04/10/2025
📢आम नागरिकलाई अनुरोध
देशभर लगातार भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेको छ ।
👉 अनावश्यक बाहिर ननिस्कनुहोस् ।
👉जोखिमयुक्त नदी किनार, खोलाखोल्सा र पहिरो सम्भावित स्थानबाट टाढा रहनुहोस् ।
👉स्थानीय प्रशासन, प्रहरी तथा उद्धार निकायले जारी गर्ने निर्देशन र सूचनालाई पालना गर्नुहोस् ।
👉आपतकालीन अवस्थामा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्नुहोस् ।
🙏 हाम्रो सजगता र सतर्कताले ज्यान र धन दुवै सुरक्षित राख्न सक्छ ।
सावधान रहौँ, सुरक्षित रहौँ।