24/01/2022
Mask लगाउने बारेमा अझै confusion छ भने
१; तपाईंको स्थानमा स्थानीय निकायले तत्कालको परिस्थति हेरेर जस्तो नियम बनाएको छ उही नियम पालना गर्नुस् ( तपाईं जुन देशमा भएपनि) ।
२; खुल्ला ठाउँको बाटो घाटोमा हिड्दा mask लगाउन जरुरी हुँदैन। नचाहिने ठाउँमा लामो समय mask लगाएर मुखको बाफ र थुक mask मा पर्न थाल्यो र mask भिज्यो भने mask लगाएको अर्थ हुँदैन। भिजेपछि नयाँ mask लगाउनु पर्छ।
३; सँगै (एकै घरमा) बस्ने व्यक्तिहरु group भएर हिड्दा पनि mask लगाउन जरुरी हुँदैन।
४; भिडभाड हुने स्थानमा हुँदा (वा नजिकै अन्य मानिस छन् भने) mask लगाउनु पर्छ।
५; COVID-19 को जुनसुकै Variant भए पनि साबधानी र उपचार बिधि उस्तै उस्तै हुने गर्छ। त्यसैले उही किसिमको सजकता अपनाउनुस।
६; Vaccine ले COVID को लक्षण कम गर्ने, hospital भर्ना हुन नपर्ने बनाउने र भर्ना हुनै परे पनि मृत्यु हुने chance कमि हुने बनाउने काम गर्छ। Vaccine लगाएकै कारण virus शरीरमा छिर्न नसक्ने हुँदैन।
७; Mask लगाउनु, हात धुनु , हात (औंला) नाक-मुखमा नलैजानु र vaccine लगाउनु भनेको bike चलाउँदा helmet र अन्य protective gear लगाएको जस्तो हो। ती gear लगाउँदैमा accident नै हुँदैन भन्ने हुँदैन। भैहाल्यो भने ज्यान जाने सम्भावना कम हुन्छ। Mask vaccine आदिले पनि ज्यान जाने सम्भावना कम गर्छ।
Sid Lab
9855035234