13/11/2025
How Marriage can get complicated…डा. वैकुण्ठरमण सुवेदी writes
वैवाहिक सम्वन्धहरुको धरातल र भविष्य कमजोर बन्दै जाने , तर यो सम्वन्धलाई औपचारिकता दिने प्रकृया र लगानी भने कहाली लाग्दो गरी बोझिलो वन्ने परिस्थिती युवायुवती हरुको तनाव र एन्जाइटीको एक प्रमुख कारण वनिरहेको छ । कयौँलाई यो एक Risky Investment लाग्न थालेको पाइएको छ । समाजले यो बिषयलाई सम्वोधन नगरे वैवाहिक सम्वन्ध प्रतिको नयाँ पिँढीको दृष्टिकोणनै नकारात्मक बन्दै जाने जोखिम बढेको छ ।
(To maintain the strict confidentiality of clients this story was prepared by combining many similar stories , and does not describe a particular love story, he said)
रोहन र रश्मी (नाम परिवर्तन) लामो समयदेखि प्रेम सम्बन्धमा छन् । एमबीबीएस पढ्दादेखिको उनीहरूको सम्बन्धले विविध आरो...