02/12/2025
हेलम्बु गाउँपालिका र जस्ट नेपाल फाउन्डेसनको समन्वय मा संचालित जलबायु परिबर्तन अनुकुल मोडेल परियोजना (CCAM-2) अन्तर्गत हेलम्बु गाउँपालिका वडा नं २ मा वडा स्तरीय जनप्रतिनिधि एबम सरोकारवालाहरु संग परामर्श बैठक आज सम्पन्न भएको छ। बैठकमा जनप्रतिनिधि , सामुदायिक बन उपभोक्ता समूह, महिला समूह,टोल बिकास समिती , बिपद ब्यबस्थापन समिती,वडा कृषक समूहको सहभागिता रहेको थियो । बैठकमा परियोजनाको झलक प्रस्तुत गरी उठेका सवाल माथी छ्लफल भयो। बजार सम्भावना भएको उत्पादन लाई कसरी बजारको ब्यबस्थापन गर्न सकिन्छ ? उत्पादन भएको बस्तुको बजारको अबस्था कस्तो छ? उत्पादनलाई बजार सम्म कसरी जोड्ने लगाएत सम्भाब्य कृषि उपज उत्पादन,संकलन र बजारिकण बिषयमा बिचार विमर्श भयो।