17/09/2025
एभरेष्ट हस्पिटल प्रा. लि. बाट २०८२ भाद्र २३ र २४ गतेको Gen-Z आन्दोलनको क्रममा घाइते भएकाहरूको उपचार सम्बन्धी जानकारी।
हामीले कुल १३५ जना आन्दोलनको घाइतेहरुलाई उपचार सेवा प्रदान गर्यौँ।
२०८२ भाद्र २३ गते घाइते भएका १२१ जनामध्ये ८ जनाको अवस्था गम्भीर थियो, जसलाई थप उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र टिचिङ अस्पतालमा रिफर गरिएको थियो।
भाद्र २४ गते उपचारका लागि आउनुभएका १४ जना बिरामीहरूको अवस्था सामान्य रहेको हुँदा सबैलाई उपचारपश्चात् डिस्चार्ज गरिएको थियो।
दुर्भाग्यवश, भाद्र २३ गते उपचारको क्रममा ३ जना घाइतेको निधन भएको थियो, यस खबरले हामीलाई मर्माहत बनाएको छ। यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
हामीले घाइतेहरूको उपचार, शल्यक्रिया तथा एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क गरेका थियौ ।
साथै यस दुखद: घडीमा सहयोग गर्नुहुने सिभिल अस्पताल, काठमाडौँ महानगरपालिका, होस्टल व्यावसाई एसोसिएसन नेपाल, संस्थाका सम्पूर्ण कर्मचारी, डाक्टर, नर्स, पारामेडिक्स तथा प्रत्यक्ष अप्रतक्ष रुपमा सहयोग गर्नुहुने सपूर्णमा धन्यवाद प्रकट गर्न चाहन्छौ I
यस्तो मानवीय संकटको घडीमा हामी सदैव सेवामा तत्पर रहनेछौँ।