17/04/2025
मैले बारम्बार भन्दै आइरहेको कुरा , TV मा होस वा FM मा होस। हामिले मुख स्वास्थलाई संधै दोस्रो दर्जामा राख्छौं । हामिलाई उपचार गर्ने मान्छे दक्ष हो होइन, डाक्टर हो होइन , नेपाल मेडिकल काउन्सिलमा दर्ता छ छैन, सबै बुजेर - सोधेर उपचार गराउनु पर्दछ भनेर ।
क्वाकरि नेपाली चिकित्सा क्षेत्रका लागि अभिसाप बनेको छ। त्यसैमा दन्त चिकित्सा क्षेत्रमा त यो डढेलो जस्तै सल्किरहेको छ।यसले बिमारी लाइ लुट खसोट गर्ने मात्र होइन,जिवन माथि खेलवाड गरिरहेको छ।
१.बिमारी लाइ भ्रममा राखेर
२. सरसफाई तथा निर्मलिकरणको त कुरै छोडौ, त्यो वाट प्राण घातक सरुवा रोग हेपाटाइटिस, एचआईभी एड्स जस्ता रोग सार्ने केन्द्र बनेर।
३.उपचार को नाममा थप बिगारे र अंगभंग पारेर
४. उपचार विग्रे पछि बल्ल विमारि दन्त चिकित्सक काहाँ आऊछ,स्वभावैले जटिल भैसके पछि उपचार गर्न दोहोरो र वढि पैसा खर्च गराएर आर्थिक भार थपेर।
५.सस्तो उपचारको नाममा मानव शरिरलाइ प्रयोग को नमुना वनाएर।
६.यि यावत हर्कत ले गर्दा विरामी पाउने दुख र वढि पैसा खर्च पर्न गइ दन्त चिकित्सा सम्बन्धि घृणा,हेय भाव र अविश्वास को वातावरण सृजना गरेर
त्यसैले नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सक हरु संग मात्र उपचार गराउनु पर्दछ ।
Terai multispeciality Dental clinic and implant center Terai Dental