15/03/2026
इन्टरमिटेन्ट फास्टिङका फाइदाहरू:
अनुसन्धानले के देखाउँछ भने बीच-बीचमा उपवास (खाली पेट )को अवधिले बढी भन्दा बढी बोसो जलाउने कार्य गर्छ। म्याटसन बताउँछन्, "जब यो मेटाबोलिक स्विचसँग परिवर्तनहरू हुन्छन्, यसले शरीर र मस्तिष्कलाई असर गर्छ।" न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित म्याटसनको एउटा अध्ययनले तथ्यांक सँग सम्बन्धित स्वास्थ्य लाभहरूको दायराको बारेमा तथ्याङ्क प्रस्तुत गर्यो। यो तथ्यांकमा लामो आयु, दुब्ला शरीर र तेज दिमागका बारेमा उल्लेख छ। उनी भन्छन "इन्टर्मिटेन्ट उपवासको समयमा धेरै कार्यहरू हुन्छन् जसले टाइप 2 मधुमेह, हृदय रोग, उमेर-सम्बन्धित न्यूरोडिजेनेरेटिभ विकारहरू, आन्द्रामा हुने सुजन जस्ता रोग र क्यान्सरहरू जस्ता धेरै दीर्घकालीन रोगहरूबाट अंगहरूलाई बचाउन सक्छ," ।
त्यस्तै केही अन्तरिम उपवास ( इन्टर्मिटेन्ट फास्टिङ्) का लाभहरू अनुसन्धानले प्रस्तुत गरेको छ:
जस्तै सोच र स्मरण शक्ति:
अध्ययनहरूले बीच-बीचमा गरिने उपवासले जनावरहरूमा काम गर्ने स्मरण शक्ति र वयस्क मानिसहरूमा बोल्ने स्मरणशक्ति बढाउँछ भन्ने कुरा पत्ता लगाए ।
त्यस्तै हृदय स्वास्थ्य:
अन्तरिम उपवासले( इन्टरमिटेन्ट फास्टिङ्)ले रक्तचाप र आराम गर्ने मुटुको प्रवृतिको मापनका साथै हृदयसँग सम्बन्धित अन्य मापनहरूमा सुधार गर्छ।
अर्को मुख्य कुरा हो शारीरिक प्रदर्शन :
१६ घण्टा उपवास बस्ने युवाहरूले मांसपेशीको मास ( muscle mass)कायम राख्दा बोसो घटेको देखाएको छ। मुसाहरूलाई दिन बिराएर खुवाउँदा दौडने क्षमतामा सही र राम्रो तरिकाको सहनशीलता देखाए।
टाइप २ मधुमेह र मोटोपना:
जनावरहरूको अध्ययनले के देखाएको छ भने इन्टरमिटेन्ट उपवासले मोटोपनालाई रोक्छ। यसै गरी छ वटा संक्षिप्त अध्ययनहरूमा, मोटो वयस्क मानिसहरूले इन्टरमिटेन्ट उपवासको माध्यमबाट वजन घटाए ।
टाइप 2 मधुमेह भएका मानिसहरूले लाभ उठाउन सक्छन्:
धेरै जसो उपलब्ध अनुसन्धानहरूले के देखाउँछ भने बीच-बीचमा गरिने उपवासले मानिसहरूको शरीरको तौल घटाउन र खालीपेट हुँदाको ग्लुकोज, खाली पेट छँदाको इन्सुलिन र लेप्टिन ( Leptin )को स्तर घटाउन मद्दत गर्दछ। जब इन्सुलिन प्रतिरोध कम गर्न, लेप्टिनको स्तर घटाउँदछ र एडिपोनेक्टिन (adiponetin)को स्तर बढाउँदछ। केही अध्ययनहरूले के पत्ता लगाएका छन भने केही बिरामीहरूले आफ्ना डाक्टरहरूको नीग्रानीमा समय समयमा उपवासको अभ्यास गरी इन्सुलिन थेरापीको आवश्यकतालाई उल्टाउन सक्षम थिए।
मांसपेशीको रेशा स्वास्थ्य(Tissue health ) जनावरहरूमा, आकस्मिक उपवासले शल्यक्रियामा शरीरका ससाना मांसपेशीका रेशामा हुने क्षति कम गर्न सफल भयो र नतिजा सुधार्यो।