Nepal Red Cross Society, Kathmandu District Chapter

Nepal Red Cross Society, Kathmandu District Chapter This Page is for sharing the information, notices, activities, etc of NRCS Kathmandu District Chapter

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला  शाखाका मन्त्री राममणी खनालज्यूको आज पौष १ गते दिउँसो हृदयघात भई ५३ वर्षको उमेरमा भएक...
16/12/2025

नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका मन्त्री राममणी खनालज्यूको आज पौष १ गते दिउँसो हृदयघात भई ५३ वर्षको उमेरमा भएको असामयिक निधनबाट हामी अत्यन्तै मर्माहत भएका छौं । दिवङ्गत आत्माको चिरशान्तिको लागि भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

श्यामकाजी डोटेल
सभापति
एवं नेरेसो काठमाडौ जिल्ला शाखा परिवार

https://pahichan.com/2025/12/07/33980/?fbclid=IwdGRjcAOiDAljbGNrA6IMAWV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAAB...
07/12/2025

https://pahichan.com/2025/12/07/33980/?fbclid=IwdGRjcAOiDAljbGNrA6IMAWV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHqSenmZ_zufuR1Y-7qApFC6HAh5nPtX9HSSyOiLHxgSMjtmh1UQUicyn4T2B_aem_S6PCP22zY4Y4MVIVDGZQsA

काभ्रेपलान्चोक – रोशी खोलामा वर्षौँदेखि दोहोरिने बाढी–पहिरोको जोखिम, त्यसमाथि खानेपानी संरचना र सडक–सञ्चारवि.....

मङ्गलटारका बासिन्दालाई अब पानीको दुख नहोस् ।नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले गत २०८२ असोज १८-१९ को वर्षा र बा...
06/12/2025

मङ्गलटारका बासिन्दालाई अब पानीको दुख नहोस् ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले गत २०८२ असोज १८-१९ को वर्षा र बाढीबाट क्षतिग्रस्त देउराली चौतारा खानेपानीलाई पुनः निर्माण गरेर आज २०८२ मंसिर २० गते नेरेसो मङगलटार उपशाखालाई हस्तान्तरण गरेको छ । रोशी गाउँपालिका वडा न ९ र नेरेसो मङ्गलटार उपशाखाको अनुरोधमा नेरेसो काठमाडौ जिल्ला शाखा र उपशाखाहरुको आर्थिक सहयोगमा मुहानदेखि नै पुनः निर्माण गरिएको उक्त खानेपानी योजनाबाट प्रत्यक्षरुपमा ३० घरधुरी लाभान्वित हुनेछन् भने मङ्गलटार हुँदै तिमाल जाने बटुवाहरुले पनि उक्त धाराबाट पानी पिउने छन् । आज मङ्गलटारमा आयोजित कार्यक्रममा नेरेसो काठमाडौ जिल्ला शाखाका सभापति श्री श्यामकाजी डोटेलले नेरेसो मङ्गलटार उपशाखाका सभापति दामोदर श्रेष्ठलाई पानी संचालन गरेर हस्तान्तरण गर्नु भयो । कार्यक्रममा नेरेसो काभ्रेपलान्चोकका सभापति, उपसभापति, मन्त्री, जिल्ला सदस्यहरु, काठमाडौ जिल्ला शाखाका उपसभापति अन्जना श्रेष्ठ मास्के, मन्त्री वृद्धिमान शाक्य, जिल्ला सदस्यहरु, काठमाडौ जिल्ला शाखाक १९ वटा उपशाखाका प्रतिनिधि, युवा सर्कल प्रतिनिधि र स्थानीय उपभोक्तको बाक्लो उपस्थिति रहेको थियो ।

05/12/2025

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा सदैव मानवीय सेवामा समर्पित स्वयंसेवकहरुमा हार्दिक शुभकामना ।
नेरेसो काठमाडौ जिल्ला शाखा ।

04/12/2025
कुनै पनि पक्षबाट हुने हिंसाको अन्त्य गरौँ ।लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंसिर १५ गते नेरेसो काठमाड...
01/12/2025

कुनै पनि पक्षबाट हुने हिंसाको अन्त्य गरौँ ।
लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंसिर १५ गते नेरेसो काठमाडौ जिल्ला शाखाले जिल्ला शाखा र उपशाखा कार्यसमिति पदाधिकारीका लागि प्रविधिको प्रयोग गरेर हुने हिंसा र त्यसबाट कसरी वचन सकिन्छ भन्ने सम्बन्धमा नेरेसो केन्द्रीय कार्यालयका प्रतिनिधि चन्दा गिरि र शुभेच्छा मानन्धरले प्रस्तुति सहित जानकारी गराउनु भयो । लैङ्िगक तथा समावेशीकरण समितिका संयोजक लक्ष्मि कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले प्रविधिको सहि प्रयोग गरौं र सबै प्रकारका हिंसाको अन्त्यका लागि आग्रह गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाको संयोजनमा मेलम्ची नगरपालिका वडा न ९ गुफा डाडा स्थित क्यौलाठाना आधारभूत बिधालय...
27/11/2025

नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाको संयोजनमा मेलम्ची नगरपालिका वडा न ९ गुफा डाडा स्थित क्यौलाठाना आधारभूत बिधालयका १०८ जना विद्यार्थीका लागि लायन्स क्लब अफ काठमाडौ एक्मि टिमका तर्फबाट ट्र्याक सूट उपलब्ध गराइयो । साथै सोही वडाका १०० जना जेष्ठ एवं एकल महिलाका लागि नेरेसो कमलपोखरी उपशाखाका तर्फबाट प्राप्त न्यानो कपडा लङ्ग स्वेटर उपलब्ध गराइयो । बिद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा नेरेसो काठमाडौ जिल्ला सभापति श्यामकाजी डोटेल, नेरेसो सिन्धुपाल्चोक सभापति राजेन्द्रमान ताल्चाभडेल, नेरेसो काठमाडौ जिल्ला उपसभापति अन्जना श्रेष्ठ मास्के, वडा अध्यक्ष किरणदिप खड्का, लायन्स क्लबका पदाधिकारी एवं बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
नेरेसो काठमाडौ जिल्ला शाखाको अनुरोधलाई स्विकार गर्दै ट्र्याक सूट उपलब्ध गराएकोमा लायन्स क्लब परिवारमा हार्दिक धन्यवाद ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखामा आवद्ध प्राथमिक उपचार प्रशिक्षकहरुका लागि समय सापेक्ष प्रशिक्षकको रुपमा तयारी...
27/11/2025

नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखामा आवद्ध प्राथमिक उपचार प्रशिक्षकहरुका लागि समय सापेक्ष प्रशिक्षकको रुपमा तयारी अवस्थामा राख्नका लागि २०८२ मंसिर ११ गते एक दिने पुनर्ताजगी तालिम प्रदान गरिएको छ । आगामी दिनमा वहाँहरुबाट दिइने प्राथमिक उपचार तालिमले समुदायमा राम्रो सन्देश दिने अपेक्षा गरिएको छ ।

नेपाल कमर्श क्याम्पस युवा रेडक्रस सर्कल मिनभवनले उक्त क्याम्पसका विद्यार्थीहरुका लागि आयोजना गरेको ४ दिने आधारभूत प्राथम...
22/11/2025

नेपाल कमर्श क्याम्पस युवा रेडक्रस सर्कल मिनभवनले उक्त क्याम्पसका विद्यार्थीहरुका लागि आयोजना गरेको ४ दिने आधारभूत प्राथमिक उपचार तालीम आज सम्पन्न भएको छ । ४ दिनसम्म सफलतापूर्वक तालीम सम्पन्न गर्ने सहभागी विद्यार्थीहरुलाइ नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल, जिल्ला सदस्य लक्ष्मि कार्की, नेरेसो केन्द्रीय कार्यालयका जुनियर तथा युवा विभागका निर्देशक अशोक कार्किले प्रमाणपत्र हस्तान्तरण गर्नु भयो । सर्कला अध्यक्ष रविना चौलागाईंको सभापतित्वमा आयोजना गरिएको समापन कार्यक्रममा सर्कलका पूर्व अध्यक्ष, विद्यार्थी सङगठनका प्रतिनिधिहरुले शुभकामना दिनु भएको थियो । यो तालिम २०८२ मंसिर ३ गतेबाट शुरु भएको थियो ।

युवा रेडक्रस सर्कलका सदस्यहरुका लागि आधारभूत प्राथमिक उपचार तालीम प्रदान गर्ने क्रममा नेपाल कमर्श क्याम्पस युवा रेडक्रस ...
20/11/2025

युवा रेडक्रस सर्कलका सदस्यहरुका लागि आधारभूत प्राथमिक उपचार तालीम प्रदान गर्ने क्रममा नेपाल कमर्श क्याम्पस युवा रेडक्रस सर्कल मीनभवनका विद्यार्थीहरुका लागि ४ दिने आधारभूत प्राथमिक उपचार तालिम २०८२/८/३ गतेदेखी सञ्चालन भैराखेको छ । तालीममा २८ जना विद्यार्थीहरुको सहभागीता रहेको छ ।

Address

Baghbazar
Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+97715329410

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society, Kathmandu District Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Red Cross Society, Kathmandu District Chapter:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram