13/06/2021
बालबालिकामा देखा पर्ने 'मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम' बारे जान्नै पर्ने कुराः
मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (MIS-C) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो। यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखा पर्छ।
लक्षणहरूः आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरूलाई ३ दिनसम्म ज्वरो आएमा र माथि उल्लेखित मध्ये कम्तीमा अन्य कुनै दुई वटा लक्षणहरू देखा परेमा तरुन्त अस्पताल लैजानु पर्छ।