Bhimsen Poly Clinic

Bhimsen Poly Clinic once visit Bhimsen Poly Clinic The benefits of ongoing health screening services revolve around prevention and early detection.

As you reach certain age groups, it is important to remember for health screening checkup in order to maintain your optimum health. Health screenings save lives by early detection of conditions such as hypertension or elevated blood sugar and can help prevent serious diseases like diabetes and heart disease that kill thousands of people everyyear. It is important for health issues such as diabetes, cholesterol, lung function or other health related conditions, which could adversely affect our lives. Many cases of disease exist and remain undiagnosed that seriously affect our quality of life. Many of these conditions can be corrected or improved through a simple course of treatment if once it has been discovered by health screening. The aim of health screening is that the prevention is better than cure. Health screening is viewed as an ongoing health management’s process but not as a medical examination. The majority of people screened require no further advice or treatment. So, one of the additional benefits of a health screen is peace of mind and reassurance.

27/06/2022

#हैजा तथा #झाडापखालाबाट बच्न १० वटा उपायहरु अपनाउन सकिन्छ।

१. वर्षाको पानीले एकठाउँको फोहोर अर्को ठाउँमा पुर्याएको हुन्छ । फोहोरमैलामा जुनसुकै सडेगलेका बस्तुहरु मिसिएको हुन्छ। दिनभरि काम गर्न यताउती बाहिर हिडिरहेका हुन्छौं। घरमा आउँदा सावुन पानीले राम्ररी धोएर भित्र पस्नु पर्दछ।

२. धारा, इनार, ट्यांकर, जार, मिनरल वाटर इत्यादि फिल्टर गरेर तथा १० मिनेट जति उमालेर मात्र पिउनुपर्छ । कतै जाँदा घरकै पानी बोतलमा बोकेर जाँदा उपयुक्त हुन्छ।

३. घर भन्दा बाहिरीको खाना तथा खाजा नखानुहोला । खानु परेमा किचेन, भाँडा, पकाउने व्यक्ति आदि सफा भएको ठाउँमा मात्र खानुहोला । सकभर पानीको प्रयोग नहुने खाजा खाने गर्नुहोस्।

४. फलफूल र तरकारी राम्रोसँग पखालेर तथा पूर्ण पाकेको मात्र सेवन गर्नुहोस्।

५. मासु खादा पनि सफा ठाउँ भएको मासु पसलबाट मात्र किनेर तथा राम्रोसंग पकाएर मात्र खानुहोस्।

६. धेरै बालबालिका फोहोर पानीमा पौडी खेलेपछि बिरामी भएका छन् । हाम्रा पौडी खेल्ने ठाउँमा पर्याप्त पानी आउने र जाने व्यवस्था छैन । स्विमिङ पुलको प्रयोग गर्दा राम्रो ठाउँमा मात्र जाने र जहाँ पानीको राम्रो सर्कुलेसन होस तथा संक्रमण बिरामीलाई पानी प्रयोग गर्न नदिनुहोस्।

७. दूधलाई राम्रोसँग उमालेर मात्र सेवन गर्नुहोला ।

८. यदि दिनमा ३ पटक वा सोभन्दा बढीपटक झाडापखाला लाग्यो वा पातलो दिसा भयो भने जीवनजल, सादा पानी, सुप, दालको रस प्रशस्त मात्रामा सेवन गर्नुहोला । हैजादेखि अन्य झाडाबान्तामा शरीरमा पानीको मात्रा कम भयो भने जोखिम बढ्ने सम्भावना हुन्छ। तसर्थ प्रशस्त झोलिलो खाने, नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खाने गर्नुहोस्।

९. हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने भएकाले उक्त ब्याक्टेरिया एन्टिबायोटिकले मर्दछ । हैजामा मान्छेको मृत्यु ब्याक्टेरियाको कारणभन्दा जलवियोजनको कारणले हुन्छ ।

१०. पानी तथा जीवनजल पर्याप्त मात्रामा खान नसकेमा, चौलानी पानीजस्तो पातलो पखाला लागेमा, मुख सुकेमा, छाला चिसो भएमा, पिसाब कम भएमा तथा बिरामी गलेमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोला । यस्ता बिरामीलाई सलाइनबाट उपचार गर्नुपर्ने हुन्छ । पटक पटक साबुन पानीले मिचिमिची हात धुने बानी बसाल्नु होस। जसले

31/12/2021

11 Common Habits That Can damage The kidneys. 1. Insufficient Water Intake: Severe and frequent dehydration can lead to permanent kidney damage. It is very important to drink enough water, especially in hot and humid weather.

2. High Sugar Consumption: High sugar levels causes the narrowing of blood vessels and blockage or clogging of vessels that results in damage to kidneys.

3. Urinary Retention: Not emptying the bladder early causes urine to flow backward into the kidneys. This backward flow can damage the kidneys.

4. Too Much Salt: A high salt intake in the diet alters the sodium balance, resulting in reduced function of the kidneys.

5. Animal Protein: Eating red meat accelerates kidney damage. People who consumed red meat have 40% more chances of developing end-stage kidney disease.

6. Not Eating Enough: If you don’t eat enough, your body uses muscle protein as an energy source. This weakness can cause damage to the kidneys.

7. Painkillers: Prolonged use of NSAIDs (pain relievers) can damage the kidneys especially taking them when you are dehydrated or during low blood pressure.

8. Contrast Dyes: Exposure to contrast dyes during radiology can cause a rare kidney disorder known as contrast-induced nephropathy (CIN).

9. Too Much Alcohol: High consumption of alcohol can lead to disruption in normal kidney function and make them less able to filter blood. Alcohol affects the ability of kidneys to regulate electrolyte balance in the body.

10. Lack Of Rest: Resting helps the body to recover and alleviates stress. Lack of rest can lead to changes in blood pressure which impacts kidney functions.

11. Smoking: Smoking slows down the blood flow to different organs including kidneys that damages the kidneys.

11/08/2021

मास्क लगाउँदा बारम्बार हुनसक्ने यी पाँच गल्तीहरु

चिउँडो मात्रै छोप्ने गरी मास्क नलगाऔँ।

आफू वा अरु कसैले लगाइरहेको मास्क छुने नगरौँ।

अरु व्यक्तिसँग वार्तालाप गर्दा मास्क नखोलौँ।

आफूले प्रयोग गरेको मास्क अरुलाई प्रयोग गर्न नदिऔँ।

भीडभाडमा मास्क खोल्दै नखोलौँ।

10/08/2021

बोल्ने मुखलाई मास्कले रोक्दैन
चिउँडोको मास्कले कोरोना छेक्दैन
#मजिम्मेवारनेपाली #जिम्मेवारनेपाली

24/07/2021

यी हुन् आँप खानेबित्तिकै खान नहुने ७ खानेकुरा

१. करेलाः आँप र करेलालाई एकसाथ खानु वा आप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँपखानु स्वास्थ्यको लागि हानिकारक हुन सक्दछ। आँप खाए पछि वा अघि तीतेकरेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछन।

२. तातो दुधः तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउनु हुदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसंग पनि नखानु भनिएको छ। आँपलाई दुधसंग खाने गर्दा पाँचन क्रियामा समस्या आउने गर्दछ।

३. खुसर्नीः आँप खाए लगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खानेकुरा खानु हुँदैन। आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउदछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ।

४. दहीः हुनत धेरैले आँपलाई दहीसंग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादाँ स्वास्थ्यलाई हानी पुग्दछ। किनकी दही र आँपको प्रकृति मिल्दैन। दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो। दही र आँपको एकसाथ सेवनले पाँचन समस्या र दीर्घकालमा गएर छालाको समस्या निम्त्याउदछ।

५. पानीः आँप खाने बित्तिकै पानी पिउदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाँचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौ दोष संञ्चय हुनेहुँदा आँप खाने वित्तिकै पानी पिउनु र पानी पिए लगत्तै आँप खानु हुदैन।

६. कोल्डड्रिङ्कसः आँप र कोल्डड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जीत मानिएको छ। आँपसंग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कसले आँपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ। यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्साईडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुँदैन।

७. तारे भूटेका खानेकुराः आँप र तारे भूटेका खानेकुराहरू पनि एकसाथ खानु हुदैन। किनकी तारेभूटेको खानेकुराहरूमा उच्चमात्रामा कर्बन हुन्छ जसले आँपको पोषक तत्वहरूलाई नष्ट गर्नुका साथै आँपसंग मिलेर विषक्तता पैदा गर्दछ।

Source:
डा हेमराज कोइराला स्वास्थ्य खबरपत्रिका

22/06/2021

अझै पनि संक्रमण दर २० प्रतिशतकै हाराहारीमा छ। संक्रमण दर ५ प्रतिशतमा नपुगेसम्म अझै खतरनाक स्थिति रहन्छ। यो बेलामा सरकारले बन्दाबन्दी खुला गरिदिए पनि सर्वसाधारणले स्वास्थ्य मापदण्डमा ख्याल गरेर जीविका चलाउनु नै अहिलेका निम्ति उत्तम विकल्प हो।

18/05/2021

कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान दिनुपर्छ !

काठमाण्डौ । ‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि ?’

तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला। हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन।

कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ।

चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको ख्याल उति नै आवश्यक हुन्छ। हप्तौँ वा महिनौँसम्म पनि सतर्कता अपनाउन आवश्यक हुन्छ। नत्र सानो लापरबाहीले पनि ठूलो समस्या निम्याउन सक्छ।

शरीरमा कोभिडको असर
धेरैजसो मानिसले कोभिडलाई सामान्य रुघाखोजीजस्तै बिरामी ठान्छन्। यसले केवल फोक्सोमा मात्र असर गर्ने सम्झिन्छन्। तर त्यस्तो होइन।

कोभिड नयाँ संक्रमण हो। यसले शरीरका अन्य कुन–कुन अंगमा असर गर्छ भन्ने कुरा विस्तारै–विस्तारै बाहिर आइरहेका छन्। यसले मानिसको मुटु, दिमाग, मांसपेसी, धमिनी र नसा, रगत, आँखाजस्ता शरीरका अन्य अंगमा पनि असर गर्छ भन्ने कुरा पत्ता लागिसकेको छ। यही कारणले हृदयघात, डिप्रेसन, थकान, शारीरिक दुःखाइजस्ता समस्याको सामना संक्रमणमुक्त भएकाहरुले गरिरहेका छन्।

त्यसैले चिकित्सकहरुले कोरोनामुक्त भएपछि शरीरमा देखिने त्यस्ता समस्यालाई नजरअन्दाज नगर्न सुझाव दिन्छन्। शरीरमा अन्य समस्या देखिना साथ सल्लाहसुझाव लिन चिकित्सकहरुले आग्रह गर्दै आएका छन्।

हल्का लक्षण भएको कोभिडबाट निको भएपछि के गर्ने ?

चिकित्सकहरुले हल्का लक्षण भएको कोभिड देखिएका धेरैजसो मानिसहरु घरमै ठिक भए पनि पोस्ट कोभिड केयर आवश्यक रहेको बताउँछन्। उनीहरु धेरैजसोमा शारीरिक कमजोरी, थकान, भोक नलाग्ने, दुःखाइ, शरीरको तापमान बढ्ने, डरजस्ता समस्या देखिने हुँदा निको भएपछि यस्ता समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन्।

यसका लागि चिकित्सकहरुले यस्ता सुझाव दिएका छन् –
– यदि हल्का लक्षण देखिएको छ तर आफूलाई स्वस्थ महसुस गर्नुहुन्छ भने १४ दिन घरमै आइसोलेसन बस्न सक्नुहुन्छ।
– निको भएपछि खानपानमा विशेष ध्यान दिनुहोस्। हरियो सागसब्जी र प्रोटिनयुक्त खाना धेरै खानुहोस्। यसले कोरोनाबाट कमजोर बनेको शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ।
– खाना खान मन लाग्दैन भने पनि थोरै–थोरै गरी खानुहोस्। पानी पनि सही मात्रामा पिउनुहोस्।
– नियमित योग तथा प्रणायाम गर्नुहोस्। एकैपटक थुप्रै काम नगर्नुहोस्।
– संक्रमणमुक्त भएको १५–३० दिनसम्म अक्सिजन, ज्वरो, रक्तचाप, सुगरको नियमित जाँच गर्नुहोस्।
– भरसक तातो वा मनतातो पानी पिउनुहोस्। दिनमा २ पटक बाफ अवश्य लिनुहोस्। कम्तीमा ८ देखि १० घन्टा अवश्य सुत्नुहोस्।
– संक्रमणमुक्त भएपछि हरेक ७ मा चिकित्सकसँग अवश्य स्वास्थ्यजाँच गराउनुहोस्।

चिकित्सकहरुले संक्रमणमुक्त भएको १०–१५ भित्रै नियमित काममा फर्किन सकिन्छ। तर चिकित्सकले कुनै औषधि खान सल्लाह दिएका छन् भने अवश्य खानुहोस्। नियमित चिकित्सकको सल्लाह पनि लिनुहोस्।

कोरोनामुक्त भएकाहरु धूमपान र मद्यपानबाट टाढै बस्नुपर्ने चिकित्सकहरु सल्लाह दिन्छन्।

कम गम्भीर र धेरै गम्भीर लक्षण भएका बिरामीले कोरोनामुक्त भएपछि के गर्ने ?
– कम गम्भीर र धेरै गम्भीर लक्षण भएको कोरोना संक्रमणबाट मुक्त भएका बिरामीहरुले शरीरमा पानीको मात्रा सही राख्नका लागि तरल पदार्थ सेवनमा बढी जोड दिनुपर्छ।
– ताजा खाना नै खानुपर्छ।
– शारीरिक थकान हुने गरी एकैपटक धेरै काम गर्नुहुन्न।
– यस्ता बिरामीलाई पूर्ण रुपमा निको हुन ३ महिनासम्म लाग्ने भएकोले आराम गर्नु नै ठिक हुन्छ।
– निको भएपछि व्यायाम र प्राणायाम गरेर दिनको सुरुआत गर्नुपर्छ।
– यस्ता बिरामीले निको भएपछि नियमित रुपमा शरीरमा अक्सिजनको मात्रा चेक गर्नुपर्छ। चिकित्सकको सल्लाहबमोजिम अन्य जाँच पनि नियमित राख्नुपर्छ।
– मानसिक तनाव लिनुहुन्न।
– चिकित्सकको रायसल्लाहअनुसार दिनचर्या बनाउनुपर्छ।
– केही बिरामीको निको भएपछि मांसपेसी कमजोर भएको हुन सक्छ। यस्तोमा प्रचूर मात्रामा प्रोटिनयुक्त खाना खानुपर्छ।
– केही बिरामीमा निको भएपछि पनि औषधिको साइड इफेक्ट हप्तौँसम्म रहन सक्छ। त्यसैले निको भएपछि नियमित रुपमा शरीरमा देखिने समस्याका विषयमा चिकित्सकसँग रायसल्लाह लिनुपर्छ।
– संक्रमणमुक्त भएपछि चिकित्सकको नियमित फलोअप जानुपर्छ। कुनै जाँच गर्नुछ भने गर्नुपर्छ।
– मास्क अनिवार्य रुपमा लगानुपर्छ। हात बारम्बार धनुपर्छ। सामाजिक दूरी कायम गर्नुपर्छ।

– बीबीसीबाट भावानुवादित

06/05/2021

भाइरसको प्रकृति भन्नु नै जति सकिन्छ चाँडै एउटा मानिसबाट अर्कोमा सर्ने हो। मानिसबिना तिनको वृद्धि असम्भव छ। त्यसकारण मानिसबाट मानिसमा सर्ने भाइरसको जुन रणनीतिक शृंखला छ, त्यसलाई तोड्नु नै यो रोगको अन्त्य हो।

30/04/2021

दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा बढिरहेकोले अत्यावश्यक नभई घरबाट बाहिर ननिस्कौं । खोप लगाएका तथा नलगाएका सबैले नाक-मुख राम्ररी छोपिने गरी मास्क लगाऔं । व्यक्ति-व्यक्तिबीच कम्तीमा २ मिटरको दूरी कायम गरौं । बेलाबेला साबुनपानीले नियमित हात धोऔं वा स्यानिटाइजर प्रयोग गरौं ।

सरकारद्वारा जारी निषेधाज्ञा पूर्ण रूपमा पालना गरौं । कोरोनाबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं ।

कोभिड संक्रमणलाई हराउने सजिलो उपाय मास्कको प्रयोग नै हो । मास्कको प्रयोगले आफूमात्र नभएर अरुलाई पनि सुरक्षित तुल्याउनु ह...
23/04/2021

कोभिड संक्रमणलाई हराउने सजिलो उपाय मास्कको प्रयोग नै हो । मास्कको प्रयोगले आफूमात्र नभएर अरुलाई पनि सुरक्षित तुल्याउनु हो । त्यसैले मास्कको प्रयोगलाई अनिवार्य गरौं ।

STAY SAFE | STAY HEALTHY | STAY RESPONSIBLE

13/04/2021

Address

Bhimsensthan
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97715357050

Alerts

Be the first to know and let us send you an email when Bhimsen Poly Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhimsen Poly Clinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram