Master Godangel

Master Godangel Master Godangel is a spiritual master, humanitarian, voice for the voiceless, philosopher of Lovism,

Godangel Bani 11 April 2026प्रिय आमा-बाबा युवा नानुहरु,हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी त...
11/04/2026

Godangel Bani 11 April 2026
प्रिय आमा-बाबा युवा नानुहरु,
हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु।

एका शहरमा एक जना धनढ्य ब्यापारी रहनु हुन्थ्यो, उहाँको एक मात्र छोरा थिए, ती छोरालाई बुबाले असाध्यै माया गर्नु हुन्थ्यो, छोराको अर्को हप्ता स्नातक हुन लागेका थियो। केही हप्ता अघि उसले एउटा शोरुममा धेरै सुन्दर स्पोर्ट्स कारहरु देखे र त्यो कार आफ्नो बुबाबाट स्नातकको उपहार स्वरुप लिन चाहन्थे। जुन दिन उसले शोरुममा त्यो कार देख्यो घर फर्कनु अघि ऊ भित्र गएर डिलर र कारको विवरण पनि बुझे।

छोरा साँच्चै उत्साहित थिए किनकि उसले आफ्नो बुबा बाट त्यो कार उपहार पाउने अपेक्षा गरिरहेको थियो, किनभने उसले सधैं आफ्नो बुबा बाट जे चाहना राखे पनि बुवाले पूरा गरि दिनु हुन्थ्यो।अन्ततः स्नातकको दिन आयो बुबाले उसलाई आफ्नो अध्ययन कक्षा बोलाउनु भयो र बुबाले सुन्दर एक बक्स उपहार दिदै भन्नु भयो यति असल छोरा पाउँदा म अत्यन्तै गर्व गर्छु, छोरा तिमीलाई मेरो धेरै माया अनि आशिर्वाद सहित यो उपहार दिदैछु।

छोराले धेरै खुसी हुँदै बक्स खोल्यो भित्र स्पोर्ट्स कारको साँचो देख्ने आशामा तर उसले एउटा किताब पायो। स्पोर्ट्स कारको साँचो नभएको र किताब मात्र देखेर ऊ धेरै निराश भए र रिसाएर उसले ठूलो स्वरमा आफ्नो बुबालाई भन्यो, "तपाईंको सबै पैसाले मलाई यो किताब मात्रै आयो?" छोराले किताब छोडेर घरबाट बाहिर निस्कियो। छोरा यति रिसायो कि उसले आफ्नो बुबाको जवाफ नपर्खीकन आफ्नो बुबाको घर छोड्यो र कहिल्यै फर्केर नआउने निर्णय गर्यो।

धेरै वर्ष बितिसकेको थियो छोरा घर नफर्किएको, त्यो छोरा पनि आफ्नो बुबा जस्तै सफल व्यवसायी बनिसकेका थिए। स्नातकको दिन देखि उसले आफ्नो बुबालाई देखेको थिएन। एक दिन उसले आफ्नो बुबाको मृत्यु भएको खबर पाउँछ, बुबाको मृत्यु सुन्न साथ उनी आफ्नो बुबाको घरमा पुग्छ अनि उसले त्यहाँ आएर आफ्नो बुबाले छोडेका सामानहरू सबै नियाल्छ। उनको मनमा दुःख र पश्चातापले भरिएको महसुस हुन्छ। उनले आफ्नो बुबा सँग अन्तिम पटक कुरा गरेको कोठामा जान्छ त्यहाँ उनले सामानहरू मिलाउन थाल्छ। सामानहरु मिलाउने क्रममा एउटा दराजमा उसले त्यही किताब भेटाउछ जुन उसको बुबाले उसलाई स्नातकको दिनमा दिएका थिए। एकैछिनमा उसका सबै सम्झनाहरू फर्किए। ऊ त्यही कुर्सीमा बस्यो आँसु बगाउँदै, उसले त्यही बुबाले दिनु भएको किताब खोलेर पाना पल्टाउन थाल्यो।

केही पाना पल्टाए पछि उसले किताबको बीचमा एउटा प्वाल भेट्टायो जसमा कारको चाबी थियो साथमा त्यसमै ट्याग पनि थियो, र ट्यागमा लेखिएको थियो..."मेरो प्यारो छोराको लागि यो माया जसले मलाई बुबा हुनुमा यति गर्व गरायो.."

नैतिक शिक्षा:

जीवनमा धेरै पटक हामीले भेट्ने मानिसहरू र जीवनमा अनुभव गर्ने कुराहरूलाई पूर्वाग्रही रूपमा हेर्छौं किन भने तिनीहरू हामीले अपेक्षा गरे अनुसार हुँदैनन्, त्यसैले हामी गलत धारणा, भ्रम पुर्ण आधार खडा गर्छौ। तसर्थ रिसको समयमा हामीले कुनै व्यक्ति वा परिस्थितिको बारेमा कठोर निर्णय गर्नु अघि एक क्षण रोकिएर सोच्नु पर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा ढिलो हुनु अघि नै हामीले क्षमा गर्न सिक्नु पर्छ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Bani 4 April 2026प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवे...
04/04/2026

Godangel Bani 4 April 2026
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

आज संसारमा शान्ति देखिन्दैन, समाजमा शान्ति छैन, परिवारमा शान्ति छैन र शान्ति नहुनुको एउटै कारण स्वार्थ हो, म मात्रै बाचौं अरु नबाँचोस्, मलाई मात्रै सम्मान होस, अरुलाई नहोस्, यस्तै कारण संसार टुक्रेको छ। यो घडीमा प्रेम जतिको शक्तिशाली बाटो अरु कुनै छैन। प्रेमको भावनाले संसारलाई एक ठाँउमा ल्याउँछ, प्रेमले संसारको सारा मान्छेहरुलाई एउटै परिवारको भावना सृजना गर्छ। यो संसारमा हामी कति दिन पो रहन्छौं? तर जति बाच्छौ राम्रो विचारले बाँचौ, एक अर्कालाई सम्मान गरौ, यदि प्रेमको भावनाले हामी बाच्यौं भने समाज, राष्ट्र हुँदै संसारमा शान्ति छाउँछ किनकि प्रेममा घृणा हुँदैन, प्रेममा आफ्नोपना हुन्छ यसर्थ प्रेमको भावनाले संसारमा दिगो शान्ति स्थापित हुन्छ।

प्रेमवाद दर्शनको उदेश्य नै शाश्वत प्रेमको लागि हो, जहाँ एउटा मात्रै धर्म भन्ने कुरा आउँदैन, जहाँ सबै एक भन्ने आउँछ, मान्छे भन्ने कुरा पहिला आउँछ, दर्शनको मान्यता सारा धर्म एकै हो, यो धर्म ठुलो त्यो धर्म सानो भन्ने भावना गर्नु हुदैन, सबै धर्मले सिकाउने कुरा भनेको प्रेम हो। प्रेमको भावनामा जिउनु पर्छ, सारा धर्मलाई आफ्नै ठान्नु पर्छ, हाम्रो संस्कार आ-आफ्नै फरक-फरक होला तर संस्कार भनेको फुल जस्तै हो, फुलमालामा विभिन्न रंगको फुल उन्दा जसरी सुन्दर माला देखिन्छ त्यस्तै जति धेरै संस्कार संस्कृति हुन्छ उति धेरै राम्रो देखिन्छ, अत: हामीले एक अर्काको धर्म, संस्कार, संस्कृति लाई सम्मान गर्नु पर्छ।

धर्मको नाममा एक-अर्कालाई घृणाभाव गर्दा संसारमा मानवता खल्बलिन्छ। यसले युद्ध जन्माउछ, संसारमा हामीले मान्छेको भावनाले जिउनु पर्छ, एउटै परिवारको भावना गर्नु पर्छ। यो धर्म र यो धर्म, यो ठुलो जात र त्यो सानो जात भन्ने भावनाले संसारलाई टुक्राउँछ, यो ईश्वरले होईन मान्छेले छुट्टाएको हो, यो सबै मान्छेले सिमाना बनाएको हो, यो कुरा छुट्नु पर्छ, प्रेमको भावानाले जिउन सके यो सबै बोडर लाइन हट्नेछ, घृणाभावले होइन प्रेम-करुणाको भावनाले सबैलाई जोड्दछ।

मान्छे जतिसुकै भौतिकतामा रमाउन प्रयास गरे पनि एकदमै क्षणिक हुन्छ, भौतिक कुरा प्राप्त गर्नु नै हाम्रो उदेश्य बनाउनु हुँदैन, हाम्रो क्षणिक जीवन छ, हामीले बडोभाग्यले मनुष्य जीवन पाएका छौ, यतिखेर हामीले उदेश्य के बनाउने? जुन धन सम्पत्ति कामाउने उदेश्य बनाउछौ भने हाम्रो उदेश्य आफैमा क्षणिक छ। हामीलाई भौतिक सम्पत्तिले मात्रै कहिले शान्ति दिन सक्दैन।

सांसारिक बन्धन अर्थात परिवारमा फसेको भएपनि उहाँहरुले केही समय निकाल्नु पर्छ, ध्यान चिन्तनको लागि केही समय निकाल्नु जरुरी छ, आफुले आफैलाई सोंचौ मेरो जीवन वास्तवमा के हो? म यो संसार बाट बिदा भैसके पछि के हुन्छु ? मेरो जीवनको अर्थ के हो? म किन बाँचिरहेको छु? यो खाल्को चिन्तन गर्दा मान्छेहरुलाई एकासी आध्यात्मिकतामा ढल्काउँछ साथै प्रेममा पनि ढल्काउछ अनि आफुलाई खुशी आनन्द पनि प्राप्त हुन्छ।
Jai Prem !
With love and blessings
Guruhajur,

हेभेन्ली निर्भाणा पाथ नेपालको आयोजनामा परम पूज्य गुरुहजुरको जन्मदिनको पावन अवसरमा आयोजित “रक्तदान तथा विशिष्ट व्यक्तित्व...
31/03/2026

हेभेन्ली निर्भाणा पाथ नेपालको आयोजनामा परम पूज्य गुरुहजुरको जन्मदिनको पावन अवसरमा आयोजित “रक्तदान तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम” झापा, कमल–५ स्थित प्रेमवादी सामुदायिक भवनमा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ।
यस रक्तदान कार्यक्रममा जम्मा ११६ पिन्ट रक्त (Blood Units) सफलतापूर्वक सङ्कलन गरिएको थियो, जसले समाजमा मानवीय सेवा, परोपकार र समर्पणको उज्वल उदाहरण प्रस्तुत गरेको छ।
उक्त अवसरमा संघले मानवीय सेवामा निरन्तर रूपमा समर्पित विशिष्ट व्यक्तित्वहरूलाई परम पूज्य गुरुहजुरबाट दोसल्ला ओढाई तथा सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरू तपशिलका अनुसार रहेका छन्—
डा. विपिन नेपाल – वरिष्ठ रक्तसञ्चार विशेषज्ञ, काठमाडौँ
डा. भगवान कोइराला – वरिष्ठ मुटुरोग विशेषज्ञ, काठमाडौँ
श्री प्रेमसागर कर्माचार्य – अध्यक्ष, रक्तदान समाज तथा सामाजिक अभियन्ता
MJF श्री शंकर कुमार सागर (२०२४/२५ डिस्ट्रिक गभर्नर) – सामाजिक अभियन्ता
श्री रमेश कुमार पाण्डे – सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक
कार्यक्रम अन्तर्गत रक्तदानजस्तो महान् कार्य सम्पन्न हुनुका साथै समाजमा निरन्तर योगदान पुर्‍याइरहेका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो।
हेभेन्ली निर्भाणा पाथ नेपाल, झापा जिल्ला शाखाद्वारा सह–आयोजित यो कार्यक्रम अत्यन्तै प्रेरणादायी, उपस्थितिपूर्ण र सफल रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित सबै सम्मानित व्यक्तित्वहरू तथा ११६ जना महानुभाव रक्तदाताप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
जय प्रेम !

Godangel Bani 28 March 2026,प्रिय आमा-बाबा, युवा नानुहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्न...
28/03/2026

Godangel Bani 28 March 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु।

एक समयको कुरा हो एकजना महात्मा गुरु एउटा गाउँमा रहनु हुन्थ्यो। मानिसहरू टाढा-टाढा बाट उहाँको सहयोग ज्ञान् प्राप्तिको लागि आउँथे। उहाँले सबैलाई जीवन जिउने कला सिकाउनु हुन्थ्यो र ज्ञान प्राप्तिको बाटो देखाउनु हुन्थ्यो। एकदिन महात्मा गुरु बाट दर्शनको बारेमा बुझ्न-जान्नका लागि एक जना विद्वान प्रोफेसर महात्मालाई भेट्न जानू हुन्छ, ती विद्वान प्रोफेसर धेरै विषयहरूमा राम्रो जानकार थिए र आफ्नो ज्ञानमा गर्व पनि गर्थे। जब प्रोफेसर महात्मा कहाँ आइपुगे तब उनले आफूले जानेका सबै कुराहरू सुनाउन थाले, प्रश्नहरू सोधे तर महात्मा गुरुलाई बोल्ने अवसर नदिइ आफ्ना विचारहरू मात्र साझा गरिरहे।

विद्वान प्रोफेसर आफ्नै विचार र ज्ञानले भरिपूर्ण रहेको प्रमाणित गरिरहेको स्पष्ट देखिन्थ्यो, उनले महात्मा गुरुलाई बारम्बार आफ्नै कथाहरू सुनाएर रोके, महात्मा गुरुले धैर्य पूर्वक उसको कुरा सुनि रहनु भयो तर महात्मा गुरु बाट दर्शन बुझ्न सुन्न प्रोफेसर असफल भए। प्रोफेसर आफ्नो ज्ञान प्राप्त गर्नुको सट्टा देखाउनमा धेरै नै केन्द्रित थिए। अन्तमा महात्मा गुरुले शान्त पूर्वक प्रोफेसरलाई चिया पिउन अनुरोध गर्नु भयो, त्यसपछि महात्मा गुरुले चिया दिने प्रस्ताव राख्नु भयो, उहाँले विद्वानको कपमा चिया खन्याउन थाल्नु भयो र चियाले कप भरिएर टेबलमा पोखिन्दा सम्म पनि खन्याउन जारी नै राख्नु भयो, प्रोफेसरले चिच्याएर भन्नू भयो, "रोक्नुहोस्! कप पहिले नै भरिएको छ, के तपाईं देख्न सक्नुहुन्न?"

महात्मा गुरुले मुस्कुराउँदै जवाफ दिनु भयो, "प्रोफेसर यो कप जस्तै हजुर पनि यति धेरै विचारहरूले भरिएको हुनुहुन्छ कि अब उपरान्त केही पनि हजुरमा थप्दा अट्दैन। यहाँ बाट केही लग्नको लागि खाली कप लिएर म कहाँ फर्केर आउनुहोस्।"

प्रियजन यस कथाले व्यक्तिहरूलाई नम्रता र जिज्ञासाका साथ नयाँ परिस्थितिहरूमा जान आग्रह गर्दछ। नम्रताको महत्त्व, नयाँ विचारहरू प्रति खुलापन र हाम्रा पूर्वकल्पित धारणाहरूलाई चुनौती दिन्छ, साँचो सिकाइ साथै नयाँ दृष्टिकोणको लागि ठाउँ सिर्जना गर्न अवस्थित पूर्वाग्रहहरूलाई त्याग्न आवश्यक छ, आफ्नो विचार, ज्ञान, वा अनुभव प्रस्तुत गर्नमा धेरै व्यस्त नभई अरुको बिचार वा अरुलाई सुन्ने धैर्यता राख्नु पर्छ, जसरी चिया पिउन कप खाली हुनुपर्छ त्यसरी नै नयाँ विचारहरू स्वीकार गर्न दिमाग पूर्वकल्पित धारणाहरू बाट खाली हुनुपर्छ। यस कथाले बौद्धिक अभिमानले बुद्धिको लागि बाधाको रूपमा काम गर्न सक्छ भन्ने कुरालाई प्रकाश पार्दछ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Bani 21 March 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा क...
21/03/2026

Godangel Bani 21 March 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा कथा राख्ने अनुमति चाहन्छु ।

एउटा गाउँमा एकजना भिक्षुले आफ्ना शिष्यहरुलाई जीवनमा जस्तै परिस्थितिमा पनि तटस्थ,शान्त रहने शिक्षा दिनु हुन्थ्यो, शिष्यहरुलाई जीवनमा जलन, शारीरिक असुविधा र जीवनको प्राकृतिक पीडादायीक अपरिहार्यताको सामना गर्दा कसरी तटस्थ, शान्त र दयालु रहने, जीवनमा प्राकृतिक चरम अस्वीकृत प्रतिकुल्ताको अवस्थामा पनि कसरी शान्त रहने भन्ने कुरा बुझाउन सबै शिष्यहरुलाई भिक्षुले केही दिनका लागि आफ्नो गुरु कहाँ लग्नु भयो ।

एक घना जंगलमा एकजना ती भिक्षुका पनि गुरु तपस्वी तपस्यामा बसिरहेका थिए, निराहार तपस्यामा जीवन बिताई रहेका ती तपस्वी गुरुलाई देखेर सारा शिष्यहरु चकित थिए । हरेक बिहान आफ्नो ध्यान बाट उठेर बाहिर जानु हुन्थ्यो अनि आफ्ना हातहरु फैलाएर "ब्रेकफास्ट" भनेर चिच्याउनु हुन्थ्यो । जब ती तपस्वी गुरुले आफ्नो नाङ्गो हात फैलाएर चिच्याउनु हुन्थ्यो तब लामखुट्टेका झुण्डहरू उडेर तपस्वी गुरुको हात बाट रगत खुसी साथ पिउँथे । गुरुले हरेक बिहान लामखुट्टेलाई आफ्नो हात अर्पण गर्थे, अत्यधिक उदारता र स्वीकृतिको कार्यमा "ब्रेकफास्ट" भनेर चिच्याउनु उहाँको ध्यान पछिको दैनिकी कार्य थियोे ।

प्रियजन यो कथाले दिन चाहेको सन्देश ध्यानको अभ्यासहरू सँग सम्बन्धित छ, लामखुट्टेलाई प्रतिक्रिया बिना टोक्न दिने कुरा गहिरो समता, करुणा र सजगता अपनाउने एक शक्तिशाली शिक्षण उपकरण हो । शिष्यहरुलाई घृणा वा क्रोधको प्रतिक्रिया बिना जलन, शारीरिक असुविधा र जीवनको प्राकृतिक अपरिहार्य र कहिले-काहीं पीडादायी पक्षहरू अवलोकन गर्न सिकाउछ । लामखुट्टेलाई मार्ने प्रवृत्ति साथै तुरुन्तै प्रतिक्रिया जनाउनुको सट्टा टोकेको अनुभूति र त्यसलाई तुरुन्तै हटाउने मानसिक इच्छालाई अवलोकन गर्दै तटस्थ, शान्त मन कायम राख्न सिकाइन्छ । जसले अप्रिय भावनाहरू विरुद्ध संघर्ष नगर्ने बरु तिनीहरूलाई क्षणिक अनुभवहरूको रूपमा अवलोकन गर्ने शान्त मनलाई प्रोत्साहित गर्दछ । यसले गहिरो अनासक्तता (त्याग) को कार्यलाई प्रतिनिधित्व गर्दछ । जसले रिस, घृणा, वा अप्रिय संवेदी अनुभवहरू प्रति घृणा भावको प्रतिक्रिया जनाउँदैन ।
Jai Prem !
With love and blessings
Guruhajur

......बटरफ्लाई मेडिटेसनको पहिलो दिन.....
17/03/2026

......बटरफ्लाई मेडिटेसनको पहिलो दिन.....



.........बटरफ्लाई ध्यान...........मनलाई शान्त र जीवनलाई पुतलीझैँ खुसी बनाउन बटरफ्लाई ध्यानमा सहभागी बनौँ ।.........बटरफ्...
14/03/2026

.........बटरफ्लाई ध्यान...........
मनलाई शान्त र जीवनलाई पुतलीझैँ खुसी बनाउन बटरफ्लाई ध्यानमा सहभागी बनौँ ।.........बटरफ्लाई ध्यानको परिचय.........
बटरफ्लाई ध्यान निर्वाणिक ध्यानहरुमध्ये अत्यन्त महत्वपूर्ण ध्यान हो । यो ध्यानको मुल सिद्धान्त पुतलीझैँ कसरी खुसी भएर रहन सकिन्छ भन्ने हो । यो ध्यान प्रायः सायाङमी ध्यानसँग समाहित गरेर चलाउने गरिन्छ, तर केवल बटरफ्लाई ध्यान मात्रै गर्ने हो भने पनि उत्तम नै हुन्छ । फरक यो मात्रै हो कि बटरफ्लाई ध्यान मात्रै गर्ने हो भने एक दिन, अनि सायाडमी ध्यानलाई पनि समाहित गर्ने हो भने ध्यान पूर्ण गर्न दुई दिन लाग्दछ ।
बटरफ्लाई ध्यानलाई प्रष्टसँग बुझ्न हामी एउटा पुतलीको कल्पना गरौँ । पुतली फुलहरुमाथि आनन्दका साथमा खेल्दै, उफ्रँदै, नाच्दै गरेको पाउँछौँ । पुतलीले जस्तै प्राकृतिक नियमलाई बुझेर सकारात्मक भई जिउने ज्ञान र कला यस ध्यानले सिकाउँदछ । समग्रमा यस ध्यानको उद्देश्य मानिसलाई सुखी र खुसी रहेर जिउन सिकाउनु हो ।
.......बटरफ्लाई ध्यानका केही फाइदाहरु.........
१. बटरफ्लाई पुतली खुसीको प्रतीक हो, तसर्थ यस ध्यानले खुसी रहन सिकाउँछ ।
२. पुतलीमा आफ्नो सुन्दरताप्रति कति पनि अहमता नभएझैँ यस ध्यानले अहमता परित्याग गर्न सिकाउँछ ।
३. भुसिलकीरा पुतलीमा अद्भुत रुपमा परिवर्तन भएझैँ यस ध्यानले मनलाई शान्त अवस्थामा पुरÞ्याएर पुतलीझैँ मुक्त बन्न मदत गर्नेछ ।
५. मानसिक रोगबाट छुटकारा दिलाउनमा मदत गर्दछ ।
६. जीवन–दर्शनको महत्वपूर्ण ज्ञानले जीवनलाई ओतप्रोत पार्नेछ र त्यसलाई जीवनमा उतार्दा सकारात्मक परिवर्तन आउने छ ।
६. कामको सिलसिलामा आइपर्ने तनाव वा समस्याहरुसँग जुभ्ने क्षमताको विकास गर्दछ ।
७. शरीरमा संकलित अन्तर्विष (तयहष्लक) लाई बाहिर निकाल्दछ ।
८. जीवनको मूल्य बुझाउँदछ ।
९. करुणाभाव वा प्रेमभाव जगाउँदछ ।
१०. संयमता, बुद्धि, विवेकमा वृद्धि गर्दछ । आदि...
............सहभागीले ल्याउनुपर्ने सामाग्रीहरू:.................
- ओढ्ने र ओछ्याउने कपडाहरू।
- मौसम अनुसारको र ध्यान गर्न सजिलो (Loose) कपडाहरू ।
- नियमित औषधी सेवन गरिरहनुभएको छ भने आफ्नो औषधी ।

स्थानः कमल–५, पाडाजुँगी, झापा
मितिः २०८२ चैत्र २ देखि ५ गतेसम्म
थप जानकारीको लागि +977 9844649123

Godangel Bani 14 March 2026.प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी...
14/03/2026

Godangel Bani 14 March 2026.
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

"सेवा नै पूजा हो"

एक समयको कुरा हो, एउटा गाउँमा एउटी वृद्धा आमा बस्थिन् । उनी धेरै गरिब थिइन् तर उनको मन ठूलो थियो । हरेक बिहान उनी मन्दिर जान्थिन् र फर्कने क्रममा मन्दिर बाहिर बसेका गरिब र दरिद्र मानिसहरूलाई खाना खुवाउथिन् ।

एक दिन ठूलो पानी परिरहेको थियो, त्यो दिन आमा मन्दिर जान सकिनन् । त्यस दिन कसैलाई पनि मद्दत गर्न नसक्ने भएकोमा उनी धेरै दुःखी थिइन् । ठीक त्यही समयमा एउटा भोको बच्चा उनको घरको ढोकामा आउँछ, ती आमाले आफ्नो पेटको वास्ता गरिनन् र आफ्नो सबै खाना भोको बच्चालाई दिन्छिन् ।

भोलिपल्ट जब ऊनी मन्दिर गइन्, आमाले अचानक देवताको मूर्ति मुस्कुराएको देखिन् । पुजारीले भने "हिजो हजुर मन्दिर नआउँदा देवता आफैं बच्चाको रूप धारण गरी हजुरको घरमा गएका थिए !"

कथाको नैतिकता:
प्रियजन कथाले करुणा र प्रेमको महत्त्व सिकाउँछ, यो कथाले देखाउँछ कि निस्वार्थ सेवा नै ईश्वरको साँचो पूजा हो, साँचो भक्ति मन्दिर वा अनुष्ठानमा होइन, तर निस्वार्थ सेवा र खाँचोमा परेकाहरू प्रतिको प्रेममा निहित हुन्छ, करुणा भगवानको दोस्रो प्रेम हो ।
Jai Prem !
With love and blessings.
Guruhajur,

Godangel Bani 7 March 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणीम...
07/03/2026

Godangel Bani 7 March 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणीमा भगवानको अस्तित्व कथा मार्फत राख्न चाहन्छु ।

एक जना राजाले सधैं सोंच्नु हुन्थ्यो कि सबैले मन्दिर धाउछ्न् भगवानको पुजा गर्छन् तर भगवान कहाँ छ ? भगवान भन्ने संसारमा छदै-छैन तर पनि किन मान्छेहरुले भगवानलाई पुजा गर्छन् ? यदि संसारमा भगवान छ भने म हेर्न चाहन्छु । तर कसरी भगवानलाई देख्न सकिन्छ होला ? एकदिन राजाले सारा देशै भरी घोषण गर्नु हुन्छ कि जसले मलाई भगवान देखाउन सक्छ म उसलाई ठुलो इमानले पुरस्कृत गर्नेछु, म भगवान देख्न चाहन्छु । दरबारमा भेला भएको जनताहरुले भगवान देखाउने कसैले आँट गर्नु सक्दैनन्, राजाको भगवान देख्ने इच्छा त्यो देशै भरी हल्ला चल्यो । एकजना ऋषि महात्मा त्यहीँ राज्यमा बस्नु हुन्थ्यो, राजाको इच्छा र उद्घोष ऋषि महात्मा सम्म पुग्यो अनि ऋषि महात्माले भन्नू भयो यदि यो कुरा साँचो हो भने महाराजलाई भगवान म देखाउन सक्छु ।

ऋषि महात्माको कुरा राजा सम्म पुग्छ अनि राजाले भन्नू हुन्छ यदि त्यसो भए ऋषि महात्मालाई यहाँ बोलाउनु भनेर आदेस दिनु हुन्छ, दरबार बाट ऋषि महात्मालाई खबर पुगे पछि ऋषि महात्मा राजा कहाँ आउनु हुन्छ तब राजाले ऋषि महात्मालाई भन्नू हुन्छ ऋषि के साँच्चै तिमीले मलाई भगवान देखाउन सक्छौं ? ऋषि महात्माले भन्नू भयो हो महाराज सक्छु, ऋषिको कुरा सुने पछि राजाले फेरि भन्नू भयो ऋषि तिमी किन झुठ बोल्दैछौ ? के साच्चिकै तिमीले भगवान देखाउन सक्छौं ? यदि सकेनौं भने तिमीलाई ठुलो सजाय हुनेछ । ऋषि महात्माले भन्नू भयो महाराज यदि मैले हजुरलाई भगवान देखाउन सकिन भने म जस्तोसुकै सजाय भोग्न तयार छु चाहे मेरो शीर काट्न परे पनि तयार छु ।

राजाले भन्नू हुन्छ ऋषि त्यसो भए ल मलाई भगवान देखाउ अहिले, त्यसपछि ऋषि महात्माले भन्नू हुन्छ "महाराज म हजुरलाई भगवान देखाउन अगाडि एक ग्लास दूध पिउन चाहन्छु", राजाले एक ग्लास दूध ऋषिलाई दिनु हुन्छ त्यसपछि फेरि ऋषिले भन्नू हुन्छ महाराज अब एक चम्चा घिउ पनि दिनु हवस् तर त्यो घिउ कुनै पनि दूध-दहि बाट निर्मित नहोस्, बिना दूध बाट निर्मित घिउ दिनु हवस् । राजाले भन्नू हुन्छ ए मुर्ख ऋषि ! दूध बिना कसरी घिउ बन्छ ? दूध बाट दहि बन्छ अनि दहि बाट घिउ बन्दछ, घिउ बन्नलाई दूध अनिवार्य हुन्छ । ऋषिले भन्नू हुन्छ महाराज त्यसो हो भने खै दुधमा म घिउ देख्दिन त, कहाँ छ घिउ ? फेरि राजाले भन्नू हुन्छ ऋषि घिउ त्यही दुधमा छ, तर दूध बाट घिउ बन्ने एउटा प्रकृया छ । दूध बाट दहि हुँदै त्यही दूध बाट घिउ बन्छ, घिउ त्यही दुधमा निहित छ ।

ऋषि महात्माले भन्नू हुन्छ महाराज ! भगवान पनि त्यही हो त्यतिकै देखिन्दैन, भगवान हेर्न पनि प्रकृया छ, जसरी दूध बाट दहि-महि हुँदै घिउ बन्ने प्रकृया छ त्यस्तै भगवानलाई हेर्न पनि प्रकृया हुन्छ, त्यतिकै कहाँ देखिन्छ । जसरी दुधमा घिउ नदेखिन्दैमा घिउ छैन भन्न मिल्दैन त्यस्तै भगवान नदेखिन्दैमा भगवान छैन भन्न मिल्दैन, तब राजाले सोंच्नु हुन्छ अहो होत यो कुरा सत्य हो भन्दै भगवानको अस्तित्वको महसुस गर्नु हुन्छ । अनि ऋषि महात्मालाई पुरस्कारले सम्मान गर्नु हुन्छ ।

प्रियजन यो कथाले हामीलाई यही शिक्षा दिन्छ कि जसरी दुधमा घिउ नदेखिन्दैमा घिउ छैन भन्न मिल्दैन त्यसरी नै यो हाम्रो बाहिरी आँखाले भगवान नदेख्दैमा भगवानको अस्तित्व छैन भन्नू मुर्खता हो । भगवान जताततै सर्वव्यापी हुनुहुन्छ हामीले सधै असल कर्म गर्नु पर्छ । हामीले गरेको कर्मले पलपल हामीले आफ्नो हरेक कर्म जन्माई रहेको हुन्छौं । भगवान छैन भनेर हामीले खराव कर्म गर्नु हुँदैन किनकि हरेक हाम्रो कर्मले सोही अनुरुपको फल जन्माई रहेको हुन्छ ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Baani28 February 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउट...
28/02/2026

Godangel Baani
28 February 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा कथा राख्ने अनुमति चाहन्छु ।

एक ठुलो व्यापारीले आफ्नो छोरालाई सबै भन्दा बुद्धिमान मानिस बाट खुशीको रहस्य सिक्न पठाए । त्यो युवक पचास दिन सम्म मरुभूमिमा घुम्दै पहाडको टुप्पोमा रहेको एउटा सुन्दर महलमा पुग्छ । जहाँ एक बुद्धिमान ऋषि बस्थे जसलाई युवकले भेट्न खोजिरहेको थियो ।

जब युवक ऋषिको सामु पुग्छ अनि आफुले खुशीको रहस्य के हो जान्ने ईच्छा जाहेर गर्छ, ऋषिले युवकको आगमनको कारण ध्यान पूर्वक सुन्नु हुन्छ, तर ऋषिलाई त्यो क्षणमा युवकलाई खुशीको रहस्य बुझाउने समय थिएन । बुद्धिमान ऋषिले युवकलाई आफ्नो दरबार वरिपरि घुम्न र दुई घण्टा पछि फर्केर आउन सुझाव दिदै युवकको हातम एउटा चम्चा थमाउनु हुन्छ, जसमा ऋषिले दुई थोपा तेल खन्याउदै भन्नु हुन्छ,"तिमी हिँड्दा यो चम्चा बोकेर हिँड्नु तर तेल कतै नचुहियोस् ।"

त्यस पछि युवकले दरबारका भर्‍याङहरू चढ्न र ओराल्न थाल्यो, सधैं आफ्नो आँखा चम्चामा केन्द्रित गर्दै । दुई घण्टाको अन्त्यमा ऊ बुद्धिमान ऋषिको सामु उपस्थिति भयो । युवकलाई ऋषिले सोध्नु भयो, "तिमीले मेरो भोजन कक्षमा के-के देख्यौं ? महल भित्रका वालहरुमा के-के झुण्डिएको देख्यौं ? के तिमीले त्यो बगैंचा देख्यौं जुन मालीहरूको मालिकले सात वर्ष लगाएर बनाउनु भएको थियो ? के तिमीले मेरो पुस्तकालयमा रहेका सुन्दर अनि ठुल-ठुला धर्मशास्त्रहरु देख्यौं ?"

लज्जित हुँदै युवकले ऋषिलाई भन्यो माफ गर्नु होला मैले केहि पनि देखिन । किनकि युवकको एक मात्र चिन्ता भनेको बुद्धिमान ऋषिले उसलाई सुम्पेको तेलका थोपाहरू नखसाल्नु भन्नेमा केन्द्रित थियो । युवकको कुरा सुनिसके पछि ऋषिले भन्नू भयो, त्यसो भए फेरि फर्केर जाउ र संसारका सबै आश्चर्यहरू अबलोकन गरेर आउ ।

युवकले पहिला झै चम्चामा दुई थोपा तेल लिएर फेरि दरबारमा घुम्न थाल्यो, युवकले यस पटक सिलिङ र भित्ताहरूमा झुण्डिएका सबै कलाकृतिहरूमा ध्यान दिँदै हिंडे । उसले बगैँचाहरू, दरबार वरिपरिका पहाडहरू, फूलहरूको मिठास वास्नाको स्वाद लिदै प्रत्येक कलाकृतिलाई ध्यान पुर्वक अबलोकन गरे । युवकले सबै दरबारको अबलोकन गरि सके पछि युवक ऋषि कहाँ फर्कर आउँछ अनि आफुले देखेका सबै कुरा बुद्धिमान ऋषिलाई विस्तृत रूपमा कहन्छ ।

युवकको कुरा सुनिसके पछि बुद्धिमान ऋषिले युवकलाई सोध्नु भयो, "तर मैले तिमीलाई सुम्पेको दुई थोपा तेल कहाँ छ ?" ऋषिले सोध्नु भए पछि मात्रै चम्चातिर हेर्दै युवकले महसुस गर्छ कि तेल पोखिएछ भनेर । युवक निक्कै चिन्तित देखिए जहाँ ऋषिले चम्चाको तेल नखाल्नु भन्नू भएको तेल खसिसकेको थियो । ऋषिले युवकलाई भन्नू हुन्छ, ठीक छ मैले तिमीलाई दिनु पर्ने एउटै सल्लाह यही थियो कि "खुशीको रहस्य संसारका सबै आश्चर्यहरू हेर्नु र चम्चामा भएको दुई थोपा तेल कहिल्यै नबिर्सनुमा निहित छ।"

प्रियजन हामीलाई कथाले यो पाठ सिकाउँछ कि बाहिरी संसारमा के भइरहेको छ भन्ने कुरामा यति धेरै अल्झिएका हुन्छौं कि आफ्नो लागि साँच्चै के महत्त्वपूर्ण छ, आफ्नो स्वास्थ्य, आफ्नो आत्मालाई बिर्सिन्छौ । हामीले संसारको सुन्दरता देख्दा आफ्नो पहुँच भित्रको आफ्नो हातमा रहेको सुन्दरताको हेरचाह गर्न बेवास्ता गर्छौ । फेरि कहिले काहीं चै हामी के गर्न चाहन्छौं त्यसै कुरामा यति धेरै केन्द्रित भै पठाउँछौं कि बाहिरी संसारमा के भैरहेको छ भनेर बुझ्न हामी असफल हुन्छौ । यसर्थ हामीले आफ्नो वरपरको बाहिरी संसारको सुन्दरतालाई अवलोकन गर्दा आफुलाई केन्द्रमा राख्नु पर्छ । हाम्रो लागि दुवै आवश्यक छ, बाहिरी संसारको सम्बन्धमा आफुले चिन्ने र आफैंलाई चिन्ने कुरामा ध्यान केन्द्रित गर्नु पर्छ ।

हाम्रो अस्तित्वको मूल, हाम्रो अस्तित्वको सार अर्थात आफू भित्रको सुन्दरतालाई नबिर्सी संसारको आश्चर्यको आनन्द लिनु पर्छ, जब हामी आफ्नो केन्द्र गुमाएर बाहिरी संसारमा अल्झिन्छौ तब हामी आफ्नो अनुभवको पूर्णता र समृद्धि बाट आफूलाई वञ्चित गर्छौं । अर्को कुरा एउटै लक्ष्यमा यति ध्यान केन्द्रित पनि नगर्नुस् कि जुन् कुराले हजुरको अन्य कुराहरू गुमाउनु परोस् । हाम्रा धेरै लक्ष्यहरू छन्, हाम्रो धेरै जसो लक्ष्यहरू हाम्रो सार होइनन्, हाम्रो सार भनेको हामी भित्र जे छ त्यो सबै बन्नु हो । हाम्रो सारलाई नबिर्सी संसारको कदर गर्नु भनेको हाम्रो दृष्टिकोण खुला राख्नु र कुनै विशेष लक्ष्यमा यति गहन ध्यान केन्द्रित गरेर यसलाई सीमित नगर्नु हो, नाकी अरू सबै कुरा अदृश्य हुन्छ । खुशीको रहस्य संसारका सबै आश्चर्यहरूमा अनुभव बटुल्नु तर आफू भित्रको सुन्दरतालाई चै कहिल्यै बेवास्ता नगर्नु हो ।
Jai Prem !
With love and blessings.
Guruhajur,

Godangel Bani 21 February 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा अन्...
21/02/2026

Godangel Bani 21 February 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा अन्धविश्वास सम्बन्धित एउटा कथा राख्ने अनुमति चाहन्छु ।

धेरै बर्ष अगाडी एक प्रान्तको श्रीजंग राजाले आफ्नो सेना कमान्डर दामोदरलाई अर्को प्रान्त माथि आक्रमण गर्न आदेश दिएका थिए । राजाको आदेश पछि सेना कमान्डर दामोदरले पनि ४,००० सिपाही र २,००० घोडाहरू लिएर अर्को प्रान्त युद्धको नेतृत्व गर्दै यात्रा अघि सारे । जब अर्को प्रान्तको राजा चन्द्रध्वाजलाई यो कुरा थाहा भयो कि आफू माथि श्रीजंगका सेना बाट आक्रमण हुँदैछ भनेर तब उनले आफ्नो सेना कमान्डरलाई आफ्नो सीमानामा श्रीजंगको सेना रोक्न आदेश दिए ।

राजा चन्द्रध्वाजको सेनाहरु बिहान सबेरै सिमाना तर्फ प्रस्थान गरे, बिहान जब चन्द्रध्वाजका सेनाले मन्दिरको चुचुरोमा रहेको गजुर एकातिर झुकेको र त्यो गजुर बाट केही पानीको थोपा खस्दै गरेको देख्छन् तब उनीहरूले सोंच्छन् यसरी मन्दिरको गजुर झुक्नु र गजुर बाट आँसु खस्नु अशुभ हो, युद्धमा हामी मारिन सक्छौ । उनीहरुको उत्साह र साहस घट्छ । चन्द्रध्वाजको सिपाहीहरू अन्धविश्वासी थिए, उनीहरूले देवी-देवताहरू अप्रसन्न भएको ठाने र आफ्नो हार निश्चित ठान्दै निराश हुन थाले । श्रीजंगको सेनाहरुले युद्ध सुरु गरे तर चन्द्रध्वाजको सेनाहरु भने पहिलै मन्दिरको गजुर झुकेको र गजुर बाट देवी-देउताको आँसु खसेकोले आफुहरु हार्ने मारिने भन्दै निराश हुँदै युद्ध बाट भाग्न थाले । यही मौका छोपी श्रीजंग राजाका सेनाहरुले राजा चन्द्रध्वाजलाई कब्जामा लियो र उसको टाउको काट्यो अनि भालामा झुण्ड्याइयो । यो देखेर चन्द्रध्वाजको बाँकी सम्पूर्ण सेनाहरु पनि भागे । श्रीजंगका सेना कमान्डर दामोदरले राजा चन्द्रध्वाजको सम्पुर्ण प्रान्त आफ्नो नियन्त्रणमा लिए ।

प्रियजन कथाको नैतिक शिक्षा: यहाँ सम्पूर्ण हारको कारण नै सिपाहीहरूको अन्धविश्वास थियो, त्यो मन्दिरको गजुर झुक्नुको कारण संयोगबस युद्ध हुन अघिल्लो रात सानो भुकम्प गएको थियो जुन कुरा चन्द्रध्वाजको सेनाहरुलाई थाहा थिएन र गजुर बाट आँसु भनिएको बर्सौ देखि गजुर भित्र जमेको पानी चुहिएको थियो । सत्यतथ्यलाई नबुझी अन्धविश्वासमा हाम्फल्नु भनेको जीवनको ठुलो रोग हो । स्वाभाविक रूपमा सत्यमा विश्वास गर्नु राम्रो कुरा मानिन्छ, सत्यमा विश्वास गर्नु फाइदाजनक छ, तर अन्धविश्वासमा विश्वास गर्नुले जीवन बर्बाद पार्छ । अन्धविश्वास एउटा यस्तो रोग हो जसको परिणाम अन्धविश्वासी व्यक्तिले मात्र नभई उसको परिवार, समाज र राष्ट्रलाई पनि यस्तो खाडलमा धकेल्छ जहाँ बाट उम्कन असम्भव हुन्छ ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Bani 14 February 2026,प्रिय आमा-बाबा,युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प...
14/02/2026

Godangel Bani 14 February 2026,
प्रिय आमा-बाबा,युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

प्रेमवाद दर्शन नै किन ?

जसरी एउटा रुखलाई बचाउन जरामा पानी सिंचाइ गर्नु पर्दछ, त्यसैगरी संसारमा शाश्वत शान्ति ल्याउनको लागि स्वयं आफैमा शान्ति ल्याउनु पर्छ, रुखको बाच्ने आधार जरा हो भने शान्तिको आधार चै प्रेम हो । जसरी रुख बाँच्नको लागि रुखको हाँगा,पात र फुलहरुमा नभएर जरामा पानी सिंचाइ गर्नु परे झै संसारमा दिगो शान्ति स्थापित गर्न स्वयं ब्यक्ति आफै प्रेममा जिउनु पर्छ, किनकि संसारमा शान्ति आउनु अगाडि हरेक ब्यक्ति-ब्यक्तिमा शान्ति आउनु पर्छ, तब मात्रै घरपरिवार, समाज र राष्ट्र हुँदै संसारमा दिगो शान्ति स्थापित गर्न सम्भव छ ।

शाश्वत शान्ति यानकी साँचो शान्ति स्थायी शान्तिको लागि एकमात्रै विकल्प हो प्रेमवाद दर्शन, आज संसारमा दर्शनहरुको कारण केहि मात्रामा शान्ति पाएको हामी महसुस गर्छौ, केहि मात्रामा राम्रो काम भएको पाउँछौं, तर पुर्ण रूपमा शान्ति महशुस गर्न सकिरहेका छैनौं । संसारमा दर्शनहरु धेरै आए र ती दर्शनहरुले शान्तिको निमित्त जातीय, क्षेत्रीय, धार्मिक सहिष्णुता, समाज सुधारका नीति साथै राष्ट्र-राष्ट्रको मेलमिलाप आदि बारेमा जोड लगाए तथापि केही हद सम्म राहत दिए तर ती समस्याहरुलाई पुर्णरुपमा निर्मुलीकरण गर्ने काम हुन सकेन, यसर्थ प्रेमवाद दर्शनको उदय भएको हो । प्रेमवाद दर्शन के हो भन्ने प्रश्नको उत्तर प्रेमवाद दर्शनले के गर्छ भन्ने कार्य बाट बुझ्दा राम्रो हुनेछ ।

सम्पूर्ण अस्तित्व प्रति करुणाभाव र प्रेमभावले व्यबहार गरौं, हिंसा गर्नु हुँदैन, सेवामा सधैं समर्पित भएर हरेक ब्यक्ति प्रेमभावमा जिउ भन्ने प्रेमवाद दर्शनको अपिल हो, प्रेम साधन होइन साध्य होस् र त्यो केवल आदर्शको रुपमा मात्र नरहोस् जीवनमा अभिव्यक्त हुन सकोस् भन्ने दर्शनको उदेश्य हो । प्रेमवादी दर्शन यसै भावभुमिमा उभिएको छ । यो दर्शन अन्य मान्यताहरुको कसीमा कस्तो देखिन्छ त्यसतर्फ ध्यान दिनु भन्दा पनि यस दर्शनले मानवताको सेवा गर्छ कि गर्दैन, समाजमा शान्ति कायम गर्छ कि गर्दैन भन्ने तर्फ बढी केन्द्रिकृत रहेको छ । यस दर्शनलाई ग्रहण गर्ने लहर तीब्र गतिमा अगाडि बढेको छ, आज धेरैले प्रेमवाद दर्शनलाई ग्रहण गरेर यस दर्शनको औचित्य र महत्वलाई पुष्टि गरिरहेको छ ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Master Godangel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Quotes

Life is all about mystery.

No matter what life goes on.

There is no meaning of Life, meaning of life is something that you give it to it.

If you are too curious either you are gonna be a great philosopher or a great mad.