Manmohan Cardiothoracic Vascular and Transplant Center मनमोहन सेन्टर

  • Home
  • Nepal
  • Kathmandu
  • Manmohan Cardiothoracic Vascular and Transplant Center मनमोहन सेन्टर

Manmohan Cardiothoracic Vascular and Transplant Center मनमोहन सेन्टर A highly specialized center for the treatment of patients with cardiac, thoracic and vascular problem

A highly specialized center for the treatment of patients with cardiac, thoracic and vascular problems. As a part of a complex of multi specialty hospitals nestled around T U Teaching Hospital. The center offers an integrated multidisciplinary care to patient with 24/7 emergency and trauma service.

सार्वजनिक बिदा सम्बन्धी सुचना
03/12/2025

सार्वजनिक बिदा सम्बन्धी सुचना

03/12/2025

हृदयघातबाट बच्नको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाका ५ सुत्र

१.तौल र रक्तचाप नियन्त्रण गरौं।

२.सुगर नियन्त्रण गरौं या हुनै नदिऔं अथवा खतरामा छ भने त्यसलाई कम गर्न फास्टिङका काइदा अपनाऔं। या डाइबेटिजको चिकित्सकले भनेजस्तो गरौं।

३.कोलेस्टोरको मात्रा ठेगानमा राखौं। त्यसलाई पनि घटाउन तौल नियन्त्रण गरौं र खाना पनि नियन्त्रण गरौं।

४. स्ट्रेसलाई व्यवस्थापन गरौं त्यसका लागि ध्यान, व्यायाम र खेलकुदमध्ये कम्तिमा एउटालाई प्राथमिकता दिने गरौं।

५. दैनिक कि ४५ मिनेट छिटोछिटो हिँड्ने या ३०-३५ मिनेट दौडिने, जगिङ गर्ने अथवा पसिना निकाल्ने काम गरौं।

तौल नियन्त्रण सबै मुटु रोगबाट बच्ने उपाय हो। यसमा फास्टिङको पनि भूमिका बढी देखियो भन्ने थप जानकारी आएको छ। यी सबै हामीले भन्दै आएका कुरा हुन् अब व्यवहारमा उतार्न पर्‍यो, यो वा त्यो बहानामा घरमा बस्ने अनि सिरक ओढेर सुत्ने गर्न भएन।
(मुटु रोग विशेषज्ञ डा भगवान कोइरालासॅंग गरिएको भिडिओ कुराकानी पहिलो कमेन्टमा)

29/11/2025

शल्यक्रिया र सङ्गीतको सम्बन्धबारे अध्ययनको निष्कर्ष के?
पूरा समाचार : https://bbc.in/4ivwgIf

27/11/2025

थाईल्यान्डमा मृत्यु भइसकेको ठानेर अन्तिम संस्कार गर्न लागिएकी महिला जीवितै रहेको पाइएको छ।

उनको शव जलाउने भनेर निर्धारण गरिएको समयभन्दा केही क्षणअघि शवपेटिका (कफिन)मा ती ६५ वर्षे महिला जीवितै भेटिएकी हुन्।

लामो समयसम्म रोगले थलिएकी उनलाई स्थानीय अधिकारीहरूले मृत घोषणा गरेका थिए। अनि उनलाई शवपेटिकामा हालेर ब्याङ्ककछेउकै एउटा बौद्ध मन्दिरमा ल्याइएको उनको परिवारले बतायो।

शवपेटिकाभित्रैबाट महिलाले 'ढकढक' गरेपछि मन्दिरका कर्मचारीहरू छक्क परेका थिए।

त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो। परीक्षणमा उनको रगतमा 'सुगर लेभल' अति कम भएको पाइएको छ।

27/11/2025

'सामाजिक सञ्जाल हेर्दै थिएँ, एक्कासि मृ!त्यु हुनेमा छोराको नाम सुनेँ'💔

सौरन किशोर श्रेष्ठलाई श्रीमती र आमाबुबाले भदौ २३ गते जेनजी आ!न्दो'लनमा नजान पटक पटक आग्रह गरेका थिए।

तर उनले मानेनन्।

'देशमा दिनहुँ भ्र!ष्टाचार बढिरहेको छ। त्यसवि'रूद्ध बोल्नुपर्छ, हामी जानुपर्छ भन्यो,' सौरन बुबा बसन्तले भने, 'झोलामा बिस्कुट, चाउचाउ र रूमाल बोकेर आ!न्दोलनमा गएको थियो। फर्किएन।'

सौरनले जि'द्दी गरेपछि कसैले रोक्न सकेनन्।

आ!न्दोलनमा भि'डभा'ड भयो भने प्रहरीले अ'श्रु'ग्यास, पानी हा!न्ला तर गो*ली नै त न'च'लाउला भन्ने बसन्तलाई लागेको थियो। त्यही सोचेर बसन्तले चित्त बुझाए।

भदौ २२ गते बाबुछोराको लामै कुराकानी भएको थियो। २३ गते भने कुराकानी भएन।

६३ वर्षीय बसन्त र उनकी ६० वर्षीया श्रीमती निरू छोरी भेट्न साढे तीन महिनाअघि मात्र अमेरिका पुगेका थिए। त्यसैले बसन्त अमेरिकामा बसेर जेनजी आ!न्दोलनमा के के भइरहेको छ भनेर सामाजिक सञ्जालमा हेरिरहेका थिए।

'भदौ २३ गते दिउँसो सामाजिक सञ्जालमा खबर हेर्दै गर्दा एक्कासि मृ!त्यु हुनेमा छोराको नाम सुनेँ,' बसन्तले भने, 'आफन्त र साथीभाइसँग बुझ्दा मृ!त्यु भएको अ'पुष्ट खबर आयो।'

३८ वर्षीय सौरनकी श्रीमती नेपालमै थिइन्। तर उनले पनि केही खबर पाएकी थिइनन्। बसन्तले सबैतिर सोधपुछ गर्दा मृ!त्यु भएको भन्ने कुरा मात्र आइरहेको थियो।

साँझतिर सौरनको मृ!त्यु भएको पु'ष्टि भयो। त्यसपछि बसन्तले निरूलाई केही नभनी नेपाल फर्किने तयारी गरे।

'श्रीमतीलाई छोराको मृ!त्यु भएको खबर नसुनाई भदौ २५ गते बुधबार काठमाडौं आएँ,' उनले भने, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तहरू भेटेपछि श्रीमतीले छोराको मृ!त्यु भएको थाहा पाइन्।'

उनी विमानस्थलमै बे'होस भइन्।

सोधपुछ गर्दा सौरनलाई नयाँबानेश्वरको दक्षिण गेटमा साढे दुई बजेतिर गो*ली लागेको जानकारी आयो।

उनलाई गो*ली लागेर सुरूमा सिभिल अस्पताल पुर्‍याइएको थियो। त्यति बेला उनी अलिअलि बोल्न सक्ने अवस्थामा रहेको साथीहरूले बसन्तलाई बताएका थिए।

'सिभिल अस्पताल लैजाँदै गर्दा सौरनले नै श्रीमतीको नम्बर साथीहरूलाई दिएको भन्ने सुनेँ,' बसन्तले भने।

अवस्था ग'म्भीर भएपछि उनलाई सिभिल अस्पतालले काठमाडौं मेडिकल कलेजमा रिफर गरेको थियो।

'केएमसी पुर्‍याएको साढे २ घन्टापछि मृ!त घो'षणा गरिदियो रे,' बसन्तले भने, 'छोरालाई छातीको दाहिने भागतिर दुई गो*ली लागेको थियो।'

केएमसीले नै उनको साथीहरूबाट नम्बर लिएर सौरनकी श्रीमतीलाई फोन गरेर मृ!त्यु भएको जानकारी दिएको उनको भनाइ छ।

बसन्त र निरू नेपाल आइपुग्दा सौरनको श*व टिचिङ अस्पतालमा राखिएको थियो। उनीहरूले त्यहीँ गएर श*व हेरे। भदौ ३० गते पशुपतिमा लगेर अ!न्त्ये'ष्टि गरे।

'नेपालमै काम गर्छु भनेर विदेशबाट आएको थियो तर सरकारले ज्या'न लियो,' उनका बुवा भन्छन्, 'मेरो छोरामाथि गो*ली चलाउने र आदेश दिनेलाई का'रबा'ही होस्।'

सौरन ५ वर्ष कोरिया बसेर २०७५ जेठमा‍ फर्केका थिए।
'जताततै भ्र!ष्टाचार, नातावाद देखेर छोरा वाक्क भएको थियो। त्यसैले फेरि कोरिया वा अन्य देश जाने सोच्दै थियो,' बसन्तले भने, ऊ त्यस दिन आन्दोलनमा आवाज उठाउन गएको थियो।'

उनले थपे, 'नभए अहिलेसम्म त्यस्तो आ!न्दोलन तथा कुनै कार्यक्रममा गएको थाहा छैन। कुनै राजनीतिक पार्टीमा पनि आबद्ध थिएन। भदौ २३ गते भने बोल्नैपर्छ भनेर गएको थियो।'

सरकारले छोरालाई सहिद घोषणा गरेर क्ष'तिपूर्ति दिए पनि गो*ली च'लाउनेलाई कानुनी का'रबाही नगरेसम्म आफूहरूले न्याय नपाउने उनले बताए।💔😭

24/11/2025

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि गत साता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनलाई त...

23/11/2025

मुम्बईको वसईमा स्कुल ढिलो आउँदा १०० पटक उठबस गर्न लगाएर सजाय दिएकी बालिकाको मुत्यु भएको छ। विद्यालयकी शिक्षिकाले ढिलो आएकी १३ वर्षीय बालिकालाई उठबस गर्न लगाएर सजाय दिएकी थिइन्। त्यसपछि ती बालिका अचानक बिरामी परेकी थिइन्।

23/11/2025

बाल्टीमा रहेको पानीमा डुबेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका-७ भगवानपुर बस्ने ललिता देवीको छोरा १५ महिनाको आर्यन कुमार महतोको मृत्यु भएको हो।

कान्ति बाल अस्पतालको कर्मचारी आवश्यकता सम्बन्धि सूचना
22/11/2025

कान्ति बाल अस्पतालको कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Address

TU Teaching Hospital, Maharajgunj
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Manmohan Cardiothoracic Vascular and Transplant Center मनमोहन सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Manmohan Cardiothoracic Vascular and Transplant Center मनमोहन सेन्टर:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category