30/11/2025
Mother’s Tree Japan supports foreign moms in Japan with multilingual help and warm, caring guidance. They also share so much information in Nepali! May it reach everyone who needs it.
Mother’s Tree Japan は、日本で子育てする外国籍のお母さんたちを、多言語と寄り添いで支える団体です。
誰もひとりにしない子育てのために、優しくらいそして力強く活動されています。
ネパール語での情報もたくさん!!
必要な方に情報が届きますように。
Next Sunday・らいしゅうのにちようびです♪
↓↓↓
https://mothers-tree-japan.org/nepali/workshop/learn-japanese-at-toyo-university/
🇳🇵तोयो विश्वविद्यालयका विद्यार्थीहरूसँगै मिलेर खेल्दै जापानी भाषा सिकौँ!
नर्सरी/डेकेयर (保育園) मा, किन्डरगार्टेन (幼稚園) मा, वा पार्कमा (公園) जापानी भाषा बोल्न नसक्दा उनीहरूलाई साथी बनाउन गाह्रो भइरहेको हुन सक्छ।
त्यस्तो बेलामा आमाबुवाहरूलाई धेरै चिन्ता लाग्छ, होइन र?
आउनुहोस्, तपाईं र तपाईंको बालबालिका दुवैले मिलेर साथी बनाउन र शिक्षकसँग रमाइलो कुरा गर्न सक्ने जापानी भाषा सिकौँ।
किताब वा पाठ्यपुस्तक प्रयोग गरेर सिक्नुको सट्टा, यो कार्यशाला “हेर्ने, छुने र बनाउने” जस्ता खेलहरूका माध्यमबाट जापानी भाषा सिक्ने विशेष तरिका हो।
कार्यशालाबाट घर जाँदा,त्यो दिन सिकेका कुराहरू घरमै सँगै प्राकटिस गर्न मिल्ने ‘उपहार’ (अभ्यास सामग्री) पनि दिइनेछ।
आमाबुवा र बालबालिका लाई सँगै यस कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ!
कहिले:
डिसेम्बर ७ (आइतबार) १:३० – ३:०० छोएर खेलौँ
जनवरी ११ (आइतबार) १:३० – ३:०० बनाएर खेलौँ
जनवरी २५ (आइतबार) १:३० – ३:०० नक्कल गरेर खेल्ने (रोल प्ले)
क कसको लागि:
करिब ३ देखि ५ वर्षका बालबालिका र उहाँका बुबा-आमा (जम्मा १० जोडी)
कहाँ:
टोयो विश्वविद्यालय WELLB HUB-2 को छैटौँ तल्ला (6th floor)
東洋大学(とうようだいがく) WELLB HUB-2 6階(かい)
अकाबाने स्टेशनबाट ८ मिनेट पैदल
दोभाषेको व्यवस्था छ।
यहाँबाट दर्ता गर्नुहोस्(申込み)
https://mothers-tree-japan.org/nepali/workshop/learn-japanese-at-toyo-university/
कहिलेकाहीँ कन्फरमेसन इमेल तपाईको Spam/Junk फोल्डरमा जान सक्ने भएकोले कृपया ध्यान दिनुहोला।
यदि ईमेल प्राप्त नभएमा Spam/Junk फोल्डर चेक गर्नुहोस्।