Mr. Parash

Mr. Parash Stop judging a person's potential by looking at his face and the area he lives in. Only a young man with a good idea can be a true leader.

I will remain committed to a welfare state and scientific social communism. नया नौलो जानकारी,मनोरन्जनात्मक सामग्री साथमा ताजा खबरहरुको लागी हामि संगै रहनुहोला l

08/12/2025
जो कोहिलाई रवि दाई लाई भेटेर भाईरल हुनु छ, आफ्नो दुनु सोझ्याउनु छ तर रवि दाई रवि जस्तै निस्वार्थ अरुको चर्चाको माध्यम बन...
08/12/2025

जो कोहिलाई रवि दाई लाई भेटेर भाईरल हुनु छ, आफ्नो दुनु सोझ्याउनु छ तर रवि दाई रवि जस्तै निस्वार्थ अरुको चर्चाको माध्यम बनिरहनु भएको छ । जेल बाट निकाल्न यी गएकाहरु कोहि चिन्तित देखिन्नन ।
रबि दाई सोच्नु हुदो हो सन्सार कति स्वार्थ छ, जेलमा पनि स्वार्थ लिएरै आको छ ।
त्यै भएर अब बाध खोरमा होईन बाहिर आउने दिन आउदैछ तर दाई हरेक एक भेट्ने को नियत नियाल्नु होला ।
एति लेख्दा सोच्दा त्यो कालो दिन रात आँसु रसाउछ दाई ।

बीपीको समाजवाद र मदनकाे जबजलाई गिज्याइरहेको राजनीतिराणा शासन र पञ्चायतको इतिहासमा दबाइएको वा भुल्दै गइएको महत्त्वपूर्ण स...
08/12/2025

बीपीको समाजवाद र मदनकाे जबजलाई गिज्याइरहेको राजनीति

राणा शासन र पञ्चायतको इतिहासमा दबाइएको वा भुल्दै गइएको महत्त्वपूर्ण सत्य भोजपुरको नेपालेडाँडामा विक्रम संवत् १९२४ सालको असार महिनामा जन्मिएकी महान् नारी योगमाया न्यौपानेसँग जोडिएको छ ।

उनी नेपालकी पहिलो महिला क्रान्तिकारी सन्त कवियत्री, सामाजिक सुधारक र निडर विद्रोही थिइन्, जसले राणा शासनको अन्याय र महिलामाथिको दमनविरुद्ध ऐतिहासिक विद्रोह गरेकी थिइन् । महिला अधिकार र सामाजिक न्यायका लागि उभिएकी योगमायाले तत्कालीन सत्तालाई चुनौती दिने साहसिक कदम चालेकी थिइन्, जुन नेपाली इतिहासमै दुर्लभ छ ।

उनले महिला अधिकार, छुवाछुत, धर्मको नाममा हुने पाखण्ड र राणा शासनको अत्याचारविरुद्ध खुलेर आवाज उठाउँदै आफूलाई एक साहसी, विद्रोही र परिवर्तनकारी व्यक्तित्वका रूपमा स्थापित गरेकी थिइन् । विक्रम संवत् १९९८ मा योगमायाको नेतृत्वमा ६८ जना अनुयायीहरूले सामूहिक रूपमा अरुण नदीमा हाम फालेर जलसमाधि लिए । यो घटना नेपाली इतिहासमा समानता, धर्मनिरपेक्षता र सामाजिक न्यायका पक्षमा आत्माहुति दिने पहिलो सामूहिक महिला विद्रोहको रूपमा अभिलेखित छ ।

योगमाया नेपाली समाजमा सत्य, समानता र नारी मुक्ति आन्दोलनको पहिलो दीपशिखा थिइन् । उनका शब्द, संघर्ष र बलिदान आज पनि नारी चेतना, धर्मनिरपेक्षता र सामाजिक न्यायको आवाज बनेर गुञ्जिरहेका छन् । तर, विडम्बनाको कुरा के छ भने- आज नारी अधिकारका विषयमा ठूलाठूला भाषण दिनेहरू र ‘महिला सशक्तीकरण’को कुरा गर्नेहरू पनि योगमायाको योगदानलाई सम्झन वा सम्मान गर्न कञ्जुस्याइँ गर्छन् ।
योगमाया युगपछि पनि यावत संघर्षहरू पार गर्दै उदाएका व्यक्तित्वहरू-चाहे समाजवाद स्थापनाका लागि अपार योगदान दिने महामानव बीपी कोइराला हुन् वा बहुदलीय जनवादका प्रणेता मदन भण्डारी, दुवै नेपाली राजनीतिक चेतनाका आधारस्तम्भ हुन् । म उहाँहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसरबाट वञ्चित रहेँ, उहाँहरूको विचार र दर्शनलाई अध्ययन गर्ने सौभाग्य भने पाएँ । मैले उहाँहरूको विचारलाई गहिरिएर बुझ्ने प्रयास गर्दा एउटा उल्लेखनीय समानता भेट्टाएँ- भन्ने शैली फरक भएपनि, नाम जेसुकै दिइए पनि, दुवैको चिन्तनको मूल मर्म एउटै थियो– जनकेन्द्रित शासन व्यवस्था, जनतालाई सुविधा दिने राज्य संरचना र समान पहुँच सुनिश्चित गर्ने वितरण प्रणाली ।

बीपी कोइरालाले समाजवादलाई आत्मिक, मानवकेन्द्रित बनाउँदै जनतालाई राज्यसत्ताको केन्द्रमा राख्न खोजे भने मदन भण्डारीले बहुदलीय जनवादमार्फत लोकतन्त्र र समाजवादको सन्तुलन कायम गर्दै जनमुखी शासनको खाका कोरे । यी दुई धाराहरू एउटै लक्ष्यतर्फ अग्रसर छन्- जनताको सर्वोच्चता, आत्मसम्मान र समुचित अधिकार । आजको सन्दर्भमा पनि, देशले खोजिरहेको समाधान यी दुई महान् चिन्तकका मूल विचारमा निहित छ । त्यसैले उहाँहरूको दृष्टिकोण ऐतिहासिक दस्तावेज मात्र होइन, वर्तमानको दिशानिर्देशक र भविष्यको पथप्रदर्शक हो ।
न्याय, व्यवस्थापन र उपभोगमा समानता स्थापना गर्न, सत्ताको पहुँच, स्रोतको वितरण र अवसरको बाँडफाँटमा समतामूलक सोच लागू गर्न उहाँहरूले जीवनभर संघर्ष गर्नुभयो । उहाँहरूको आन्दोलनको मूल उद्देश्य व्यक्तिकेन्द्रित शासन प्रणालीको अन्त्य गरेर जनतामै आधारित सत्ता संरचना निर्माण गर्नु थियो । तर, विडम्बनाको अनुभूति म बारम्बार गर्छु, व्यक्तिकेन्द्रित शासनविरुद्ध लडेका ती महामानवहरू आफ्नै परिवारलाई भने व्यक्ति-केन्द्रितता र परिवारवादबाट टाढा राख्ने सत्‌बुद्धि, आत्मसंयम र वैचारिक निष्ठा दिन असफल देखिन्छन् । उहाँहरूको आदर्शमा उभिएर सत्ताको शिखरमा पुगेका धेरै अनुयायीहरू नै आज त्यही परिवारकेन्द्रित सत्ताको अभ्यासमा रमाइरहेका छन् ।
यो त वैचारिक विचलन मात्र होइन, उहाँहरूको बलिदान र दर्शनप्रतिकै बेइमानी होइन र ?

त्यसैले मलाई लाग्छ, आन्दोलनहरू केवल इतिहासको गर्विलो पानामा सीमित नहुन् । ती सच्चा मूल्यहरू आजको व्यवहार, संस्कार र निर्णयमा जिउन सक्नुपर्छ, तब मात्रै ती क्रान्तिहरूको सार्थकता प्रमाणित हुनेछ ।

असमानता, नातावाद र पाखण्डविरुद्ध आफ्नै जीवनको बलिदान दिएर सत्यको ज्योति बाल्ने महान् नारी थिइन्– योगमाया न्यौपाने । राणा शासनको अन्धकारमा उनले जलसमाधिको बाटो रोजिन्, आफ्नो निम्ति मात्र होइन, सम्पूर्ण नेपाली महिलाको आवाज बन्न ।

त्यसैगरी, शताब्दीपछि पनि यो समाजले आफ्नो पीडा बोकेका अर्को सत्यको आवाज सुन्न सकेन-प्रेमप्रसाद आचार्य । अत्याचार, अन्याय र उदासीन राज्य प्रणालीसँग लड्दालड्दै अन्ततः बानेश्वरको सडकमा, प्रधानमन्त्रीको आँखाअगाडि, पेट्रोल छर्केर आत्मदाह गर्न बाध्य भए एक असल, सचेत नेपाली युवा । आज ती दुःखद बलिदानहरू समाचारका पुराना हेडलाइनमा मात्र सीमित छन् । स्व. प्रेमप्रसाद आचार्यलाई देशले न्याय दियो त ? उहाँजस्तै व्यथित, नसुनिएका हजारौँ नेपालीको पीडा कहिले बुझ्ने हामीले ? कहिलेसम्म नागरिकको बलिदानले मात्रै ‘न्याय’को परिभाषा लेखिने ? राम्रो शासन भनेको त राज्यले कानुन र व्यवस्थाबाट नागरिकलाई भरोसा दिलाउने हो, बलिदान माग्ने होइन । त्यसैले प्रश्न पेचिलो छ- नेपालीको हकहितका लागि ज्यान दिनु महान्‌ता हो कि बाध्यता ? चेतनाले अन्धकारमा बाँचेका नागरिकहरूका लागि त्यो बलिदान निभेको बत्तीमै उज्यालो खोज्नु मात्र हो कि ? जबसम्म यी बलिदानहरूको सम्मान शब्दमा मात्र सीमित रहन्छ र व्यवहारमा कुनै परिवर्तन आउँदैन, तबसम्म हामी सबै दोषी छौँ- उनको पीडासँग आँखा चिम्लिएको, असमानता देखेर पनि मौन बसेकोमा ।

राणा शासन र पञ्चायतकालमा विद्यालयहरूको स्थापना भाइ, भारदार, शासक र उच्च वर्गका सन्तानहरूका लागि मात्र गरिन्थ्यो, चाहे त्यो दरबार स्कुल होस् वा सिरहाको अंग्रेजी स्कुल । यी सबै शैक्षिक संस्थाहरू आम जनताको पहुँचभन्दा टाढा राखिएका थिए । तर, विडम्बना के छ भने, त्यही व्यवस्थाविरुद्ध पीडित भएको दाबी गर्नेहरू नै आजको शासन प्रणालीमा सत्तामा छन्, तर सोच, शैली र व्यवहारमा उही पुरानै व्यवस्थाको छाया देखिन्छ । आज विद्यालयहरू छन्, अस्पतालहरू छन्, संरचनाहरू प्रशस्त छन् । तर, वर्गीय विभाजन उस्तै छ ।

विद्यालयहरू छन्, तर शासक र उच्च वर्गका लागि विशेष सुविधा भएका विद्यालय, जबकि आमनागरिकका छोराछोरीका लागि न्यून स्रोत साधनयुक्त, स्तरहीन विद्यालय छन् । अस्पतालहरू छन्, तर शक्तिशाली र धनीहरूका लागि सुविधासम्पन्न स्वास्थ्य केन्द्र, जबकि गरिब जनताका लागि औषधि र उपकरण नै नभएका अस्पताल छन् ।

सायद, पुरानो शोषणकाल देखेका, थुनिएका र गोली खाएको सम्झना बोकेका नेताहरूको मनोविज्ञानले नै आज पनि बोल्नेहरूलाई थुन्न, प्रताडित गर्न र आवाज दबाउन प्रेरित गरिरहेको छ । जनवाद र समाजवाद आज किताबका पानामा, नाराका भित्तामा सीमित छन् । व्यवहारमा चाहिँ पुरानै मनोवृत्तिको पुनरावृत्ति मात्र देखिन्छ, जसले परिवर्तनको भाषा बोल्छ तर सत्ता र सुविधामा पुरानै शैली दोहोर्‍याउँछ ।
यसैले आजको नेपाली राजनीति समस्याको मूल जरो सत्ता होइन, सोच, चिन्तन र नियतमा रहेको छ । परिवर्तन त भएजस्तो देखिन्छ तर चेतनामा परिवर्तन अझै बाँकी छ ।

आजको समाजमा परम्परागत राजनीतिक शैलीसँगै नयाँ धारहरू पनि उदाउँदै छन् । केही व्यक्तिहरू व्यक्तिगत हैसियतमा पूर्ण नयाँ सोचका साथ देखिएका छन् भने केही नयाँ अनुहारहरू दलीय उपस्थितिमा उदाइरहेका छन् । तर, दलगत राजनीतिमा फेरि पनि व्यक्ति पूजा र फोटो पूजा गर्ने प्रवृत्तिको बढ्दो प्रभाव देखिन्छ । यस्तो चिन्तनले लोकतान्त्रिक संस्कारभन्दा बढी मूर्तिपूजक प्रवृत्तिलाई टेवा दिइरहेको छ ।

आजका नागरिकले खोजेको राजनीति भनेको समता र समानतामा आधारित समाजवादी लोकतन्त्र हो, जसको न त अहिले विकल्प छ, न त भविष्यमा यस्तो विकल्प रहने सम्भावना छ । लोकतन्त्रमा जनताको सर्वोच्चता स्वीकारिन्छ तर नागरिकको विवेक मतपेटिकासम्म पुग्दा भनाइ र गराइबीच गहिरो अन्तर देखिन्छ भने त्यसको मूल कारण शिक्षाको कमजोर गुणस्तर नै हो । शिक्षा प्रणालीलाई जानाजान दयनीय बनाएर जनताको विवेक कमजोर बनाउने र त्यसैको भरमा सत्तामा टिकिरहने रणनीति अपनाउने शासकहरूको खेल अझै अन्त्य भएको छैन ।
हामीले आजको राजनीति उपत्यकाको साँघुरो खाल्टोबाट निकालेर तराई-मधेशको समथर भूभागहुँदै पूर्वी र पश्चिमी पहाडका कन्दरासम्म गुञ्जाउनु आवश्यक छ । यसको मूल बाटो भनेको शिक्षामा आमूल परिवर्तन गर्नु, गुणस्तरीय र अनिवार्य शिक्षा राज्यको सुनिश्चित दायित्व बनाउनु हो । नागरिकको स्वास्थ्यस्तरमा ग्यारेन्टी दिने, कृषि र उत्पादनलाई प्राथमिकतामा राख्ने र कृषक तथा उत्पादक वर्गलाई पहिलो दर्जाको नागरिक मानेर उच्च सम्मान दिलाउनु नै हो । यी सबै समतामूलक लोकतान्त्रिक र सुदृढ राज्य निर्माणका अपरिहार्य आधारहरू हुन् ।

मानिस सधैँ अवसर र सम्मानको खोजीमा हुन्छ । उसको त्यो चाहना, आवश्यकता र स्वाभिमानको सम्मान हुने गरी राज्यव्यवस्थाको निर्माण गर्न सकियो भने मात्र राजनीतिक परिवर्तनको सार्थकता हुन्छ । नभए चेतनासहितको चेतनाहीन राजनीति फेरि पनि बाटो बिराउने होइन, जनताको बाटो नै बंग्याएर उनीहरूलाई दुःखको खाडलमा धकेल्ने साधन बन्नेछ । यस्तोमा सत्ताधारी र उनका परिवार मात्र फाइदामा रमाउनेछन् ।

यही दुश्चक्र तोड्न आज एउटा नयाँ, नौलो, विवेकसम्मत र जिम्मेवार राजनीतिक चेतनाको लहर खडा गर्नु अपरिहार्य भइसकेको छ ।

राणा शासन र पञ्चायती व्यवस्थाको पीडादायी अनुभूति बोकेर पनि आज फेरि त्यही शासकीय शैलीमा रमाउने राजनीति, बाघको छालामुनि लुकेको स्यालको चालभन्दा फरक हुँदैन । यस्ता प्रवृत्तिहरूले परिवर्तनको नाममा अनुहार फेरिए पनि चरित्र उस्तै रहन्छ । अब के आवश्यक छ भने, आफूलाई बदलेर, सोच र कार्यशैली रूपान्तरण गरेर, समुन्नत लोकतान्त्रिक समाजवादको स्थापनाका लागि समर्पित हुनु । यही मार्गले मात्र नेपालका वर्तमान नागरिक र भावी सन्ततिको उज्ज्वल भविष्य सुनिश्चित गर्न सक्छ ।

सारमा, नेपालको विगतका निरंकुश र व्यक्तिकेन्द्रित शासकीय व्यवस्थाबाट प्राप्त तितो अनुभूतिलाई आत्मसात् गर्दै अबको राजनीति व्यक्तिकेन्द्रित होइन, जनकेन्द्रित र मूल्यमा आधारित हुनुपर्छ । आजको आवश्यकता समावेशी, समानतामूलक र समाजवादी लोकतन्त्र हो, जहाँ शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा राखिन्छ र जनताको सम्मान, अवसर र अधिकारको ग्यारेन्टी राज्यले गर्छ । यदि राजनीतिक नेतृत्वले आफैँ सुध्रिएर परिवर्तनको नेतृत्व गर्न सकेन भने, परिवर्तनको नारा मात्रै दोहोर्‍याएर सत्ताको दुरुपयोग गर्ने 'स्यालनीति' फेरि दोहोरिनेछ ।

07/12/2025

लु हेरौ त दुई जिब्रेहरुको कर्तुत, अनि एउटा कलाकार लाई फसाउन गरेको प्रपन्च ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समुहको शाखा अधिकृत पदमा सिफारिस भएकोमा हार्दिक बधाई तथा शुभकामना बाबुराम  भाई ।।।
07/12/2025

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समुहको शाखा अधिकृत पदमा सिफारिस भएकोमा हार्दिक बधाई तथा शुभकामना बाबुराम भाई ।।।

जननी जन्म भुमिश्च स्वर्ग दपि गरियसी । मैले देखेको सपना बिदेशिएर होईन स्वदेशिएर देश बनाएरै छोड्ने हो नमरुन्जेल अथक प्रयास...
07/12/2025

जननी जन्म भुमिश्च स्वर्ग दपि गरियसी ।

मैले देखेको सपना बिदेशिएर होईन स्वदेशिएर देश बनाएरै छोड्ने हो नमरुन्जेल अथक प्रयास गरेर देश बनाउने हो ।
अब मैले बिस्वास गरेकाले देश नबनाएका कारण मैले नै बनाउने निर्णय गरेर राजनिती मा आउन बाध्य भएको एक पात्र हु म । अब बनाउन सकिएन भन्ने छुट, न मलाई छ न त मेरो सहकर्मी पुस्तालाई। सिक्दैछु होईन बनाउछु भन्ने ले मात्र राजनिती गर्नै पर्ने भयो त्यै भएर मेरो उम्मेद्वारी हुने हो ।

पक्कै पनि म चिया दोकानमा हुन्न होला, पक्कै पनि म २४ औ घण्टा तपाईको आँखा अगाडि बरालिएर हिड्दिन होला तर पक्कै पनि त्यो माटोमा तपाईका सन्तान बस्न लायक र तपाईलाई छोडेर जान नपर्ने लायक बनाउने बिश्वासको साथ आएको छु ।

मेरो उम्मेद्वारी म जन्मेर हुर्केको, तृयुगा नदि को बालुवामा कुवा बनाउदै मुखले फुक्दै पानी खाएर हुर्केको क्षेत्रको विकास, समृद्दी र सु-सस्कृत राजनितिको चेतना उजागर गर्नको लागि मेरो जिवनको राजनैतिक सेवा अध्याय को सुरुवात उदयपुर क्षेत्र नम्बर १ बाट गर्ने उद्घोष गर्दछु ।

म नेता बन्न होईन नेताले गर्नुपर्ने काम, कर्तव्य र जवाफदेहिताको उदाहरण बन्न सेवा गर्न उभिन खोज्दैछु ।

मैले तृयुगा नदिको धनजन, बस्तुभाउ को सङ्हार देखेको छु, मैले बार बार त्याहाको कृषकहरुले ज्यान जोखिम राखेर खेतिपाती गरेको अनुभुत गरेकोछु, मैले स्कुले बालबालिका नाङ्गा खुट्टा मा स्कुल पुगेर अध्ययन गर्नुपरेको बाध्यता देखेको छु, मैले हरेक क्षेत्रलाई राजनैतिकिकरण गरेर मानिसलाई मनोबैज्ञानिक रुपमा दास बनाएको अनुभूति गरेको छु त्यसलै म हरेक दासता बाट सबैलाई मुक्त गर्न चहन्छु त्यो मुक्ती मेरो कर्म र ब्यबहारले झल्काउनेछ । यो आधुनिकतामा बिकास अनि गाउको महत्व झल्काउनेछ, त्यै भएर मैले आम युवाको उदाहरण बनेर एक पटक देशको सेवा गर्नु छ। राज्यको काम के रहेछ बुझाउनुछ ।

राष्टृय स्वतन्त्र पार्टि ले मलाई विश्वास गरेर उम्मेद्वार बनाएको अबस्थामा मैले मेरा बिदेसिएका बाल्यकालका साथिहरुलाई गाउँ फर्क अभियानको साथ उत्पादन र रोजगारमा जोड्न, त्याहाका सरकारी बिधालयहरुको स्तरोन्नति गर्ने भुमिका, त्यस क्षेत्रबाट पर्यटन बिकासको योजना सहित को भुमिकामा मेरो कामहरु हुनेछन् । मेरा हरेक योजना र कामहरुले त्यस क्षेत्रका नागरिकको आर्थिक उन्नती र बौद्दिकताको उन्नतिमा हरपल हरदम निरन्तर सहयोग गर्नेछन् ।

मैले राजनितिमी बृद्द आमा बा सङ्ग छोराछोरी र नातिनातिना सङ्गै रहन सक्ने अबस्थाको अभिबृद्दीका साथ रोजगार अनि स्वरोजगार लाई विशेष प्रबर्दन अनि आम सर्वसाधारण नेपाली का छोराछोरी ले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्न राज्यको दायित्व लाई प्रभावकारी बनाउने कार्यमा मेरो विशेष योगदान रहनेछ ।

मैले देखेका चीन, भारत, थाईल्याण्ड, हङकङ, अमेरिका लगायतको बिकास अनि त्यहाको आर्थिक उन्नतिका माध्यमहराई नजिक बाट नियालिरहदा उदयपुर लाई एक शसक्त विश्व परिचित जिल्ला बनाउन सक्ने सम्भावना रहेको बिश्वासको साथ म अगाडि आउनेछु । बाकी आम नेपाली नागरिक तथा स्वबिबेकी रास्वपाका सदस्य साथिहरु साथै आम नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलमा आस्थावान साथिहरुले हृदयमा आफ्नो हात राखेर सन्तानलाई सम्झदै एक योग्य, सचेत, असल र जवाफदेही उम्मेद्वारको छनोट गर्नु नै हुनेछ भन्ने बिश्वास गर्दछु ।
बाकी योजना कुराकानी छलफल कहि समयमा भुगोलमै गर्नेनै छु ।
धन्यवाद । जय जन्मभुमी जय मतृभुमी ।।
फोटो: ह्वाईटहाउस, अमेरिका ।

Congratulations
07/12/2025

Congratulations

हाम्रो परम्परा अनुसार संस्कृति बचाउने उदेश्यले विना तामझाम सामान्य तरिकाबाट विवाह सम्पन्न भएको छ ।
यो अवसरमा प्रत्येक्ष अप्रत्यक्ष शुभकामना बधाई दिनु हुने अग्रज शुभचिन्तक सबै सबै विशेष धन्यवाद 😍😍

जननी जन्म भुमिश्च स्वर्ग दपि गरियसी । मैले देखेको सपना बिदेशिएर होईन स्वदेशिएर देश बनाएरै छोड्ने हो नमरुन्जेल अथक प्रयास...
07/12/2025

जननी जन्म भुमिश्च स्वर्ग दपि गरियसी ।
मैले देखेको सपना बिदेशिएर होईन स्वदेशिएर देश बनाएरै छोड्ने हो नमरुन्जेल अथक प्रयास गरेर देश बनाउने हो । अब मैले बिस्वास गरेकाले देश नबनाएका कारण मैले नै बनाउने निर्णय गरेर राजनिती मा आउन बाध्य भएको एक पात्र हु म । अब बनाउन सकिएन भन्ने छुट, न मलाई छ न त मेरो सहकर्मी पुस्तालाई। सिक्दैछु होईन बनाउछु भन्ने ले मात्र राजनिती गर्नै पर्ने भयो त्यै भएर मेरो उम्मेद्वारी हुने हो ।

पक्कै पनि म चिया दोकानमा हुन्न होला, पक्कै पनि म २४ औ घण्टा तपाईको आँखा अगाडि बरालिएर हिड्दिन होला तर पक्कै पनि त्यो माटोमा तपाईका सन्तान बस्न लायक र तपाईलाई छोडेर जान नपर्ने लायक बनाउने बिश्वासको साथ आएको छु ।

मेरो उम्मेद्वारी म जन्मेर हुर्केको, तृयुगा नदि को बालुवामा कुवा बनाउदै मुखले फुक्दै पानी खाएर हुर्केको क्षेत्रको विकास, समृद्दी र सु-सस्कृत राजनितिको चेतना उजागर गर्नको लागि मेरो जिवनको राजनैतिक सेवा अध्याय को सुरुवात उदयपुर क्षेत्र नम्बर १ बाट गर्ने उद्घोष गर्दछु ।

म नेता बन्न होईन नेताले गर्नुपर्ने काम, कर्तव्य र जवाफदेहिताको उदाहरण बन्न सेवा गर्न उभिन खोज्दैछु ।

मैले तृयुगा नदिको धनजन, बस्तुभाउ को सङ्हार देखेको छु, मैले बार बार त्याहाको कृषकहरुले ज्यान जोखिम राखेर खेतिपाती गरेको अनुभुत गरेकोछु, मैले स्कुले बालबालिका नाङ्गा खुट्टा मा स्कुल पुगेर अध्ययन गर्नुपरेको बाध्यता देखेको छु, मैले हरेक क्षेत्रलाई राजनैतिकिकरण गरेर मानिसलाई मनोबैज्ञानिक रुपमा दास बनाएको अनुभूति गरेको छु त्यसलै म हरेक दासता बाट सबैलाई मुक्त गर्न चहन्छु त्यो मुक्ती मेरो कर्म र ब्यबहारले झल्काउनेछ । यो आधुनिकतामा बिकास अनि गाउको महत्व झल्काउनेछ, त्यै भएर मैले आम युवाको उदाहरण बनेर एक पटक देशको सेवा गर्नु छ। राज्यको काम के रहेछ बुझाउनुछ ।

राष्टृय स्वतन्त्र पार्टि ले मलाई विश्वास गरेर उम्मेद्वार बनाएको अबस्थामा मैले मेरा बिदेसिएका बाल्यकालका साथिहरुलाई गाउँ फर्क अभियानको साथ उत्पादन र रोजगारमा जोड्न, त्याहाका सरकारी बिधालयहरुको स्तरोन्नति गर्ने भुमिका, त्यस क्षेत्रबाट पर्यटन बिकासको योजना सहित को भुमिकामा मेरो कामहरु हुनेछन् । मेरा हरेक योजना र कामहरुले त्यस क्षेत्रका नागरिकको आर्थिक उन्नती र बौद्दिकताको उन्नतिमा हरपल हरदम निरन्तर सहयोग गर्नेछन् ।

मैले राजनितिमी बृद्द आमा बा सङ्ग छोराछोरी र नातिनातिना सङ्गै रहन सक्ने अबस्थाको अभिबृद्दीका साथ रोजगार अनि स्वरोजगार लाई विशेष प्रबर्दन अनि आम सर्वसाधारण नेपाली का छोराछोरी ले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्न राज्यको दायित्व लाई प्रभावकारी बनाउने कार्यमा मेरो विशेष योगदान रहनेछ ।

मैले देखेका चीन, भारत, थाईल्याण्ड, हङकङ, अमेरिका लगायतको बिकास अनि त्यहाको आर्थिक उन्नतिका माध्यमहराई नजिक बाट नियालिरहदा उदयपुर लाई एक शसक्त विश्व परिचित जिल्ला बनाउन सक्ने सम्भावना रहेको बिश्वासको साथ म अगाडि आउनेछु । बाकी आम नेपाली नागरिक तथा स्वबिबेकी रास्वपाका सदस्य साथिहरु साथै आम नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलमा आस्थावान साथिहरुले हृदयमा आफ्नो हात राखेर सन्तानलाई सम्झदै एक योग्य, सचेत, असल र जवाफदेही उम्मेद्वारको छनोट गर्नु नै हुनेछ भन्ने बिश्वास गर्दछु ।
बाकी योजना कुराकानी छलफल कहि समयमा भुगोलमै गर्नेनै छु ।
धन्यवाद । जय जन्मभुमी जय मतृभुमी ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mr. Parash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram