09/03/2026
बालेन्द्र शाह ले प्रतिनिधि सभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोग नेपाल मा बुझाउने पहिलो उम्मेदवार बनेका छन्। झापा–५ बाट निर्वाचित शाहले चुनावमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च भएको विवरण आयोगलाई बुझाएका हुन्। उनले उक्त निर्वाचनमा केपी शर्मा ओली लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा जीत हासिल गरेका थिए।