Dr APPU JHA

Dr APPU JHA MBBS, MD Internal Medicine, MPH
(Kathmandu university)

सुगर, प्रेसर, दम, थाइरोइड, नसा को सम्स्या,
पक्षाघात, मुटु टाउको दु:खइ बारे कुनै जानकारी छाहेमा संपर्क को लागि

27/03/2025

All about artificial heart.

30/01/2025

One more talk on Recent HMNV spread...

14/01/2025

few words on new virus outbreak.
# is better than cure # #

10/12/2024

Seasonal problem & effects..

09/12/2024

स्ट्रोक
स्ट्रोक मस्तिष्कमा रक्तनलीको अवरुद्ध वा चुहावटको कारण हुन्छ, जसले गर्दा अक्सिजन र पोषक तत्वहरुको आपूर्ति पर्याप्त मात्रामा हुँदैन र परिणामस्वरुप मस्तिष्क कोषहरुमा हानी पुग्छ वा कोषहरु मर्छ । यसले गर्दा मस्तिष्कले केही काम जस्तै हात पाखुराहरुको हलचल र बोलीको नियन्त्रण गुमाउछ ।केही बिरामीहरुमा स्वयं–हेरचाह गर्ने क्षमता कम हुन सक्छ ।

स्ट्रोक मुख्य दुई प्रकारका छन्ः

इस्केमिक स्ट्रोक (Ischemic Stroke): यो मस्तिष्कको तन्तुमा रक्त संचार कम वा अचानक बन्द हुने कारणले हुन्छ र यो तुलनात्मक रुपले धेरै हुने गर्छ, 80% भन्दा बढी स्ट्रोक यस प्रकारमा पर्दछन् । अन्तर्निहित कारणहरुमा मस्तिष्कको धमनिहरुमा हुने एथेरोस्क्लोरोसिस (atherosclerosis) (धमनिहरुको भित्री भित्तामा चिल्लो पदार्थ जम्मा भई नसा साँघुरिने प्रक्रिया), शरीरको अन्य भागबाट जमेको रगतले सामान्यतया मुटुबाट मस्तिष्कमा रगतको कम प्रसारण हुने पर्दछ ।
हेमोराजिक स्ट्रोक
(Haemorrhagic Stroke): उच्च रक्तचाप वा जन्मजात मस्तिष्कको रक्ततलीमा हुने रोगहरुले गर्दा मस्तिष्कको रक्तनलीहरु फुट्छ ।
स्ट्रोकको लक्षणहरु
प्रायजसो व्यक्तिहरुमा, स्ट्रोक हुनुभन्दा अघि कुनै पनि सङ्केत देखिदैन । स्ट्रोकको प्रस्तुतीकरण रक्तनलीको ठाउँ र साथसाथै कत्तिको क्षति पुगेको छ भन्ने कुरामा भर पर्छ ।

जब निम्न लक्षणहरु हुन्छ, तब स्ट्रोकको जटिलताहरु कम गर्नको लागि रोगीहरु तुरुन्तै दुर्घटना तथा आपतकालीन विभागमा जानुपर्छः
1.लाटो हुने जस्तै अनुहार, एक पट्टिको हातखुट्टा, वा शरीरको एक पट्टिको भाग
2. हातखुट्टा र शरीर कमजोर हुने, सामान्यतया एका पट्टि
एक्कासी सन्तुलन गुमाउने
3. बोली अस्पष्ट हुने, र्याल झर्ने, निल्न गाह्रो हुने, मुख बाङ्गिने
दृष्टि गुम्ने, दृष्य धमिलो हुने, एउटै वस्तु दुईवटा देख्ने
निदाउरोपन, अचेत हुने
4. अन्यः जस्तै अचानक टाउको दुख्ने, निरन्तर रिङटा लाग्ने
ट्रान्जिएन्ट इस्केमिक एट्याक
Transient Ischemic Attack (TIA) मस्तिष्कका स्नायुहरुले काम नगर्ने एक क्षणिक घटना हो जुन केन्द्रिय मस्तिष्क, मेरुदण्ड, वा रेटिनल इस्केमिया (retinal ischemia) को कारण हुन्छ, जुन 24 घण्टाभन्दा कम अवधीसम्म, कुनै एक्युट इन्फ्रयाक्सन (acute infarction) बिना नै हुन्छ । रोगीहरुलाई TIA एक पटक वा धेरै पटक हुन्छ सक्छ र यसले वास्तविक स्ट्रोक हुने संकेत गर्दछ । कुनै पनि घटनामा, चेतावतीको संकेतहरु देखिएमा डाक्टरहरुलाई तुरुन्तै खबर गर्नुपर्छ ।

स्ट्रोकको रोकथाम
2018 मा, हंगकंगमा क्यान्सर, निमोनिया र मुटु रोगपछि स्ट्रोक चौथो घातक रोग थियो । मुख्य गरि मस्तिष्कको रक्त नलीहरुमा एथेरोस्क्लोरोसिस (atherosclerosis) हुने भएकाले, यो वृद्ध व्यक्तिहरुमा बढी हुन्छ । स्ट्रोकको जोखिम कारकहरुलाई कम गरेर, स्ट्रोक हुने सम्भावना कम गर्न सकिने कुरा अध्यनले देखाएको छ ।

धुम्रपान नगर्नुहोस् ।
नियमित रुपमा व्यायाम गर्नुहोस् । कम्तिमा पनि 10 मिनेट अवधिको, मध्यम–तीव्र खालको एरोबिक शारीरिक गतिविधि गर्नुहोस्, जस्तै जगिङ गर्ने, हिँड्ने, ताई ची (Tai Chi) को अभ्यास गर्ने, पौडि खेल्ने ।, कुल मिलाएर हप्ताको कम्तिमा पनि 150 मिनेटको लक्ष्य पूरा गर्ने वा कुल मिलाएर 75 मिनेटको जोसिलो तीव्र एरोबिक शारीरिक गतिविधिहरु गर्ने (यदि तपाईंलाई मुटु रोगको जोखिम कारकहरु भएमा, कृपया व्यायाम गर्नु अघि चिकित्सा सल्लाह लिनुहोस्)
तनावलार्इ राम्रोसँग व्यवस्थापन गर्नुहोस् र सकरात्मक रहनुहोस्
सन्तुलित आहारको पालना गर्नुहोस् । धेरै मात्रामा चिल्लो भएको, धेरै ट्रान्स फ्याट भएको, धेरै कोलेस्टेरोल र धेरै नुन भएको खानाहरु नखानुहोस् ।
मदिरा सेवन नगर्नुहोस्
उच्च रक्तचाप, मधुमेह मेलिटस, मुटु रोग वा विगतमा स्ट्रोक भएको भए रक्तचाप र रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गर्नको लागि नियमित रुपमा मेडिकल फलो–अपहरुमा जानुहोस् ।
विगतमा स्ट्रोक वा इस्केमिक मुटु रोग भएको र रोकथामको औषधि चाहिने भएमा नियमित रुपमा फलो–अपहरुमा जानुपर्दछ र औषधि उपचारको पालना गर्नुपर्छ ।

स्ट्रोक मस्तिष्कमा रक्तनलीको अवरुद्ध वा चुहावटको कारण हुन्छ, जसले गर्दा अक्सिजन र पोषक तत्वहरुको आपूर्ति पर्याप्त मात्रा...
26/11/2024

स्ट्रोक मस्तिष्कमा रक्तनलीको अवरुद्ध वा चुहावटको कारण हुन्छ, जसले गर्दा अक्सिजन र पोषक तत्वहरुको आपूर्ति पर्याप्त मात्रामा हुँदैन र परिणामस्वरुप मस्तिष्क कोषहरुमा हानी पुग्छ वा कोषहरु मर्छ । यसले गर्दा मस्तिष्कले केही काम जस्तै हात पाखुराहरुको हलचल र बोलीको नियन्त्रण गुमाउछ ।केही बिरामीहरुमा स्वयं–हेरचाह गर्ने क्षमता कम हुन सक्छ ।
स्ट्रोक मुख्य दुई प्रकारका छन्ः

इस्केमिक स्ट्रोक (Ischemic Stroke)
हेमोराजिक स्ट्रोक (Haemorrhagic Stroke)

30/10/2024
29/10/2024

Stroke day 2024 with theme of "GreaterThanStroke Active Challenge".

24/10/2024

Few words on tuberculosis...

23/10/2024

Happy to see him in follow up visit after we Succefully treated him, "Ischemic stroke" patient. From power 0-5. Thanks to Dr Dr. Vijay K. Raut Neurosurgeon sir and Janakpur Neuro Hospital & Research Center Pvt. Ltd.

Address

JANAKPURDHAM, VIswakarma Chowk
Janakpur
4600

Website

Alerts

Be the first to know and let us send you an email when Dr APPU JHA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram