19/01/2026
जडिबुटी भनेर पेन किलरको धुलो बेच्ने गरिन्छ, सचेत बनौं
बाथ रोगको घरेलु उपचारको नाममा गलत काम भइरहेको छ।
आयुर्वेद औषधी पनि राम्रो हुन्छ। तर कतिपय बिरामीले कागजमा पोको पारेको धुलो खाइरहेका हुन्छन्।
त्यसको कुनै नाम समेत हुँदैन। बिरामीले आयुर्वेदिक औषधी खाएको बताउँछन्। कतिपय अवस्थामा दुखाइ कम गर्ने औषधी (पेन किलर) को धुलो दिएको पाइएको छ।
बिरामीले कहाँबाट ल्याएको भन्दैनन्।तर यो धुलोले निको बनाउँछ, ऊर्जा दिन्छ भन्छन्। हामीले पनि पेन किलर नदिने होइन। हामीले मात्रा मिलाएर निश्चित समयको लागि दिएका हुन्छौं।