स्वास्थ्य चौकी बरियारपुर, बारा

  • Home
  • Nepal
  • Kalaiya
  • स्वास्थ्य चौकी बरियारपुर, बारा

स्वास्थ्य चौकी बरियारपुर, बारा Health and welness

बरियारपुर स्वास्थ्य चौकि मा कार्यरत डा.कृष्ण कुमार गुप्ता सर को अगामि दिनहरु को शुभकामना सहित बिदाई गरियो।🙏🙏🌹🌹❤️
11/12/2025

बरियारपुर स्वास्थ्य चौकि मा कार्यरत डा.कृष्ण कुमार गुप्ता सर को अगामि दिनहरु को शुभकामना सहित बिदाई गरियो।🙏🙏🌹🌹❤️

25/08/2025

Important Awareness: हैजा बारे जानौं, बुझौँ र सतर्क रहौँ ।
गर्मी तथा वर्षा याम सुरु भएसँगै झाडापखाला, हैजा जस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी छ।

के हुन् लक्षणहरू
–पेट दुख्ने
–बान्ता हुने
–असाध्यै तिर्खा लाग्ने
–पातलो दिसा हुने

घरैमा उपचार गर्ने ५ नियम
–झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने
–प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने
–नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने
– स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नविराइकन खुवाउने
–व्यक्तिगत सरसफाईमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने

तलका कुनै पनि लक्षण देखिएमा तुरून्तै स्वास्थ्य संस्थामा लैजाने
–खान पिउन नसक्ने गरी बिरामी भएमा
– दिसामा रगत देखा परेमा
– बारम्बार बान्ता भइरहेमा
– ज्वरो आएमा
– धेरै पटक पातलो दिसा गरेमा

पखाला लाग्नबाट बच्ने उपाय
– चर्पीमा मात्र दिसा पिसाव गर्ने
– दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने
– खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने
– पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने
– बासी, सडेगलेको, किँगा भन्केको खानेकुरा नखाने
– खानेपानीको मुहान सफा र सुरक्षित राख्ने

स्रोत: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र

नि-शुल्क एम्बुलेन्स सेवा सम्बन्धमा सूचना ।
27/04/2025

नि-शुल्क एम्बुलेन्स सेवा सम्बन्धमा सूचना ।

प्रथम संशोधित पत्रको दोश्रो पटक प्रकाशित
20/04/2025

प्रथम संशोधित पत्रको दोश्रो पटक प्रकाशित

17/04/2025

Important: वैशाख ६ र ७ गते ६ महिना देखि ५ वर्ष सम्मका नानीबाबुहरुलाइ भिटामिन ए (Vitamin A) खुवाईदैछ... Please contact local health volunteers for Vitamin A capsule. 💊

टेन्डर आव्हान गरिएको बारे सूचना ।
12/04/2025

टेन्डर आव्हान गरिएको बारे सूचना ।

 #टेन्डर आव्हान गरिएको बारे सूचना ।
19/03/2025

#टेन्डर आव्हान गरिएको बारे सूचना ।

H.P.V खोप संचालन सम्बन्धमा ।
13/02/2025

H.P.V खोप संचालन सम्बन्धमा ।

05/02/2025

HPV Vaccine लगाऊ (HPV) human papillomavirus को infection बाटहुने cervical cancer को जोखिम बाट बचौ है त !!! जनहितमा जारी सन्देश!!⚛️

सूचना !   सुचना !!    सूचना !!!     नि: शुल्क घुम्ती शिविर संचालन सम्बन्ध्मायस महागढीमाई नगरपालिका / Mahagadhimai Munici...
19/01/2025

सूचना ! सुचना !! सूचना !!!

नि: शुल्क घुम्ती शिविर संचालन सम्बन्ध्मा
यस महागढीमाई नगरपालिका / Mahagadhimai Municipality अन्त्र्गत स्वास्थ्य चौकी बरियारपुर, बारामा यहि मिति २०८१/१०/२९ गते देखि २०८१/११/०१ तीन दिनको शिविर संचालनमा मौकाको फाइदा उठाउनु /

नोट- यहाँ मिनिल्याप,भ्याक्सोटोमी,आइ.यु.सि.डि र इम्प्लान्ट को सेवा उप्लब्ध गराइन्छ।

सम्पर्क नम्बर
९८५५०४२४१५
९८४५८०९१५४

  @ vitamins A and deworming program  यहि  कार्तिक २ र ३ गते आफ्नो नजिकका महिला स्वयमसेविका ज्यु  हरुसंग सम्पर्क गरि ५ व...
17/10/2024

@ vitamins A and deworming program
यहि कार्तिक २ र ३ गते
आफ्नो नजिकका महिला स्वयमसेविका ज्यु हरुसंग सम्पर्क गरि ५ वर्ष मुनिका आफ्ना बालबालिका हरुलाई भिटामिन A र जुकाको औसधि खुवाऊ.....
child Nation

Address

महागढ़िमाइ नगरपालिका , बरियारपुर बारा/२
Kalaiya

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य चौकी बरियारपुर, बारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to स्वास्थ्य चौकी बरियारपुर, बारा:

Share