Medi Nepal

Medi Nepal Medinepal is a organization for the health news, tips.

23/12/2021

Early studies suggest a reduced risk of Covid-19 hospitalization when infected with Omicron compared to Delta
By Jacqueline Howard, CNN

कोभिड–१९ विरुद्ध लड्न सहयोगी पोषक तत्वकोरोना भाइरसले उत्पन्न गरेको महामारीले शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसल...
23/04/2020

कोभिड–१९ विरुद्ध लड्न सहयोगी पोषक तत्व

कोरोना भाइरसले उत्पन्न गरेको महामारीले शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसलाई महासङ्कटमा पारिरहेको छ । बुढ्यौली, रोगी र जीर्ण शरीर तथा रोगसँग लड्ने क्षमता कमजोर भएका मानिस कोभिड–१९ को जोखिममा अधिक छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को उपचारमा कुनै निर्दिष्ट औषधि अहिलेसम्म नभएका कारण हामीले आप्mनो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु नै श्रेयष्कर हुन्छ, जुन अन्य रोग र अवस्थाका लागि समेत हीतकर नै छ ।
रोगको बाटो पहिले नै छेक्नु राम्रो हो । यसमा हाम्रो आदर्श आहारबिहारले सबल हुने प्रतिरक्षा प्रणालीको मुख्य योगदान रहन्छ ।
यसै कारण हामीले आप्mनो शरीरमा निम्न बमोजिमका पोषक तत्वको पर्याप्तता बनाइराख्नु पर्दछ ।

भिटामिन सी

शरीरमा प्रतिरक्षा प्रणाली सुदृढ बनाउनमा भिटामिन सीको ठूलो योगदान रहन्छ । यो एक शक्तिशाली एन्टिअक्सिडेन्ट पनि हो । यसले शरीरमा एन्टिबडी र सेता रक्तकोष उत्पादनलाई प्रेरित गर्दछ । अमिला फलपूmल तथा ब्रोकाउली, पालुङो, गाँजर र अमलामा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ ।

भिटामिन ई

एन्टिअक्सिडेन्ट गुणयुक्त भिटामिन ई को मात्रा शरीरका अन्य कोषभन्दा प्रतिरक्षा प्रणालीका कोषमा बढी पाइएको छ । भाइरल सङ्क्रमणको अवस्थामा भिटामिन ईले भाइरस मार्ने प्रतिरक्षा प्रणालीका कोषहरुलाई मद्दत पुर्याउने क्लिनिकल अनुसन्धानहरुमा देखिएको छ । साथै भिटामिन ई कम भएमा मांसपेशी कमजोर पर्ने र सङ्क्रमणको जोखिम बढ्ने गर्छ ।
गेडागुडी, बदाम, सूर्यमुखीका विउ, पिस्ता, फर्सीको विउ, कटुस र काजु भिटामिन ईका प्रमुख स्रोत हुन् ।

भिटामिन ए

वनस्पतिमा हुने यौगिक बिटा क्यारोटिनलाई शरीरले भिटामिन ए मा रुपान्तरित गर्दछ । यो भिटामिन आँखाका लागि धेरै राम्रो मानिएको छ । तर भिटामिन ए ले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउन योगदान गर्छ । गाँजर, फर्सी, मेवा आदि भिटामिन ए का मुख्य स्रोत हुन् ।

भिटामिन डी

शरीरमा क्याल्सियम अवशोषण र हड्डी बलियो बनाउन सहयोगी हुने भिटामिन डी ले भाइरस, ब्याक्टेरियाविरुद्ध शरीरले देखाउने प्रतिक्रियामा सहयोगी भूमिका खेल्दछ । सङ्क्रमणको अवस्थामा समेत यो भिटामिन काम लाग्छ ।
खाद्य वस्तुमा भिटामिन डी बिरलै पाइन्छ र यसको मुख्य स्रोत भनेको घाम नै हो । तर अन्डा, काँचो दूध, साल्मन माछा, जौ आदिमा केही मात्रामा भिटामिन डी पाइन्छ ।

फोलेट

बी कम्प्लेक्स भिटामिन फोलेटका रुपमा परिचित छ । शरीरको प्रतिरक्षा प्रणाली, मेटाबोलिज्म र डिएनए सङ्श्लेषणमा यस भिटामिनको महत्वपूर्ण भूमिका रहन्छ । कोषको वृद्धि र विकासमा समेत यसले योगदान गर्दछ । हामीले ब्रोकाउली, एभोकादो, गेडागुडी, कन्दमूल, हरिया सागपात खाएर यो भिटामिन प्राप्त गर्न सक्छौँ ।

फलाम

रगतको एक अवयव हेमोग्लोबिनको एक प्रमुख भाग हो फलाम तत्व । हेमोग्लोबिनले शरीरमा अक्सिजन ओसार्ने काम गर्छ । फलाम तत्वले सेता रक्तकोषको उत्पादनमा सहयोग गरेर प्रतिरक्षा प्रणाली प्रवद्र्धन गर्दछ ।
माछा, मासु, गेडागुडी, सागपात, काजु, ब्रोकाउली, जौ, बदाम आदि फलामका मुख्य स्रोत हुन् ।

सेलेनियम

सेलेनियमले शरीरमा आन्तरिक क्षति पुग्नबाट रोक्छ । यसले फ्रि रेडिकलहरुका कारणले कोषमा क्षति पुग्न दिँदैन । जस कारण हामीलाई जीर्ण रोग लाग्नबाट बच्न मद्दत मिल्छ । सेलेनियममा भाइरसविरुद्धको गुण हुन्छ । यसले दम र श्वासप्रश्वासका अन्य समस्यासँग जुभ्mन महत्वपूर्ण योगदान गर्दछ ।
गेडागुडी, सिमी, तेलीय माछा, अप्रशोधित दुग्ध पदार्थ, फलपूmल, सादा दही, जौ, च्याउ आदिमा सेलेनियम पाइन्छ ।

जिङ्क

शक्तिशाली एन्टिभाइरल र एन्टि–इन्प्mलामेटरी गुण भएको पोषक तत्वका रुपमा जिङ्क परिचित छ । यसले रुघाखोकी, निमोनिया र श्वासप्रश्वासका अन्य सङ्क्रमणको जोखिम तथा असर अवधि कम गर्ने क्षमता राख्छ ।
माछामासु, गेडागुडी, सिमी, अप्रशोधित चिज, काँचो दूध, र सादा दही जिङ्कका मुख्य स्रोत हुन् ।

Medi Nepal

अशक्त रोगीमा तीनहप्तासम्म रहन्छ कोरोनारोगले अशक्त परेका रोगीको शरीरमा नोभल कोरोना भाइरस तीन हप्तासम्म रहन सक्ने जानकारी ...
22/04/2020

अशक्त रोगीमा तीनहप्तासम्म रहन्छ कोरोना

रोगले अशक्त परेका रोगीको शरीरमा नोभल कोरोना भाइरस तीन हप्तासम्म रहन सक्ने जानकारी चिनियाँ अनुसन्धानकर्ताहरुले यसै हप्ता दिएका छन् ।
पहिले सोचिएभन्दा बढी समयसम्म रोगीको फोक्सोको भित्री तहमा र दिसामा भाइरस पाइको जानकारी चीनको झेचियाङ प्रान्तको एक अस्पतालको अनुसन्धान टोलीले मङ्गलबार दियो । तर रोगीको पिसाबमा चाहिँ त्यसको आधा समयजति मात्र रहने तथा सुरुमा रगतमा सकभर नहुने बताइएको छ ।
बिएमजेमा प्रकाशित यस अनुसन्धानको नतिजाले कोभिड–१९ का रोगीमा रोगको स्वरुपका बारेमा नयाँ तथ्य अगाडि ल्याएको छ । स्पष्ट रुपमा भनिएको छ, कोभिडले बिरामी परेका मानिसको शरीरमा भाइरस बढी समय रहन्छ ।
यस अनुसन्धानले यो कुरा पनि जनाएको छ कि महिलाको शरीरभन्दा पुरुषको शरीरमा भाइरस बढी समय रहन्छ । महिला र पुरुषको शरीरमा हुने हर्मोनको स्तर भिन्नताका कारणले उनीहरुको प्रतिरक्षा प्रणालीमा समेत फरक पर्ने भएकाले सङ्क्रमण अवधिमा अन्तर देखिएको हुनसक्ने बताइएको छ ।

Medi Nepal

हेपाटाइटिस सी लागे के गर्ने ? हेपाटाइटिस सी बाट सङ्क्रमित करिब ५० प्रतिशत रोगीमा परम्परागत उपचारको प्रभाव पर्दैन । उपचार...
21/04/2020

हेपाटाइटिस सी लागे के गर्ने ?
हेपाटाइटिस सी बाट सङ्क्रमित करिब ५० प्रतिशत रोगीमा परम्परागत उपचारको प्रभाव पर्दैन । उपचारबाट दुष्प्रभाव पनि पर्न सक्छ । यस किसिमको उपचारले रुघा लगेको जस्तो लक्षण, वाकवाकी, डिप्रेसन, रक्तअल्पता, थकान, टाउको दुख्ने र छालामा असर आदि दुष्प्रभाव देखिने सम्भावना रहन्छ । प्राकृतिक उपायले हेपाटाइटिस सी को उपचारमा मद्धत पुग्छ ।
शरीरमा विषाक्त रसायन हटाउन अग्रपङ्त्तिमा काम गर्ने कलेजोको क्षमता लसुनले बढाउँछ । लसुनमा हुने सल्फर यौगिकले शरीरबाट विषाक्त तत्वहरु बाहिर निकाल्न सहयोग गर्दछ ।
अनुसन्धानबाट समेत लसुनमा भाइरस, ब्याक्टेरिया र फङ्गस विरोधी गुण भएको पत्ता लागिसकेको छ । लसुनलाई काँचै वा पकाएर खान सकिन्छ तर भाइरसमाथि असर पार्न काँचै लसुन खानु पर्छ ।
रोग विरुद्ध असरदार हुने अर्को प्राकृतिक वस्तु बेसार पनि हो । भाइरस विरोधी गुणका साथै बेसारले ब्याक्टेरिया विरुद्ध पनि काम गर्छ । एन्टिअक्सिडेन्ट, एन्टिइन्प्mलामेटरी, एन्टिट्युमर गुणयुक्त बेसारले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ ।
बेसारले पित्तको उत्पादन र प्रवाह बढाएर कलेजोमा पुगेको क्षति घटाउन सहयोग गर्दछ । कोलेस्टेरोल पनि कम गर्ने बेसारसँगै अलिकति मरिच पनि खाँदा कलेजोले बेसारका गुण सहजै उपयोगमा ल्याउँछ । तर चिकित्सकको सल्लाह लिएर मात्र औषधि सेवन र परिवर्तन गर्नु बुद्धिमानी हुन्छ ।
– medinepal

21/04/2020

शरीरमा कोभिड–१९ ले यसरी आक्रमण गर्छ

कोरोना भाइरसको सङ्क्रमण, कोभिड– १९ ले अहिले संसारलाई ठप्प पारेको छ । यस रोगप्रति सबै मानिसका मनमा अनेक शङ्का र अनुमान छन् । आऔँ यस रोगले मानिसको शरीरमा कसरी आक्रमण गर्छ त्यस बारेमा जानौँ । हाम्रो शरीरको कुन जैविक प्रक्रियाले यस रोगलाई सहयोग गर्छ वा यस रोगमाथि विजय पाउन हामीलाई झुक्याउने गरेको छ ?
हामीले स्पष्ट हुनु पर्छ कोभिड– १९ मौसमी रुघाखोकीभन्दा नितान्त वेग्लै समस्या हो । यसको सङ्क्रमण दर र मृत्यु दर तुलनात्मक रुपमा धेरै छ । सार्स र मर्स भन्दा समेत कोभिड– १९ फरक देखिएको छ । लक्षण देखा पर्नु पहिले नै कोभिड– १९ सर्ने गर्छ । साथै हाम्रो शरीरमा कोरोना भाइरसलाई प्रवेश गराउन सहयोगी भूमिका खेल्ने एन्जियोटेन्सन कन्भर्टिङ एन्जाइम–२ (एसिई–२) रिसेप्टरले पछिगएर रोगले च्याप्दै गएमा फोक्सोलाई जोगाउन समेत मुख्य भूमिका खेल्न सक्छ । यसर्थ कोभिड– १९ अरुभन्दा फरक छ ।
आऔँ यसको सङ्क्रमण प्रक्रिया बारेमा जानौँ ः

1 कोषमा आक्रमण र नाकमा भाइरस प्रतिकृति

सार्स– कोभ–२ र सार्स– कोभ दुवैले एसिई–२ रिसेप्टरका माध्यमबाटै कोषमा प्रवेश गर्छन् । शरीरमा यस रिसेप्टरको मुख्य काम भनेको रक्तचाप र इलेक्ट्रोलाइट नियन्त्रण गर्ने हो । यी रिसेप्टर शरीरका फोक्सो, घाँटीको पछाडि, आन्द्रा, मुटुको मांसपेशी र मिर्गौलामा समेत हुन्छन् ।
सन् २००४ को एउटा अनुसन्धानले एसिई–२ रिसेप्टर नाकका कोषका सतहमा समेत हुने समेत जानकारी दिएको थियो, विशेषगरी नाकका रौँ र सिगानका कोषमा । हालसालै मात्र मुख र जिब्रोमा समेत एसिई–२ रिसेप्टर पत्ता लगाएकाले हामी भन्न सक्छौँ कोरोना भाइरसले यी माध्यमबाट समेत शरीरमा प्रवेश गर्न सक्छन् ।
एउटा कुरा त स्पष्ट भयो एसिई–२ रिसेप्टरका सहारामा कोरोना भाइरसले हाम्रो कोषभित्र प्रवेश गर्छ । एक पटक कोषमा प्रवेश गरेपछि भाइरसका आनुवंशिक तत्वले कोषलाई लाखौँ लाख आप्mना प्रतिरुप बनाउन निर्देशित गर्छन्
सार्स–कोभिड–२ अर्थात् नोभल कोरोना भाइरसले हाम्रा कोषमा आप्mनो आरएनए मज्जाले प्रवेश गराउँछ । यसै कारणले कोभिड–१९ तिब्र गतिमा पैmलिरहेको छ ।
अनुसन्धानबाट के देखिएको छ भने माथिल्लो श्वासप्रश्वास प्रणालीमा सङ्क्रमणको प्रथम पाँच दिनको स्वाब (खकार, थुक, र्याल)को प्रति नमूनामा भाइरसका छ लाख ७६ हजार प्रतिलिपि हुन्छन् । यसबाट हामी अनुमान लगाउन सक्छौँ जब तल्लो श्वासप्रश्वास प्रणालीमा कोरोना पुग्दा सङ्रक्रणको अवस्था कस्तो हुुन्छ होला । मुख्य रुपमा भाइरसको प्रतिकृति माथिल्लो श्वासप्रश्वास प्रणालीमै हुने देखिएको छ ।

2 फोक्सोमा प्रतिकृति र सतर्क प्रतिरक्षा प्रणाली

फोक्सोमा एसिई–२ रिसेप्टर फोक्सोका कोष न्युमोसाइट्सको माथिल्लो भागमा बसेका हुन्छन् । फोक्सो भित्र रहने हावाका थैली अल्भिओलाईका आवरण (सर्पेmक्टेन्ट) उत्पादनमा यी कोषको महत्वपूर्ण भूमिका रहन्छन् । अल्भिओलाई भनेका शरीरमा अक्सिजन र कार्बनडाइअक्साइड ग्यास आदानप्रदानमा योगदान गर्ने हावाका थैली हुन् ।
अब कुरा आउँछ प्रतिरक्षा प्रणालीको । जसै शरीरमा अपरिचित प्रोटिनले प्रवेश गरेको सङ्केत मिल्छ प्रतिरक्षा प्रणाली सक्रिय बन्छ । शरीरको प्रतिरक्षा प्रणालीको प्रतिक्रिया, लिम्फोसाइटहरुले तत्कालको सुरक्षा कवचका रुपमा आईजिएम–टाइप एन्टिबडी र दीर्घकालका लागि विशेषखालको न्युट्रलाइजिङ एन्टिबडी (आईजिजी–टाइप) उत्पादन गर्छन् ।
अहिले कोभिड–१९ को सङ्क्रमणको अवस्थामा अनुसन्धनाबाट के देखिएको छ भने ५० प्रतिशत रोगीमा सातौँ दिनमा गएर आईजिएम वा आईजिजी एन्टिबडी उत्पादन हुन्छ र १४ दिनमा गएर ती दुवै एन्टिबडी शरीरमा सक्रिय भएका हुन्छन् ।

3 निमोनिया

कोभिड–१९ ले सङ्क्रमित करिब १४ प्रतिशत रोगीको अवस्था गम्भीर हुन्छ र उनीहरुलाई सास लिन गाह्रो भएका कारण अस्पताल भर्ना गर्नु पर्छ । यी मध्ये ७५ प्रतिशतलाई निमोनिया हुन्छ ।
कोभिड–१९ मा देखा पर्ने निमोनिया कडा खालको हुने भएकाले फोक्सोले काम गर्न छोड्छ । न्युमोसाइट कोषहरुमा भाइरसको आक्रमणका कारणले अल्भिओलाईमा सर्पेmक्टेन्टको न्यून मात्रा भएर फोक्सो अल्भिओलाईलाई खोल्न असमर्थ हुन्छ । जस कारण शरीरमा अक्सिजनको आपूर्ति रोकिन्छ ।
प्रतिरक्षा प्रणालीको प्रतिक्रियाका कारण अल्भिओलाईमा न्युट्रोफिल्स र माइक्रोफेज्स जस्ता सेता रक्तकोषहरुको प्रवाह बढ्छ । यसबीचमा सेता रक्तकोषहरुले निकालेका रसायनप्रति प्रतिक्रिया देखाउँदा अल्भिओलाई वरिपरीका रक्तनली चुहिन थाल्छन् ।
यसरी चुहिएको द्रवले बाहिरबाट अल्भिओलाईमाथि दबाब बढाउँछ र अर्कोतिर आवरण सुदृढ राख्ने सर्पेmक्टेन्टको पनि कमी भएकाले भार थेग्न नसकेर अल्भिओलाईले काम गर्न छाड्छन् । जसको नतिजा रोगीलाई सास लिन गाह्रो हुन थाल्छ र फोक्सो भित्र अक्सिजन स्थानान्तर गर्ने स्थानहरु क्रमशः घट्दै गएर रोगीको सास नै बन्द हुन्छ ।

4 एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम र अङ्गहरुले काम गर्न छाड्नु

कोभिड–१९ सङ्क्रमणमा रोगीको अवस्था १०औँ दिनपछि अत्यन्त बिग्रन सक्छ । केही मानिसमा त एकाएक अवस्था बिग्रिएको पनि छ ।
एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम हुँदा अल्भिओलाईमा रक्तथेक्ला (क्लट) बन्छन् । साथै अल्भिओलाईसँगै वायु आदानप्रदानमा भूमिका खेल्ने फोक्सोका साना रक्तनलीमा पनि प्लेटलेट्स जमेर रक्तथेक्ला बन्दछ ।
रक्तनली थुनिदा समेत प्रतिरक्षा प्रणालीले प्रतिक्रिया देखाएर ठिक गर्न खोज्छ । सेता रक्तकोषले साइटोकिन्स रसायन निकालेर सङ्क्रमित कोषहरुमा पठाउँछ । यी रसायनले रक्तनली खोल्ने र खुकुलो पार्ने प्रयास गर्छन् । निकै असहज परिस्थितिमा यी सबै प्रक्रियाले गर्दा रक्तसंचार प्रणालीनै दबाब थेग्न नसकेर बेकम्मा हुन पुग्छ ।

– मेडीनेपाल

नपुंशक बढी बाँच्छन् कोरियाको चोसुन राजवंशमा दरबारमा काम गर्ने नुपंशकहरु सामान्य पुरुषको दाँजोमा अधिक बाँच्ने गरेको तथ्य ...
12/09/2016

नपुंशक बढी बाँच्छन्

कोरियाको चोसुन राजवंशमा दरबारमा काम गर्ने नुपंशकहरु सामान्य पुरुषको दाँजोमा अधिक बाँच्ने गरेको तथ्य अनुसन्धानकर्ताहरुले करेन्ट बायलोजी जर्नलमा उल्लेख गरेका छन् । यसअधि खसी बनाइएका पशुको आयु पनि लम्बिने प्रमाण जुटाइ सकिएको छ ।
सन् १३९२ देखि १९१० सम्म कोरियामा शाशन गरेको चोसुन राजवंशमा केही केटाहरुको अण्डकोष फुटालेर उनीहरुलाई नपुंशक बनाइ दरबारको नौकर बनाइन्थ्यो । अनुसन्धानकर्ताहरुले ती नुपंशकको आयु अन्य पुरुषको भन्दा १४ देखि १९ वर्ष लम्बिने गरेको पत्ता लगाएका छन् ।
त्यसकालका एसिया र मध्यपर्वूका अन्य राजवंशमा केटालाई नपुंशक बनाएर राख्ने परम्परा विपरित चोसुन राजवंशका नपुंशकले चाहना राखेमा विवाह गर्न र धर्मपुत्र वा धर्मपुत्री राख्न पाउँथे ।
कोरियाली चोसुन राजवंशका नपुंशकलाई दरबारले सुखसुविधा प्रदान गर्दथ्यो । तथापि प्रमुख अनुसन्धानकर्ताद्धय केयुङ–जिङ मिन र चेउल–कोले ती नपुशंकको लामो आयुको रहस्य राम्रो खानपिन र सुख सुविधाका अतिरिक्त अन्य पक्षमा पनि निर्भर रहेको विश्वास गरेका छन् । त्यसैले, उनीहरुको आयु बढाउनमा अण्डकोष नहुनु पनि एक प्रमुख पक्ष भएको बताइएको छ ।
व्यक्तिको जिनहरुले उनको आयु निर्धारण गर्नमा ठूलो भूमिका खेल्नेमा धेरै जसो विशेषज्ञ सहमत छन् । यासिभा विश्वविद्यालय अन्तर्गतको अल्बर्ट आइन्सटाइन कलेज अफ मेडिसिनका विशेषज्ञहरुले गरेको एक अनुसन्धानको रिपोर्टमा जीवनशैली भन्दा पनि जिनहरुले आयु निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ ।
केयुङ–जिन मिनले रोयटरलाई भने अनुसार अधिकाँश कोरियाली नपुंशक दरबार बाहिर बस्थे र काम परे मात्र दरबार भित्र जान्थे । चोसुन राजवंशका राजाको औसत आयु ४७ वर्ष पाइएकोमा तिनीहरुका नपुंशक नोकरहरु चाहिँ औसत ७० वर्ष बाँचेको देखिन्छ ।
अनुसन्धान टोलीले अध्ययन गरेको मध्ये ८१ नपुंशक त सय वर्ष भन्दा बढी बाँचेको तथ्य प्राप्त भएको थियो ।
पशुहरुमा गरिएका कैयौँ अनुसन्धानले भाले भन्दा पोथी बढी बाँच्ने देखाएका छन् । पुरुषहरुमा बढी मात्रामा हुने यौन हर्मोन टेस्टोस्टेरोनले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्ने र मुटुजन्य रोगको खतरा पनि बढाउनेमा अनुसन्धानकर्ताहरु विश्वास गर्छन् ।

मृत्यु नजिकको अलौकिक अनुभव कतिपय मानिसको मृत्यु नजिक एक वेग्लै अनुभूति हुन्छ । उनीहरु मरेपछि पुनः बाँचेको ठान्छन् र शरीर...
27/04/2016

मृत्यु नजिकको अलौकिक अनुभव

कतिपय मानिसको मृत्यु नजिक एक वेग्लै अनुभूति हुन्छ । उनीहरु मरेपछि पुनः बाँचेको ठान्छन् र शरीरबाट आत्मा निस्केर विचित्रको अवस्थामा पुगेको अनुभव सुनाउँछन् । विशेषगरी, विश्वमा यस्तो अनुभूति लिने मानिसहरु हृदयघात भएका हुन्छन् । उनीहरुले हृदयघात भएपछि मृत्यु नजिकको पारालौकिक अनुभव गर्दछन् । तर, के यो वास्तवमा अलौकिक हुन्छ वा मस्तिष्कको कुनै खेलको नतिजा । मरेको ठानिएका मानिसले जिउँदो भएर सुनाउने पारालौकिक अनुभवलाई अमेरिकाको मिचिगन विश्वविद्यालयका वैज्ञानिकले बुभ्mने प्रयास गरेका छन् ।
कुनै पनि मानिस मृत्युको नजिक पुग्दा उसले अचेत अवस्थामा
अनुभव गर्ने पारालौकिक घटनालाई एक मनोवैज्ञानिक चक्र मानेर मृत्यु नजिकको अनुभवको रुपमा व्याख्या गरिएको छ । यसरी मृत्यु नजिकको अनुभव गर्नेहरु प्रायः एकै खालका घटना, गतिशील चम्किलो दृश्य, तेज प्रकाश, अध्याँरो सुरुङमा यात्रा, आप्mना दिवंगत आप्mन्तसँगको प्रत्यक्ष भेट, दैवी शक्तिसँगको भेट, आप्mनो पार्थिव शरीरबाट बाहिर निस्केको र शरीर वरिपरी विलौना गरिरहेका मानिसलाई देख्दा पनि आपूmलाई अलौकिक सन्तुष्टी महशुस भएको वयान गर्छन् ।
मिचिगन विश्वविद्यालयको अनुसन्धान टोलीका अनुसार हृदयघात भएर बाँचेका करिब २० प्रतिशत मानिसले मृत्यु नजिकको अनुभव गर्छन् । विश्वविद्यालयको मेडिकल स्कुलमा मोलिक्युलर एन्ड इन्टिग्रेटिव साइकोलोजी तथा न्युरोलोजीका सह–प्राध्यापक जिमो बोरिजिनले भन्नुभएको छ– यदि मृत्यु नजिकको अनुभव मस्तिष्कको उपज हो भने मस्तिष्कमा रगतको प्रवाह बन्द भएपछि मानिस वा पशुमा न्युरोनहरुबीचको सहकार्य जान्न सकिन्छ भन्ने हाम्रो मान्यता थियो ।
अनुसन्धान टोलीले बेहोस तथा हृदयघात अवस्थाको मध्यमा रहेका नौ वटा मुसाको मस्तिष्कको क्रियालाई इलेक्ट्रोइन्सेफालोग्राम्सद्धारा विश्लेषण गरेको थियो । मृत्युको नजिक अनुभव हुँदा मस्तिष्कको क्रियामा विद्युतीय प्रवाहले भूमिका खेल्ने ठम्याइँ अनुसन्धान टोलीको छ । प्रोसेडिङ्स अफ दि नेसनल एकेडेमी अफ साइन्सेस जर्नलमा जनाइए अनुसार हृदयघात हुँदा मुटुले घड्कन बन्द गरी मस्तिष्कमा रगत पठाउन सक्दैन र त्यस अवस्थामा मुसाको मस्तिष्कले अचानक सचेत अवस्थामा जस्तो गरी प्रतिक्रिया देखाउन थाल्छ । हृदयघात भएको प्रथम ३० सेकेण्डमा सबै मुसाको मस्तिष्कमा गजबले विद्युतीय प्रवाह भई मस्तिष्कले सहज अवस्थामा जस्तो गुण देखाएको थियो । अक्सिजनको कमीमा मृत्यु हुँदाको अवस्थामा लगिँदा मुसा सबै मुसाको मस्तिष्कको क्रिया एकसमान नै देखिएको भनाइ अनुसन्धान टोलीको छ ।
यस अनुसन्धान बारेमा जानकारी दिँदै एनिस्थेसियालोजी र न्युरोसर्जरीका सह–प्राध्यापक जर्ज मासर भन्नुहुन्छ– मस्तिष्कको उच्च स्तरको क्रिया देखेर हामी चकित भयौँ, वास्तवमा सचेत अवस्थामा जुन प्रकारको विद्युतीय संकेतले काम गर्छ ती संकेतले झनै सक्रिय भएर मृत्यु नजिक काम गर्दा रहेछन् ।
सह–प्राध्यापक बोरिजिनको भनाइ छ, “हृदयघातको वेला अक्सिजन वा अक्सिजन र ग्लुकोज दुवैको कमीले मस्तिष्कको क्रियालाई सामान्य अवस्थामा जसरी सक्रिय पार्छ ।
हृदयघातको वेला मस्तिष्क निष्क्रिय रहने मान्यता रहिआएकोमा यस अनुसन्धानले त्यस अवस्थामा मस्तिष्क निकै सक्रिय हुने जानकारी दिएको छ । बोरिजिनले भन्नुभएको छ– पशुमा गरिएको यस अनुसन्धानले मर्न लागेको मस्तिष्कले देखाउने प्रतिक्रियालाई पहिलो पटक स्पष्ट पार्ने प्रयास गरेको छ ।
यसअधि पनि सन् २००६ मा केन्टुस्की विश्वविद्यालयको अनुसन्धान टोलीले मृत्यु नजिकको अनुभवलाई व्याख्या गर्दै त्यसलाई मस्तिष्कको केही भागको उपज मानेको थियो । जसरी सुतेको वेला मस्तिष्कको केही भागले सपना देखाउँछ त्यसरी नै केही भागले मृत्यु नजिकको अनुभव गराउने सो अनुसन्धानको निष्कर्षमा उल्लेख गरिएको छ ।

यौवनारम्भको सङ्केत डन्डीफोरडन्डीफोरले यौवनारम्भको संकेत पनि गर्छ । यौवनारम्भबाट सुरु भएर वयस्कावस्थासम्म डन्डीफोरले धेरै...
23/04/2016

यौवनारम्भको सङ्केत डन्डीफोर

डन्डीफोरले यौवनारम्भको संकेत पनि गर्छ । यौवनारम्भबाट सुरु भएर वयस्कावस्थासम्म डन्डीफोरले धेरै जसोलाई सताउने गरेको देखिन्छ । विशेष गरी महिला डन्डीफोरबाट बढी दिक्दार हुनेगर्छन् । कसैकसैलाई डन्डीफोर नआउन पनि सक्छ र कसैमा यो वयस्क भएपछि मात्र आउने गर्छ । डन्डीफोर निस्कनुको पछाडि कयौँ पक्ष जिम्मेवार हुन्छन् र यसको उपचारको तरिका पनि फरक फरक नै छ । कसैमा कुनै तरिकाले काम गर्छ त कसैमा अर्को तरिका प्रभावकारी हुन्छ । त्यसैले डन्डीफोरको उपचार गर्नु पहिले चिकित्सकको सल्लाह लिएर आपूmलाई उपयुक्त हुने तरिकाको जानकारी लिनु बुद्धिमानी हुनेछ ।
यौवनारम्भको कारणले शरीरमा हर्मोनको उत्पादन बृद्धि भएर “सिबम” (तेल) को क्रियाकलाप बढ्नाले सामान्यतया डन्डीफोर उत्पन्न हुन्छ । कहीले काहीँ यो तेल बाक्लो भएर छालाका छिद्रमा फस्नाले डन्डीफोर निस्कन्छ । छालाका छिद्र सानो आकारका भएमा वा छालाका मरेका कोषहरु बढी भएको खण्डमा पनि डन्डीफोर उत्पन्न हुने गर्छ । एक अनुसन्धानले सूक्ष्म किटाणुको कारणले पनि डन्डीफोर हुने सुझाव दिएको छ । यी कीरा अधिकाँश मान्छेको अनुहारमा पाइने गरेका छन् ।
डण्डीफोर भएमा सामान्तया अनुहारको छालाको बहिरी सतहमा जलनशील सूजन उत्पन्न हुन्छ । अन्ततः यसबाट छालामा दाग बन्छ । छालाको मरेका कोषहरु तथा छालामा रहने रौंका सूक्ष्म छिद्रहरुलाई बन्द गर्ने लेसिलो तत्वको कारणले दाग पर्ने गर्दछ । विशेषगरी अनुहार पाखुरा पिठिउ“ र छातीमा डण्डीफोर आउने गर्छ ।
हर्मोनमा आउने परिवर्तनले डण्डीफोर उत्पन्न गराउ“छ । परिवार नियोजनका केही चक्कीहरु तथा स्टोरोइडहरुले पनि डण्डीफोर ल्याउन सक्छ ।
डण्डीफोरको सुरुमा छालाको बाहिरी सतहका छिद्रहरु बन्द भएमा कालो दाग देखापर्छ र विस्तारै सानो रातो दाग उत्पन्न हुन्छ । पछि त्यसमा पिप भरिएर पहे“लो रंगको हुन जान्छ । डण्डीफोर चिलाएमा वा निचोरेमा समस्या बल्झिन सक्छ ।
बजारमा डण्डीफोरको उपचारको लागि उपलब्ध औषधी एन्टिब्याटेरियल हुन्छन् । जसमा बेन्जोयल पेरोक्साइड प्रयोग गरिएको हुन्छ । यसले छाला सुख्खा पारेर छालाका मरेका कोषहरु पनि हटाउ“छ ।
सबै भन्दा पहिले अनुहार सफा राख्नु पहिलो कदम हुन्छ । हात सफा गरेर अनुहार पखाल्ने गर्नु पर्छ । बारम्बार अनुहार पखाल्ने गरेमा पनि तेल उत्पादन बढ्ने भएकाले दिनमा दुई पटक मात्र अनुहार पखाल्ने गर्नुस । अनुहारमा अनाहकमा हात वा अन्य वस्तु राख्ने वा मल्ने गर्नु हुँदैन किनभने अनुहारमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । जसले गर्दा डन्डीफोर झनै बिग्रन सक्ने हुन्छ ।
चिनी वा गुलियो कम खाने गरौँ । प्रशोधित र परिस्कृत खाद्य वस्तु खानु हुँदैन । चिनी वास्तवमा खाना होइन र प्रशोधित गुलियो वस्तु खानबाट बच्नु पर्छ । चिनी वा गुलियो खाद्य वस्तु खान छाडेको एक हप्तामै डन्डीफोरको दाग हराउन थालेको तपाई महशुस गर्नु हुने छ । प्रशोधित खाद्य वस्तुमा चिनी मिसाइएको हुन्छ भन्ने हेक्का राख्नु जरुरी छ ।
छाला मुलायम राख्न र घाउ निको पार्न घृतकुमारीको प्रयोग शताब्दीयौँदेखि भैरहेको छ । अनुहार सफा पखालेपछि घृतकुमारीको शुद्ध लेप वा रस अनुहारमा लगाउनाले फाइदा पुग्छ । अनुहारको चमक बनाइराख्न गुलाफको प्रयोग सर्बव्यापी नै छ । गुलाफको पूmल सुगन्धित मात्र होइन त्यसमा ब्याक्टेरिया बिरोधी गुण पनि हुन्छ । गुलाफ पूmलको लेप डन्डीफोरबाट राहत दिलाउन सहयोगी हुन्छ । त्यस्तै असरफीपूmलमा पनि ब्याक्टेरिया बिरोधी गुण हुने भएकाले एलर्जी आउँदैन भने यसको प्रयोग गर्न सकिन्छ ।
यसैगरी दूवीपूmललाई पनि डन्डीफोरको उपचारमा उपयुक्त मानिएको छ । यसले कलेजोको कार्य र पाचन प्रणलीलाई सक्रिय पारेर शरीरबाट बिषाक्त वस्तु तथा एन्ड्रोजिन जस्ता हर्मोनको अतिरिक्त मात्रालाई निकाल्न सहयोग पुर्याउँछ । खनिज र भिटामिनको भन्डार दूवीपूmलको ताजा पात खान सकिन्छ । पकाएर वा पात सुकाएर तातो पानीसंग खाएमा डन्डीफोर हटाउन वा डन्डीफोरबाट बच्न सहयोग पुग्छ ।
डन्डीफोर सरुवा रोग होइन । सामान्तया यो आफै निको हुन्छ र समस्या बल्झिएमा मात्र विशेष उपचारको आवश्यकता पर्दछ ।

www.medinepal.com

दाँतलाई उपयोगी अन्डाको बोक्राहाम्रो  शरीरमा क्याल्सियम धेरै मात्रामा हुने खनिज तत्व हो  र यो दाँत तथा हड्डीमा संचित रहन्...
07/04/2016

दाँतलाई उपयोगी अन्डाको बोक्रा

हाम्रो शरीरमा क्याल्सियम धेरै मात्रामा हुने खनिज तत्व हो र यो दाँत तथा हड्डीमा संचित रहन्छ । क्याल्सियममा क्षारीय गुण हुने भएकाले जब शरीरको रगत र अन्य तन्तुहरु अम्लबाट प्रभावित हुन्छन् शरीरले हड्डी र दाँतबाट क्याल्सियम निकाल्न सुरु गर्छ । शरीरले यस्तो प्रतिक्रिया कि देखाउँछ भने क्षारीय अर्थात नुनिलो क्याल्सियमले रगतमा नुनिला तत्व मिसाएर रगतलाई अति अम्लीय हुनबाट बचाउँछ । रगत बढी अम्लीय भएमा तत्काल नकारात्मक असर पर्छ ।
अधिकाँश आहारा अम्लीय हुने भएकाले हड्डीबाट क्याल्सियम क्षय भैरहेको हुन्छ । हिजोआज बजारमा पाइने डिब्बाबन्द खाद्य वस्तु र हल्का पेय पदार्थले त शरीरमा ठूलो मात्रामा क्याल्सियम नष्ट पर्छन् । हल्का पेय पदार्थ खाँदा गुलियो लाग्छ तर वास्तवमा त्यो अम्लको भन्डार हुन्छ । त्यसले टूलो मात्रामा क्याल्सियम क्षय गर्दछ । क्षय भए अनुसार क्याल्सियमको आपूर्ति शरीरमा भएन भने हड्डी कमजोर हुन्छ र अस्टियोपोरोसिस जस्तो हड्डी खिइने समस्याले समात्न सक्छ ।
क्याल्सियमको एक राम्रो स्रोत अन्डाको बोक्रालाई मानिन्छ । तर हामी अन्डा खाँदा बोक्रा ािल्काउने गर्छैँ । अन्ढाको बोक्रामा २७ वटा आवश्यक पोषक तत्व हुन्छन् र त्यसमा ठुूलो मात्रामा क्याल्सियम पाइन्छ । हाम्रो हड्डीले अन्डाको बोक्राको ९० प्रतिशत क्याल्सियम अवशोषित गर्न सक्छ । जब कि दूध र दुग्धजन्य वस्तुको क्याल्सियमलाई हाम्रो शरीरले सजिलै पचाउन सक्दैन । अर्को कुरा प्रशोधित दूध र दुग्धजन्य वस्तु अम्लीय भएकाले उल्टै शरीरमा अम्ल बढ्न जान्छ र संचित क्याल्सियमलाई शरीरले खर्च गर्नु पर्ने हुन्छ ।
अन्डाको बोक्रालाई पोषक वस्तुको रुपमा प्रयोग गर्न पनि कठिन छैन । बोक्रालाई सफा गरेपछि रोगाणुमुक्त पार्न पाँच मिनेट जति पानीमा उमाल्ने र त्यसपछि सुकाएर त्यसको धूलो बनाउने । प्रत्येक दिन एक दुई चम्चा धूलोलाई कागतीको रससंग खान सकिन्छ ।
तर विकासे अन्डाबाट खासै लाभ मिल्दैन । उल्टै नोक्सानी हुन सक्छ । विकासे अन्डा एन्टिबायोटिक्स र अन्य रसायनबाट प्रदूषित हुने भएकाले विकासे अन्डाको बोक्राबाट बच्नु वेश । यस अतिरिक्त बन्दागोभी ,गेडागुडी, गाँजर, मूला आदि पनि क्याल्सियमका स्रोत हुन् ।

स्रोतः क्यान वि लाइभ १५० इयर, मिखाइल टोमबक

खाना खाने समयचिनियाँ चिकित्सा प्रणाली अनुसार बेलुका ७ बजेपछि खाना नखाएर हामी आप्mनो स्वास्थ्य सुधार्न सक्छौँ । शरीरमा श्...
05/04/2016

खाना खाने समय

चिनियाँ चिकित्सा प्रणाली अनुसार बेलुका ७ बजेपछि खाना नखाएर हामी आप्mनो स्वास्थ्य सुधार्न सक्छौँ । शरीरमा श्रृंखलाबद्ध १२ वटा प्रमुख यामयोत्तर वा समय सारणीमा आधारित रही ऊर्जा प्रवाहित हुन्छ ।
चिनियाँ चिकित्साले पाचन प्रक्रियालाई पृथ्वी तत्वले नियन्त्रित गरेको हुन्छ भनेको छ । पृथ्वीको प्रभावमा परेर आमाशय र फियोले प्रकिया देखाउने गर्छन । दुई घन्टे यामयोत्तरअनुसार आमाशयको यामयोत्तर ऊर्जा बिहान ७ बजेदेखि ९ बजेसम्म शक्तिशाली हुन्छ र ९ बजेदेखि ११ बजेसम्म फियो शक्तिशाली भएको हुन्छ । त्यसैले ७ बजेदेखि ११ बजेसम्म खाना खानु उत्तम मानिन्छ ।
बाह्र घन्टापछि हाम्रो पाचन प्रणालीका अंग कम सक्रिय हुन्छन् । त्यसकारण हामीले बेलुका ७ बजेपछि खान बन्द गर्नुपर्छ । भोक लागेको छ भने हल्का खाना वा फलपूmल खान सकिन्छ ।
साँझको वेला प्राकृतिक रुपमै पाचन प्रणाली कमजोर हुने गर्छ । साँझको वेला खाना राम्रोसँग नपचेर पेट ढाडिने, ग्यास बन्ने र असजिलो महसुश हुन सक्छ ।
राति ११ बजेदेखि ३ बजेसम्म चाहिँ पित्तासय र कलेजोको ऊर्जा अधिक बलियो हुने भनाइ चिनियाँ चिकित्साको छ । यी अंगले रगत सफा गरी निन्द्रा नियन्त्रित गर्छन । राति अवेर खाना खाएमा पित्तासय र कलेजोको प्रणाली अनियन्त्रित हुन्छ ।

Address

Kathmandu
00977

Telephone

9841342623

Website

Alerts

Be the first to know and let us send you an email when Medi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Medi Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram