15/03/2020
कोरोना भाइरस (Covid-19)विश्वमा माहामारीको रूपमा फैलिएको अवस्था छ। नेपालमा भने हालसम्म पनि भगवान पशुपतिनाथ को किर्पा रहेको कारण भनौ या जाँच गर्ने उपकरण को अभाव र अनविज्ञताका कारण हो यो माहामारीको सुचक हालसम्म पनि निम्न देखिनु सबै नेपालीहरुको लागि सुखद पक्ष हो। कामना गरौ यो स्थिति सदैव यस्तै नियन्त्रणमा रहिरहोस् । तर नेपालमा हरेक नागरिक नै आधा डाक्टर छन् जसलाई हस्पिटलका डाक्टरहरुको आवश्यकता सिकिस्त विरामी नहुन्जेलसम्म हुदैन । यतिखेर पनि नेपालीहरूमा यस्तै अन्यौलमा Covid-19लाई पनि हल्काफुल्का रुघाखोकी जस्तै मानेर बस्नेको कमि छैन । हामि नेपालीको रोगसँग लड्नसक्ने क्षमता धेरै छ भनेर बस्नेको पनि कमि छैन याहाँ । होला सायदै Covid-19 पनि त्यो नेपालको आत्मबिश्वासलाई देखेर चकित भएकोहुनु पर्दछ । अब प्रश्न याहा निर खडा हुन्छ के वास्तवमा सिमित वर्गले धरमा बजार रित्तो पारेर राखेका मास्क र स्यानिटाईजरहरुले मात्र यो माहामारी बाट बच्न सकिन्छ त ? यथार्थमा आबस्यक पुर्व तैयारी , पुर्वाधार बिना परिस्थिति नियन्त्रणमा आउन सक्ने अवस्थाको सुनिश्चित वातावरण नहुन्जेलसम्म सबै बकम्फुसे गफ हुनेछन ।
-मुख्य भाइरस भित्रिने द्वार अन्तर्राष्ट्रिय हवाई मार्ग भएर आवाज जावत दैनिक ३००० का दरले बिना रोकतोक चलेकै छ । खुला सिमानाको कुनै तथ्याङ्क नै नहोला । मुख्य भाइरसलाई कस्ले छेक्ने अब ? यसरी आयका मध्ये बाट सजिलै संक्रमण फैलनका लागि निम्न स्थानहरू तैयार देखिन्छन् ।
> स्कुल कलेज निर्वाध रुपमा सञ्चालनमा छन
>सार्वजनिक यातायात सामान्यतया सन्चालनमा छन
>विवाह भोज सामाजिक कार्यमा कुनै कमी देखिदैन
>अब्यवस्थित बजार सागुरा सडकमा तरकारी रया दैनिक उपभोग्य सामान किन्न जानै पर्यो ।
>दैनिक कमायर गुजारा गर्नेहरु काममा जानै पर्यो ।
> हजारौं प्रहरी,सैनिक बस्ने ब्यारेक तथा गड
>हजारौं कैदिबन्दि तथा पुनर्स्थापना केन्द्रहरू
>दैनिक प्रर्योगमा रहेका पैसाका नोटहरु जसमा यो भाइरस लामो समय जिबित रहन्छ भनेको सुनिन्छ ।
भन्नुस अब नियन्त्रण र सावधानीका उपाय के कसरी अपनाउने होला त ? यो भाइरस फैलिएको अवस्थामा यसले माहामारीको रुप लिएको प्रमाण हामिले देखि सकेका छौ ।यसको लक्षण र सर्न सक्ने सम्भावना हामिले सोचेको भन्दा फरक र बिकराल हुनसक्छ ।
- संक्रमण भएको व्यक्तिमा १४ दिन पछि यकिन हुने अवस्थाका बिचमा संक्रमित कतिजानाको सम्पर्कमा आइसकेको हुन्छ कसरी नियन्त्रण र पत्ता लगाउन सकिन्छ ?
- संक्रमितले प्रयोग गरेको छोएका बस्तु स्थानहरु कसरी हो होइन पत्ता लगाउने र तपाई हामी अगाडि अाएकाे ब्यक्तिला कसरी पहिचान गर्ने ?
यो अबस्थामा हामिले राखेका मास्क र सेनिटाइजर ति संक्रमितलाई बडि आवश्यक हुन्छ । हामीले भुकम्प र नाकाबन्दीकोबेलामा जस्तो सोचिरहेका छौ । यो परिस्थिति अत्यन्त फरक हो यसमा हामीले एक अर्कालाई सहयोग गरि सुरक्षित रहि मिलेर बाच्ने कोसिस गर्नु पर्छ भने सरकारले छिट्टै यसको लागि तैयारी गर्नु पर्छ l