09/09/2025
नेपालभर भइरहेको Gen Z प्रदर्शनलाई ध्यानमा राख्दै, हाम्रो अस्पताल समुदायसँग ऐक्यबद्ध रहन्छ र तपाईंको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिन्छ। 🩺❤️
👉 प्रदर्शनका क्रममा घाइते वा प्रभावित भएका सबैका लागि हामीले निःशुल्क स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार उपलब्ध गराइरहेका छौँ।
👉 हाम्रो आपतकालीन तथा बाह्य बिरामी विभाग (OPD) तत्काल उपचारका लागि तयार छन्।
तपाईंको आवाज महत्त्वपूर्ण छ, तर तपाईंको स्वास्थ्य अझ महत्त्वपूर्ण छ। यदि तपाईं वा तपाईंको साथी प्रदर्शनका क्रममा घाइते हुनुभएको छ भने, नहिचकिचाई तुरुन्त उपचार लिनुहोस्।
सुरक्षित रहनुहोस्। हामी तपाईंको साथमा छौं।