Binaytara Foundation Cancer Center, Janakpur, Nepal

Binaytara Foundation Cancer Center, Janakpur, Nepal Nepal's first charity cancer hospital outside province 3, we provide comprehensive cancer care.

नयाँ वर्ष २०२६ को हार्दिक शुभकामनानयाँ वर्ष २०२६ को पावन अवसरमा हाम्रो क्यान्सर अस्पताल परिवारका तर्फबाटआदरणीय हार्दिक म...
01/01/2026

नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना

नयाँ वर्ष २०२६ को पावन अवसरमा हाम्रो क्यान्सर अस्पताल परिवारका तर्फबाट
आदरणीय हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

क्यान्सर उपचार केवल चिकित्सा सेवा मात्र होइन: यो आशा, साहस, संवेदना र निरन्तर संघर्षको यात्रा हो।

हामी लागिपरेका छौं-
- गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य क्यान्सर उपचार
- नवीन प्रविधि र अनुसन्धानमा आधारित सेवा
- बिरामी–मैत्री, सम्मानजनक र सेवाभावपूर्ण उपचार

हाम्रो विश्वास छ-
समयमै उपचार, सही जानकारी र समर्पित सेवाले क्यान्सरमाथि विजय सम्भव छ। त्यसका लागि हामीले तय गरेको लक्ष्यमा चाँडै सफलता प्राप्त हुनेछ ।

नयाँ वर्षले सबैलाई आशा र बल प्रदान गरोस्, सेवाभाव र उत्साहले भरिपूर्ण बनाओस्।
साथ, सहकार्य र विश्वासका लागि धन्यवादसहित
सबैमा पुनः एकपटक नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना ।

The cervical cancer screening camps we conducted in a few wards of Janakprudham SMC reminded us how crucial it is to rai...
28/12/2025

The cervical cancer screening camps we conducted in a few wards of Janakprudham SMC reminded us how crucial it is to raise awareness and educate families about cancer health. Prevention truly begins at home.
During his visit in December 2025, Dr. Binay Shah met with high school students across several schools, inspiring them to become allies in women’s health, respect, and the pursuit of a dignified life for all.
It was deeply moving to see both girls and boys raising their hands together - standing united for health, respect, and dignity. Their energy and commitment show us that change begins with young voices and shared values.
High-school students can act as powerful change-makers: educating their parents and families on the importance of early cancer screening and detection, volunteering at the camps, and helping bridge understanding of what a positive result means and the next steps forward.
Let’s work together for prevention, early detection, treatment, care, and cure.

Dr. Binay Shah inspires students in Janakpur to think beyond boundaries. His message was clear: big dreams are not just ...
26/12/2025

Dr. Binay Shah inspires students in Janakpur to think beyond boundaries. His message was clear: big dreams are not just personal ambitions - they are commitments to service, equity, and impact. By daring to dream, and working tirelessly to realize those dreams, we can change the trajectory of communities and nations.

2082 Mangsir 26 (12 December 2025)Mahuwa Health Post, Janakpurdham 18.Free Cervical Cancer Screening Camp.
13/12/2025

2082 Mangsir 26 (12 December 2025)
Mahuwa Health Post, Janakpurdham 18.
Free Cervical Cancer Screening Camp.

Cervical Cancer Screening Camp at Kapileshwar Urban Health Post, Janakpurdham-16.10 December 2025 (2082 Mangsir 24)
10/12/2025

Cervical Cancer Screening Camp at Kapileshwar Urban Health Post, Janakpurdham-16.
10 December 2025 (2082 Mangsir 24)

नयाँ अध्ययन : नेपालमा क्यान्सर उपचारमा गम्भीर ढिलाइ, लक्षण देखिएको ४ महिनापछि मात्रै उपचार सुरु विश्व स्वास्थ्य संगठन (ड...
02/12/2025

नयाँ अध्ययन : नेपालमा क्यान्सर उपचारमा गम्भीर ढिलाइ, लक्षण देखिएको ४ महिनापछि मात्रै उपचार सुरु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अन्तर्गतको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्थान (आईएआरसी)का वैज्ञानिक डा. दीपेन्द्र सिंह नेतृत्वको टोलीले गरेको नयाँ अध्ययनले नेपालमा क्यान्सरको निदान र उपचार प्रक्रियामा व्यापक ढिलाइ हुने गरेको खुलासा गरेको छ। बीएमजे ग्लोबल हेल्थमा नोभेम्बर १० मा प्रकाशित अध्ययनका अनुसार, बिरामीले लक्षण देखिनेदेखि उपचार सुरु हुनसम्म औसत चार महिनाभन्दा बढी पर्खिनुपर्छ।

अध्ययन बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा २०२२ मा उपचार गराएका १ हजार १८२ प्रौढ क्यान्सर बिरामीमा आधारित थियो। अनुसन्धानले क्यान्सर उपचार यात्रा (लक्षण देखिएको समयदेखि स्वास्थ्यकर्मीलाई भेट्नु, निदान, र उपचार सुरु हुन) हरेक चरणमा उल्लेखनीय ढिलाइ भेट्टाएको छ।

मुख्य निष्कर्षहरूमा :
• लक्षण देखिनु–पहिलो स्वास्थ्य सम्पर्क: ३१ दिन
• पहिलो सम्पर्क–निदान: ४८ दिन
• निदान–उपचार सुरु: १९ दिन
• लक्षण देखिनु–उपचार सुरु: ११० दिन (करिब ४ महिना)

ढिलाइका गम्भीर नतिजा

अनुसन्धान टोलीका अनुसार यी ढिलाइका कारण धेरै बिरामी ढिलो चरणमा अस्पताल पुग्ने गर्छन्, जसले उपचारको विकल्प सीमित बनाउँछ। ढिलो निदानले जटिलता बढ्ने, जीवन–गुणस्तर खस्किने र उपचार सफलताको सम्भावना घट्ने जोखिम उच्च हुन्छ। स्रोत : https://gh.bmj.com/content/bmjgh/10/11/e019297.full.pdf?__cf_chl_tk=wQeumqW8FR8EGTKWb1kFeGK38j1eYtIq6YK3emlkiZw-1764674450-1.0.1.1-FIVI5wQDPxk4OSe7Sgm0FgFFKQSVhwueyObK4O.z9X0

゚viralシ

27/11/2025

Binaytara Hospital Project Update from our Country Director, Hari Tiwari

On November 21, we completed the final review meeting for the Binaytara Cancer Hospital project’s Environmental Impact Assessment (EIA) at the Ministry of Forests and Environment.

Our team will now submit the final EIA report to the Ministry. After submission, the approval process will move through the desk officer, Deputy Secretary, Joint Secretary, Secretary, and finally to the Minister for signature.

Once the process is complete, we will receive the official EIA approval letter — a major milestone for the Binaytara Cancer Hospital project.

Seated along the left side of the table were: health expert Ramchandra Khanal and the Ministry’s Under-Secretary. Across the table sat environmentalist and presenter D. Jyoti Gajurel, Krishna Chandra Nyaopane, Hari Tiwari, social expert Prakash Ghimire, and the civil engineer, with Under-Secretary Ambar Bahadur (social expert) participating in the review. The session was led by Joint-Secretary Binod Gyawali.

Stay tuned for more updates about our hospital in Nepal.

विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस सरकारले नेपालमा पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस मनाउँदैछ...
17/11/2025

विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस

सरकारले नेपालमा पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर उन्मुलन दिवस मनाउँदैछ। ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो दिवस मनाउन लागेको हो।

विश्व स्वास्थ्य संगठन डब्लुएचओको ७८ औँ महासभाबाट पहिलो पटक नोभेम्भर १७ लाई विश्व पाठेघरको मुखको क्यान्सरको निवारण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो। सन् २०२२ मा यहि दिनमा डब्लुएचओले पाठेघरको मुखको क्यान्सरलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा अन्त्य गर्ने विश्वव्यापी रणनीति सुरु गरेको थियो।

सन् २०२२ मा मात्र पाठेघरको मुखको क्यान्सरका कारण करिब ३.५ लाख महिलाहरूले ज्यान गुमाए। नेपालमा पनि महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सर हो। ग्लोबल क्यान्सर अब्जरभेटरी को सन् २०२२ को प्रतिवेदन अनुसार नेपालमा वार्षिक २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको र १ हजार ३१३ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ।

यी तथ्यांकका आधारमा नेपालमा पाठेघरको मुखको क्यान्सरका नयाँ बिरामी पत्ता लाग्ने दर १४ दशमलव २ प्रति लाख र मृत्युदर ८ दशमलव ७ प्रति लाख रहेको मन्त्रालयले जनाएको छ।

पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सबै देशहरूले प्रति १ लाख महिलामा ४ भन्दा कम नयाँ घटना राख्नुपर्नेछ। विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न तीन रणनीति सिफारिस गरेको छ। उक्त रणनीतीको कार्यान्वयनले पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु सन् २०३० सम्म ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ।

क्यान्सर निवारणको लागि सन् २०३० सम्ममा सरकारले कम्तीमा ९० प्रतिशत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने लक्ष्य छ। यस्तै, ३० वर्ष माथिका ९० प्रतिशत महिलाहरुको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तीमा ९० प्रतिशत महिलाहरुको उपचार गर्ने रणनैतिक लक्ष्य राखेको छ।

महिलाहरुमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो। र, क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको मन्त्रालयले जनाएको छ।

फोक्सोको क्यान्सर: तथ्यांक, जोखिम, र जनचेतनाआफैंले चुरोट, बिंडी खाने को त कुरै नगरौं, दाउराले बाल्ने चुलो, पराल जलाएर घु...
11/11/2025

फोक्सोको क्यान्सर: तथ्यांक, जोखिम, र जनचेतना
आफैंले चुरोट, बिंडी खाने को त कुरै नगरौं, दाउराले बाल्ने चुलो, पराल जलाएर घुर ताप्ने चलन, ईंटाभट्टा लगायतका विभिन्न धूँवा फाल्ने कलकारखाना, धूँवा फाल्ने सवारी साधन मात्र नभई मन्दिर या पूजापाठमा बालिने धूप र अगरबत्ती समेतले वायु प्रदुषणमा भूमिका खेल्ने गर्छन्। सामान्य मास्कले हामीलाई वायु प्रदुषणबाट बचाउन सक्दैन। वायु प्रदुषणले फोक्सोको कोषहरूमा सूक्ष्म क्षति पुर्याउँछ, जुन लामो समयको सम्पर्कमा क्यान्सरको सम्भावना बढाउँछ ।
विश्व स्वास्थ्य संगठन (WHO) अनुसार, फोक्सोको क्यान्सर विश्वभरि सबैभन्दा धेरै मृत्यु गराउने क्यान्सर हो।
• हरेक वर्ष करिब १८ लाख मानिसको मृत्यु यसै कारणले हुन्छ ।
• यो स्तन, पेट, प्रोस्टेट जस्ता अन्य क्यान्सरभन्दा धेरै घातक मानिन्छ।
• पुरुष र महिला दुवैमा उच्च दरमा देखिन्छ ।
नेपालमा फोक्सोको क्यान्सर
• GLOBOCAN 2022 (WHO) अनुसार:
o नयाँ क्यान्सर केसहरू: 22,008
o क्यान्सर मृत्युहरू: 14,704
o ५ वर्षको प्रचलन दर: 44,803
o सबैभन्दा धेरै देखिने क्यान्सर: फोक्सो
प्रमुख कारणहरू
• धूम्रपान: ~85% केसहरूमा मुख्य कारण हो ।
• दोस्रो हातको धुँवा: अरूले पिएको चुरोटको धुँवा ।
• वायु प्रदूषण(PM2.5): सवारीसाधन, उद्योग, चुलोको धुँवा - सास फेर्दा फोक्सोमा पुग्ने सूक्ष्म कण ।
• रेडन ग्यास: घरभित्रको अदृश्य ग्यास ।
• कामको वातावरण: एस्बेस्टस, आर्सेनिक जस्ता रसायन ।
• परिवारमा इतिहास: अनुवांशिक कारणले पनि हुन सक्छ ।
लक्षणहरू
• लामो समयसम्म खोकी लाग्नु
• खोकीमा रगत आउनु
• सास फेर्न गाह्रो हुनु
• छाती दुख्नु
• तौल घट्नु वा थकाइ लाग्नु
• बारम्बार संक्रमण हुनु
परीक्षण विधि
• एक्स-रे वा सिटी स्क्यान: फोक्सोको तस्बिर हेर्ने
• बायोप्सी: फोक्सोको टिस्यु परीक्षण
• पेट स्क्यान: क्यान्सर फैलिएको छ कि हेर्ने
• रक्त परीक्षण: केही विशेष प्रकारको क्यान्सर पत्ता लगाउन
स्क्रिनिङ: समयमै पत्ता लगाउने उपाय
फोक्सोको क्यान्सर पहिल्यै पत्ता लगाउन लो-डोज सिटी स्क्यान (LDCT) प्रयोग गरिन्छ।
यो परीक्षण निम्न व्यक्तिहरूका लागि सिफारिस गरिन्छ:
• उमेर ५०–८० वर्ष
• २० वर्ष बराबर चुरोट पिउने इतिहास
• हाल चुरोट पिउँदै हुनुहुन्छ वा १५ वर्षभित्र छोड्नु भएको छ ।
यो परीक्षण छिटो, पीडारहित र कम रेडिएसनयुक्त हुन्छ।
नेपालमा वायु प्रदूषणको असर
नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारण बनेको छ।
• World Bank (2025):
o वायु प्रदूषणले प्रति वर्ष ~26,000 अकाल मृत्यु गराउँछ ।
o जीवन प्रत्याशा औसत ३.४ वर्षले घटाउँछ ।
• बागमती प्रदेशमा गरिएको अध्ययन (Frontiers, 2024):
o PM2.5 प्रदूषण र फोक्सोको क्यान्सरबीच सिधा सम्बन्ध देखिएको छ ।
• Health Effects Institute (2023):
o प्रति वर्ष ~42,100 मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रोगहरूबाट ।
सार्वजनिक स्थलमा धूम्रपान निन्दनीय कार्य हो ।जब कोही सार्वजनिक स्थानमा चुरोट पिउँछ, उसले:
• आफ्नो फोक्सोमा विषाक्त पदार्थ पुर्याउँछ ।
• छेउका मानिसलाई पनि दोस्रो हातको धुँवाबाट प्रभावित बनाउँछ ।
• बालबालिका, वृद्ध, र बिरामीहरूलाई उच्च जोखिममा पार्छ ।
धूम्रपानबाट निस्कने धुँवामा ७० भन्दा बढी क्यान्सर गराउने रसायन हुन्छन्। दोस्रो हातको धुँवाले पनि फोक्सोको क्यान्सर, मुटु रोग, र श्वासप्रश्वासको समस्या निम्त्याउन सक्छ।
हामी सबैको सास फेर्ने अधिकार सुरक्षित राख्न:
• सार्वजनिक स्थलमा धूम्रपान निषेध गरौं ।
• स्वच्छ इन्धन र चुलो प्रयोग गरौं ।
• वायु प्रदूषण घटाउने नीति र अभ्यासमा जोड दिऔं ।
• उच्च जोखिम भएका व्यक्तिलाई स्क्रिनिङ गराऔं ।
#

तपाईंलाई माया गर्ने आमा, श्रीमति, दिदी, बहिनी, छोरी हाँस्दै खेल्दै रमाउँदै बाँचेको देख्न पाउँदा जति खुशी लाग्छ उति नै दु...
08/11/2025

तपाईंलाई माया गर्ने आमा, श्रीमति, दिदी, बहिनी, छोरी हाँस्दै खेल्दै रमाउँदै बाँचेको देख्न पाउँदा जति खुशी लाग्छ उति नै दुःख उनी बिरामी भए लाग्छ । हैन? हाम्रो अनुभवले क्यान्सर भएका धेरै आमा, श्रीमति, दिदी, बहिनी, छोरी, बुहारी तिरस्कृत भएको देखेको छ । दुःख लाग्छ । आखिर उनै त हुन् सृष्टिको संरक्षक, उनै त हुन् प्रकृति । उनी स्वस्थ रहे सबैको ख्याल राख्छिन्, सबैको स्याहार गर्छिन्, सबैलाई खुशी बाँड्छिन् । उनी अस्वस्थ रहे घरको दियो निभ्छ । उनी अस्वस्थ हुँदा उनको उपचार गर्नु कर्तव्य मात्र होइन मानव हुनुको अर्थ पनि हो । हामी मानवियता नभुलौं है?

आज मैथिलीमा पनि लेख्न मन लाग्योः

अहाँकेँ स्नेह करयवाली माय, पत्नी, दिदी, बहिन, बेटी केँ हँसैत-खेलैत, आनंदित भ' जीबैत देखिक' जतबा खुशी होइत छै, ततबे दुख होइत छै जखन ओ बीमार पड़ैत छथि। नै? हमर अनुभव कहैत छै जे कैंसर ग्रसित बहुत माय, पत्नी, दिदी, बहिन, बेटी, बुहारी केँ समाज द्वारा उपेक्षित कएल गेल छै। ई देखिक' बहुत दुख होइत छै। आखिर ओही सब त सृष्टिक रक्षक छथि, ओही सब त प्रकृति छथि। जँ ओ स्वस्थ रहथि त' सभक देखभाल करथि, सभक सेवा करथि, सभकेँ खुशी बाँटथि। जँ ओ अस्वस्थ रहथि त' घरक दीप जरब बन्द भ' जाइत छै। ओ अस्वस्थ रहथि त' हुनकर उपचार करब केवल कर्तव्य नहि, बल्कि मानव होयबाक असली माने सेहो छै। हम सभ मानवता केँ नहि बिसरू, है न?

General Surgeon Dr. Rabin Pratap Shah for the patients of Binaytara Foundation Cancer Center!
04/11/2025

General Surgeon Dr. Rabin Pratap Shah for the patients of Binaytara Foundation Cancer Center!

क्यान्सर लामो समयदेखि नेपालको स्वास्थ्य नीतिमा उपेक्षित रहँदै आएको छ। रोकथाम, प्रारम्भिक पहिचान र उपचारका लागि आवश्यक स्...
03/11/2025

क्यान्सर लामो समयदेखि नेपालको स्वास्थ्य नीतिमा उपेक्षित रहँदै आएको छ। रोकथाम, प्रारम्भिक पहिचान र उपचारका लागि आवश्यक स्रोत र संरचना अभावले गर्दा धेरै नेपाली नागरिक क्यान्सरको उपचारबाट वञ्चित छन्। जसले उपचार पाएका छन्, तिनले पनि अत्यधिक आर्थिक बोझ व्यहोर्नुपरेको छ। डा. शर्माले यी चुनौतीहरूलाई राम्ररी बुझ्नुभएको छ। उहाँको नेतृत्वले प्रारम्भिक पहिचान कार्यक्रम, क्यान्सर सम्बन्धी जनशक्ति विकास, र प्यालियटिभ केयर जस्ता नीतिहरू लागू गर्न बलियो सम्भावना सिर्जना गरेको छ। @

चुनौतीहरू अझै पनि धेरै छन्, सीमित स्रोत, राजनीतिक अस्थिरता, स्वास्थ्यकर्मीका लागि अपर्याप्त तालिम, भौगोलिक कठिना...

Address

Kadam Chowk
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Binaytara Foundation Cancer Center, Janakpur, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Binaytara Foundation Cancer Center, Janakpur, Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category