Nepal Eye Hospital

Nepal Eye Hospital First hospital in Nepal dedicated to Eye Care Service

सर्लाही  कल्याणकारी समाजसेवी परिवार सर्लाहीको आयोजना,   कौडेना गाउँपालिका  सर्लाहीको  सहयोगमा नेपाल आँखा अस्पतालले कौडेन...
23/01/2026

सर्लाही कल्याणकारी समाजसेवी परिवार सर्लाहीको आयोजना, कौडेना गाउँपालिका सर्लाहीको सहयोगमा नेपाल आँखा अस्पतालले कौडेना गाउँपालिका वडा नम्बर ४ फुलबारी सर्लाहीमा मिति २०८२ माघ ६ देखि ८ गते सम्म सन्चालन गरेको निशुल्क मोतिबिन्दु शल्यकृया शिविर सम्पन्न भएको छ ।
नेपाल आँखा अस्पतालका वरिष्ठ जलबिन्दु रोग विशेषज्ञ तथा सर्जन डा. नियाज कौशर मिकरानीको नेतृत्व रहेको उक्त शिविरमा ४३ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया हुनुका साथै ४३४ जनाको आँखा परिक्षण गरिएको थियो ।
शिविर सन्चानमा सहयोग गर्ने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।

18/01/2026
नेपाल आँखा अस्पतालले कौडेना,  सर्लाहीमा मिति २०८२ माघ ६ देखि  ८ गते सम्म निशुल्क मोतिबिन्दु शल्यकृया शिविर सन्चालन गर्ने...
17/01/2026

नेपाल आँखा अस्पतालले कौडेना, सर्लाहीमा मिति २०८२ माघ ६ देखि ८ गते सम्म निशुल्क मोतिबिन्दु शल्यकृया शिविर सन्चालन गर्ने ।

नेपाल  आँखा अस्पतालको प्राबिधिक सहयोग तथा निलकन्ठ नगरपालिका धादिङ  र  रोट्याक्ट क्लब अफ रुद्रमति बबरमहलको   आयोजनामा ज्य...
08/01/2026

नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोग तथा निलकन्ठ नगरपालिका धादिङ र रोट्याक्ट क्लब अफ रुद्रमति बबरमहलको आयोजनामा ज्याम्रुङ धादिङमा मिति २०८२ पौष २२ देखि गते देखी २४ गते सम्म सन्चालन भएको निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर आज सम्पन्न भएको छ । नेपाल आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पुनम श्रेष्ठको नेतृत्व रहेको उक्त शिविरमा २८ जना मोतिबिन्दु र ४ जना अन्य सहित ३२ जना बिरामीहरुको शल्यक्रिया भयो । त्यस्तै शिविरमा ५११ जना स्थानीयको आँखा परिक्षण गरिएको छ ।

भोलि २०८२ पौष  २२ देखि २४ गते सम्म धादिङ ज्यामरुङमा संचालन गरिने  ।
05/01/2026

भोलि २०८२ पौष २२ देखि २४ गते सम्म धादिङ ज्यामरुङमा संचालन गरिने ।

नागार्जुन नगरपालिका  वडा नम्बर  ७  गोदामथोक  काठमाडौको आयोजना तथा  रिटर्नी फेडेरेसन नेपालको समन्वयमा   नेपाल  आँखा अस्पत...
03/01/2026

नागार्जुन नगरपालिका वडा नम्बर ७ गोदामथोक काठमाडौको आयोजना तथा रिटर्नी फेडेरेसन नेपालको समन्वयमा नेपाल आँखा अस्पतालले आज मिति २०८२ पौष १९ गते वडा नम्बर ७ गोदामथोकमा आज एकिदने निशुल्क आँखा शिविर सन्चालन गरि २३५ जनाको आँखा जाँच तथा उपचार गर्यो । शिविरमा ८ जना मोतिबिन्दुका बिरामीहरु छनौट गरि शल्यक्रियाका लागि नेपाल आँखा अस्पताल त्रिपुरेस्वरमा पठाईएको छ । साथै वडा कार्यलायको सहयोगमा १३३ जना स्थानीयलाई नजिक पढ्न लेख्न सहयोह हुने चस्मा पनि निशुल्क बितरण गरिएको थियो ।

Wishing you a Happy New Year 2026
01/01/2026

Wishing you a Happy New Year 2026

नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा  श्री सरस्वती माद्यामिक बिद्यालय लेले  ललितपुरमा   मिति २०८२  पौष १३ र   १४  गते ...
29/12/2025

नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा श्री सरस्वती माद्यामिक बिद्यालय लेले ललितपुरमा मिति २०८२ पौष १३ र १४ गते निशुल्क बिद्यालय आँखा स्वास्थ्य कार्यक्रम सन्चालन गरियो । कार्यक्रममा ३२८ जना बिद्यार्थीहरुको दृष्टि तथा आँखा जाँच गरियो भने जाँच गरिएका मध्ये ३२ जना बिद्यार्थीहरुमा दृष्टिदोष देखिएको छ । दृष्टिदोष (Refractive Error) भएका ३२ जना विद्यार्थीहरुलाई नेपाल आँखा अस्पतालको सहयोगमा निशुल्क चश्मा वितरण गरिने छ ।
बिद्यालय आँखा स्वास्थ्य कार्यक्रमकै शिल शिलामा ५१ जना स्थानीय ब्यक्तीहरुको पनि आँखा जाँच गरि १० जना मोतिबिन्दुका बिरामी छनौट गरि शल्यक्रियाका लागि नेपाल आँखा अस्पताल पठाइएको छ ।

नेपाल आँखा अस्पतालले गर्यो समुदायमा डायबेटिक रेटिनोपेथी  जाँच  शिविर  ।।थापाथली जनकल्याण परिवार बबरमहल काठमाडौंको  समन्व...
27/12/2025

नेपाल आँखा अस्पतालले गर्यो समुदायमा डायबेटिक रेटिनोपेथी जाँच शिविर ।।

थापाथली जनकल्याण परिवार बबरमहल काठमाडौंको समन्वय र सहकार्य तथा नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा आज २०८२ पौष १२ गते बबरमहल काठमाडौंमा निशुल्क डायबेटिक रेटिनोपेथी शिविर सम्पन्न भयो । शिविरमा ७१ जना मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरुको आँखाको पर्दाको जाँच गरियो । नेपाल आँखा अस्पतालका भिट्रो रेटिना विशेषज्ञको टोलि द्वारा जाँच गरिएका मध्ये ७ जना बिरामीहरुमा मधुमेहका कारण आँखाको पर्दामा पहिलो चरणको समस्या देखिएको छ भने समस्या देखिएका बिरामीहरुलाई बिशेष परामर्श सहित समयमै थप आँखा जाँचका लागि सल्लाह दिईयको थियो ।
शिविरको आयोजना तथा ब्यबस्थापनका लागि थापाथली जनकल्याण परिवार बबरमहल र शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र वडा नम्बर ११ प्रती हार्दिक आभार प्रकट गर्दछौं ।

थापाथली जनकल्याण परिवार बबरमहल काठमाडौंको  समन्वय र सहकार्य तथा  नेपाल  आँखा अस्पतालको प्राबिधिक सहयोगमा भोलि मिति २०८२ ...
26/12/2025

थापाथली जनकल्याण परिवार बबरमहल काठमाडौंको समन्वय र सहकार्य तथा नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा भोलि मिति २०८२ पौष १२ गते बबरमहल काठमाडौंमा सन्चालन हुने निशुल्क डायबेटिक रेटिनोपेथी स्कृनिङ शिविर ।
मधुमेहका बिरामीहरुले शिविरमा सम्पर्क गरौँ ।

भिमसेनथापा गाउँपालिका  गोरखाको आयोजना, भिमसेन सरोकार समाज  र  रोट्र्याक्ट क्लब अफ रुद्र्मती बबहरमहल  काठमाडौको समन्वय  त...
19/12/2025

भिमसेनथापा गाउँपालिका गोरखाको आयोजना, भिमसेन सरोकार समाज र रोट्र्याक्ट क्लब अफ रुद्र्मती बबहरमहल काठमाडौको समन्वय तथा नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा मिति २०८२ पौष १ गते देखि ३ गते सम्म भिमसेनथापा वडा नम्बर ४ धावामा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सन्चलन गरियो । नेपाल आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डा. दाकी शेर्पाको नेतृत्व रहेको उक्त शिविरमा ६० जना मोतिबिन्दुका बिरामीहरुको शल्यक्रिया गरियो भने शिविरमा २९२ जना स्थानीयको आँखा परिक्षण गरिएको छ । शिविरको आयोजना गरि अन्धोपन निवारणको अभियानमा महत्त्वपूर्ण भुमिका खेल्ने भिमसेन गाउँपालिका गोरखा लगायत सम्पुर्ण सहयोगी सस्था तथा ब्यक्तिहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।

Address

Tripureshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Eye Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Eye Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category