Pahichan Nepal Rehabilitation Center Pvt.Ltd.

Pahichan Nepal Rehabilitation Center Pvt.Ltd. “We have plenty of tomorrows to compensate for the wrongs made yesterday.”

04/06/2024

यदि तपाईंहरूको घर, टोल, समाज छिमेकमा यदी मादक पदार्थ र लागुऔषध सेवन कर्ताहरू छन्‌ भने यदि तपाईंहरूले उनीहरूलाई सुधार्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुने छ हाम्रो सम्पर्क नम्बर 9841809155 , 9841212262

28/12/2023
09/12/2023

Just for today, December~9
Listening (सुन्नु)
"सुन्न सक्ने योग्यता एक उपहार हो जुन हाम्रो आध्यात्मिक प्रगति को साथ् साथ विकसित हुने गर्दछ जब हामी यो उपहार प्रति आफ्नो हृदय पूर्ण रुपले खुला गर्दछौ तब हामीले हाम्रो जीवनको नया अर्थ पाउन थाल्दछौ।"
Basic Text, p. 107
----------------=---------------
के तपाइले कहिले दुइ बच्चा हरु एक आपसमा कुराकानी गरिरहेको ध्यान गरेर हेर्नु भएको छ ? त्यहा एक जना ले कालो राक्षस को बारेमा बताइ रहेको हुन्छ भने अर्को आफ्नो जुत्तामा बालुवा पसेर आफुलाई परेको असुबिधा को बारेमा भनी रहेको हुन्छ। हामी पनि कहिले काही यस् प्रकारको संचारको समस्या को सामना गर्ने गर्दछौ जब हामी अरु को सुन्न सिख्ने गरिरहेका हुन्छौ। एक तर्फ बैठक मा हामी अरुको सुन्ने प्रयास गरिरहेका हुन्छौ भने अर्को तर्फ सद्स्य हरुले सेरिंग गर्दा बखत हामी यो योजना बनाउन व्यस्त हुन्छौ जब हाम्रो बोल्ने पालो आउछ तब हामी के बोल्छौ होला भनेर। वार्तालाप को दौरान हामी अचानक यो महसुस गर्न थाल्दछौ कि हामीले दि रहेको उत्तर हरु सोधिएको प्रश्न हरु सँग केही सम्बन्ध छैन भनेर। अपितु त्यो त हामीले दिएको भाषण हो जुन हामीले आफ्नो सेल्फ अब्सेसनको पकडमा नै तयार गरेका हौ।
सुन्ने कला सिक्नु र साच्चै नै सुन्नु यो मुश्किल कार्य हो। तर यो हाम्रो पहुच को सिमा भन्दा बहिर हुने गर्दैन। हामीले वार्तालाप गर्ने मित्र ले के भनी रहेछ, उसले भनेको कुरा हरुलाई आफ्नो जवाब मा सामेल गरेर हामी सुन्ने कला सिक्न सुरुवात गर्न सक्तछौ। जब कसैले कुनै समस्या व्यक्त गर्दछ तब हामी यो सोध्न सक्तछौ कि हामी कसरी उसको मद्घत गर्न सक्तछौ भनेर। सानो प्रयास ले हामी आफ्नो सेल्फ अब्सेसन बाट ठुलो मुक्ति पाउन सक्तछौ र आफ्नो जीवनमा भएको व्यक्तीहरु सँग अझ नाजिकको सम्बन्ध बनाउन सक्तछौ।
---------------=---------------
आजको निम्ती मात्र - आज म आफ्नो सोच हरुलाई मौन राख्ने छु र अरुलाई सुन्ने छु कि उनिहरुले के भनी रहेको छ भनेर।

07/12/2023

Just for today, December~7
Surviving our emotions (भावना मा डुबेर पनि आफुलाई बचाई राख्नु)
"हामी तमाम उपलब्ध भएको साधन हरुलाई उपयोग गर्दै भावनामा डुबि रहेर पनि आफुलाई बचाई राख्ने योग्यता बिकसित गर्ने गर्दछौ।"
Basic Text, p. 31
----------------=----------------
"भावना मा डुबि रहेर पनि आफुलाई बचाउ" हामी मध्ये केही यो भन्ने गर्दछ। तपाईं अवश्य मजाक गरिरहनु भएको छ !" जब हामी नशा लिने गर्दथ्यौ, तब हामीले कहिले पनि आफैलाइ यो अवसर दिएनौ कि कसरी आफुलाई बचाउने भनेर। हामीले यो सोच्यौ कि हामी आफ्नो भावनामा डुबेर आफुलाई बचायेका होइन रहेछौ, अपितु हामी त्यसलाई नशा दिएर सूताइ रहेका थियौ। समस्या त्यो थियो कि, आफ्नो सहन नसक्ने भावना बाट आफुलाई बचाउनको लागि हामीले नशाको रुपमा जुन उपचार भेटाएको थियौ त्यसैले नै हामीलाई मारी रहेको थियो। तब, जब हामी नारकोटिक्स एनोनिमोस मा आयौ र बाह्र पाइला मा कार्य गर्न सुरु गर्यौ र परिणाम : हामी भावनात्मक तवरले परिपक्क हुँदै गयौ।
हामी मध्ये धेरैले सुरुवात बाट नै भावनात्मक राहत प्राप्त गर्यौ। हामी यो दिखावटी गर्दा गर्दै थकित भइसकेका थियौ कि हाम्रो दुर्व्यसन र हाम्रो जीवन हाम्रो आफ्नै नियन्त्रण मा थियो भनेर। र वास्तवमा हामीले अन्त न पन्त यो स्विकार गरेर राम्रो महसुस गर्न पायौ कि त्यो सहि नरहेछ। आफ्नो स्पोन्सर सँग आफ्नो कार्य सुची लाई सेयर गरेपछी हामीले यो महसुस गर्यौ कि हामी को हौ र के महसुस गर्छौ भनेर नकार्न पर्दैन र कसैले अस्विकार गर्छ भनेर डराउनु पर्दैन। जब हामीले आफ्नो तमाम क्षतिपूर्ति पुरा गर्यौ तब हामीले यो बुझ्यौ कि अब हामी ले कुनै प्रकारको अपराध बोध बाट ग्रष्त रहन आवश्यक छैन अब हामी यसको लागि आँफैलाई जिम्मेवार मान्न सक्छौ तर यसले हामीलाई मार्न सक्तैन। जती नै हामी एन ए को सुधार कार्यक्रम काम गर्यौ त्यसरी नै जीवन जुन रुपमा हामी सामु आउने गर्दछ त्यसलाई त्यसरी नै जिएर हामी आफुलाई राम्रो महसुस गर्न सक्यौ।
कार्यक्रमले आज पनि त्यसरी नै प्रभावकारी ढंगले काम गर्ने गर्छ जती पहिला सधैं गर्ने गरेको थियो। आफ्नो दैनिक कार्य हरुको हिसाब किताब राखेर र यसमा इमान्दार भएर आफ्नो भूमिका को आँकलन गर्दै तथा हरेक वास्तविकता को सामु समर्पण गर्दै गरेर हामी आफ्नो त्यो भावनाहरुमा फसेर पनि आफुलाई बचाउन सक्तछौ जुन जीवनले हाम्रो मार्गमा फ्याक्ने गर्दछ। उपलब्ध साधन लाई प्रयोग गरेर हामी आफ्नो भावना हरुमा आँफैलाई बचाउन सिकेका छौ ।
----------------=----------------
आजको निम्ती मात्र - म आफ्नो भावनाहरुलाई स्विकार गर्ने छु। जीवन जस्तो छ त्यसको सामु इमान्दार भएर आफुलाई समर्पर्ण गर्ने छु। म कार्यक्रमको सबै साधनलाई प्रयोग गर्ने छु जसले गर्दा मा आफ्नो भावना को सामना गर्न सक्ने छु।

06/12/2023

Just for today, December~6
Romance and recovery (प्रेमलीला र सुधार)
"सम्बन्ध को दायरा एकदमै पिडादायी हुन सक्तछ।"
Basic Text, p. 82
----------------=----------------
हामी मध्ये केही को लागि प्रेम एक अमृत जस्तै हुने गर्दछ। कुनै नयाँ प्रेमीको उत्तेजना, घनिष्ठता बढाउनाले हुने रोमान्चक अनुभुती, जुन हामी अरुबाट गोप्य नै राख्ने गर्दछौ। यो सबै अत्यन्त शाक्तिशाली भावनाहरु हो। तर हामी यो बिर्सन सक्तनौ कि हामी हाम्रो दुर्व्यसन बाट छुटकारा केवल एक दिन को हिसाबले मात्र पाउने गर्दछौ। कुनै पनि सुधारमा भएको दुर्व्यसनी ले आफ्नो जीवनमा दुर्व्यसन बाट यो दैनिक मुक्ति लाई जहिले पनि पहिलो प्राथमिकता मा नै राख्ने गर्नु पर्दछ।
हामी हाम्रो सम्बन्धमा धेरै गहिराइ सम्म डुब्न सक्तछौ। यो प्रक्रियामा हामी आफ्नो पुरानो साथी तथा आफ्नो स्पोन्सर समेत लाई वेवास्ता गर्न सक्तछौ। र तब, जब हालत धेरै बिग्रदै जान्छ तब हामी प्राय यो महसुस गर्ने गर्दछौ कि अब हामी तिनिहरु सामु हाथ पुराउन सक्तैनौ जसले हामीलाई हामी यो प्रेमको चक्करमा पर्नु भन्दा अगाडि हाम्रो मद्घत गर्ने गरेको थियो। यही अनुभुती नै हाम्रो लागि फेरी सक्रिय दुर्व्यसनमा फर्कने कारण बन्न सक्तछ। तर नियमित हाम्रो कार्यक्रममा कार्य गर्दै र नियमित बैठकमा सहभागि भैइरहनाले हामी आँफैलाई आवश्वस्त पार्न सक्तछौ हामी सँग सुधारको एक सन्जाल छ, भलै हामी प्रेम लीला मा को गहिराइ मा जती पनि डुबेका किन नहोस।
प्रेम को लागि कसै सँग जोडिनु हाम्रो चाहना एक स्वभाविक कुरा हो। तर हामीले यो कहिले पनि बिर्सन हुँदैन कि बिना एन.ए कार्यक्रम कुनै पनि स्वस्थ्य सम्वन्धले पनि हामीलाई दुर्व्यसन को शक्तिशाली खिचाव बाट बचाउन सक्तैन।
---------------=---------------
आजको निम्ती मात्र- प्रेमलीला को चाहनामा परेर म मेरो सुधार लाई वेवास्ता गर्ने छैन।

05/12/2023

Just for today, December~4
Gods will, not ours (हाम्रो होइन, ईश्वर को इच्छा)
"हामीले बुझेका छौ कि यदी हामी ईश्वर को इच्छा को लागि प्रार्थना गर्यौ भने हामीले त्यो सबै प्राप्त गर्न सक्छौ जुन हाम्रो लागि सबै भन्दा राम्रो हुन्छ चाहे हामी जे पनि सोचौ।"
Basic Text, p. 46
-----------------=----------------
त्यो समय जब हामी एन.ए मा आएका थियौ, हाम्रो अन्तरात्मा को आवाज एकदमै अविश्वशनिय एबम आत्मघाती बनिसकेको थियो। दुर्व्यसन ले हाम्रो इच्छा हरु हाम्रो अभिरुची हरु र हाम्रो लागि सबै भन्दा उचित के छ, हाम्रो यो सबै भावना हरुलाई पूर्ण रुपले बिकृत बनाइ सकेको थियो। त्यसैले यो यती अधिक महत्वपूर्ण भएको छ कि हामी आफ्नो सुधारको क्रममा आफु भन्दा महान एक उच्च शक्ति प्रती आफ्नो विश्वास लाई विकसित गरौ। जस्ले हामी आँफै स्वयम बाट भन्दा पनि बढी विश्वशनिय र विवेकपूर्ण मार्ग दर्शन प्राप्त गर्न सकौ। हामीले त्यो उच्च शक्ति को हेरचाह माथि कसरी पूर्ण भरोसा गर्ने र त्यो भित्री निर्देशन जुन हामीलाई उपलब्ध गराइएको छ त्यो माथि कसरी विश्वास गर्ने हो भनेर हामी सिक्न सुरुवात गरी रहेका छौ।
जसो कि सबै सिक्ने प्रकिया हरुमा भएको जस्तै यस आफ्नो लागि ईश्वर को इच्छा बुझ्न को लागि र त्यस लाई पुरा गर्नको लागि चाहिने शक्ति को लागि प्रार्थना को लगातार अभ्यास गर्नु पर्ने हुन्छ। हाम्रो दुर्व्यसन को समय मा जुन स्वार्थी तथा अहंकारी दृष्‍टिकोण लाई आफु भित्र बिकसित गरेका थियौ त्यसलाई राता रात त टाढा बनाउन सक्तैनौ। यो दृष्‍टिकोण ले हाम्रो प्रथाना गर्ने तरिका लाई प्रभावित गर्न सक्तछ। हामी आफुलाई केही यस् तरिकाले पनि प्रार्थना गरेको पनि पाउन सक्तछौ कि - हे ईश्वर, मलाई मेरो यि चारित्रिक दोष हरुबाट मुक्त गरिदिनुहोस ताकी म एक राम्रो मानिस बन्न सकु।
हामी आफ्नो सोच र इच्छा हरु प्रती जती धेरै सिधा र सफा हुन्छौ, त्यती नै हामी हाम्रो लागि हाम्रो आफ्नो र ईश्वर को इच्छा को भिन्नता बुझ्न सजिलो हुने गर्दछ। "हे ईश्वर! मात्र तपाईंले दिएको जानकारी को लागि! हामी प्रार्थना गर्ने गर्न सक्तछौ। "यही नै हो, जुन मैले हालको परिस्थिती मा चाहेको छु । फेरी पनि प्रार्थना गर्ने छु कि मेरो इच्छा होइन तपाईंको इच्छा चलोस।" जब एक पटक हामी यस्तो गर्दछौ, तब हामी आफ्नो उच्च शक्ती को मार्ग दर्शन लाई बुझ्न र स्विकार गर्नको लागि आफुलाई तैेयार पार्न सक्तछौ।
----------------=-----------------
आजको निम्ती मात्र- हे उच्च शक्ति, मैले तपाईंको मार्ग दर्शन मा विश्वास गर्ने सिकेको छु। तर पनि अझै मेरो आफ्नो नै केही सोच हरु छ कि म कस्तो जीवन जिउन चाहन्छु। मलाई त्यो तमाम सोच तपाईं सँग सेयर गर्न दिनुहोस र मलाई मेरो लागि तपाईंको इच्छा लाई सफा सँग बुझ्न दिनुहोस् र अन्तमा म यो नै चाहन्छु कि मेरो होइन तपाईंको नै इच्छा चलोस।

30/11/2023

Just for today, November~30
Sharing the real me (मेरो वास्तविकता लाई सेयर गर्नु)
"अरु सँग सेयरिङ् गर्नाले हामी लाई एक्लोपना र एकांकी पनाको अनुभुती बाट बचाउने गर्दछ।"
Basic Text, p. 85
-----------------=-----------------
कुनै दोश्रो व्यक्ति सँग आफ्नो भित्री भावना र सोच हरुलाई सेयर गर्नु लाई नै घनिष्टता भनिने गर्दछ। हामी मध्ये धेरैले त्यस्तै सहयात्री को चाहना राख्ने गर्दछ जुन हामी घनिष्ठता बाट मात्र प्राप्त गर्ने गर्दछौ। तर त्यस्तो अनुभुती प्रयत्न बिना प्राप्त गर्न सक्तैनौ। आफ्नो दुर्व्यसन को समय मा हामी अरुबाट आफुलाई बचाउदै हिंड्ने गर्दथ्यौ कतै हाम्रो नशा खाने बानिलाई बाधा नपरोस। तर सुधारमा आएपछी हामीले यो बुझ्यौ कि अरु माथि कसरी विश्वास गर्नु पर्छ भनेर। घनिष्ठता बढाउनको लागि यो जरुरी हुने गर्दछ कि हामीले पहिला अरुको लाई बन्द गरेको ढोका खोल्नु पर्दछ घनिष्ठता बाट प्राप्त हुने आत्मियता को अनिभुती गर्नको लागि पहिला यो जरुरी छ कि हामी अरुलाई आफ्नो नजिग आउन दियौ। आफ्नो वास्तविक व्यक्तित्व को नजिग आउन देउ।
यदी हामी आफु भित्र पद्धती को "स्व्यम"लाई अरु सँग सेयर गरौ तब पहिला हामीले यो बुझ्न जरुरी छ कि वास्तवमा त्यो भित्र पद्धति "स्व्यम" के हो ? हामी नियमित रुपमा आफ्नो जिवनलाइ यो बुझ्नको लागि जाची रहेका हुन्छौ कि वास्तवमा हामी को हौ, वास्तवमा हामी के चाहन्छौ र वास्तवमा कस्तो महसुस गर्ने गर्दछौ ? तब आफ्नो नियमित कार्य सुची को आधार मा मात्रै हामी आफ्नो मित्र हरु प्रती त्यती नै पूर्णता र ढृढता को साथ इमान्दार हुन सक्दछौ, जती कि हामी हुन सक्तछौ।
घनिष्ठता जीवन को एक अंग हो र त्यसैले यो स्वच्छ रहि रहनाको पनि एक भाग हो र सुधार कार्यक्रम बांकी अन्य चिजहरु जस्तै घनिष्ठता को पनि एक मुल्य हुने गर्दछ। घनिष्ठता ले जुन पिडादायी आत्म बिश्लेशण को माग गर्ने गर्छ त्यस्ले हामी बाट कठिन परिश्रम को अपेक्षा राख्ने गर्दछ। र घनिष्ठता को पूर्ण इमान्दारी ले प्राय अनेक समस्या हरु पनि जन्म दिने गर्दछ। तर एक्लोपना र एकांकीपना बाट छुटकारा जुन घनिष्ठता को कारणले प्राप्त हुने गर्दछ त्यो साच्चै नै प्रयास गर्नको लागि योग्य छ।
---------------=----------------
आजको निम्ती मात्र - म एक्लोपना र एकाँकीपना मुक्त हुनको लागि प्रयास गर्ने छु जुन घनिष्ठता ले लिएर आउने गर्दछ। आज म आफ्नो व्यक्तिगत कार्यसुची लाई परीक्षण गरेर आफ्नो वास्तविक "स्व्यम" लाई बुझ्ने चेष्टा गर्नेछु र अरु सँग पूर्ण तवरले ईमान्दार रहने छु।

28/11/2023

Just for today, November~28
Being ourselves (हामी जस्तो छौ त्यस्तै रहौ)
"साँचो रुपमा विनम्र हुनको लागि आफुलाई स्वीकार्नु पर्दछ र ईमान्दार भएर हामी जस्तो छौ त्यस्तै रहनको लागि प्रयास गर्नु आवश्यक छ।"
Basic Text, p. 36
---------------=---------------
विनम्रता एक उल्झन ले भरिए को बिचार हो। हामीले अपमान को बारेमा धेरै कुरा बुझेका छौ, तर विनम्रता हाम्रो लागि नयाँ र नौलो कुरा हो। यस्तो लाग्दछ कि यसमा दिनता हिनता, सिर निहुराउने र तुच्छता को भावहरु हुन्छ। तर विनम्रता म यस्तो केही पनि हुने गर्दैन साँचो विनम्रता त हामी जे हौ त्यसलाई केवल स्विकार गर्नु मा नै हुने गर्दछ।
जब हामी त्यो पाइला मा पुग्दछौ जहाँ हामीले "विनम्रता" भन्ने शब्द सुन्न पाउदछौ तब हामी त्यो भन्दा पहिले नै यो सिद्दान्त को अभ्यास गर्न सुरु गरिसकेका हुन्छौ । त्यसैले चौथो पाइला ले हामीलाई यो अवसर दिने गर्दछ कि हामी परीक्षण गरौ कि वास्तवमा हामी के हौ र पाचौ पाइला ले हामीलाई त्यो ज्ञान लाई स्विकार गर्नको लागि मद्घत गर्ने गर्दछ।
विनम्रता को अभ्यास गर्नु को अर्थ यो हो कि हामी आफ्नो वास्तविक स्वाभाव लाई स्विकार गरौ र ईमान्दार भएर हामी जो हौ त्यसरी नै रहने प्रयास गरौ। हामी आफुलाई तुच्छ ठानेर झुक्नु जरुरी छैन। बिनम्रता को साँचो अर्थ यो हो कि हामी देखावटी गर्न छाडौ र जती ईमान्दार भएर रहन सक्छौ रहौ।
--------------=--------------
आजको निम्ती मात्र- म आफ्नो स्वाभाव को बारेमा सहि ज्ञान हासिल गरेर त्यही अनुसार कार्य गर्नेछु। म जस्तो छु त्यही रुपमा संसार को सामना गर्ने छु। देखावटी गर्ने छैन।

27/11/2023

Just for today, November~27
Seeking God's help (ईश्वर को मद्घत खोज्नु)
"सुधार को दौरानमा ईश्वर को सहायता माग्ने हाम्रो निर्णय हाम्रो लागि साहस र शक्ति को श्रेष्ठतम स्रोत हो।"
Basic Text, p. 26
---------------=----------------
जब हामी तेश्रो पाइला मा कार्य सुरु गर्दछौ हामी हाम्रो दैनिक जीवन मा एक प्रेम पूर्ण उच्च शक्ति लाई आफ्नो हेरचाह र मार्ग दर्शन गरी दिनको लागि अनुमती दिने निर्णय गर्दछौ। हामी मध्ये केहीले यो विश्वास पनि गर्ने गर्दछौ कि यदी हामीले तेश्रो पाइला को निर्णय गर्यौ भने त्यसपछी को अगाडिको बाटो हामीलाई ईश्वर ले नै देखाउने गर्दछ मात्र हामीले यो कुरा मा ध्यान पुराउनु पर्दछ कि हामीलाई कुन दिशा तर्फ लागि रहेको छ।
तेश्रो पाइला को निर्णय एक आस्था को कार्य हो र ईश्वर सँग सहयता माग्नु भनेको त्यो आस्था को कार्य लाई दोहराउनु हो। आफ्नो दैनिक जीवन को आस्था लाई अमल मा ल्याउना ले हामीले त्यो साहस र शक्ति पाउदछौ जुन हामीलाई आवश्यक छ। यो सबै त्यस कारण नै हुने गर्दछ किनभने हामीले बुझेका छौ कि एक प्रेमपूर्ण उच्च शक्ति को मद्घत हामी सँग छ। हामीलाई विश्वस्त छौ कि हाम्रो आवश्यकता पुरा हुनेछ। त्यस कारण हामी केवल मागेर मात्र त्यो आस्था र भरोसा लाई उपयोग मा लिएर आउन सक्तछौ।
---------------=---------------
आजको निम्ती मात्र - म मेरो मार्ग को प्रत्येक पाइला मा आफ्नो उच्च शक्ति सँग सहायता मागेर आफुलाई यो याद दिलाउने छु कि म एक्लो छैन।

15/08/2022

Just for today, August~15
Over time, not overnight (समयको साथ साथ न की रातारात)
"हामीले यो पायौ कि हामी मा रातारात मानसिक, शारिरिक् र आध्यत्मिक हिसाबले सुधार सम्भव हुँदैन।"
Basic Text, p. 28
-----------------=------------------
के तपाईं कहिले सुधार को उत्सव् कार्यक्रम मा यो अनुभुती लिएर जानु भएको छ कि तपाईं अहिले आफ्नो सुधार मा जहाँ हुन्हुन्छ त्यो भन्दा धेरै अगाडि पुग्नु पर्ने ? हुन सक्छ तपाईंले नव आगन्तुक ले आफ्नो अनुभव बाडदा बखत सुनेका हुनसक्छ। त्यो सदस्य जो स्वच्छ भएको धेरै समय भएको छैन र यो सोच्दछ "म बल्ल मुश्किल ले केवल यो बुझ्न कोशीस गरिरहेछु कि उनिहरु के बारेमा कुरा गर्दैछन।
यो अनौठो छ कि हामी सुधार मा यो सोचेर आएका थियौ कि आउने बितिकै रमाइलो अनुभुती गर्न पाउछौ अथवा जीवन को उतार चढाव सँग सामन गर्नको लागि कुनै कठिनाई हुने गर्दैन। हामी यो आशा गर्दथ्यौ कि हाम्रो शारीरिक समस्या हरु आँफै हटेर जाने गर्दछ, हाम्रो बिचार हरु बुद्धिमता पूर्ण हुनेछ र हामीमा रातारात आध्यात्मिकता को जागरण हुनेछ। हामी यो भुल्दछौ कि हामीले बर्षौ सम्म आफ्नो शरीर लाई दुरुपयोग गर्यौ आफ्नो दिमाग लाई निस्क्रिय बनाएर राख्यौ र कुनै उच्च शक्ति प्रतिको जागरुकता को आस्था लाई बर्षौ सम्म दबाएर राखेका थियौ अब फेरी ति सबैलाई रातारात पुन प्राप्त गर्न असम्भव छ। तर जे भएपनी हामी अर्को पाइला चाल्न सक्छौ र अर्को बैठक मा जान सक्छौ र आउने नव आगन्तुक लाई सहयोग गर्न सक्तछौ। बिस्तारै बिस्तारै समय को साथ साथ हामी ठीक हुँदै जान्छौ र हामी सूध्रदै जान्छौ। तर रातारात होइन बरु समयको साथ साथ।
----------------=---------------
आजको निम्ती मात्र - मेरो शरीर बिस्तारै ठीक हुँदै जानेछ, मेरो दिमाग बिस्तारै सफा हुँदै जानेछ र मेरो उच्च शक्ति सँग मेरो सम्बन्ध मजबुत हुँदै जानेछ।

Address

Kathmandu
44600

Telephone

+9779841809155

Website

Alerts

Be the first to know and let us send you an email when Pahichan Nepal Rehabilitation Center Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram