बुढिगंगा गाउँपालिका-७ मोरङ स्वास्थ्य चौकी डंग्राहा

  • Home
  • Nepal
  • Haraincha
  • बुढिगंगा गाउँपालिका-७ मोरङ स्वास्थ्य चौकी डंग्राहा

बुढिगंगा गाउँपालिका-७ मोरङ  स्वास्थ्य चौकी डंग्राहा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बुढिगंगा गाउँपालिका-७ मोरङ स्वास्थ्य चौकी डंग्राहा, Medical and health, Dangraha, Haraincha.

शापू कस्तो रोग हो ? (सेतो पुतली देखि सावधान रहौं)https://shorturl.at/qeCD7 (थप सामाग्री)- शापू एक दृष्टिनाशक रोग हो । प्...
02/09/2025

शापू कस्तो रोग हो ? (सेतो पुतली देखि सावधान रहौं)
https://shorturl.at/qeCD7 (थप सामाग्री)

- शापू एक दृष्टिनाशक रोग हो । प्राय बर्षायाम पछि भदौ देखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

शापू रोग के कारणले लाग्छ ?
- हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापू रोगका लक्षणहरु के-के हुन् ?
- एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
- उज्यालोमा हेर्न नसक्नु
- आँखा दुख्नु
- उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
- आँखाको दृष्टिमा तत्कालै कमी हुनु

शापूको रोकथामा कसरी गर्ने ?
- सेतो पुतलीको संसर्गबाट टाढै रहने
- धेरै उज्यालो सेतो बत्ती नबाल्ने
- साँझ र राती झ्याल ढोका बन्द गर्ने
- सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
- सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऔं । आफूखुसी औषधी वा जडिबुटिको प्रयोग नगरौं ।
Family Welfare Division HEOCDepartment of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal National Disaster Risk Reduction & Management Authority Nepal Red Cross Society
#शापू

स्तनपानबारे जानकारीमुलक सामग्री:
19/07/2025

स्तनपानबारे जानकारीमुलक सामग्री:

🟠 किशोरी लक्षित आईरन तथा फोलिक एसिड कार्यक्रम सम्बन्धि बिशेष जानकारी  :▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️✅ लक्षित समूह ➡️ १०-१...
18/07/2025

🟠 किशोरी लक्षित आईरन तथा फोलिक एसिड कार्यक्रम सम्बन्धि बिशेष जानकारी :
▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️▪️

✅ लक्षित समूह ➡️ १०-१९ बर्ष उमेर समूहका सबै किशोरीहरु

✅ आईरन फोलिक एसिडको मात्रा ➡️
• एलीमेन्टल आईरन (60 mg)
• फोलिक एसिड (400 mcg)

✅ कती खुवाउने ➡️ प्रति हप्ता एक मात्रा
✅ कहिले खुवाउने ➡️ दुई चरण मा खुवाउने

⭐ पहिलो चरण ⬇️
➡️ १३ हप्ता खुवाउने (साउन ,भाद्र, असोज)
➡️ १३ हप्ता नखुवाउने (कार्तिक, मंसिर, पुस)

⭐ दोस्रो चरण ⬇️
➡️ १३ हप्ता खुवाउने (माघ, फागुन, चैत्र)
➡️ १३ हप्ता नाखुवाउने (वैशाख, जेठ, असार)

✅ यसरी एक वर्ष मा एउटा किशोरी ले २६ हप्ता (२६ वटा) ट्याब्लेट आईरन फोलिक एसिड खानुपर्छ)

✅ कहाँ र को बाट खाने ⬇️
⭐ विद्यालय जाने किशोरी हरुले विद्यालय मार्फत विद्यालयमा
⭐ विद्यालय नजाने किशोरी हरुले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरु मार्फत समुदायमा अर्थात् स्वास्थ्यकर्मी हरुबाट स्वास्थ्य संस्थामा

Family Welfare Division
Ministry of Health and Population-Nepal
Highlight

गर्भवती आमाहरुलाई झुल र फिल्टर वितरण🙏🙏
17/05/2025

गर्भवती आमाहरुलाई झुल र फिल्टर वितरण🙏🙏

✅ बहु सुक्ष्म पोषकतत्व (बाल भिटा) सम्बन्धी जानकारी 👇✍️🟢 बाल भिटा भनेको के हो ? 🔸 बाल भिटा १५ प्रकारका भिटामिन र आइरन लगा...
08/04/2025

✅ बहु सुक्ष्म पोषकतत्व (बाल भिटा) सम्बन्धी जानकारी 👇✍️

🟢 बाल भिटा भनेको के हो ?
🔸 बाल भिटा १५ प्रकारका भिटामिन र आइरन लगायतका खनिज तत्वहरूको मिश्रण हो ।
🔸 यो सानो पुरियमा पाइन्छ बाल भिटा खानामा मिसाएर खुवाइन्छ ।

🟢 बाल भिटा कसलाई खुवाउने?
🔸 बाल भिटा ६ महिना पुरा भएदेखि २ वर्ष मुनिका बालबालिका हरुलाई खुवाइन्छ।
🔸 ६ महिना देखि २ वर्ष सम्म ३ चरणमा खुवाउने

🟢 बाल भिटा कहाँ पाईन्छ ⬇️
🔸 बाल भिटा कार्यक्रम लागु भएका जिल्ला हरुको सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा निःशुल्क रूपमा पाइन्छ ।
🔸 महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरु मार्फत पनि बाल भिटा निःशुल्क रूपमा प्राप्त गर्न सकिन्छ

🟢 बाल भिटा खुवाउने प्रोटोकल ⤵️
🔸 बच्चा ६ महिना पुरा भएपछि

↪️ पहिलो चरण (६-११ महिना) ⤵️
✅ दिनको १ पुरिएका दरले दुई महिनासम्म खुवाउने
❌ त्यसपछि ४ महिना नखुवाउने

↪️ दोस्रो चरण (१२-१७ महिना) ⤵️
✅ दिनको १ पुरिएका दरले दुई महिनासम्म खुवाउने
❌ त्यसपछि ४ महिना नखुवाउने

↪️ तेस्रो चरण ( १८-२३ महिना)⤵️
✅ दिनको १ पुरिएका दरले दुई महिनासम्म खुवाउने
❌ त्यसपछि ४ महिना नखुवाउने

➡️ यो प्रोटोकल अनुसार एउटा बालबालिका ले ६ महिना देखि २३ महिना सम्म जम्मा १८० वटा स्याचेट/पुरिया बाल भिटा खानुपर्दछ

🟢 बाल भिटा खुवाउँदा के फाईदा हुन्छ ?
🔸 बालबालिकालाई आवश्यक पर्ने १५ विभिन्न भिटामिन र आइरन लगायतका खनिज तत्वहरू उपलब्ध हुन्छ जसले गर्दा बालबालिकाको सही रूपमा शारीरिक वृद्धि, मानसिक र सामाजिक विकास हुन्छ ।
🔸 बाल भिटा मिसाएको खाना खुवाउने गरेमा बालबालिकाको खाने रुचि बढ्छ ।
🔸 बाल भिटाले बालबालिकालाई चनाखो र दरिलो बनाउँछ
🔸 बाल भिटाले बालबालिकालाई रगतको कमी तथा अन्य सुक्ष्म पोषक तत्वहरूको कमी हुनबाट जोगाउछ।
🔸 बाल भिटा खुवाएको बालबालिकालाई नखुवाएको बालबालिकाको तुलनामा कम रोग लाग्छ ।

🟢 बाल भिटा कसरी खुवाउने ?
🔸 सानो चिन्ह भएको ठाउँबाट काट्ने
🔸 पुरै प्याकेट खन्याउने
🔸 राम्रो संग खानामा मिसाउने
🔸 बाल भिटा बालबालिकाले खाने चार समूहका खानेकुरा मिसाएर बनाएको बाक्लो जाउलो, राम्ररी मिचेर खाना, लिटो जस्ता साविक रूपमा खाने नरम खानामा मिसाएर खुवाउनु पर्छ ।
🔸 एक दिनमा एउटा बच्चालाई एक पुरिया मात्र बाल भिटा खुवाउनु पर्छ ।

🟢 बाल भिटा खुवाउँदा ध्यान दिनुपर्ने कुरा
🔸 बालबालिकालाई ६ महिना पुरा भएदेखि २

Budhiganga Gaupalika - बुढीगंगा गाउँपालिकाले स्वास्थ्य आमा समुहले मासिक स्वास्थ्य सम्बन्धी छलफल गर्न स्वास्थ्य आमा समुहक...
30/01/2025

Budhiganga Gaupalika - बुढीगंगा गाउँपालिकाले स्वास्थ्य आमा समुहले मासिक स्वास्थ्य सम्बन्धी छलफल गर्न स्वास्थ्य आमा समुहका पदाधिकारीहरुलाई पाेशाक दिएपछि बुढिगंगा गाउँपालिका-७ कमलपुरका आमासमुह पदाधिकारीहरुले दिइएको पोसाक लगाएर मासिक बैठक पछि लिइएको तस्बिर 2081/10/17 गते स्वास्थ्य चौकी डंग्राहा मोरङ Highlight ⊕

30/01/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८१
यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एच.पि.भी. खोप दिईँदैछ ।
पाठेघरको मुखको क्यान्सर भई उपचार पश्चात स्वस्थ जीवन बाँचिरहेका ‘क्यान्सर विजेताहरू’को अनुभव सुनौं ।
थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क हेल्पलाइन 'हेल्लो स्वास्थ्य' को सम्पर्क नम्बर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

29/01/2025

नुन र मुटु रोगको सम्बन्ध
नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ ।

नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ ।

ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ । दैनिक कति नुन हाम्रो शरीरका लागि आवश्यक हो त भन्ने कुरा व्यक्तिको जीवनशैली, ठाउँ र स्वास्थ्य अवस्थाले पनि केही फरक पार्न सक्छ । सामान्यतः दैनिक दुईदेखि तीन ग्रामसम्म नुन (सोडियम) सेवन गर्नु उपयुक्त हुन्छ । बढीमा पाँच ग्राममा सीमित रहनेगरी खान सकिने भन्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि भनेको छ ।

मुटुसँगको सम्बन्ध

नेपालमा नुन सेवन र मुटु रोगको सम्बन्ध गम्भीर चिन्ताको विषय बनेको छ । आयोडिनयुक्त नुनले थाइराइड जस्ता रोग नियन्त्रण गर्न सहयोग पु¥याए पनि यसको अत्यधिक सेवनले मुटु रोगलाई निम्त्याउन सक्छ । यहाँका मानिसको जीवनशैली, खानपान र स्वास्थ्य शिक्षाको अभावका कारण नुनको अत्यधिक सेवन र यसको कारणले हुने मुटु रोगका समस्या बढ्दो क्रममा छन् ।

हाम्रो स्वास्थ्यका लागि दुईदेखि तीन ग्राम उपयुक्त हुन्छ तर अधिकांश नेपालीले दैनिक पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्ने गर्छन् । विशेषगरी अचार, तिख्खर खानेकुरा, तथा प्रशोधित खानेकुराहरू जस्तै, लेज, कुरकुरे, चाउचाउ आदिमा उच्च मात्रामा नुन हुन्छ । ग्रामीण क्षेत्रमा प्राकृतिक खानाको प्रयोग भए पनि, सहरी क्षेत्रमा प्रशोधित खाना र फास्ट फुडको लोकप्रियताले नुन सेवनको दर उच्च देखिएको छ ।

नुन र मुटुरोग बीचको सम्बन्ध धेरै अध्ययनहरूद्वारा पुष्टि भएको छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ । अत्यधिक सोडियमले शरीरमा पानी थुप्रिने (पानी धारण गर्ने) समस्या उत्पन्न गराउँछ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापले मुटु र रक्तनलीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ ।

उच्च रक्तचाप (हाइपरटेन्सन) मुटु रोगको प्रमुख जोखिम कारक हो । नेपालमा हृदय रोग मृत्युको प्रमुख कारणमध्ये एक हो । उच्च रक्तचाप र यसका कारण मुटु रोग हुने समस्या नेपालमा तीव्र रूपमा बढ्दै छ । डब्लुएचओका अनुसार, नेपालमा लगभग ३० प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छ ।

लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको मांसपेशीमा अनावश्यक दबाब पर्छ । यसले मुटुको असमान्य कार्यक्षमता, हृदयाघात र स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । नुनको अत्यधिक सेवनले धमनीहरूलाई सख्त (अथेरोस्क्लेरोसिस) बनाउँछ । यो प्रक्रियाले रक्तप्रवाहलाई अवरुद्ध गर्नसक्छ, जसले मुटुमा अक्सिजनको अभाव गराउँछ ।

धेरै नुन सेवन गर्ने व्यक्तिहरूमा पानी र सोडियमको सन्तुलन बिग्रन सक्छ । यसले मुटुको काम गर्न कठिन बनाउँछ, जसले मुटुको विफलताको सम्भावना बढाउँछ । नेपालमा स्वास्थ्य मन्त्रालयः उच्च रक्तचाप र मुटु रोग नियन्त्रणका लागि केही कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । नुनको उपभोग कम गर्ने रणनीति बनाउन डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।

अन्य देशमा नुनको प्रयोग

सामान्यतः अधिकांश देशहरूमा औसत नुन सेवन डब्लुएचओको सिफारिस (पाँच ग्राम प्रतिदिन) भन्दा धेरै उच्च छ । विकसित देशहरूले यसबारे धेरै सुधार गरेका छन्, तर विकासशील देशहरूमा अझै जनचेतना र नीतिगत हस्तक्षेप आवश्यक छ । ती देशहरूमा नुनको प्रयोग जनसङ्ख्या, संस्कृति, खानपान र जीवनशैलीका आधारमा फरक छ । विकसित देशहरूमा नुन सेवनमा कमी ल्याउने प्रयास भइरहेको छभने धेरै विकासशील देशहरूमा अझै अत्यधिक नुन सेवन चुनौतीपूर्ण रहेको छ ।

विश्वका विकसित देशहरूमा नुनको प्रयोग कम गर्न राज्यस्तरबाटै पहलहरु भएको पाइन्छ । अमेरिकी सरकारले नुनको प्रयोग कम गर्न जनचेतना अभियान र खाद्य उद्योगमा नयाँ मापदण्ड लागू गरिरहेको छ । ल्याटिन अमेरिका मुलुकहरु ब्र्राजिल, मेक्सिको, अर्जेन्टिनाजस्ता देशहरूमा औसत नुन सेवन उच्च (८–११ ग्राम प्रतिदिन) छ ।

बेलायत, फिनल्यान्ड, डेनमार्कलगायत युरोपेली देशहरूमा नुन सेवन कम गर्न ठूला अभियान सञ्चालन गरिएको छ । बेलायतमा नुन सेवन कम गर्न पब्लिक हेल्थ इङ्ल्यान्डले फुड म्यान्युफ्याक्चरर्सलाई प्रशोधित खानामा नुन घटाउन निर्देशन दिएको छ । फिनल्यान्डः फिनल्यान्डले १९७० को दशकदेखि ‘लो–सोडियम खाना’ को प्रवद्र्धन गरेर नुन सेवनलाई ३० प्रतिशतले कम गरेको छ । सरकारले जनचेतना र ‘लो–सोडियम सोया सस’ को प्रवद्र्धन गरेर सुधार गर्ने प्रयास गरेको छ ।

छिमेकी मुलुक चीनमा औसत नुन सेवन १०–१२ ग्राम प्रतिदिन रहेकाले त्यसलाई घटाउन सरकारले जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीयहरूको औसत दैनिक नुन सेवन ८–१० ग्राम गरिरहेका छन् । सरकारको ध्यान आयोडिनयुक्त नुन प्रवद्र्धनमा केन्द्रित रहेकाले, नुन कम गर्ने पहल भएको देखिँदैन । स्वास्थ्य शिक्षाको कमीले गर्दा अधिकांश अफ्रिकी देशहरूमा नुन सेवनको स्तर उच्च छ । भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काका ग्रामीण र सहरी क्षेत्रमा नुनको अत्यधिक प्रयोग देखिन्छ ।

कसरी स्वस्थ्य हुने त ?

नुन र मुटु रोगबीचको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । प्रशोधित खाना, जस्तैः चिप्स, तयारी खाना (जङ्क फुड), डिब्बामा बन्द गरिएका खाना आदिमा सोडियम धेरै हुनेहुँदा यस्ता खानेकुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंमा मुटु रोग वा उच्च रक्तचापको इतिहास छभने चिकित्सकसँग परामर्श गरेर नुन सेवनको उचित सीमा निर्धारण गर्नु अत्यन्त महत्वपूर्ण छ ।

घरमा खाना पकाउँदा नुनको मात्रा नियन्त्रण गर्नु र बाहिरका प्रशोधित खानेकुरा कम गर्नुपर्छ । यसका लागि धेरै किसिमका तरकारीको सट्टा एक वा दुई किसिमका तरकारी वा दालको प्रयोग गर्ने, सागपातहरुमा नुनको प्रयोग नगर्ने, एउटा तरकारीमा नुन राखेमा अर्कोमा नराख्नेजस्ता तरिका पनि अपनाउन सकिन्छ ।

नियमित रूपमा रक्तचाप जाँच गर्न र मुटु रोगको प्रारम्भिक उपचार सुनिश्चित गर्ने गरिएमा मुटुजन्य स्वास्थ्य समस्या आउन पाउँदैन । स्थानीय, ताजा र सन्तुलित खाना खाने बानी बसाल्नु, व्यायाम गर्नु र धुम्रपान तथा मद्यपान त्याग्नु जरुरी छ ।

निष्कर्ष

नुन र मुटु रोगको समस्या समाधानका लागि व्यक्तिगत, सामाजिक, र सरकारी तहमा सुधारात्मक कदम उठाउन आवश्यक छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि नुनको मात्रा घटाउन खाद्य उद्योगलाई मापदण्डअनुसार उत्पादन गर्न निर्देशन दिनुपर्ने देखिन्छ । कम नुन खाएर, स्वस्थ जीवनशैली अपनाएर र जनचेतना अभिवृद्धि गरेर यस समस्या नियन्त्रण गर्न सकिन्छ । बालबालिकाहरुलाई घरमा नुनको अधिक सेवनको बेफाइदाबारे जानकारी दिने र विद्यालयमा पनि तयारी खानालाई निषेध गर्ने तथा पाठ्यक्रमहरुमा यसबारेमा वियषयवस्तुहरु समावेश गर्न आवश्यक छ ।

घरमा सुतेको विस्तारा कहिल्यै नमिलाउने छोरि हस्पिटलमा थरिथरिका bed making गर्छे जब ऊ नर्स बन्छेघरमा दाजुभाईले गाली गर्दा ...
28/01/2025

घरमा सुतेको विस्तारा कहिल्यै नमिलाउने छोरि हस्पिटलमा थरिथरिका bed making गर्छे जब ऊ नर्स बन्छे

घरमा दाजुभाईले गाली गर्दा आखाबाट बरबर आसु खसाल्ने बहिनी wardमा अनेक गाली व्ङग्यमा पनि खिस्स हासिदिन्छे जब ऊ नर्स बन्छे

सानो दुखाईमा पनि दुख्यो भन्दै रूने छोरि meftal र flexon खादै अरूको दुख कम गर्नमा जुट्छे जब ऊ नर्स बन्छे

आफ्नो duty timeमा कामले गर्दा खान नभ्याउने छोरि अरूको लागि diet chart बनाइदिदै खान सिकाउछे जब ऊ नर्स बन्छे

आफूलाई सबैभन्दा माया गर्ने मान्छेको मृत्युको केहि समयमा नै आसु लुकाई अरूको जिवन बचाउन dutyमा जान्छे जब ऊ नर्स बन्छे

हो कहिल्यै दुखमा नहुर्केकि छोरि आफ्नो जिन्दगि नै बिर्सेर बिरामिको careमा जुट्छे जब ऊ नर्स बन्छे

Happy National Nurses Day ❤️

Address

Dangraha
Haraincha

Website

Alerts

Be the first to know and let us send you an email when बुढिगंगा गाउँपालिका-७ मोरङ स्वास्थ्य चौकी डंग्राहा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share