14/05/2024
शापू रोगबारे जानकारी!
(सेतो पुतली देखि सावधान रहौं )
शापू एक दृष्टिनाशक रोग हो । विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ ।
समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।
यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऔं । आफूखुसी औषधी वा जडिबुटिको प्रयोग नगरौं