरणाको स्रोत हो।
💐 नारी दिवसको शुभकामना! 💐

रङ्गहरूको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभेच्छुक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारमा स...
02/03/2026

रङ्गहरूको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभेच्छुक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आपसी सद्भाव, एकता, क्षमा र नयाँ ऊर्जाको सन्देश दिने यस पवित्र अवसरमा हामी सबैले सुरक्षित, सभ्य र स्वास्थ्यप्रति सचेत रहँदै रङ्गहरूको यो उत्सव मनाऔं।
हाम्रो अस्पताल सधैंझैं तपाईंहरूको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
रङ्गहरू जस्तै जीवन पनि सधैं उज्यालो, स्वस्थ र खुसी रहोस् ।

दाङको समृद्ध सांस्कृतिक पहिचान र लोकसंस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका सुप्रसिद्ध लोकगायक कमल बि के ...
25/02/2026

दाङको समृद्ध सांस्कृतिक पहिचान र लोकसंस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका सुप्रसिद्ध लोकगायक कमल बि के निर्मोहीको अल्पायुमै भएको असामयिक निधनको खबरले हामी सम्पूर्ण बुद्ध ईन्टरनेशनल हस्पिटल परिवार स्तब्ध तथा अत्यन्त मर्माहत भएका छौं।
उहाँको सुमधुर स्वर र लोकभाकाले दाङको माटोलाई देश–विदेशसम्म चिनाउने काम गरेको थियो। उहाँको योगदान सधैं स्मरणीय रहनेछ।
यस दुःखद घडीमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक समवेदना व्यक्त गर्दछौं।

ॐ महाशिवरात्रिको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक ...
15/02/2026

ॐ महाशिवरात्रिको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🙏 💐

Vacancy Announcement: Pharmacy Assistant.Buddha International Hospital is seeking a qualified candidate for the post of ...
29/01/2026

Vacancy Announcement: Pharmacy Assistant.
Buddha International Hospital is seeking a qualified candidate for the post of Pharmacy Assistant in Pharmacy.
> Qualification:
*Diploma In Pharmacy.
Freshers are encouraged to apply.
Application Deadline: 2082/10/22
How to Apply:
Email your application to:
People@buddhahospital.com.np
OR
Whatsapp: 9801353111
OR
Visit our reception at Buddha International Hospital
Join us and be a part of a growing healthcare institution committed to excellence!
Buddha International Hospital
📍Ghorahi-15,Dang
☎082-563218
🌐buddhahospital.com.np

हाम्रो अस्पतालमा ENT (कान, नाक, घाँटी) सम्बन्धी सेवा पहिलेदेखि नै निरन्तर रूपमा उपलब्ध रहँदै आएकोमा उपचारलाई अझ सटीक, प्...
24/01/2026

हाम्रो अस्पतालमा ENT (कान, नाक, घाँटी) सम्बन्धी सेवा पहिलेदेखि नै निरन्तर रूपमा उपलब्ध रहँदै आएकोमा उपचारलाई अझ सटीक, प्रभावकारी र आधुनिक बनाउन हामीले नयाँ ENT Endoscopy मेसिनको प्रयोग समेत आरम्भ गरेका छौं।
यस प्रविधिबाट कान, नाक र घाँटीभित्रको समस्या स्पष्ट रूपमा हेरेर रोगको सही पहिचान र उपयुक्त उपचार सम्भव हुन्छ।
हामी सधैंजस्तै गुणस्तरीय, सुरक्षित र सेवाग्राही–मैत्री स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्, आवश्यक परे विश्वासका साथ हाम्रो अस्पतालमा सेवा लिनुहोस्।
तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो।

Address

Ghorahi/15, Sadak Bivag Oralo
Ghorahi
0977

Alerts

Be the first to know and let us send you an email when Buddha International Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Buddha International Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category