31/12/2025
त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रा डा अनिल भट्टराईका अनुसार किर्तिम मुटु तथा मुटु प्रात्यारोपन नेपाल मै गर्न सकिने प्रविधि र जनशक्ति रहेता पनि कानुनी जटिलताले गर्दा स्वास्थ्य मन्त्रालयले हालसम्म पनि आवश्यक लाइसेन्स नदिदा मुटु वा कृतिम मुटु प्रत्यारोपण सेवा संचालन गर्न नसकिएको हो । लाइसेन्स स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको खण्डमा नेपाल कै सरकारी अस्पताल त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नै उपलब्ध गराउन सकिने कुरा आज काठमाडौमा आयोजित एक कार्यक्रममा बताउनु भएको छ । सरकारको यश तर्फ ध्यान समयमै जाओस् ।