Home Health Care Service in Nepal

Home Health Care Service in Nepal Home Health Care is a trusted leader in providing clinical care and support services at home for children and adults of all ages

wow THIS IS NEPALNatural Beauty... Its Kanyam Ilam...NEPAL
30/08/2015

wow THIS IS NEPAL
Natural Beauty... Its Kanyam Ilam...NEPAL

Natural Beauty... Its Kanyam Ilam....

31/07/2015

सिटामोलबारे केही जानकारी

सिटामोलको नाम नसुनेको र सिटामोल नखाएको मानिस त शायदै होलान्। सिटामोल सबैभन्दा सरल र सुलभ औषधीहरुमा पर्छ, जुन खानको लागि नेपालमा मात्र हैन, विकसित देशहरुमा पनि डाक्टरको सल्लाहको आवश्यकता पर्दैन र साधारण पसलहरुमा पनि यो सजिलै उपलब्द हुन्छ। आज यहि सिटामोलको बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु।

सिटामोल अर्थात् पारासिटामोल/ Paracetamol एक प्रकारको दुखाइ कम गर्ने(पेनकिलर/ Analgesic) र ज्वरो कम गर्ने (Antipyretic) औषधी हो। यसले कसरी काम गर्छ भनेर ठ्याक्कै भन्न सकिदैंन, तर यसले मष्तिस्कमा प्रोस्टाग्लान्डीन(Prostaglandin) भन्ने पदार्थको उत्पादनमा कमि ल्याउँछ र हाम्रो दुखाइ सहनसक्ने क्षमतालाई बढाउँछ भनेर भन्ने गरिन्छ। त्यस्तै मष्तिस्कमै रहेको शरीरको तापक्रम नियन्त्रण गर्ने केन्द्र (Temperature regulating center) मा असर गरी ज्वरो घटाउने काम पनि गर्छ। तर NSAIDs को तुलनामा यसको एन्टी-इन्फ्लामेटरी एक्सन (इन्फ्लामेसनलाई कम गर्ने क्षमता )एकदमै कम हुन्छ। भन्नुको अर्थ इन्फ्लामेसनले भएको दुखाइ वा ज्वरोहरुमा यसको प्रभावकारीताNSAIDs को भन्दा कम हुन्छ।

कुन कुन अवस्थामा सिटामोलको प्रयोग गर्न सकिन्छ?



यो विशेष गरी दुखाई कम गर्न र ज्वरो कम गर्न प्रयोग गर्ने गरिन्छ। यसले रोगलाई भन्दा नि लक्षणलाई मात्र ठिक गर्ने काम गर्छ। हाडजोर्नी सम्बन्धि दुखाइ, विभिन्न प्रकारका टाउको दुखाइ आदीमा यो सेवन गर्न सकिन्छ। त्यस्तै साधारण भाइरल ज्वरोको साथसाथै अन्य संक्रमणले गर्दा आउने ज्वरोहरुमा पनि यसको प्रयोग गर्न सकिन्छ। ओस्टियोआर्थाइटिस (Osteoarthritis) मा हुने हाडजोर्नीहरुको दुखाइका लागि यो आइबुप्रोफेन जस्ता NSAIDs हरु जत्तिकै प्रभावकारी हुन्छ।

सिटामोल बढि मात्रामा प्रयोग गरिने अवस्थाहरु:

माइग्रेन, टेन्सन हेडएक (Tension Headache) जस्ता टाउको दुखाइहरुमा,

ओस्टियोआर्थाइटिस जस्ता हाडजोर्नी सम्बन्धि दुखाइहरुमा,

भाइरल ज्वरो आएको अवस्थामा



त्यस्तै ब्रुफेन जस्ता NSAIDs हरु खान नमिल्ने अवस्थाहरु जस्तै ग्यास्ट्राइटिस, पेटको अल्सर भएको अवस्थामा सिटामोल सुरक्षितरुपमा प्रयोग गर्न सकिन्छ, किनकि यसले ग्यास्ट्राइटिस बढाउने गर्दैन।

बच्चाहरुमा भाइरल ज्वरो भएको बेला एस्पिरीन/ Aspirin दिनाले मष्तिस्क र कलेजोमा घातक असर पार्ने अवस्था रेज सिन्ड्रोम/ Reye’s Syndromeहुनसक्ने सम्भावना हुन्छ। त्यसैले त्यस्तो अवस्थामा सिटामोल वा अन्यNSAIDs हरु सुरक्षित मानिन्छन्।



कस्तोकस्तो रुपमा बजारमा पाइन्छन् र कति मात्रामा खानुपर्छ?

सिटामोल प्रायः गरेर ५०० मी.ग्रा.का ट्याबलेटको रुपमा बजारमा पाइन्छ। साथै बच्चाहरुको लागि १२५ मी.ग्रा. प्रति ५ मीली वा २५० मी.ग्रा. प्रति ५ मीली को सिरप (Syrup)/ झोलरुपमा पाइन्छ। त्यस्तै इन्जेक्सनको लागि १५० मी.ग्रा. प्रति १ मीली मा पाइने गर्छ। बजारमा विभिन्न कम्पनीका विभिन्न नामका सिटामोलहरु पाइन्छन्। ती नामहरुलाई ब्रान्ड नेम (Brand name) भनिन्छ, जुन कम्पनी अनुसार फरक फरक हुनेगर्छ। तर त्यसमा सानो अक्षरमा कुन औषधी छ भनि लेखिएको हुन्छ, जसलाई केमिकल नेम (Chemical name) भनिन्छ। औषधी किन्दा त्यो पनि हेर्ने गर्नुपर्छ।

त्यस्तै यो अन्य औषधीहरुसँगको विभिन्न कम्बिनेसनहरुमा पनि पाइने गर्छ। जस्तै सिटामोल र आइबुप्रोफेन (Ibuprofen), सिटामोल र कोडिन (Codeine),सिटामोल र एन्टिहिस्टामीनिक (Anti-histaminics) - रुघाको लागि आदि।

यो एकपल्टमा ५००-१००० मी.ग्रा. सम्म प्रत्येक ४-६ घण्टामा दैनिक मात्रा ४ ग्रामभन्दा बढि नहुने गरी सेवन गर्न सकिन्छ। बच्चाहरुको लागि १५ मी.ग्रा./केजी प्रत्येक पल्टको हिसाबले प्रत्येक ४-६ घण्टामा दिन सकिन्छ।



यसले के के खराब असरहरु (side effects) गर्न सक्छन् र अन्य औषधीहरुसँग यसले कस्तो प्रतिक्रिया (reactions) गर्छ?

यसको साइड इफेक्ट धेरै नै कम हुन्छ। NSAIDsको जस्तो ग्यास्ट्राइटिसका समस्याहरु, प्लेटेलेटको काममा असर गरी पेट, आन्द्राहरुमा रगत बग्ने समस्या सिटामोलको सेवनपछि देखिदैंन।

गर्भवती महिला, स्तनपान गराइरहेका महिलाहरुले पनि सुरक्षित रुपमा यसको सेवन गर्न सक्छन्।

यसको मुख्य साइड इफेक्ट भनेको अत्यधिक मात्राको सेवनले कलेजोमा पार्ने खराब असर हो। सिटामोलको मेटाबोलिजम/ metabolism (सरल रसायनमा टुक्राउने प्रक्रिया) कलेजोमा हुन्छ। अत्यधिक मात्राको सेवनले कलेजोले त्यो मेटाबोलिजम राम्रो र पूर्णरुपमा गर्न सक्दैन र त्यसका हानिकारक मेटाबोलाइट/metabolite हरुले कलेजोमा असर गरी एक्युट लिभर फेलर (Acute Liver Failure) गराउने गर्छ। एकैपटकमा ७-१० ग्राम सिटामोल (१४-२० वटा ५०० मी.ग्रा.का ट्यावलेटहरु) को सेवनले कलेजोमा यस्तो नराम्रो असर पर्ने गर्छ। बच्चाहरुमा १४० मी.ग्रा./केजी तौल भन्दा बढि सिटामोलको सेवनसँगै कलेजोले काम गर्न छोड्छ। तर कलेजोको रोगी वा रक्सी सेवन गर्नेहरुमा अझ कम मात्राको सेवनमै पनि कलेजोमा खराब असर देखिने गर्छ। अमेरिका, बेलायत जस्ता विकसित देशहरुमा आत्महत्याको लागि सिटामोलको अत्यधिक मात्रामा सेवन गर्ने गर्छन्।

31/07/2015

जुम्ल्याहा बच्चा जन्मिने मुख्य गरी दुई कारण छन् :
१ . प्रायः एउटा डिम्बाशयले महिनामा एउटा डिम्ब निष्कासन गर्ने गर्दछ, तर कहिलेकाहीँ केही कारणले गर्दा दुवै डिम्बाशयले छुट्टाछुट्टै शुक्रकीटसँग मिलन हुन गई दुईवटा छुट्टाछुट्टै बच्चामा विकसित हुन पुग्दछ र ती बच्चाहरू कहिले छोरा–छोरा, छोरी–छोरी वा छोरा–छोरी भएको पाइन्छ ।
२. त्यस्तै दोस्रो तरिकाले हुने जुम्ल्याहा चाहिँ एउटै डिम्ब र शुक्रकीट मिलन भइकन बनेको कोष फुट्न गई जति टुक्रा हुन्छ, त्यतिवटा बच्चा भएको पाइन्छ । यदि सो फुटाई सात दिनभित्रमा भएमा जुम्ल्याहा बच्चा छुट्टछुट्टै विकास हुन्छ र यदि ७ दिनभित्रमा भएमा टाँसिएर जन्मने सम्भावना हुन्छ । त्यसरी जन्मेका जुम्ल्याहा विशेष गरी एउटै लिंगका हुन्छन् र हेर्दा पनि उस्तै देखिने गर्दछन् ।

31/07/2015

क्यान्सर रोक्न नासपातीको सेवन

मौसम अनुसार पाईने विभिन्न किसीमका फलफुल हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ । तिनै फलफुलमध्ये एक हो नासपाती । बर्षायाममा सजिलै पाईने यो फल खानको लागि स्वादिलो हुनुका साथै स्वस्थवद्र्धक पनि हुन्छ । यसको सेवनले तपाई कयौँ किसिमको रोगबाट छुट्कारा पाउन सक्नुहुन्छ । जुन् यसप्रकार छ ।



१, कोस्ट्रोल ः नासपातीमा पाईने प्याक्टिन नमाक घुलनशील फाईबर कोलस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ ।



२, पाचन यन्त्र ः आयुर्वेदका अनुसार नासपातीले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ । यसको सेवनले तपाईलाई भारीपन हुन दिँदैन ।



३, यदी तपाई छिट्टै थाक्नुहुन्छ भने नासपाती सेवन गर्नुहोस । यस्तो अबस्थामा तपाईलाई फाईदा पुग्छ । नासपातीले छिट्टै उर्जा दिन्छ । साथै तिर्खा मेटाउन त्रिदोष नाशक हुन्छ ।



४, क्यान्सर ः यसमा हाइड्रोअक्सिनामिक एसिड पाईन्छ जसले पेटको क्यान्सर रोक्न मद्धत गर्छ । फाइबर पेटको क्यान्सर बढ्न कम हुन्छ ।



५, बलियो हड्डी ः नासपातीमा हुने बोरोन तत्वले हड्डीलाई बलियो बनाउँछ ।



६, हार्ट स्ट्रोको जोखिम ः यसको सेवनले हार्ट स्ट्रोकको खतरा ५० प्रतिशतले कम गर्छ र शरीरमा ग्लुकोज उर्जामा मजबुद बनाउँछ ।

Address

BALKHU KATHMANDU
Kathmandu

Telephone

+9779841331312

Website

Alerts

Be the first to know and let us send you an email when Home Health Care Service in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Home Health Care Service in Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram