18/07/2017
छात्रावास प्रमुख प्रशिक्षण वर्ग सम्पन्न
काठमाडौँको मुलपानी स्थित "आमाको माया" छात्रावासमा जनजाती कल्याण आश्रम, नेपालद्वारा संचालित देशभरिका १० छात्रावासका छात्रावास प्रमुखहरुको ५ दिवसिय प्रशिक्षण वर्ग असार २६ गते देखि ३० गते सम्म सम्पन्न भएको छ l
जनजाती कल्याण आश्रम, नेपालका राष्ट्रिय संगठन मन्त्री श्री प्रेम थुलुंगज्यूको विशेष उपस्थितिमा सम्पन्न प्रशिक्षण वर्गमा प्रशिक्षकको रूपमा कल्याण आश्रमका केन्द्रीय कार्यालय प्रमुख श्री मदन चौधरी तथा पूर्व-विद्यार्थी प्रमुख श्री लाल बहादुर चौधरी रहनु भएको थियो l प्रशिक्षण वर्गमा विर्तामोड, विराटनगर, जनकपुर, विरगंज, काठमाडौँ, नुवाकोट, धादिंग, दोलखा, धनगढी आदि स्थानमा जनजाती कल्याण आश्रमद्वारा संचालित "आमाको माया" छात्रावासका २० जना छात्रावास प्रमुख तथा सह-छात्रावास प्रमुखहरुको सहभागिता रहेको थियो l
छात्रावास प्रमुखहरुको दक्षता, आवश्यक गुण-क्षमताको विकाश तथा व्यवस्थित छात्रावास संचालनका निम्ति आयोजित प्रशिक्षण वर्गमाप्रशिक्षार्थीहरुलाई आदर्श छात्रावास प्रमुखको गुण तथा व्यवहार, जनजातिहरुको सर्वांगीण विकाश, शिक्षाको स्तर सुधार्ने तरिका, कार्यालय व्यवस्थापन, छात्रावास संचालनको क्रममा आइपर्ने समस्या तथा समाधान, व्यक्तित्व विकाशआदि विषयमा प्रशिक्षण दियियो l उक्त्त प्रशिक्षण वर्गमा नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. दिपक कु. अधिकारी, हिन्दू स्वयंसेवक संघका सह-राष्ट्रिय प्रचारक श्री रेवित कुमार तथा राष्ट्रिय कार्यवाह श्री मुरली निरौला, नेपाल सशस्त्र प्रहरी बलका पूर्व आई. जी. पी. श्री किशोर लामा, जनजाती कल्याण आश्रम, नेपालका महासचिव श्री प्रकाश राई, जनजाती कल्याण आश्रम, नेपालकाठमाडौँ विभागका महासचिव श्री पंकज जलान आदिले वर्गमा प्रशिक्षार्थीहरुलाई मार्गदर्शन गर्नुभएको थियो l
सोही प्रशिक्षण वर्गमा केही छात्रावास प्रमुखको दायित्व घोषणा तथा केन्द्र निर्धारण पनि गरिएको थियो l