Cleansing Therapy

Cleansing Therapy शरिरकाे फाेहाेर लाई बाहिर फाल्दा मात?

27/02/2022
20/09/2021

ताजा र सफा सुग्घर खाना खाँदा पनि पचेर बाहिर निस्कँदा दुर्गन्धित किन हुन्छ ?

20/09/2021

अस्थमाले गर्दा पम्प प्रयाेग गर्नेकाे पम्प कसरि छुट्याे त ?

20/09/2021

अब डायलासिस बाहेक अरु उपाय छैन भनेकाे मान्छे लाई किन डायलासिस गर्नु परेन त ?

20/09/2021

२/३ लाखकाे काे बाईक ३/४ महिनामा सर्भिसिङ्ग गराई राख्ने तर् ३५२/- कराेड पर्ने आफ्नाे शरिर सर्भिसिङ्ग गराउनु पर्दैन त ?

20/09/2021

युरिक एसिडकाे पिडा बाट मुक्त हुँदा कत्तिकाे आनन्द आउँदाे रहेछ!
९८६१६०५१८४

20/09/2021

आज भन्दा पाँच बर्ष अघि रहेकाे चुस्ति फुर्ति कसरी फर्किने रहेछ! साेधाैं त
९८४७२६३९१०

20/09/2021

जत्ति पाैष्टिक खाना खाए पनि शरिरमा नलाग्ने किन रहेछ ? समाधान कसरि भयाे त! बुझ्नुस
९८४७२६८९१९

20/09/2021

लिभर क्लिन्जले पायल्स कत्तिकाे छिटाे जाती बनाउँछ? साेध्नुस
वहाँ लाई!
९८४७१९९४०१

20/09/2021

लिभर क्लिन्जले ग्यास्ट्रिक कसरी चैट पार्दाे रहेछ।
आफै बुझ्नस्।
९८४७०२३८१४

स्वस्थय जिवनका मुलभुत अाधारहरु।
17/12/2020

स्वस्थय जिवनका मुलभुत अाधारहरु।

ईम्यूनीटी बलीयो बनाउने प्राकृतिक उपायहरूः
डा. हेमराज काेइराला

ईम्यूनीटी वा रोग प्रतिरोधक क्षमताको सशक्तिकरण कसरि गर्ने भन्ने बारेमा जान्नु भन्दा पहिला प्रतिरक्षा प्रणली वा ब्याधि क्षमत्व (Immune system) भनेको के हो भनेर बुझ्न जरूरी छ । प्रतिरक्षा प्रणाली अन्तर्गत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू, र लिम्फ नोडहरूमा रहने सेता रक्तकोश हरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली जसले रोग कारक सूक्ष्मजीवहरू जस्तै ब्याक्टेरिया, भाईरस, ढुसी, एवं परजीवीहरू शरीरमा प्रवेश गर्ने बित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन् । प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्दछ र मान्छे मर्दछ । यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तिकरण नै हरेक सूक्ष्मजीवबाट हुने रोगहरूको सबै भन्दा भरपर्दो उपचार हो । प्रतिरक्षा प्रणालीको सशक्तिकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छ।
१. दैनिक आठ घण्टाको निन्द्राः बेलुका ९ बजे देखि ५ बजे बिचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
२. पर्याप्त पानीको सेवनः पर्याप्त पानीको सेवन गर्नाले शरीरमा विजातिय द्रब्यहरूको संकलन हुन पाउदैन । यसोहुदाँ शरीरमा अनावश्यक रूपमा हानीकारक ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूको बृद्घि हुन पाउदैन। यसका अलावा पनी कमहुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निष्तेज पार्दछ ।
३. योगभ्यासः योगभ्यासले शरीरमा रक्तसंचार सूचारू पार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातिय द्रब्यको निस्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालिका कोषहरू उत्पादन गर्न मद्यत गर्दछ।
४. प्रणायाम ः कपालभाती, भस्त्रिका, सूदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणयामले शरीरमा नेचूरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाईरसको संक्रमण संग लड्न मद्यत गर्दछ।
५. ध्यानः ध्यानले तनाव कम गर्दछ। तनाव कम हुँदा प्रतिरक्षा प्रणली आफै मजबुत हुन्छ ।
६. शाकाहारी खानाः शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो ।शाकाहारी जीवन शैली अपनाउदा मान्छेले आफूलाई धरै जूनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू) बाट बच्न सक्दछ । यसका अलवा माँशाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भईरहन्छन । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्यत गर्दछ ।
७. पर्याप्त फलफुल एवं तरकारीको सेवनः फलफुल एवं तरकारी हरूमा प्रसस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एण्टी–अक्सिडेण्टहरू पाईन्छन । यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं बृद्घि–विकाशमा महत्वपूर्ण भूमिका अदा गर्दछ ।
८. आधा घण्टाको सूर्य स्नान (घाम तपाई)ः सूर्यको प्रकास सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो । यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डी को संश्लेषण हुन्छ ।
९. रेशा र चोकर यूक्त खानेकुराः रेशा एवं चोकरले विजातीय द्रब्यहरूलाई शरीरबाट निष्काशन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्यत गर्दछ ।
१०. हप्ताको एकदिन उपवाशः उपवाशले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्यत गर्दछ एवं उपवास पश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादन लाई पनि मद्यत गर्दछ ।
११. सकारात्मक सोचः महामारी फैलदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन । यस्तो बेलामा साेच सकारात्मक हुदाँ समस्या संग लड्न थप बल प्राप्त हुन्छ ।
१२. प्रकृति संगको सामिप्यता ः प्रकृति संगको समिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूसंङ्ग प्रतिरक्षा प्रणलीको जम्काभेट भईरहने हुदा प्रचिरक्षा प्रणालीलाई चूष्त राख्न मद्यत गर्दछ ।
१३. धुम्रपानको एवं मद्यपान त्याग ः धूम्रपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ ।
१४. चिनीको सेवन नगर्ने ः चिनी सेवनले मुखमा एवं शरीरमा हानीकारक ब्याक्टेरीयालाई आकर्षित गर्दछ । यी ब्याक्टेरिया भएको ठाउमा भाईरस चाडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ।
१५. जंङ्कफूड, फ्राईडफुड, रिफाईण्डफुड प्रयाेग नगर्नेः जंङ्कफूड, फ्राईडफुड, रिफाईण्डफुडमा विद्यमान हानीकारक केमीकलहरूले रगतमा विद्यमान प्रतिरक्षाका कोषहरूलाई निस्तेज बनाई दिन्छन।
१६. बेलुकाकाे भाेजन सुर्यास्त भन्दा पहिल्यै गर्ने।

यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधि क्षमता वा रोग प्रतिरोधक क्षमता बढाउँछ । व्याधि क्षमता मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ ।

नाेट-: टाईपिङ्गमा त्रुटि भएकाले सच्याएर १६ नं. बुँदा थपियकाेछ बाँकि जस्ताकाे त्यस्तै पाेस्ट गरियकाेछ।

Address

Kathmandu

Telephone

+9779848611978

Website

Alerts

Be the first to know and let us send you an email when Cleansing Therapy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Cleansing Therapy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram