04/12/2025
पालुङटार नगरपालिका गोरखाको आयोजना, नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोग तथा सहिद सुरेश वाग्ले (वाशु स्मृति प्रतिस्ठान नेपाल) को समन्वयमा आँप पिपल अस्पताल पालुङटारमा मिति २०८२ मंसिर १६ देखि १८ गते सम्म सन्चालन भएको निशुल्क मोतिबिन्दु शल्यक्रिया सहितको आँखा शिविर आज सम्पन्न भएको छ ।
नेपाल आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. प्रमिती जोशीको नेतृत्वमा सन्चालित उक्त शिविरमा ५९ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने ३४५ जना स्थानीयको आँखा जाँच गर्नुका साथै १३७ जनालाई नजिक पढ्न लेख्न सहयोग पुग्ने चस्मा समेत निशुल्क बितरण गरिएको छ ।
शिविरको आयोजना गरि अन्धोपन निवारणको अभियानमा सहयोग पुर्याउने पालुङटार नगरपालिका र आँप पिपल अस्पताल गोरखा प्रती हार्दिक आभार प्रकट गर्दछौं ।