Dr.saroj kushwaha

Dr.saroj kushwaha public relation

पुटिनको घरमाथि आक्रमणको दाबीपछि विश्व स्तब्ध: मोदी–ट्रम्पको कडा प्रतिक्रियारुसले आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनको निजी...
30/12/2025

पुटिनको घरमाथि आक्रमणको दाबीपछि विश्व स्तब्ध: मोदी–ट्रम्पको कडा प्रतिक्रिया

रुसले आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनको निजी निवासमाथि युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेपछि अन्तर्राष्ट्रिय राजनीति तातेको छ। तर रक्षा तथा कूटनीतिक विषयका विज्ञहरूले यस्तो आक्रमण प्राविधिक रूपमा सम्भव भए पनि रणनीतिक रूपमा अर्थहीन र जोखिमपूर्ण हुने बताएका छन्।

रुसी पक्षका अनुसार नोभगोरोड क्षेत्रस्थित लेक भाल्दाइ किनारमा रहेको पुटिनको राज्य आवासलाई लक्षित गर्दै युक्रेनले ९१ वटा लामो दूरीका ड्रोन प्रहार गरेको थियो। रुसी विदेशमन्त्री सेर्गेई लावरोभले यस घटनापछि शान्ति वार्ताबारे आफ्नो धारणा पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने उक्त आरोपलाई “रुसको अर्को झूटको श्रृंखला” भन्दै अस्वीकार गरेका छन्। उनले रुस शान्ति प्रक्रिया भाँड्न र ठूला आक्रमणको बहाना बनाउन यस्ता आरोप लगाइरहेको दाबी गरे।

अन्तर्राष्ट्रिय सुरक्षाविज्ञहरूका अनुसार पुटिनका निजी र सरकारी निवासहरू रुसकै सबैभन्दा कडा सुरक्षा घेराभित्र पर्छन्। त्यहाँ अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली तैनाथ रहेकाले ड्रोन आक्रमण सफल हुने सम्भावना न्यून हुन्छ। साथै, यस्तो प्रयासले युक्रेनलाई कूटनीतिक रूपमा ठूलो क्षति पुर्‍याउने उनीहरूको विश्लेषण छ।

यस घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो चिन्ता व्यक्त गर्दै हिंसा अन्त्य र कूटनीतिक प्रयासलाई प्राथमिकता दिन सबै पक्षलाई आग्रह गरेका छन्। भारतले सुरुदेखि नै रुस–युक्रेन युद्धमा शान्तिको पक्ष लिँदै आएको स्मरण गराइएको छ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनको निवासमाथि आक्रमण भएको दाबी “राम्रो संकेत नभएको” भन्दै असन्तुष्टि जनाएका छन्। उनले विश्व नेताको घरमाथि आक्रमण हुनुले युद्धलाई खतरनाक मोडतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।

विश्लेषकहरूका अनुसार यदि कुनै राष्ट्रप्रमुखमाथि प्रत्यक्ष आक्रमण भएको पुष्टि भएमा त्यसले आणविक युद्धसम्मको जोखिम बढाउन सक्छ। इतिहासमा पनि उच्च पदस्थ व्यक्तिको हत्या वा आक्रमणले ठूला युद्ध सुरु भएको उदाहरणहरू रहेका छन्।

यसैबीच, पछिल्ला महिनाहरूमा रुसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमण तीव्र बनाएको छ। युक्रेनका शहरहरूमा लगभग दैनिकजसो हवाई आक्रमण भइरहेका छन्, जसले सर्वसाधारणको जीवन झन् असुरक्षित बन्दै गएको छ।

कूटनीतिक विश्लेषकहरूको निष्कर्षमा, पुटिनको घरमाथि आक्रमण भएको दाबीभन्दा पनि यसलाई प्रयोग गरेर युद्धलाई थप चर्काउने प्रयास भइरहेको संकेत बढी देखिन्छ। विश्व समुदायका लागि अहिलेको मुख्य चुनौती भनेको सम्भावित ठूलो द्वन्द्व रोक्दै शान्ति वार्तालाई जीवित राख्नु नै हो।

30/12/2025

१५ पुस, जनकपुरधाम। जनमत पार्टीले राष्ट्रिय पोशाक (धोती) दिवस देशभर भव्य रूपमा मनाउने भएको छ। पार्टीको केन्द्रीय क....

डा. सी. के. राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको ज्ञापनपत्रमा (१) २२, ८ र ११ बुँदे सम्झौत...
30/12/2025

डा. सी. के. राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको ज्ञापनपत्रमा
(१) २२, ८ र ११ बुँदे सम्झौता कार्यान्वयन,
(२) मुद्दा फिर्ता र राजनीतिक बन्दी रिहाइ,
(३) सुरक्षा निकायमा मधेशी समावेशिता,
(४) प्रदेशको पूर्ण स्वायत्तता,
(५) प्रहरी प्रदेश मातहत,
(६) निर्वाचन क्षेत्र पुनर्निर्धारण र सीमाङ्कन सच्याउने,
(७) संविधान संशोधन,
(८) मधेशीमाथिको विभेद र दमन रोक्ने,
(९) अन्तरिम सरकारमा समावेशी प्रतिनिधित्व,
(१०) किसान समस्या समाधान र युवालाई रोजगारी,
(११) वैदेशिक रोजगारीमा रहेकालाई मतदान अधिकार, र
(१२) तराई–मधेशका विकास आयोजना प्रभावकारी रूपमा अघि बढाउने माग गरिएको छ।
Er. Basant Kushwaha - सचिवालय

30/12/2025

धैर्यता र परिश्रम नै सफलताको जननी हो। आ-आफ्नो लागि पद दाबी गरिराख्दा अरूको पनि अधिकार, मेहनत, योगदान र समर्पणको कदर गरौं।

(अहिले समानुपातिक सूचीमा होस् वा अन्य कुरामा ) म किन १ नं. प्राथमिकतामा परिन वा म किन चयन भइन भनेर सोध्दा यो पनि हेर्नु पर्छ कि यस संगठनमा वर्षौंदेखि अरूले पनि मेहनत गरेका छन्, अरूले पनि संगठनको लागि काम गरेका छन्, अरू पनि योग्य र ज्यादा दक्ष हुन सक्छन्, अरूले पनि पार्टीलाई चलाउन र बचाउन दिनरात खटेका हुन सक्छन्, अरूले पनि संगठनलाई क्रिटिकल ठाउँमा उद्धार गरेका हुन सक्छन्।

त्यस्तै सांसद हुने वित्तिकै मन्त्री किन बनिन भनेर दाबी पनि उपयुक्त हुँदैन। साथमा उक्त सांसदले मन्त्रालय राम्ररी चलाउन सक्छ कि सक्दैन, पार्टीको भिजन लगाउन सक्छ कि सक्दैन, पार्टीसँग कतिको सहकार्य गरेर हिँडेको छ, पार्टी विस्तारको लागि कति काम गरेको छ, कति संगठन बढाएको छ, पार्टी चलाउन वा केन्द्रीयदेखि वडास्तरसम्मको पार्टी संरचना र कार्यालय चलाउन कति सक्रिय भूमिका खेलेको छ, स्थानीयदेखि संघको निर्वाचन/उपनिर्वाचनमा पार्टीलाई जिताउन कति भूमिका खेलेको छ, भविष्यमा पार्टीलाई धोखा दिने वा विद्रोह गर्ने त होइन यी सबै कुराहरू पनि हेर्नु पर्दछ।

त्यसैले आफ्नो मात्रै नसोचौं, समग्र पार्टी र पार्टीमा रहेका अरूको बारेमा पनि सोचौं र धेर्य राखौं। यात्रा लामो छ। अवसर प्रशस्त आउनेछन्।

जय जनमत, जय स्वराज📢

30/12/2025
30/12/2025

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री श्रीमती सुशीला कार्कीज्यूलाई #ज्ञापन_पत्र

२०८२ मंसीर ८ गते

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपालमा मधेशको पहिचान, अधिकार, सम्मान र स्वायत्तताको मुद्दा लामो समयदेखि संघर्षको विषय बनेको छ। वि.सं. २००८ सालमा स्थापित तराई काँग्रेसले नै शुरूमा संस्थागत रूपमा उठाउँदै आएको स्वायत्तताको मुद्दामा हालसम्म सैकडौं जनताले आहुति दिएका छन्। २०६३/६४ को मधेश आन्दोलन, २०६९ सालदेखि चलेको स्वराज आन्दोलन र २०७२ को मधेश तथा थरूहट आन्दोलनमा मात्रै १२५ जनाभन्दा बढीले शहादत प्राप्त गरेका छन्। २०६३ माघ ५ गते शुरू भएको मधेश आन्दोलन पछि नेपाल सरकार र मधेशी जनअधिकार फोरम बीच २०६४ भाद्र १३ गते भएको २२-बुँदे सम्झौतामा मधेशी समुदायसँग हुने विभेदको अन्त्य गर्दै जातीय, भाषिक, लैङ्गिक, धार्मिक र सांस्कृतिक अधिकारको संरक्षणका लागि कानून निर्माण गर्ने र राजनैतिक प्रतिनिधित्व सुनिश्चित् गर्ने प्रतिबद्धता गरिएको थियो। त्यस्तै मधेश आन्दोलन निरन्तर चलिरहँदा २०६४ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएको ८-बूँदे सम्झौताको बूँदा नं. २ मा "मधेशी जनताको स्वायत्त मधेश प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेश सहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्ट रूपमा शक्तिको बाँडफाँड सूचीको आधारमा गरिनेछ । प्रदेशहरू पूर्णरूपले स्वायत्त र अधिकार सम्पन्न हुनेछन्" भनी उल्लेख गरिएको छ भने बूँदा नं. ४ ले सुरक्षा-अङ्ग लगायत राज्यका सबै निकायहरूमा मधेशी, मुस्लिम, थारू, आदिवासी–जनजाति, पिछडावर्ग, दलित, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता सुनिश्चित गरिएको छ भने बूँदा नं. ५ मा “नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्न र समावेशी बनाउन मधेशी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ” भन्ने उल्लेख गरिएको छ। त्यसैगरी २०६९ देखि डा. सी. के. राउतको नेतृत्वमा चलिरहेको स्वराज आन्दोलन पश्चात् २०७५ फाल्गुन २४ गते नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन (एलायन्स् फर इन्डिपेन्डेन्ट मधेश) को बीचमा भएको ११-बूँदे सम्झौतामा तराई-मधेशको जनताको मागलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिद्वारा समाधान गर्ने सम्झौता भएको स्मरण गराउन चाहन्छौं। यी सम्झौताहरू नेपाल सरकारले आफ्नै प्रतिबद्धतामा हस्ताक्षर गरेको हो, तर तिनको कार्यान्वयनमा भएको कमजोरीले मधेशी जनताको विश्वासमा आघात पुर्‍याएको छ। विगतका सम्झौताहरूको कार्यान्वयनमा भएको ढिलासुस्तीले आज पनि तराई-मधेशमा राजनीतिक अशान्ति, हिंसा र असन्तुष्टि बढ्दै गएको छ। खागगरी नेपालको संविधानमा पाएको अधिकार पनि प्रदेशहरूलाई दिन भइरहेको ढिलासुस्ती, संघीय सरकारको प्रदेश र स्थानीय तहमा निरन्तर भइरहने हस्तक्षेप तथा अतिक्रमण, मधेशी, मुस्लिम, थारू, आदिवासी–जनजाति, पिछडावर्ग, दलित, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायले संवैधानिक रूपमा पाइसकेको अधिकार, पहिचान र संघीयतालाई पनि खोस्नका लागि राज्यसहित विभिन्न पक्षबाट हुँदै आएको षडयन्त्रले तराई-मधेशका जनतामा असन्तुष्टि चरमोत्कर्षमा पुगेको छ र यदि तत्काल सम्बोधन नगरेमा राष्ट्रिय संकट निम्तिन सक्छ। तसर्थ विगतका सम्झौताहरू र वर्तमान परिस्थितिको आधारमा हामी वर्तमान अन्तरिम सरकारसमक्ष निम्न मागहरू राख्छौं:-

1. विगतका सम्झौताहरूको कार्यान्वयन: मधेश, थरूहट तथा स्वराज आन्दोलनको क्रममा नेपाल सरकारले गरेका २२-बूँदे, ८-बूँदे र ११-बूँदे सम्झौताहरू अनुसार बाकी रहेका कामहरू कार्यान्वय गर्ने। राजनैतिक आन्दोलनको क्रममा मुद्दा लागेकाहरूलाई हिरासत तथा जेलमुक्त गर्ने र मुद्दा फिर्ता लिने। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने।

2. नेपाली सेना सहित सुरक्षा निकायहरूमा समावेशिताः नेपाली सेनासहितका सुरक्षा निकायहरूमा मधेशीहरूको सहभागिता समानुपातिक समावेशी बनाउन मधेशी युवाहरूको समूहगत भर्ती तत्काल सुरु गर्ने।

3. प्रदेशको पूर्ण स्वायत्तताको घोषणा: नेपाल सरकारले २०६४ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरेको ८-बूँदे सम्झौता अनुसार प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउँदै पूर्ण स्वायत्त घोषणा गर्ने र तत्अनुसार राजनैतिक, प्रशासनिक र आर्थिक स्वायत्तता प्रदान गर्ने। स्थानीय निकाय प्रदेश मातहत हुनु पर्ने।

4. प्रहरी संरचना प्रदेश मातहत कायम गर्नेः संघीयतामा रहेको प्रचलन अनुरूप तथा नेपालको संविधानको अनुसूचीले दिएको अधिकार अनुरूप प्रहरीलाई पूर्णतः प्रदेश मातहत कायम गर्ने।

5. निर्वाचन क्षेत्र पुनर्निधारण तथा प्रदेशको सीमाङ्कन सच्चाउनेः तराई-मधेशको जनसंख्या ५४% रहेकोमा सो अनुरूप प्रतिनिधित्व हुन नसकेकोले प्रतिनिधि सभाको निर्वाचन क्षेत्र जनसङ्ख्याको आधारमा निर्धारण गर्ने। लुम्बिनी, सुदुरपश्चिम तथा प्रदेश नं. १ को सीमाङ्कन त्यहाँको जनचाहना बमोजिम सच्चाउने।

6. संविधान संशोधनः माथिका अधिकारहरू नेपालको संविधानमा नै सुनिश्चित् गर्न तथा नेपाललाई हामी सबैको साझा बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न संविधान संशोधन अध्ययन समिति बनाई आवश्यक संशोधनको सिफारिश नेपाल सरकारलाई गर्ने। सो सम्बोधन सकेसम्म निर्वाचन अगावै गर्नु पर्ने वा निर्वाचित संसद्को प्रारम्भिक बैठकहरूबाटै पारित गरिने ठोस प्रतिबद्धता गर्नु पर्ने।

7. मधेशीसँग हुने विभेद र हिंसा तत्कालै रोक्ने: निर्वाचन आयोग सहितका संवैधानिक आयोगहरूले मधेश प्रति गर्ने विभेद र षड्यन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा गृह मन्त्रालय तथा मातहतका जिल्ला प्रशासन कार्यालयहरूबाट मधेशीमाथि हुने गरेको दमन र शोषण तत्कालै रोक्ने।

8. समावेशी प्रतिनिधित्व: अन्तरिम सरकारमा जेन-जी, मधेशी, थारू, मुस्लिम, आदिवासी जनजाति र दलितको प्रतिनिधित्व बढाउने।

9. किसान तथा युवा बेरोजगारीको समस्याको समाधानः तराई-मधेशमा किसानहरूले भोग्दै आएको मलखादको अभाव, कृषि-उपजको उचित मूल्य नपाउने, कृषि ऋण, अनुदान र सहुलियत उपलब्ध नहुने, बालीनाली क्षतिको मुआब्जा नपाउने सहितका समस्या समाधान गर्न अविलम्ब पहल गर्नु पर्ने। युवाहरूको चरम बेरोजगारीको समस्या समाधान गर्न उद्योग-धन्धा खोल्नुका साथै लाखौंलाई रोजगारी दिन सक्ने वृहत् रोजगारीमूलक कार्यक्रमहरू ल्याउन पहल गर्नु पर्ने।

10. वैदेशिक रोजगारमा रहेकाहरूको समस्या सम्बोधनः वैदेशिक रोजगारमा तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान गर्न पाउने सुनिश्चतता गर्नु पर्ने। वैदेशिक रोजगारमा रहेकाहरूले विदेशमा भोग्दै आएका समस्याहरूको समाधान गर्नु पर्ने, उनीहरूको राहत तथा उद्धारमा ध्यान दिनु पर्ने तथा स्वदेशमै रोजगारीको पहल गर्नु पर्ने।

11. तराई-मधेशको विकास कार्यक्रमहरूः तराई-मधेशमा संचालित सडक, भवन, पुल, नहर आदि निर्माणका कार्यहरूमा अनपेक्षित तथा अनावश्यक रूपमा ढिलाई हुने र काम सम्पन्न नहुने प्रवृत्ति देखिएको हुँदा सो अन्त्य गरी विकास कार्यक्रमहरू प्रभावकारी तरीकाले संचालन गर्न पहल गर्नु पर्ने।

12. संवादको वातावरण सिर्जना गर्नेः मधेशमा भइरहेको प्रतिरोध र आन्दोलनमा सहभागी आन्दोलनकारीहरूमाथि धरपकड र दमन नगरी संवादको वातावरण सिर्जना गर्नु पर्ने।

सम्माननीय प्रधानमन्त्रीज्यू, यो ज्ञापन-पत्र तराई-मधेशको जनताको ऐतिहासिक संघर्षको प्रतिनिधित्व गरिरहेको स्मरण गराउन चाहन्छौं। तराई-मधेशको स्वायत्तताले मात्र नेपालको संघीयताको साँचो अर्थ प्राप्त हुन सक्छ। हामी शान्तिपूर्ण संवाद र सहकार्यबाट नै समस्याको समाधान खोज्न चाहन्छौं। आशा छ, तपाईंले तराई-मधेशको जनताको न्यायोचित माग पूरा गर्न आवश्यक कदम चाल्नुहुनेछ।
...................................................
डा. सी. के. राउत
जनमत पार्टी, राष्ट्रिय अध्यक्ष
#स्वायत्त_मधेश
मधेश प्रदेशलाई पूर्ण #स्वायत्त #प्रदेश घोषणा गर 📢
प्रहरी र कर्मचारी पूर्णतः प्रदेश मातहत कायम गर 📢
संघको CDO/SP फिर्ता ले, दमन शोषण बन्द गर 📢
संघको हस्तक्षेप चाहिँदैन - अधिकार खोस्न पाइँदैन
स्थानीय तह प्रदेश मातहत कायम गर 📢
शिक्षा स्वास्थ्य, कृषि उद्योग, साधन-स्रोतमा स्वायत्तता कायम गर 📢
जनमत पार्टी - जिन्दाबाद 📢📢📢
जय जनमत, जय स्वराज📢📢📢

29/12/2025
 #रौतहट, जनमत पार्टीप्रति जनसमर्थन बढदै निकट समयमा हुने प्रतिनिधि सभा निर्वाचनमा मधेश प्रदेशमा नै जनमत पार्टी सवैभन्दा ठ...
29/12/2025

#रौतहट, जनमत पार्टीप्रति जनसमर्थन बढदै निकट समयमा हुने प्रतिनिधि सभा निर्वाचनमा मधेश प्रदेशमा नै जनमत पार्टी सवैभन्दा ठुलो पार्टीको रूपमा स्थापित हुने वाला छ।

यो जनमत पार्टी प्रति जनताको क्रेज सहन गर्न नसकी जसपा पार्टीका बौधिमाई नगरपालिका नगर सह सचिव ले आफ्नो पार्टीका कार्यकर्ताहरुका हस्ताक्षर कृते गरी भ्रम फैलाई रहेका छन्।

अर्को तर्फ पार्टीबाट कार्यवाही भईसकेका केही व्यक्तिहरु पनि संलग्न रहेका छन्। विगतका निर्वाचनमा उनीहरू मतदान पनि अरू पार्टीलाई नै गरेका थिए। प्रमाण सहित जनहितमा जारी।
Dr. CK Raut - सचिवालय
Er. Basant Kushwaha - सचिवालय
Jay Kant Raut
जिवन त्यागी Saroj Mahato

रवि लामिछाने , बालेन र कुलमान बिच मिलान पछिको तस्बिर
29/12/2025

रवि लामिछाने , बालेन र कुलमान बिच मिलान पछिको तस्बिर

29/12/2025

जनकपुरधाम : जनमत पार्टीको भातृ संगठन विद्यार्थी जनमत संघअन्तर्गत राजर्षी जनक विश्वविद्यालय समितिका अध्यक्ष तथा...

 #नयाँ_अनुहार_भन्दैमा_राजनीति_नयाँ_हुँदैन।एजेन्डामा मधेश छैन, अधिकार छैन भने—बालेन–रवि पनि KP ओली–देउवा v2.0 नै हुन्।डॉ....
28/12/2025

#नयाँ_अनुहार_भन्दैमा_राजनीति_नयाँ_हुँदैन।
एजेन्डामा मधेश छैन, अधिकार छैन भने—
बालेन–रवि पनि KP ओली–देउवा v2.0 नै हुन्।
डॉ. सीके राउत सही भन्नुहुन्छ:
“प्रधानमन्त्रीको #खेल समाधान होइन।”
#बालेन शाह र #रवि लामिछानेबीच #प्रधानमन्त्रीका विषयमा सहमति भएको चर्चा चलिरहेको छ।
धेरैले भन्छन्—“युवा आएपछि देश बदलिन्छ।”
िवर्तन_उमेरले_होइन,
#एजेन्डा_र_नियतले_ल्याउँछ।
मधेशको समस्या प्रधानमन्त्री को बन्ने भन्ने मात्र होइन।
मधेशको वास्तविक समस्या हुन्:
#समान_नागरिकता
#न्यायपूर्ण_प्रतिनिधित्व
#प्रदेशका_अधिकार
पहिचान र सम्मान
यी विषयमा स्पष्ट नीति र ग्यारेन्टी बिना
नयाँ नेतृत्व पनि ओली–शेरबहादुर #देउवा v2.0 नै हुन्छ।
डॉ. सीके राउतलाई पनि “सहमति–एकता” को नाममा बोलाइयो,
तर उहाँले स्पष्ट भन्नुभयो—
“प्रधानमन्त्रीको #खेल खेल्दैमा समाधान हुँदैन।”
यो अडान होइन,
यो #मधेशको #यथार्थ हो।
मधेश #सत्ता चढ्ने #सिँढी होइन—
मधेश एक #प्रश्न हो।
र जबसम्म त्यस प्रश्नको इमानदार उत्तर दिइँदैन,
सहमति #सम्भव छैन।
#मधेश


Dr. CK Raut - सचिवालय
Er. Basant Kushwaha - सचिवालय
Jay Kant Raut

Address

Bhangaha
Janakpur
12345

Website

Alerts

Be the first to know and let us send you an email when Dr.saroj kushwaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.saroj kushwaha:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category