Celebration Meditation Centre

Celebration Meditation Centre CMC is a right spiritual centre for spiritual awakening .
**लामो गहिरो श्वास प्रसन्नताको साथ**
(3)

Happy birthday Ma Dhyan  Pabi, wish for peace n prosperity.🌺🌺
20/03/2026

Happy birthday Ma Dhyan Pabi, wish for peace n prosperity.🌺🌺

प्रिय साधकहरू,प्रणाम!भोलि ३० फाल्गुन का दिन एकदिने विपश्यना ध्यान शिविर आयोजना हुँदैछ। तपाईंको समय र परिस्थितिअनुसार सम्...
13/03/2026

प्रिय साधकहरू,
प्रणाम!

भोलि ३० फाल्गुन का दिन एकदिने विपश्यना ध्यान शिविर आयोजना हुँदैछ। तपाईंको समय र परिस्थितिअनुसार सम्भव भएमा कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ।

यस कार्यक्रमको जानकारी आफ्ना आफन्त, मित्र तथा शुभचिन्तकहरूलाई पनि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ, ताकि उहाँहरूले पनि यसबाट लाभ लिन सक्नुहोस्।

तपाईंहरूको सहयोगका लागि हार्दिक धन्यवाद।

प्रिय साधकज्यूहरू,प्रणाम 🙏हामी यहाँहरूलाई दुईवटा उत्कृष्ट कार्यक्रमको जानकारी गराउन चाहन्छौं।पाँच दिने अनलाइन कार्यक्रम:...
11/03/2026

प्रिय साधकज्यूहरू,
प्रणाम 🙏
हामी यहाँहरूलाई दुईवटा उत्कृष्ट कार्यक्रमको जानकारी गराउन चाहन्छौं।
पाँच दिने अनलाइन कार्यक्रम: फागुन २९ गतेदेखि चैत ३ गतेसम्म, प्रत्येक दिन बिहान ६:०० बजे देखि ७:३० बजेसम्म।
एक दिने प्रत्यक्ष (इन–पर्सन) कार्यक्रम: फागुन ३० गते।
यहाँहरूको सुविधा अनुसार कुनै एक कार्यक्रममा वा दुवै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ।
हामी सबै पुराना तथा अनुभवी साधकज्यूहरूलाई यो सन्देश अरूलाई पनि साझा गर्न र सहभागी हुन प्रेरित गर्न हार्दिक अनुरोध गर्दछौं, ताकि धेरैभन्दा धेरै व्यक्तिहरूले यस कार्यक्रमबाट सुन्दर लाभ प्राप्त गर्न सक्नुहोस्।
धन्यवाद। 🙏

तनाव, थकान र कामको बोझले हैरान हुनुहुन्छ? 🤯 दिनको सुरुवात शान्ति र सकारात्मक ऊर्जाबाट गर्न चाहनुहुन्छ? 🌅आफ्नो जीवन र कार...
09/03/2026

तनाव, थकान र कामको बोझले हैरान हुनुहुन्छ? 🤯 दिनको सुरुवात शान्ति र सकारात्मक ऊर्जाबाट गर्न चाहनुहुन्छ? 🌅

आफ्नो जीवन र कार्यक्षेत्रमा नयाँ उत्साह ल्याउन गुरुधाम नेपालले आयोजना गरेको ५ दिने 'ध्यान तथा कर्मसिद्धि साधना' (Online Zoom Program) मा सहभागी हुनुहोस्। आदरणीय आचार्यश्री महेन्द्र वशिष्ठज्यूको मार्गदर्शनमा आफ्नो मनलाई ऊर्जावान बनाउनुहोस्! ✨

यस कार्यक्रमका मुख्य फाइदाहरू:
✅ जीवन तथा कर्मक्षेत्रमा आउने अवरोधहरूलाई पार गर्ने कला
✅ कार्यमा दक्षता तथा प्रभावकारिता बढाउने उपाय
✅ कार्य-जीवन सन्तुलन (Work-Life Balance) का लागि सकारात्मक मानसिकता
✅ सुन्दर ध्यानको गहिरो अभ्यास 🧘‍♂️

📅 कार्यक्रमको विवरण:

मिति: फाल्गुन २९ देखि चैत्र ३ गतेसम्म (March 13th - 17th)
समय: बिहान ६:०० बजे देखि ७:३० बजेसम्म (१.५ घण्टा दैनिक)
माध्यम: Online Zoom (घरमै बसेर सहभागी हुन सकिने)

सिटहरू सीमित छन्! आजै आफ्नो सिट सुरक्षित गर्न तलको 'Send Message' बटनमा क्लिक गर्नुहोस् वा हामीलाई सिधै सम्पर्क गर्नुहोस्। 👇

📞 सम्पर्क / WhatsApp: 9851349614, 9848459527
📍 आयोजक: गुरुधाम नेपाल, गोठाटार, काठमाडौं

शान्ति, उर्जा र आत्म-जागरणको खोजीमा हुनुहुन्छ? 🌿भगवान् गौतम बुद्धका शिक्षाहरूमा आधारित यस विशेष एक दिवसीय विपश्यना ध्यान...
09/03/2026

शान्ति, उर्जा र आत्म-जागरणको खोजीमा हुनुहुन्छ? 🌿

भगवान् गौतम बुद्धका शिक्षाहरूमा आधारित यस विशेष एक दिवसीय विपश्यना ध्यान शिविरमा सहभागी भई आफ्नो मनलाई शान्त र जीवनलाई सकारात्मक ऊर्जाले भर्नुहोस्। गुरुधाम नेपाल यहाँहरू सबैलाई यस ध्यान, सत्संग र उत्सवको कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछ।

शिविरका मुख्य आकर्षणहरू:

🧘 आनापानसति तथा विपश्यना ध्यान अभ्यास

💖 मंगल-मैत्री साधना

📖 बुद्धका शिक्षाहरू सम्बन्धी ज्ञान सत्र

🎉 सत्संग तथा उत्सव (आचार्यश्री महेन्द्र वशिष्ठको मार्गदर्शनमा)

कार्यक्रमको विस्तृत जानकारी:

📅 मिति: फागुन ३०, शनिबार
⏰ समय: बिहान ७:४५ देखि बेलुका ४:३० बजेसम्म
📍 स्थान: गुरुधाम नेपाल, बागमती करिडोर, शिवचोक, काठमाडौँ

सिटहरू सीमित छन्! आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस् र शान्तिको यात्रा सुरु गर्नुहोस्।

📲 सम्पर्क र सोधपुछको लागि: 9851349614, 9848459527

प्रणाम 🙏 हामी हजुरहरुलाई  आगामी दुई विशेष कार्यक्रमकोे जानकारी  दिन एवं उक्त कार्यकम मा हार्दिक निमन्त्रणा गर्न पाउँदा अ...
09/03/2026

प्रणाम 🙏 हामी हजुरहरुलाई आगामी दुई विशेष कार्यक्रमकोे जानकारी दिन एवं उक्त कार्यकम मा हार्दिक निमन्त्रणा गर्न पाउँदा अत्यन्त खुशी व्यक्त गर्दछौं।

१. ध्यान तथा कार्य सिद्धि साधना (अनलाइन कार्यक्रम)
यो ५ दिने अनलाइन कार्यक्रम २९ फाल्गुनदेखि ३ चैत्रसम्म सञ्चालन हुनेछ।
समय: बिहान ६:०० बजेदेखि ७:३० बजेसम्म (प्रत्येक दिन १ घण्टा ३० मिनेट)।

२. एक दिवशीय विपश्यना ध्यान शिविर

मिति: ३० फाल्गुन
समय: बिहान ७:३० बजेदेखि बेलुका ४:३० बजेसम्म (पूर्णदिवसीय कार्यक्रम)

यस कार्यक्रममा सहभागी भई ध्यान र आत्मिक विकासको अनुभव लिन हार्दिक आमन्त्रण गर्दछौं। 🙏

प्रणाम।शनिवारिय सत्संगमा तपाईंलाई हार्दिक स्वागत छ।  आनन्द, शान्ति र सजकतालाई अझ बढाउन, आउनुहोस् सँगै मिलेर, ध्यान, उत्स...
07/03/2026

प्रणाम।
शनिवारिय सत्संगमा तपाईंलाई हार्दिक स्वागत छ। आनन्द, शान्ति र सजकतालाई अझ बढाउन, आउनुहोस् सँगै मिलेर, ध्यान, उत्सव र सत्सङ्ग मा सहभागी बनौं।

05/03/2026

प्रणाम 🙏

प्रिय साधकज्यूहरू,

नेपालमा निर्वाचनकोे माहोलका कारणले फागुन २१ र २२ गते साँझको अनलाइन सत्संग सञ्चालन स्थगित गरीएको छ। तर बिहानको अनलाइन सत्संग भने नियमित रूपमा सञ्चालन हुनेछ।
फागुन २३ गते (शनिबार) देखि साँझको अनलाइन सत्संग पुनः नियमित रूपमा सञ्चालन हुने जानकारी गराउँदछौ।

धन्यवाद। 🙏

02/03/2026
आचार्य विवेक विनयी जी लाई जन्म दिवस को हार्दिक मंगलमय शुभकामना🌺🌺
28/02/2026

आचार्य विवेक विनयी जी लाई जन्म दिवस को हार्दिक मंगलमय शुभकामना🌺🌺

🌟 FINAL REMINDER 🌟⭐ ONLY ONE DAY LEFT! ⭐✨ FOR TRANSFORMATIONAL MEDITATION PROGRAM ✨🗓 16th FALGUN, SATURDAY प्रणाम 🙏 आनन्...
27/02/2026

🌟 FINAL REMINDER 🌟
⭐ ONLY ONE DAY LEFT! ⭐
✨ FOR TRANSFORMATIONAL MEDITATION PROGRAM ✨
🗓 16th FALGUN, SATURDAY

प्रणाम 🙏

आनन्द र स्वतन्त्रताको दिव्य यात्राको शुभारम्भ हुन अब केवल एक दिन मात्र बाँकी छ।

यहाँलाई हाम्रो एकदिने ध्यान कार्यक्रममा हार्दिक आमन्त्रण गर्दछौं — जहाँ ध्यान, प्रज्ञा (ज्ञान) र उत्सवको सुन्दर संगम अनुभव गर्न पाइनेछ।
यस पवित्र अवसरमार्फत तपाईंले प्राप्त गर्नुहुनेछ:

✨ मनको शान्ति
✨ शरीरको विश्राम
✨ आन्तरिक स्पष्टता र नयाँ दृष्टिकोण
✨ भविष्यलाई अझ स्पष्ट र सशक्त बनाउने प्रेरणा

यो केवल एउटा कार्यक्रम मात्र होइन, जीवनलाई नयाँ आयामतर्फ अघि बढाउने सुनौलो अवसर हो। यस दिव्य अवसरलाई नछुटाउनुहोस् र आफ्नो अन्तर्यात्रालाई उत्सवमय बनाउनुहोस्।

🗓 मिति: भोलि, १६ फाल्गुन
⏰ समय: बिहान ७:४५ बजेदेखि
📍 स्थान: सेलिब्रेसन मेडिटेशन सेन्टर
शिवचोक, बागमती करिडोर, गोठाटार, काठमाडौं

खुला हृदयका साथ सहभागी भई आन्तरिक रूपान्तरणतर्फ एक कदम अगाडि बढ्नुहोस्।

यहाँको उपस्थितिको प्रतीक्षामा छौं। 🙏

प्रणाम 🙏भोलि शनिबार, १६ फाल्गुनका दिन आयोजना हुने एकदिने ओशो ध्यान शिविरमा यहाँलाई हार्दिक तथा सादर निमन्त्रणा गर्दछौं।क...
27/02/2026

प्रणाम 🙏

भोलि शनिबार, १६ फाल्गुनका दिन आयोजना हुने एकदिने ओशो ध्यान शिविरमा यहाँलाई हार्दिक तथा सादर निमन्त्रणा गर्दछौं।

कार्यक्रमको समापनमा दीक्षा लिन इच्छुक साधकहरूका लागि माला दीक्षा प्रदान गरिनेछ।
यसअघि दुईदिने कार्यक्रम सम्पन्न गरिसक्नुभएका तर अझै नाद दीक्षा प्राप्त गर्न बाँकी रहेका साधकहरू पनि यस शिविरमा सहभागी हुन सक्नुहुन्छ। नाद दीक्षा कार्यक्रम साँझ ५:०० बजे सञ्चालन गरिनेछ।

पुराना साधकहरू, जसले पुनरावलोकन तथा गहिरो अनुभूतिका लागि कार्यक्रम दोहोर्याएर सहभागी हुन चाहनुहुन्छ, उहाँहरूलाई बिहानदेखि नै सहभागी हुन हार्दिक स्वागत छ। यदि दिउँसो ३:०० बजेदेखि सहभागी हुन चाहनुहुन्छ भने पनि हार्दिक स्वागत छ।

नाद दीक्षा कार्यक्रममा सहभागी हुन कृपया सेतो गाउन साथमा ल्याउन अनुरोध छ।
धन्यवाद। 🙏

Address

Shivachowk, Gothatar, (Bagmati Corridor) Kathmandu 44600
Kathmandu

Telephone

+9779851349614

Website

Alerts

Be the first to know and let us send you an email when Celebration Meditation Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Celebration Meditation Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram