07/09/2024
५० लाख ले एमबिएस ५ वर्षको पढाइ पछी तलब ३० हजार आउछ । ५० लाख फिक्स डिपोजिट गर्द ५० हजार महिनाको ब्याज आउछ । अबको ५ वर्ष पछी जागिर त पाउना मुस्किल देख्छु । त्यसैले ध्यान दिनु को बिकल्प छैन।l
आदरणीय/ प्रिय MBBS पढ्न चाहाने विद्यार्थी र अभिभावक हरुमा फ्रि मा सल्लाह/ सुझाब।
डाक्टर बन्ने सपना देख्नु राम्रो हो तर त्यो भन्दा पहिले ध्यान दिनुहोस्।
भोलिका दिनमा उपलब्ध हुने salary, security को अवस्था।
यदि तपाईंहरुले पूर्ण छात्रवृत्तिमा MBBS अध्ययन गर्दै हुनुहुन्छ भने ठिक छ । तपाईंले पूर्ण छात्रवृत्ति प्राप्त नपाएको अवस्थामा ऋण लिएर MBBS अध्ययन नगर्नुहोस्, MBBS पढ्नको लागि सम्पत्ति बिक्री नगर्नुहोस्, र आफ्नो परिवारका सदस्यहरूलाई बोझ न थोपर्नु होस।
तपाईंहरुले अध्ययन पश्चात स्वदेशमा काम पाउन कठिन हुने निश्चित प्राय देखिन्छ।
त्यसैले, अहिले AMC (Australian Medical Council) परीक्षा धेरै महँगो छ, USMLE (United States Medical Licensing Examination) मा म्याच गर्न गाह्रो छ, DHA (Dubai Health Authority) मा धेरै थोरै खाली स्थानहरू छन्, र त्यो पनि धेरै महँगो छ। PLAB (Professional and Linguistic Assessments Board) पनि अहिले अलमलमा परेका छन, किनकि धेरै डाक्टरहरू जागिरको प्रतिक्षामा बसेका छन्।
६ वर्ष MBBS पूरा गरेपछि तपाईंले राम्रो जागिर र राम्रो तलब नपाउने अवस्था छ, एक पटक आफ्नो नजिकका चिकित्सक संग वर्तमान अवस्था बुझ्नुहोला अनि निर्णय गर्नुहोला।
धन्यवाद।
पुनश्च: आफू डाक्टर भएर अरूलाई हतोत्साही बनाउन लेखिएको होईन, वास्तविकता लेखिदिएको मात्रै हो।
copied