25/05/2024
मुटुको समस्या जस्तो लागेर हतारमा hospital जानु भो तर anxiety को समस्या हो भनेर घरमा पठाईदिए?
- कहिले काहीं अचानक मुटुको धड्कन बढ्ने, छातीमा सिल्का हानेको जस्तो हुने, मन आत्तिने, सास फेर्न गार्हो भएको महसुस हुने, चिरचिर पसिना आउने, रिंगटा लाग्ने, मर्छु कि जस्तो हुने आदि लक्षण severe anxiety वा anxiety attack को कारण हुन सक्छ। पहिलो चोटी यस्तो हुनेलाई "लौ म मरें, मेरो जीवन यतिनै रहेछ" जस्तो लाग्न सक्छ।
- यदि hospital जानु भो भने मुटुको समस्याको कारण भएको हो होइन भनेर छुट्याउन डाक्टरले बिभिन्न test जांच हरु जस्तै ECG, blood test आदि गर्न गर्छन् तर ति test मा कुनै खराबी देखिंदैन। डाक्टरले आत्तिने समस्या कम हुने औषधि दिएर घर पठाईदिन्छन्।
- धेरैको यस्तो anxiety attack आँफै कम भएर पनि जान्छ। तर कसैको बारम्बार दोहोरिन सक्छ र बेला बेलामा खाने (anxiety attack भएको बेलामा मात्र खाने) औषधि चाहिन सक्छ।
- प्रायलाई पहिले देखि नै हल्का anxiety भैरहेको हुन्छ र therapy/counseling नगरेको र नियमित औषधि उपचार नगरेको कारण अचानक anxiety attack हुन सक्छ।
यदि लामो समय देखि anxiety को समस्या छ र यहि कारण घर, परिवार, सम्बन्ध, काम आदिमा समेत प्रतक्ष्य असर परेको छ भने counseling को आवस्यक्ता पर्छ। कसैलाई औषधि पनि चाहिन सक्छ।
[बिदेशमा हुनेहरुको लागि counseling दिन सुरु गरेको छु मैले।]
१; औषधिको लागि तपाईं बस्ने देश वा ठाउँमा Psychiatrist वा तपाईंको regular doctor (P*P, GP) हुन जरुरि हुन्छ।
२; Counseling online video बाट हुनेछ। तपाईंले रोजेको व्यक्ति सहभागी हुनु हुनेछ।
२; Evaluation + 4 Follow up Counseling Sessions हुनेछ।
३; नाम परिवर्तन गरेर आउन सक्नु हुन्छ। अनुहार देखाउन पर्दैन। यो counseling session को शुल्क लाग्छ ।
[[थप जानकारीको लागि तलको link मा जानुहोला]]
Link: https://www.facebook.com/profile.php?id=61555916652820