Mediinfo

Mediinfo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mediinfo, Pharmacy / Drugstore, Ta Na Pa 2 Kavresthali Kathmandu, Kathmandu.

रोकिएको लिखित परीक्षा पुन: सञ्चालन सम्बन्धी त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सूचना।
17/09/2025

रोकिएको लिखित परीक्षा पुन: सञ्चालन सम्बन्धी त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सूचना।

Omicron
17/01/2022

Omicron

Omicron variant. Stay safe
14/01/2022

Omicron variant. Stay safe

B.pharm Colleges in Nepal
10/04/2021

B.pharm Colleges in Nepal

Bachelor of Pharmacy College in Nepal. Bachelor of Pharmacy course have KU, TU PoU, PU

Pharmacy
03/04/2021

Pharmacy

के हो बी फार्म ?

ब्याचलर अफ फार्मेसी (B-PHARM) औषधि विज्ञान हो । झट्ट सुन्दा बी फार्म भनेको औषधि बेच्ने बुझिन्छ । तर, बी-फार्म भनेको औषधि बेच्ने मात्र होइन । औषधि बनाउनेदेखि बिक्री वितरणसम्मको प्रक्रिया सिकाउने शिक्षा नै बी-फार्म हो । औषधि कसरी बनाउने ?

के कस्ता वस्तुबाट औषधि उत्पादन गर्न सकिन्छ ? कुन रोगका लागि कस्तो औषधि बनाउने ? औषधिमा कस्तो केमिकल राख्ने ? औषधिको गुणस्तर कस्तो छ? औषधिले बिरामी निको भए कि भएनन् ? कति समयका लागि बिरामीलाई औषधि दिने? जस्ता विषयलाई बी फार्मले समेट्छ। साथै, यसले नयाँ नयाँ औषधिको खोज तथा अनुसन्धान गर्न सहयोग गर्छ

कस्तो कोर्स हो ?

बी-फार्म स्नातक तहको चार वर्षे कोर्स हो । जसमा ८ वटा सेमेस्टर हुन्छन् । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न कलेजले बी-फार्म कोर्स सञ्चालन गरेका छन् । बी-फार्म अध्ययनपश्चात् नेपालमै मास्टर्स लेभलको एम फार्म एमबिए , एमपियच अध्ययन गर्न सकिन्छ ।

पढ्नुपर्ने मुख्य विषय

- फार्माकोलोजी एन्ड टक्सिकोलोजी
- मेडिसिन केमेस्ट्री
- इन्डस्ट्रियल फार्मेसी
- फर्माकोग्नोसी
- फर्मासिटिकल एनालाइसिस एन्ड क्वालिटी

कति खर्च लाग्छ

बी-फार्म पढ्न ७ देखि ९ लाखसम्म खर्च लाग्छ । तर, विश्वविद्यालय र क्याम्पसले दिने सेवा सुविधाको आधारमा पढाइ खर्च केही तलमाथि हुन सक्छ । एकैपटक पुरै शुल्क तिर्नुपर्दैन । तर, सेमेस्टरअनुसार शुल्क तिर्दै जानुपर्छ ।

कुन क्षेत्रमा काम गर्ने अवसर पाइन्छ ?

- अस्पताल (सरकारी र निजी)
- औषधि उत्पादन कम्पनी
- कम्युनिटी फार्मेसी
- स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालय
- फार्मेसी पढाइ हुने क्याम्पस
- औषधि अनुसन्धान
- औषधिको बजार व्यवस्थापन
- गैरसरकारी संस्था
- अन्तर्राष्ट्रिय गैरसरकारी संस्था

त्रिभुवन विश्वविद्यालयअन्तर्गत

- महाराजगन्ज मेडिकल क्याम्पस, काठमाडौं
- मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स, सोल्टिमोड, काठमाडौं
- नेसनल मोडेल कलेज फर एड्भान्स, नयाँ बजार, काठमाडौं
- जनमैत्री फाउन्डेसन इन्स्टिच्युट अफ हेल्थ साइन्स, हात्तीवन, ललितपुर
- युनिर्भसल कलेज अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी, भैरहवा, रूपन्देही
- चितवन मेडिकल कलेज, चितवन
- सुनसरी टेक्निकल कलेज, सुनसरी
- गण्डकी मेडिकल कलेज, पोखरा
- मट्रिक्स कलेज, पर्सा

पोखरा विश्वविद्यालयअन्तर्गत

- नोबेल कलेज, सिनामंगल, काठमाडौं
- सेन्ट्रल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, बानेश्वर, काठमाडौं
- मोर्डन टेक्निकल कलेज, सानेपा, ललितपुर
- क्रिमसन कलेज अफ टेक्नोलोजी, रूपन्देही
- पोखरा युनिभर्सिटी स्कुल अफ हेल्थ एन्ड साइन्स, पोखरा, कास्की

काठमाडौं विश्वविद्यालयअन्तर्गत

- काठमाडौं युनिभर्सिटी स्कुल अफ साइन्स, काभ्रेपलान्चोक

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत

- भ्याली कलेज अफ टेक्निकल साइन्स, सीतापाइला, काठमाडौं
- कर्णाली कलेज अफ हेल्थ साइन्स, गौशाला, काठमाडौं
- कान्तिपुर कलेज अफ हेल्थ साइन्स, काठमाडौं
- लिटल बुद्ध कलेज अफ हेल्थ साइन्स, मीनभवन, काठमाडौं
- एसियन कलेज अफ एड्भान्स स्टडिज, सातदोबाटो, ललितपुर
- होप इन्टरनेसनल कलेज, सातदोबाटो, ललितपुर
- नोबेल एकेडेमी, कास्की
- श्री मेडिकल एन्ड टेक्निक कलेज, चितवन
- पूर्वाञ्चल युनिभर्सिटी कलेज अफ मेडिकल एन्ड साइन्स, मोरङ

कति कमाउन सकिन्छ ?

बी-फार्म पढेपछि स्वरोजगार बन्न सकिन्छ । बढ्दो सहरीकरणसँगै सामुदायिक फार्मेसी पनि बढ्दो क्रममा छ । गाउँगाउँमा पनि आफैं फार्मेसी खोल्न सकिन्छ । त्यस्तै, अस्पताल वा औषधि उत्पादन कम्पनीमा काम नै गर्ने हो भने पनि सुरु कम्तीमा मासिक २० देखि ४० हजारसम्म कमाउन सकिन्छ । आफ्नो क्षमता र अनुभवका आधारमा पनि तलब निर्धारण हुन्छ ।

यो पेसा को आम्दानीको कुनै सिमा छैन लाखौ मासिक तलब बुज्ने फर्मासिस्ट नेपालमा छन्

थप जानकारी हाम्रो पेज Pharma Info Nepal र website www.pharmainfonepal.com बाट लिन सक्नु हुन्छ|

Stay safe
18/01/2021

Stay safe

03/11/2020
25/09/2020

“TRANSFORMING GLOBAL HEALTH “
HAPPY WORLD PHRMACIST DAY, 25th September

We are open now..
03/08/2020

We are open now..

Pharmacy · Tarakeshwar 44600

02/08/2020

“Physical fitness is the first requisite of happiness.” – Joseph Pilates.

Healthy life smart life.

Address

Ta Na Pa 2 Kavresthali Kathmandu
Kathmandu

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 09:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779851241934

Website

Alerts

Be the first to know and let us send you an email when Mediinfo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mediinfo:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram