Master Godangel

Master Godangel Master Godangel is a spiritual master, humanitarian, voice for the voiceless, philosopher of Lovism,

......बटरफ्लाई मेडिटेसनको पहिलो दिन.....
17/03/2026

......बटरफ्लाई मेडिटेसनको पहिलो दिन.....



.........बटरफ्लाई ध्यान...........मनलाई शान्त र जीवनलाई पुतलीझैँ खुसी बनाउन बटरफ्लाई ध्यानमा सहभागी बनौँ ।.........बटरफ्...
14/03/2026

.........बटरफ्लाई ध्यान...........
मनलाई शान्त र जीवनलाई पुतलीझैँ खुसी बनाउन बटरफ्लाई ध्यानमा सहभागी बनौँ ।.........बटरफ्लाई ध्यानको परिचय.........
बटरफ्लाई ध्यान निर्वाणिक ध्यानहरुमध्ये अत्यन्त महत्वपूर्ण ध्यान हो । यो ध्यानको मुल सिद्धान्त पुतलीझैँ कसरी खुसी भएर रहन सकिन्छ भन्ने हो । यो ध्यान प्रायः सायाङमी ध्यानसँग समाहित गरेर चलाउने गरिन्छ, तर केवल बटरफ्लाई ध्यान मात्रै गर्ने हो भने पनि उत्तम नै हुन्छ । फरक यो मात्रै हो कि बटरफ्लाई ध्यान मात्रै गर्ने हो भने एक दिन, अनि सायाडमी ध्यानलाई पनि समाहित गर्ने हो भने ध्यान पूर्ण गर्न दुई दिन लाग्दछ ।
बटरफ्लाई ध्यानलाई प्रष्टसँग बुझ्न हामी एउटा पुतलीको कल्पना गरौँ । पुतली फुलहरुमाथि आनन्दका साथमा खेल्दै, उफ्रँदै, नाच्दै गरेको पाउँछौँ । पुतलीले जस्तै प्राकृतिक नियमलाई बुझेर सकारात्मक भई जिउने ज्ञान र कला यस ध्यानले सिकाउँदछ । समग्रमा यस ध्यानको उद्देश्य मानिसलाई सुखी र खुसी रहेर जिउन सिकाउनु हो ।
.......बटरफ्लाई ध्यानका केही फाइदाहरु.........
१. बटरफ्लाई पुतली खुसीको प्रतीक हो, तसर्थ यस ध्यानले खुसी रहन सिकाउँछ ।
२. पुतलीमा आफ्नो सुन्दरताप्रति कति पनि अहमता नभएझैँ यस ध्यानले अहमता परित्याग गर्न सिकाउँछ ।
३. भुसिलकीरा पुतलीमा अद्भुत रुपमा परिवर्तन भएझैँ यस ध्यानले मनलाई शान्त अवस्थामा पुरÞ्याएर पुतलीझैँ मुक्त बन्न मदत गर्नेछ ।
५. मानसिक रोगबाट छुटकारा दिलाउनमा मदत गर्दछ ।
६. जीवन–दर्शनको महत्वपूर्ण ज्ञानले जीवनलाई ओतप्रोत पार्नेछ र त्यसलाई जीवनमा उतार्दा सकारात्मक परिवर्तन आउने छ ।
६. कामको सिलसिलामा आइपर्ने तनाव वा समस्याहरुसँग जुभ्ने क्षमताको विकास गर्दछ ।
७. शरीरमा संकलित अन्तर्विष (तयहष्लक) लाई बाहिर निकाल्दछ ।
८. जीवनको मूल्य बुझाउँदछ ।
९. करुणाभाव वा प्रेमभाव जगाउँदछ ।
१०. संयमता, बुद्धि, विवेकमा वृद्धि गर्दछ । आदि...
............सहभागीले ल्याउनुपर्ने सामाग्रीहरू:.................
- ओढ्ने र ओछ्याउने कपडाहरू।
- मौसम अनुसारको र ध्यान गर्न सजिलो (Loose) कपडाहरू ।
- नियमित औषधी सेवन गरिरहनुभएको छ भने आफ्नो औषधी ।

स्थानः कमल–५, पाडाजुँगी, झापा
मितिः २०८२ चैत्र २ देखि ५ गतेसम्म
थप जानकारीको लागि +977 9844649123

Godangel Bani 14 March 2026.प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी...
14/03/2026

Godangel Bani 14 March 2026.
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

"सेवा नै पूजा हो"

एक समयको कुरा हो, एउटा गाउँमा एउटी वृद्धा आमा बस्थिन् । उनी धेरै गरिब थिइन् तर उनको मन ठूलो थियो । हरेक बिहान उनी मन्दिर जान्थिन् र फर्कने क्रममा मन्दिर बाहिर बसेका गरिब र दरिद्र मानिसहरूलाई खाना खुवाउथिन् ।

एक दिन ठूलो पानी परिरहेको थियो, त्यो दिन आमा मन्दिर जान सकिनन् । त्यस दिन कसैलाई पनि मद्दत गर्न नसक्ने भएकोमा उनी धेरै दुःखी थिइन् । ठीक त्यही समयमा एउटा भोको बच्चा उनको घरको ढोकामा आउँछ, ती आमाले आफ्नो पेटको वास्ता गरिनन् र आफ्नो सबै खाना भोको बच्चालाई दिन्छिन् ।

भोलिपल्ट जब ऊनी मन्दिर गइन्, आमाले अचानक देवताको मूर्ति मुस्कुराएको देखिन् । पुजारीले भने "हिजो हजुर मन्दिर नआउँदा देवता आफैं बच्चाको रूप धारण गरी हजुरको घरमा गएका थिए !"

कथाको नैतिकता:
प्रियजन कथाले करुणा र प्रेमको महत्त्व सिकाउँछ, यो कथाले देखाउँछ कि निस्वार्थ सेवा नै ईश्वरको साँचो पूजा हो, साँचो भक्ति मन्दिर वा अनुष्ठानमा होइन, तर निस्वार्थ सेवा र खाँचोमा परेकाहरू प्रतिको प्रेममा निहित हुन्छ, करुणा भगवानको दोस्रो प्रेम हो ।
Jai Prem !
With love and blessings.
Guruhajur,

Godangel Bani 7 March 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणीम...
07/03/2026

Godangel Bani 7 March 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणीमा भगवानको अस्तित्व कथा मार्फत राख्न चाहन्छु ।

एक जना राजाले सधैं सोंच्नु हुन्थ्यो कि सबैले मन्दिर धाउछ्न् भगवानको पुजा गर्छन् तर भगवान कहाँ छ ? भगवान भन्ने संसारमा छदै-छैन तर पनि किन मान्छेहरुले भगवानलाई पुजा गर्छन् ? यदि संसारमा भगवान छ भने म हेर्न चाहन्छु । तर कसरी भगवानलाई देख्न सकिन्छ होला ? एकदिन राजाले सारा देशै भरी घोषण गर्नु हुन्छ कि जसले मलाई भगवान देखाउन सक्छ म उसलाई ठुलो इमानले पुरस्कृत गर्नेछु, म भगवान देख्न चाहन्छु । दरबारमा भेला भएको जनताहरुले भगवान देखाउने कसैले आँट गर्नु सक्दैनन्, राजाको भगवान देख्ने इच्छा त्यो देशै भरी हल्ला चल्यो । एकजना ऋषि महात्मा त्यहीँ राज्यमा बस्नु हुन्थ्यो, राजाको इच्छा र उद्घोष ऋषि महात्मा सम्म पुग्यो अनि ऋषि महात्माले भन्नू भयो यदि यो कुरा साँचो हो भने महाराजलाई भगवान म देखाउन सक्छु ।

ऋषि महात्माको कुरा राजा सम्म पुग्छ अनि राजाले भन्नू हुन्छ यदि त्यसो भए ऋषि महात्मालाई यहाँ बोलाउनु भनेर आदेस दिनु हुन्छ, दरबार बाट ऋषि महात्मालाई खबर पुगे पछि ऋषि महात्मा राजा कहाँ आउनु हुन्छ तब राजाले ऋषि महात्मालाई भन्नू हुन्छ ऋषि के साँच्चै तिमीले मलाई भगवान देखाउन सक्छौं ? ऋषि महात्माले भन्नू भयो हो महाराज सक्छु, ऋषिको कुरा सुने पछि राजाले फेरि भन्नू भयो ऋषि तिमी किन झुठ बोल्दैछौ ? के साच्चिकै तिमीले भगवान देखाउन सक्छौं ? यदि सकेनौं भने तिमीलाई ठुलो सजाय हुनेछ । ऋषि महात्माले भन्नू भयो महाराज यदि मैले हजुरलाई भगवान देखाउन सकिन भने म जस्तोसुकै सजाय भोग्न तयार छु चाहे मेरो शीर काट्न परे पनि तयार छु ।

राजाले भन्नू हुन्छ ऋषि त्यसो भए ल मलाई भगवान देखाउ अहिले, त्यसपछि ऋषि महात्माले भन्नू हुन्छ "महाराज म हजुरलाई भगवान देखाउन अगाडि एक ग्लास दूध पिउन चाहन्छु", राजाले एक ग्लास दूध ऋषिलाई दिनु हुन्छ त्यसपछि फेरि ऋषिले भन्नू हुन्छ महाराज अब एक चम्चा घिउ पनि दिनु हवस् तर त्यो घिउ कुनै पनि दूध-दहि बाट निर्मित नहोस्, बिना दूध बाट निर्मित घिउ दिनु हवस् । राजाले भन्नू हुन्छ ए मुर्ख ऋषि ! दूध बिना कसरी घिउ बन्छ ? दूध बाट दहि बन्छ अनि दहि बाट घिउ बन्दछ, घिउ बन्नलाई दूध अनिवार्य हुन्छ । ऋषिले भन्नू हुन्छ महाराज त्यसो हो भने खै दुधमा म घिउ देख्दिन त, कहाँ छ घिउ ? फेरि राजाले भन्नू हुन्छ ऋषि घिउ त्यही दुधमा छ, तर दूध बाट घिउ बन्ने एउटा प्रकृया छ । दूध बाट दहि हुँदै त्यही दूध बाट घिउ बन्छ, घिउ त्यही दुधमा निहित छ ।

ऋषि महात्माले भन्नू हुन्छ महाराज ! भगवान पनि त्यही हो त्यतिकै देखिन्दैन, भगवान हेर्न पनि प्रकृया छ, जसरी दूध बाट दहि-महि हुँदै घिउ बन्ने प्रकृया छ त्यस्तै भगवानलाई हेर्न पनि प्रकृया हुन्छ, त्यतिकै कहाँ देखिन्छ । जसरी दुधमा घिउ नदेखिन्दैमा घिउ छैन भन्न मिल्दैन त्यस्तै भगवान नदेखिन्दैमा भगवान छैन भन्न मिल्दैन, तब राजाले सोंच्नु हुन्छ अहो होत यो कुरा सत्य हो भन्दै भगवानको अस्तित्वको महसुस गर्नु हुन्छ । अनि ऋषि महात्मालाई पुरस्कारले सम्मान गर्नु हुन्छ ।

प्रियजन यो कथाले हामीलाई यही शिक्षा दिन्छ कि जसरी दुधमा घिउ नदेखिन्दैमा घिउ छैन भन्न मिल्दैन त्यसरी नै यो हाम्रो बाहिरी आँखाले भगवान नदेख्दैमा भगवानको अस्तित्व छैन भन्नू मुर्खता हो । भगवान जताततै सर्वव्यापी हुनुहुन्छ हामीले सधै असल कर्म गर्नु पर्छ । हामीले गरेको कर्मले पलपल हामीले आफ्नो हरेक कर्म जन्माई रहेको हुन्छौं । भगवान छैन भनेर हामीले खराव कर्म गर्नु हुँदैन किनकि हरेक हाम्रो कर्मले सोही अनुरुपको फल जन्माई रहेको हुन्छ ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Baani28 February 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउट...
28/02/2026

Godangel Baani
28 February 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा कथा राख्ने अनुमति चाहन्छु ।

एक ठुलो व्यापारीले आफ्नो छोरालाई सबै भन्दा बुद्धिमान मानिस बाट खुशीको रहस्य सिक्न पठाए । त्यो युवक पचास दिन सम्म मरुभूमिमा घुम्दै पहाडको टुप्पोमा रहेको एउटा सुन्दर महलमा पुग्छ । जहाँ एक बुद्धिमान ऋषि बस्थे जसलाई युवकले भेट्न खोजिरहेको थियो ।

जब युवक ऋषिको सामु पुग्छ अनि आफुले खुशीको रहस्य के हो जान्ने ईच्छा जाहेर गर्छ, ऋषिले युवकको आगमनको कारण ध्यान पूर्वक सुन्नु हुन्छ, तर ऋषिलाई त्यो क्षणमा युवकलाई खुशीको रहस्य बुझाउने समय थिएन । बुद्धिमान ऋषिले युवकलाई आफ्नो दरबार वरिपरि घुम्न र दुई घण्टा पछि फर्केर आउन सुझाव दिदै युवकको हातम एउटा चम्चा थमाउनु हुन्छ, जसमा ऋषिले दुई थोपा तेल खन्याउदै भन्नु हुन्छ,"तिमी हिँड्दा यो चम्चा बोकेर हिँड्नु तर तेल कतै नचुहियोस् ।"

त्यस पछि युवकले दरबारका भर्‍याङहरू चढ्न र ओराल्न थाल्यो, सधैं आफ्नो आँखा चम्चामा केन्द्रित गर्दै । दुई घण्टाको अन्त्यमा ऊ बुद्धिमान ऋषिको सामु उपस्थिति भयो । युवकलाई ऋषिले सोध्नु भयो, "तिमीले मेरो भोजन कक्षमा के-के देख्यौं ? महल भित्रका वालहरुमा के-के झुण्डिएको देख्यौं ? के तिमीले त्यो बगैंचा देख्यौं जुन मालीहरूको मालिकले सात वर्ष लगाएर बनाउनु भएको थियो ? के तिमीले मेरो पुस्तकालयमा रहेका सुन्दर अनि ठुल-ठुला धर्मशास्त्रहरु देख्यौं ?"

लज्जित हुँदै युवकले ऋषिलाई भन्यो माफ गर्नु होला मैले केहि पनि देखिन । किनकि युवकको एक मात्र चिन्ता भनेको बुद्धिमान ऋषिले उसलाई सुम्पेको तेलका थोपाहरू नखसाल्नु भन्नेमा केन्द्रित थियो । युवकको कुरा सुनिसके पछि ऋषिले भन्नू भयो, त्यसो भए फेरि फर्केर जाउ र संसारका सबै आश्चर्यहरू अबलोकन गरेर आउ ।

युवकले पहिला झै चम्चामा दुई थोपा तेल लिएर फेरि दरबारमा घुम्न थाल्यो, युवकले यस पटक सिलिङ र भित्ताहरूमा झुण्डिएका सबै कलाकृतिहरूमा ध्यान दिँदै हिंडे । उसले बगैँचाहरू, दरबार वरिपरिका पहाडहरू, फूलहरूको मिठास वास्नाको स्वाद लिदै प्रत्येक कलाकृतिलाई ध्यान पुर्वक अबलोकन गरे । युवकले सबै दरबारको अबलोकन गरि सके पछि युवक ऋषि कहाँ फर्कर आउँछ अनि आफुले देखेका सबै कुरा बुद्धिमान ऋषिलाई विस्तृत रूपमा कहन्छ ।

युवकको कुरा सुनिसके पछि बुद्धिमान ऋषिले युवकलाई सोध्नु भयो, "तर मैले तिमीलाई सुम्पेको दुई थोपा तेल कहाँ छ ?" ऋषिले सोध्नु भए पछि मात्रै चम्चातिर हेर्दै युवकले महसुस गर्छ कि तेल पोखिएछ भनेर । युवक निक्कै चिन्तित देखिए जहाँ ऋषिले चम्चाको तेल नखाल्नु भन्नू भएको तेल खसिसकेको थियो । ऋषिले युवकलाई भन्नू हुन्छ, ठीक छ मैले तिमीलाई दिनु पर्ने एउटै सल्लाह यही थियो कि "खुशीको रहस्य संसारका सबै आश्चर्यहरू हेर्नु र चम्चामा भएको दुई थोपा तेल कहिल्यै नबिर्सनुमा निहित छ।"

प्रियजन हामीलाई कथाले यो पाठ सिकाउँछ कि बाहिरी संसारमा के भइरहेको छ भन्ने कुरामा यति धेरै अल्झिएका हुन्छौं कि आफ्नो लागि साँच्चै के महत्त्वपूर्ण छ, आफ्नो स्वास्थ्य, आफ्नो आत्मालाई बिर्सिन्छौ । हामीले संसारको सुन्दरता देख्दा आफ्नो पहुँच भित्रको आफ्नो हातमा रहेको सुन्दरताको हेरचाह गर्न बेवास्ता गर्छौ । फेरि कहिले काहीं चै हामी के गर्न चाहन्छौं त्यसै कुरामा यति धेरै केन्द्रित भै पठाउँछौं कि बाहिरी संसारमा के भैरहेको छ भनेर बुझ्न हामी असफल हुन्छौ । यसर्थ हामीले आफ्नो वरपरको बाहिरी संसारको सुन्दरतालाई अवलोकन गर्दा आफुलाई केन्द्रमा राख्नु पर्छ । हाम्रो लागि दुवै आवश्यक छ, बाहिरी संसारको सम्बन्धमा आफुले चिन्ने र आफैंलाई चिन्ने कुरामा ध्यान केन्द्रित गर्नु पर्छ ।

हाम्रो अस्तित्वको मूल, हाम्रो अस्तित्वको सार अर्थात आफू भित्रको सुन्दरतालाई नबिर्सी संसारको आश्चर्यको आनन्द लिनु पर्छ, जब हामी आफ्नो केन्द्र गुमाएर बाहिरी संसारमा अल्झिन्छौ तब हामी आफ्नो अनुभवको पूर्णता र समृद्धि बाट आफूलाई वञ्चित गर्छौं । अर्को कुरा एउटै लक्ष्यमा यति ध्यान केन्द्रित पनि नगर्नुस् कि जुन् कुराले हजुरको अन्य कुराहरू गुमाउनु परोस् । हाम्रा धेरै लक्ष्यहरू छन्, हाम्रो धेरै जसो लक्ष्यहरू हाम्रो सार होइनन्, हाम्रो सार भनेको हामी भित्र जे छ त्यो सबै बन्नु हो । हाम्रो सारलाई नबिर्सी संसारको कदर गर्नु भनेको हाम्रो दृष्टिकोण खुला राख्नु र कुनै विशेष लक्ष्यमा यति गहन ध्यान केन्द्रित गरेर यसलाई सीमित नगर्नु हो, नाकी अरू सबै कुरा अदृश्य हुन्छ । खुशीको रहस्य संसारका सबै आश्चर्यहरूमा अनुभव बटुल्नु तर आफू भित्रको सुन्दरतालाई चै कहिल्यै बेवास्ता नगर्नु हो ।
Jai Prem !
With love and blessings.
Guruhajur,

Godangel Bani 21 February 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा अन्...
21/02/2026

Godangel Bani 21 February 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणीमा अन्धविश्वास सम्बन्धित एउटा कथा राख्ने अनुमति चाहन्छु ।

धेरै बर्ष अगाडी एक प्रान्तको श्रीजंग राजाले आफ्नो सेना कमान्डर दामोदरलाई अर्को प्रान्त माथि आक्रमण गर्न आदेश दिएका थिए । राजाको आदेश पछि सेना कमान्डर दामोदरले पनि ४,००० सिपाही र २,००० घोडाहरू लिएर अर्को प्रान्त युद्धको नेतृत्व गर्दै यात्रा अघि सारे । जब अर्को प्रान्तको राजा चन्द्रध्वाजलाई यो कुरा थाहा भयो कि आफू माथि श्रीजंगका सेना बाट आक्रमण हुँदैछ भनेर तब उनले आफ्नो सेना कमान्डरलाई आफ्नो सीमानामा श्रीजंगको सेना रोक्न आदेश दिए ।

राजा चन्द्रध्वाजको सेनाहरु बिहान सबेरै सिमाना तर्फ प्रस्थान गरे, बिहान जब चन्द्रध्वाजका सेनाले मन्दिरको चुचुरोमा रहेको गजुर एकातिर झुकेको र त्यो गजुर बाट केही पानीको थोपा खस्दै गरेको देख्छन् तब उनीहरूले सोंच्छन् यसरी मन्दिरको गजुर झुक्नु र गजुर बाट आँसु खस्नु अशुभ हो, युद्धमा हामी मारिन सक्छौ । उनीहरुको उत्साह र साहस घट्छ । चन्द्रध्वाजको सिपाहीहरू अन्धविश्वासी थिए, उनीहरूले देवी-देवताहरू अप्रसन्न भएको ठाने र आफ्नो हार निश्चित ठान्दै निराश हुन थाले । श्रीजंगको सेनाहरुले युद्ध सुरु गरे तर चन्द्रध्वाजको सेनाहरु भने पहिलै मन्दिरको गजुर झुकेको र गजुर बाट देवी-देउताको आँसु खसेकोले आफुहरु हार्ने मारिने भन्दै निराश हुँदै युद्ध बाट भाग्न थाले । यही मौका छोपी श्रीजंग राजाका सेनाहरुले राजा चन्द्रध्वाजलाई कब्जामा लियो र उसको टाउको काट्यो अनि भालामा झुण्ड्याइयो । यो देखेर चन्द्रध्वाजको बाँकी सम्पूर्ण सेनाहरु पनि भागे । श्रीजंगका सेना कमान्डर दामोदरले राजा चन्द्रध्वाजको सम्पुर्ण प्रान्त आफ्नो नियन्त्रणमा लिए ।

प्रियजन कथाको नैतिक शिक्षा: यहाँ सम्पूर्ण हारको कारण नै सिपाहीहरूको अन्धविश्वास थियो, त्यो मन्दिरको गजुर झुक्नुको कारण संयोगबस युद्ध हुन अघिल्लो रात सानो भुकम्प गएको थियो जुन कुरा चन्द्रध्वाजको सेनाहरुलाई थाहा थिएन र गजुर बाट आँसु भनिएको बर्सौ देखि गजुर भित्र जमेको पानी चुहिएको थियो । सत्यतथ्यलाई नबुझी अन्धविश्वासमा हाम्फल्नु भनेको जीवनको ठुलो रोग हो । स्वाभाविक रूपमा सत्यमा विश्वास गर्नु राम्रो कुरा मानिन्छ, सत्यमा विश्वास गर्नु फाइदाजनक छ, तर अन्धविश्वासमा विश्वास गर्नुले जीवन बर्बाद पार्छ । अन्धविश्वास एउटा यस्तो रोग हो जसको परिणाम अन्धविश्वासी व्यक्तिले मात्र नभई उसको परिवार, समाज र राष्ट्रलाई पनि यस्तो खाडलमा धकेल्छ जहाँ बाट उम्कन असम्भव हुन्छ ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Bani 14 February 2026,प्रिय आमा-बाबा,युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प...
14/02/2026

Godangel Bani 14 February 2026,
प्रिय आमा-बाबा,युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

प्रेमवाद दर्शन नै किन ?

जसरी एउटा रुखलाई बचाउन जरामा पानी सिंचाइ गर्नु पर्दछ, त्यसैगरी संसारमा शाश्वत शान्ति ल्याउनको लागि स्वयं आफैमा शान्ति ल्याउनु पर्छ, रुखको बाच्ने आधार जरा हो भने शान्तिको आधार चै प्रेम हो । जसरी रुख बाँच्नको लागि रुखको हाँगा,पात र फुलहरुमा नभएर जरामा पानी सिंचाइ गर्नु परे झै संसारमा दिगो शान्ति स्थापित गर्न स्वयं ब्यक्ति आफै प्रेममा जिउनु पर्छ, किनकि संसारमा शान्ति आउनु अगाडि हरेक ब्यक्ति-ब्यक्तिमा शान्ति आउनु पर्छ, तब मात्रै घरपरिवार, समाज र राष्ट्र हुँदै संसारमा दिगो शान्ति स्थापित गर्न सम्भव छ ।

शाश्वत शान्ति यानकी साँचो शान्ति स्थायी शान्तिको लागि एकमात्रै विकल्प हो प्रेमवाद दर्शन, आज संसारमा दर्शनहरुको कारण केहि मात्रामा शान्ति पाएको हामी महसुस गर्छौ, केहि मात्रामा राम्रो काम भएको पाउँछौं, तर पुर्ण रूपमा शान्ति महशुस गर्न सकिरहेका छैनौं । संसारमा दर्शनहरु धेरै आए र ती दर्शनहरुले शान्तिको निमित्त जातीय, क्षेत्रीय, धार्मिक सहिष्णुता, समाज सुधारका नीति साथै राष्ट्र-राष्ट्रको मेलमिलाप आदि बारेमा जोड लगाए तथापि केही हद सम्म राहत दिए तर ती समस्याहरुलाई पुर्णरुपमा निर्मुलीकरण गर्ने काम हुन सकेन, यसर्थ प्रेमवाद दर्शनको उदय भएको हो । प्रेमवाद दर्शन के हो भन्ने प्रश्नको उत्तर प्रेमवाद दर्शनले के गर्छ भन्ने कार्य बाट बुझ्दा राम्रो हुनेछ ।

सम्पूर्ण अस्तित्व प्रति करुणाभाव र प्रेमभावले व्यबहार गरौं, हिंसा गर्नु हुँदैन, सेवामा सधैं समर्पित भएर हरेक ब्यक्ति प्रेमभावमा जिउ भन्ने प्रेमवाद दर्शनको अपिल हो, प्रेम साधन होइन साध्य होस् र त्यो केवल आदर्शको रुपमा मात्र नरहोस् जीवनमा अभिव्यक्त हुन सकोस् भन्ने दर्शनको उदेश्य हो । प्रेमवादी दर्शन यसै भावभुमिमा उभिएको छ । यो दर्शन अन्य मान्यताहरुको कसीमा कस्तो देखिन्छ त्यसतर्फ ध्यान दिनु भन्दा पनि यस दर्शनले मानवताको सेवा गर्छ कि गर्दैन, समाजमा शान्ति कायम गर्छ कि गर्दैन भन्ने तर्फ बढी केन्द्रिकृत रहेको छ । यस दर्शनलाई ग्रहण गर्ने लहर तीब्र गतिमा अगाडि बढेको छ, आज धेरैले प्रेमवाद दर्शनलाई ग्रहण गरेर यस दर्शनको औचित्य र महत्वलाई पुष्टि गरिरहेको छ ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Godangel Bani 7 February 2026,प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प...
07/02/2026

Godangel Bani 7 February 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याणको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

एउटा घटना अर्जुनका छोरा अभिमन्युको वध पछि भएको थियो, अभिमन्युलाई चक्रव्यूह भनिने रणनीतिक चालमा मारिएको थियो, जहाँ उनलाई कौरव योद्धाहरूले मारेका थिए । अभिमन्युलाई मार्ने मुख्य योजनाकार १०० कौरव दाजु-भाइकी एक मात्र बहिनी दुशालाका पति जयद्रथले योजना बनाएका थिए ।

अभिमन्युको मृत्यु पछि अर्जुनले अर्को सूर्यास्त सम्ममा जयद्रथलाई मार्ने र यदि मार्न सकेनन् भने आत्मदाह गर्ने प्रतिज्ञा गरेका थिए । अर्को तिर अभिमन्युलाई मारे पछि कौरवहरूले त्यो रात धेरै खुशी मनाएका थिए किनभने उनीहरूलाई विश्वास थियो कि उनीहरूले युद्ध जितेका छन् । उनीहरूले जयद्रथलाई आफ्नो सेनाको बीचमा लुकाउने योजना बनाइ रहेका थिए ताकि अर्जुन जयद्रथ सम्म पुग्न नसकून् । यदि कुनै संयोगले अर्जुनले जयद्रथलाई मार्न सफल भयो भने उनीहरूको हातमा अर्को एक्का थियो । जयद्रथका बुबा एक ऋषि थिए र उनले आफ्नो छोरालाई जन्मदै वरदान दिएका थिए कि जयद्रथलाई सामान्य मान्छेले मार्न नसकोस् यदि जयद्रथलाई कसैले मारिहाले जयद्रथको टाउको भुइँमा खस्दा हजार टुक्रा होस् ।

जयद्रथलाई कौरव सेनाहरुको बीचमा लुकाएका थियो । त्यो दिन युद्धमा होमिएका हजारौं कौरवका सिपाहीहरू मारिए तर अर्जुनले जयद्रथलाई देख्न सकेन । दिन ढल्दै थियोे साँझ नजिकिँदै थियोे, त्यही समय धार्मिकताको पक्षमा उभिएका भगवान कृष्णले आफ्नो सुदर्शन चक्र प्रयोग गरेर सूर्यलाई क्षणभरको लागि लुकाउनु भयो । कौरवहरूले सूर्यास्त भएको ठाने र उत्सव मनाउन थाले । त्यसपछि जयद्रथ आफ्नो लुक्ने ठाउँ बाट बाहिर निस्के र अर्जुनकै अगाडि हर्षित हुँदै उभिए ।

भगवान कृष्णले आफ्नो सुदर्शन चक्र फिर्ता लिए त्यसपछि सूर्य फेरि चम्कन थाल्यो । अझै सूर्यास्त भएको छैन भन्ने थाहा पाएर जयद्रथ डराउँदै आफ्नो घेरामा फर्कन थाले । अर्जुनले जयद्रथलाई तुरुन्तै मार्न आफ्नो धनुष उठाए तर भगवान कृष्णले उनको हात समात्नु भयो र अर्जुनलाई जयद्रथको टाउको यसरी काट्न निर्देशन दिनु भयो कि जयद्रथको टाउको उसकै बुबाको काखमा खसोस् ।

अर्जुनले जब निशाना बनाएर आफ्नो तीर छोडे तीरले जयद्रथको टाउको काट्यो, तीरमा तागत यति थियो कि त्यो युद्ध बाट माइल टाढा उडेर जयद्रथको टाउको उनकै बुबा वृद्धक्षत्रको काखमा खस्यो । वृद्धक्षत्र आँखा बन्द गरेर बसिरहेका थिए एक्कासि आफ्नो छोराको टाउको आफ्नो काखमा देखेर छक्क परे । उनले तुरुन्तै प्रतिक्रिया जनाए र जयद्रथको टाउको भुइँमा खस्यो किनकि वृद्धक्षत्रले नै जयद्रथको टाउको भुइँमा फ्याँकेका थिए । अन्ततः जयद्रथको टाउको हजार टुक्रा बन्यो ।

प्रियजन यस् कथामा भगवान कृष्णले अर्जुनको गुरुको भूमिका निर्वाह गर्नु भएको छ । अर्जुनले लिएको लक्ष्य लगभग असम्भव थियो र कुनै न कुनै तरिकाले अर्जुनको मृत्यु निश्चित थियो । समय, ज्ञान र शक्तिको सीमा थियो जसले अर्जुनको शत्रुलाई बचाएको थियो । तर एक गुरु जस्तै भगवान कृष्णले अर्जुनलाई उत्तम सल्लाह दिनुका साथ मद्दत पनि गर्नु भएको थियो, जस कारण अर्जुन निश्चित मृत्यु बाट बच्न मात्र होइन तर उनले लिएको आफ्नो प्रतिबद्धता पूरा गर्न पनि सफल भएका थिए ।

भगवान कृष्णले बोलेका केही विलापहरू मध्ये एउटा थियो कसरी उनका प्रियजनहरूले अप्राप्य संकल्प लिन्छन् र ती पूरा गर्न उनले कसरी गुरुज्ञान र ईश्वरको कृपामा अडिग हुन्छन् । हाम्रो जीवनमा पनि गुरुको ज्ञान र आशीर्वादले हामीलाई हाम्रो अगाडि परि आउने असम्भव जस्तो देखिने परिस्थितिहरू पार गर्न मद्दत गर्दछ र ती असम्भव देखिने परिस्थिति सम्भव भएर आउँछ । आनन्द र दुःख जीवनको सिक्काका दुई पाटा हुन् जस बाट हामी उम्कन सक्दैनौं, तर गुरुको ज्ञान वा ईश्वरको कृपाले हामीलाई आफ्नो जीवन धेरै सन्तुलित रूपमा बिताउन सक्दछौं, बाटोमा आउने ठेसहरू बाट हामी कम प्रभावित बन्नेछौं ।
Jai Prem !
With love and blessings
Guruhajur 🙏

Happy Birthday to our beloved and Honourable Chief Minister of Sikkim.On this auspicious occasion, I extend my warmest w...
05/02/2026

Happy Birthday to our beloved and Honourable Chief Minister of Sikkim.
On this auspicious occasion, I extend my warmest wishes for your good health, long life, and continued strength in service.
May God shower His divine blessings upon you always, guiding you with wisdom, compassion, and unwavering resolve—for today and for all the years to come.

Godangel bani 31 January 2026प्रिय आमा-बाबा तथा युवा नानुहरु, हजुरहरु सबैमा कल्याण मंगलको कामना गर्दै आजको गड्याञ्जल वाण...
31/01/2026

Godangel bani 31 January 2026
प्रिय आमा-बाबा तथा युवा नानुहरु, हजुरहरु सबैमा कल्याण मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणीमा एउटा कथा राख्ने अनुमति चाहन्छु ।

एउटा गाउँमा गरीब एक दम्पती सिता र राम बस्नु हुन्थ्यो, सिता दमको रोगी हुनुहुन्थ्यो कतै केही काम गर्नु सक्नु हुन्न, श्रीमानले दिन भरि मजदुरी गरेर लिएकोले साँझ-विहान गुजारा चलाउनु पर्थ्यो । घरमा बिरामी सिता कति बेला श्रीमानले खाने कुरा लिएर आउनु हुन्छ भन्दै हरेक साँझ बाटो कुर्नु उहाँको दैनिकी नै थियो । उता श्रीमान रामले पनि घरमा श्रीमती सिता बिरामी छिन् भन्दै दिनभर आफुले मिहिनेत गरेर जोडेको पैसाले केही खानेकुरा किनेर साँझ श्रीमती सितालाई सम्झिन्दै हतार-हतार घर फर्कनु हुन्थ्यो ।

सदा झै राम दिनभरी मिहेनत गरेको पैसाले केही खानेकुरा किनेर हतार-हतार झिसमिसे साँझमा घर जाँदै गर्दा बाटोको छेउमा ठुलो रुखको फेदमा एकजना आमा रुदै गरेको देख्नु हुन्छ, रामले ती आमाको छेउमा गएर सोध्नु हुन्छ आमा हजुर किन रुनु भएको ? हजुरलाई के भयो ? हजुरको घर कहाँ हो ? ती आमाले भन्नू हुन्छ बाबू ! मेरो घर छैन, मलाई घर साहुले भाडा तिर्न नसकेर कोठा बाट निकाली दिनु भयो, म धेरै दिन देखी बाहिरै छु, कति दिन भयो मैले केही खान पाएकै छैन, काम गर्न सक्दिन बिरामी छु बाबु...! आमाको कुरा सुन्न साथ रामले आफू संग भएको खाने कुरा आमा यो खानेकुरा खानुस् भन्दै दिनु हुन्छ । यता घरमा सिताले कति बेला श्रीमान घर आइपुग्नु हुन्छ अनि दिनभरिको भोग मेटाउ भन्दै बाटो हेरिरहनु हुन्छ ।

जब राम घर आइपुग्नु हुन्छ सिताले खाली हात देख्न साथ रामलाई हेर्दै भन्नू हुन्छ श्रीमान खाली हात ? आज घरमा केही खानेकुरा छैन के हजुरलाई थाहा छैन र ? श्रीमती सिताको यो कुरा सुन्न साथ रामले भाबुक हुँदै बाटोमा भएको सारा वृतान्त सितालाई सुनाउनु हुन्छ, सिताले श्रीमानको सारा कुरा सुन्न साथ श्रीमानलाई हामी भन्दा पनि अझ धेरै दिन-दु:खीलाई दया गर्नु भएकोमा धन्यवाद भन्दै आज रात हामी तातो पानी पिएर भए पनि गुजारा गरौ भन्नू हुन्छ । बिरामी श्रीमती भोकै छ तर राम संग अरु कुनै विकल्प छैन, रामले सोंच्नु हुन्छ अब म छिमेकीको बारीको सखरखन्ड खनेर ल्याउँछु अनि कुनै दिन छिमेकीको सखरखन्डको पैसा तिर्नेछु भन्दै रामले छिमेकीको वारि बाट सखरखन्ड लिएर आउँछ । रामले राति अध्यारोमा आफ्नो बारीको सखरखन्ड खन्दै गरेको छिमेकीले देख्नु हुन्छ अनि भोलि बिहानै छिमेकी रामको घरमा आउनु हुन्छ अनि राम...राम भन्दै बोलाउनु हुन्छ, राम घर भित्र बाट बाहिर निस्कन्छ अनि रामले छिमेकीलाई हेर्न साथ हात जोड्दै भन्नू हुन्छ हजुरहरु यहाँ किन आउनु भएको मलाई थाहा छ मलाई माफ गरिदिनु होस् म एकदिन हजुरको सखरखन्डको पैसा तिर्नेछु । छिमेकीले भन्नू हुन्छ राम ! तिमीले पैसा तिर्नु पर्दैन बरु तिम्रो दु:ख र ईमानदारी लाई देखेर हामीले केही पैसा र गाडीमा बर्ष भरि खाना पुग्ने सारा कुरा लिएर आएका छौ । छिमेकीको कुरा सुनेर राम र उहाँको श्रीमती सिता खुशीले गदगद हुँदै छिमेकीलाई अनेकौं धन्यवाद दिनु हुन्छ ।

प्रियजन यो कथाको नैतिक शिक्षा असल इमानदार कर्मको फल पनि असल नै प्राप्त हुनेछ, जस्तो बीउ लगायो उस्तै फल फल्नेछ । दया-प्रेम बाँडे दया-प्रेम नै पाइनेछ । यसर्थ हामीले सधैं ईमानदार बनौं, कम्जोर असहायलाई सहयोग दया गरौं, प्रेम र करुणा बाडौं ।
Jai Prem !
With love and blessings,
Guruhajur

𝐆𝐨𝐝𝐚𝐧𝐠𝐞𝐥 𝐛𝐚𝐧𝐢 𝟐𝟒 𝐉𝐚𝐧𝐮𝐚𝐫𝐲 𝟐𝟎𝟐𝟔प्रिय आमा-बाबा युवा नानुहरु, हजुरहरु सबैमा मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रव...
24/01/2026

𝐆𝐨𝐝𝐚𝐧𝐠𝐞𝐥 𝐛𝐚𝐧𝐢 𝟐𝟒 𝐉𝐚𝐧𝐮𝐚𝐫𝐲 𝟐𝟎𝟐𝟔
प्रिय आमा-बाबा युवा नानुहरु, हजुरहरु सबैमा मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।

दु:ख,
हाम्रो जीवनमा दुःख-समस्यहरु महासागर बनेर बगिरहेको हुन्छ र हामी त्यही महासागरमा तैरिरहेका हुन्छौं । हामी दुःख बाट कसरी उन्मुक्ति पाउन सकिन्छ भनेर जीवनभर उन्मुक्तिको मार्ग खोजी रहन्छौं । दु:ख बाट भाग्न अनेकौं प्रयास गर्छौ तर हामीहरु मृत्युको मुख सम्म आइपुग्दा पनि दुःख बाट उम्कने मार्ग हामीले पहिल्याउन समर्थ भइसकेका हुँदैनौ । दुःखलाई दुश्मनी बनाएर अझ हामी दु:खको दलदलमा डुबेर बाँच्छौ र दुःख लिएरै मर्छौ । हामीले जति दु:खलाई दुश्मनी बनाइ अगाडी बडिरहन्छौ झन्झन् दु:ख समस्यले घेरिरहन्छ । नकारात्मक भावनाहरू ती हुन् जसले हाम्रो मुस्कान र खुशीहरुलाई निसासिने गरि कैद गरिदिन्छ ।

प्रियजन, दु:ख नदी वा ताल जस्तै हुन् यदि हजुरलाई पौडी खेल्न आउँछ भने हजुरले सजिलो सँग नदि पार गर्न सक्नु हुन्छ, अन्यथा हजुर सफल हुनुहुन्न । जब हामीलाई महसुष हुन्छ जीवनमा दुःख त दुश्मन होइन असल मित्र हो, हरेक कुराले छोडेर जान्छ तर दु:खले कहिले छोड्दैन । सकारात्मक मनोवृत्तिले धेरै कृतज्ञता ल्याउँछ, दु:ख प्रति हामीले सकारात्मक सोच्नु पर्छ, सकारात्मक बन्नु पर्छ, सकारात्मक रूपमा दु:खलाई जीवनमा अंगाल्नु पर्छ । हावा भन्दा छिटो उडिहिड्ने मनको वेगलाई रोक्न सके अवश्य दु:ख घट्छ किनकि मन सबै प्रवृत्तिको अगुवा हो, मन नै प्रधान हो । जब कुनै व्यक्ति आफ्नो मनलाई मैला बनाएर कुनै तुच्छ बोल्छ वा शरीर बाट कुनै कर्म गर्छ, तब दुःख उनको पछि लाग्छ । ऐनामा धुलो मैलो छ भने ऐनामा देखिने प्रतिविम्ब वास्तविक जस्तै देखिदैन फरक नै देखिन्छ, हाम्रो आँखाले पनि हरेक कुरा निष्पक्ष देखेको हुन्छ तर हाम्रो धारणा वा विचारले त्यसलाई भ्रममा पारिदिन्छ । कुनै पनि कुरालाई हेर्ने दृष्टि यथोचित दृष्टि हुनु पर्छ । क्षणिक उत्साह वा मान्छेले के भन्छ भन्ने भावना बाट होइन । बाहिरी उत्साह नभई आन्तरिक उत्साह हुनु पर्छ ।

दु:खलाई विध्वंसात्मक रूपमा नहेरी सृजनात्मक रूपमा हेर्नु पर्छ । हामी आफु बाँच्नका लागि अरुलाई पीडा नहोस् । अरुको जीवन नष्ट नहोस् । अरु कसैको अहित नगरी बाँच्नु सकौं । यदि कसैको अहित गरिन्छ भने आफ्नो लागि पनि अहितको बिजारोपण सुरु हुनेछ । खुशीको बाटो गन्तव्य होइन तर आन्तरिक शान्ति, कृतज्ञता र अर्थपूर्ण सम्बन्धहरूको दैनिक अभ्यास हो । मुख्य घटकहरूमा निर्बल प्राणीहरु प्रति करुणा प्रेमको सम्बन्धहरू प्रवर्द्धन गर्नु, परोपकारको अभ्यास गर्नु, वर्तमान क्षणमा बाँच्नु, उद्देश्य र पूर्तिको भावना प्रदान गर्ने काममा संलग्न हुनु । सकारात्मक सोंच, करुणा, दया-प्रेम, सफल, ऊर्जावान स्वस्थले जीवनमा मुस्कान ल्याउछ, सबैभन्दा राम्रो मेकअप भनेको मुस्कान हो, मुस्कान बाट आउने सुन्दरता जस्तो अरु कुनै सुन्दरता छैन । अत: सधै कृतज्ञ हुनु पर्छ, दु:खी पीडितलाई करुणा बाड्ने, तनावमुक्त जीवनयापन होइन जीवन पाएकोमा उत्सव मनाउनु पर्छ, जीवनमा सबैभन्दा धेरै प्रेम, करुणा र सेवामा लगानी गर्नु पर्छ । हामीले यी खुशीका मार्गहरु जीवनमा सधै अपनत्व गर्न सके दु:ख पासो होइन जीवन जिउने सृजनात्मक अवसर बन्नेछ ।
Jai Prem !
With love and blessings,
Guruhajur.

प्रिय आमा बाबा युवा नानुहरु आज तामाङ समुदायको महान चाड तथा नेपालको राष्ट्रिय चाड सोनाम ल्होछारको पावन अवसरमा सबैको कल्या...
19/01/2026

प्रिय आमा बाबा युवा नानुहरु आज तामाङ समुदायको महान चाड तथा नेपालको राष्ट्रिय चाड सोनाम ल्होछारको पावन अवसरमा सबैको कल्याण मंगलको कामना गर्दै सुख, शान्ति, समृद्धि उर्जाका साथै सबै संस्कार संस्कृति फलोस् फुलोस् अनि सहिष्णुता मिलोस् भन्ने कामनाको साथमा सोनाम ल्होछार २०८२ को शुभकामना व्यक्त गर्दछु ।
ल्होस्सो/फ्याफुल्ला
Jai prem !
With love and blessings,
Master godangel

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Master Godangel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Quotes

Life is all about mystery.

No matter what life goes on.

There is no meaning of Life, meaning of life is something that you give it to it.

If you are too curious either you are gonna be a great philosopher or a great mad.