04/12/2025
निःशुल्क आँखा शिविर सम्पन्न, १४४ जनाले पाए सेवा
बेलबारी। बेलबारी नगर अस्पतालद्वारा आयोजित तथा नव दृष्टि आई हस्पिटलको प्राविधिक सहकार्यमा २०८२ मंसिर १६ गते सम्पन्न निःशुल्क आँखा स्वास्थ्य शिविरमा १४४ जनाले आँखा परीक्षण सेवा प्राप्त गरेका छन्।
शिविरमा नव दृष्टि आई हस्पिटलका दृष्टि विशेषज्ञ चिकित्सकहरूको टोलीले निःशुल्क परीक्षण, परामर्श तथा आवश्यक औषधि प्रदान गरेका थिए।
परीक्षणका क्रममा ११ जनामा मोतीबिन्दु (Cataract) समस्या पहिचान गरिएको छ।
नव दृष्टि आई हस्पिटलले समुदाय स्तरमै पुगेर गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ र यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
📍 ठेगाना: इटहरी–०४, मिलनचोक, पूर्वलाइन (बुढी खोलाको नजिक)
📞 सम्पर्क: ९८६–२६३३९६४ | ०२५–५८१३८१
📧 इमेल: info@ndeyehospital.com
🌐 वेबसाइट: www.ndeyehospital.com
👉 हाम्रो सामाजिक सञ्जाल:
👍 फेसबुक: https://www.facebook.com/navadristieyehospitalpvtltd
📸 इन्स्टाग्राम: https://www.instagram.com/navadristieyehospital/
🎵 टिकटक: https://www.tiktok.com/
💼 लिंक्डइन: https://www.linkedin.com/.../nava-dristi-eye-hospital.../