Farwest Pharmacy

Farwest Pharmacy it's not a business. it's a social service..

Whole Body check up 2082/08/20
19/11/2025

Whole Body check up
2082/08/20

06/06/2025

2082/3/07 Farwest Pharmacy

09/05/2024

Anxiety र Depression का फरक ब्यबहारहरु !
(याद गर्नुस् कसैलाई दुवै हुन पनि सक्छ)

Depression
रमाइलो भिडभाडमा जान मन नलाग्ने
गए नआत्तिने तर खासै मन खुशी नहुने

Anxiety
भिडभाडमा जान मन लाग्ने
गए मन खुशी हुने तर फेरि मन आत्तिने

Depression
मनमा नयाँ कुरा plan नआउने
पुरानै कुरामा मन अल्झने
मन र दिमाग blank भएको अनुभव हुने

Anxiety
मनमा एकै पटक धेरै फरक फरक कुरा खेलिरहने
मन र दिमाग खाली नै नरहने

Depression: (प्राय) निन्द्रा मात्र लाग्ने
Anxiety: निन्द्रा पर्न गार्हो हुने

Depresion : शरीर आलस्य हुने, एकै ठाउँमा धेरै बेर बस्ने
सुस्तो र ढिलो (energy नभएको जस्तो) बोल्ने
Anxiety: शरीर छटपट छटपट भैरहने, धैर्य गर्न नसक्ने
छिटो र चर्को बोल्ने

Depression: सामान्य भन्दा धेरै पश्चाताप र हिनताबोध धेरै हुने
सामान्य भन्दा धेरै रुन मन लाग्ने
Anxiety: सामान्य व्यक्तिमा जस्तै पश्चाताप र हिनताबोध हुने
सामान्य व्यक्तिमा जस्तै रुन मन लाग्ने

Depression: कहिले काहीं मनमा यति पिडा हुने कि
शरीरको अन्त्य गरिदिंदा पिडा बन्द हुन्छ जस्तो लाग्ने
Anxiety: शरीरको मांशपेशी कस्सिने, गल्ने
(तर आत्महत्या गर्ने कुरा मनमा नआउने)

यदि यस्तो तपाईंलाई भएको छ भने बेलैमा उपचार गराउनुस्। कसैलाई औषधि र counseling दुवै चाहिन सक्छ

14/08/2023

Ocupol Dx Eye ointment contains a steroid component, which may increase the pressure of your eyes. You should avoid the use of this ointment if you have glaucoma.

31/07/2023

Paracetamol देखि Antibiotics सम्म
रोगको रोकथाम देखि निर्मलीकरण सम्म
डाक्टर मात्र हैन फार्मासिस्ट नि छन्

drug manufacturing देखि Packaging सम्म
medicine dispensing देखि counseling सम्म
डाक्टर हैनन् सेवामा फार्मासिष्ट नै छन्

cology मात्र हैन engineering नि पढेका छौ
jurispridense देखि लिएर management सम्म भ्याएका छौ तर पनि अझै मलाई सङ्का गरी तिमी तर्किरहेका छौ

डाक्टरको पर्खाइमा घन्टौ बस्न सक्ने तिमी
फार्मेसी को लाइनमा २ मिनेट बस्न सक्दैनौ
quality over quantity खोज्ने तिमी
एकछिन बसेर राम्रो counseling लिन जान्दैनौ

तिम्रो अपहेलनामा मेरो एउटा प्रश्न छ डाक्टर संग मीठो बोली अनि म प्रति रुखो किन छ?

तिम्रो स्वास्थ्य सुधारमा मेरो पनि उत्तिकै भूमिका छ
तिमीलाई निरोगी हेर्ने मेरो पनि चाहना छ

डाक्टर भन्दा कम नसोच मलाई तिम्रो प्रश्नको उत्तर म संग पनि छ।

#शुभरात्री

-Manita Gadal
B pharmacy , Purbunchal University school of health sciences

Farwest Pharmacy
31/07/2023

Farwest Pharmacy

23/03/2023
16/10/2022
11/09/2022

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोल मात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् । तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् । ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ। डेङु तीन किसिमको हुन्छ 1. क्लासिक : जो आफै निको हुन्छ 2. डेनेगु हेमोरेजिक फिभर: यस्मा आतरिक रक्तस्राव हुन्छ र महत्वपूर्ण अङग हरुले काम गर्न छोड्न सक्छ 3: डेन्गु सक सिन्डर्म :- यस्मा मानिस बेहोस हुन सक्छ ।
• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |
• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |
• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

14/04/2022

नयाँ बर्षको उपलक्ष्यमा यहाँको उत्तरोत्तर प्रगतिका साथै जीवनमा सुख ,शान्ति, र समृद्धि कायम रहोस् ।
#नयाँ_बर्ष_२०७९_को_शुभकामना _सबैमा❤🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Farwest Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram