Mr. Parash Mani Gelal, Udayapur 1

Mr. Parash Mani Gelal, Udayapur 1 Stop judging a person's potential by looking at his face and the area he lives in. Only a young man with a good idea can be a true leader.
(2)

I will remain committed to a welfare state and scientific social communism. नया नौलो जानकारी,मनोरन्जनात्मक सामग्री साथमा ताजा खबरहरुको लागी हामि संगै रहनुहोला l

उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भए पश्चात् उदयपुर सिमेन्ट उद्द्योग लि. को भ्रमण गरि त्यहाको वास्तविक अबस्थ...
15/03/2026

उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भए पश्चात् उदयपुर सिमेन्ट उद्द्योग लि. को भ्रमण गरि त्यहाको वास्तविक अबस्था को बारेमा बुझ्ने काम भएको छ साथै हालको बास्तविकता र भविष्य को योजना, नियमित सुचारु गर्न लाग्ने प्रारम्भिक प्रोजेक्सनको सबै कागजातहरु जतिसक्दो चाडो उपलब्ध गराउन अनुरोध गरिएकोछ ।

15/03/2026

गिदेरी खोलाको पुल अबस्था बुझेको छु अब पाईला चल्नु पर्छ । म यस अभियानमा छु ।

सडक सुरक्षा प्रती गम्भिर ध्यानाकर्षण एबम मृतक प्रती हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्द्छु! अब हरेक ग्रामिण सडक हुन वा मुल ...
15/03/2026

सडक सुरक्षा प्रती गम्भिर ध्यानाकर्षण एबम मृतक प्रती हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्द्छु!
अब हरेक ग्रामिण सडक हुन वा मुल सडक सबै सुरक्षीत हुनै पर्दछ! कुनैपनी निर्माणाधिन सडक अब अलपत्र गर्न पाईने छैन!

उदयपुरको बेलका नगरपालिका-स्थित भागलपुरमा आइतबार ट्र्याक्टर दुर्घटनामा परी चालक शोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको छ।

स्थानीय अनिल गुप्ताको ट्र्याक्टर लिएर राजेश यादवको खेत जोत्न गएका चन्द्रवंशी कोशीको बगरबाट किनाराको डिल चढ्ने क्रममा ट्र्याक्टर पल्टिँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनापछि खेत धनी खेत हेर्न जाँदा ट्र्याक्टर पल्टिएको अवस्थामा भेटिएपछि घटनाबारे जानकारी भएको स्थानीयले बताएका छन्। प्रहरी बाट घटनाबारे थप अनुसन्धान भैरहेको छ!

सभार: बेलका पोस्ट

14/03/2026

चैत्र महिना लाग्दै छ!
हावाहुरी एबम आगजनीको कारण देशैभरी जनधनको क्षती हुने गरेको छ, बिशेष गरेर वन-जंगलका नजिक बस्तीहरु उच्च जोखिममा रहने हुन्छन, साथै खरका छानो भएका घरहरु पनी जोखिमयुक्त नै हुने कारणले यस बर्ष साथै आउने दिनहरुमा आगजनी न्युन गर्न सबैले स्थानिय रुपमा सहयोगी भूमिका निर्वाह गर्नुहुन अनुरोध छ ।
समाजमा कहिं कतै यस्ता घट्ना भै हालेमा उद्दारमा सबैजना स्वयं सेवक भै कार्य गर्नुहोला, वन-जंगललाई जथाभावी डढेलोबाट जोगाउँ, स्थानिय पालिकले आकस्मिक सेवाका लागी दमकल चुस्त दुरुस्त अवस्थामा राखौं ।

13/03/2026

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पूजनीय पिताश्री मोहनप्रसाद ओलीज्यूको निधनले दुःखी तुल्याएको छ ।
यस दुःखद घडीमा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।

अब त अत्ति भो!कडा भन्दा कडा कानुन बनाउन आवश्यक रहेछ ।न्याय न्याय न्याय ।।।
12/03/2026

अब त अत्ति भो!
कडा भन्दा कडा कानुन बनाउन आवश्यक रहेछ ।
न्याय न्याय न्याय ।।।

12/03/2026

उदयपुरमा भारी वर्षा भएको खबर आएको छ । हजुरहरु सबैले साबधानी अपनाउन हुन अनुरोध गर्दछु ।

आदरणीय उदयपुर क्षेत्र नम्बर १ निवासि आमाबुबा, दाजुभाई, दिदिबहिनी, जेन्जी भाईबहिनी एवं मतदाता ज्युहरुमा म उदयपुर निर्वाचन...
10/03/2026

आदरणीय उदयपुर क्षेत्र नम्बर १ निवासि आमाबुबा, दाजुभाई, दिदिबहिनी, जेन्जी भाईबहिनी एवं मतदाता ज्युहरुमा म उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पारश मणि गेलाल हार्दिक नमन गर्दछु । पारदशिता, जवाफदेहीता र सुशासन सहितको ब्यबस्था लाई स्विकार गर्दै आज मैले निर्वाचन कार्यालयमा उपस्थित भएर निर्वाचन खर्च विवरण बुझाएको जानकारि गराउन चाहन्छु । यहाँहरुले देखाउनु भएको माया, बिश्वास, भरोसा र मत लगानी को उच्च सम्मान गर्दछु।

10/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय समिति पदाधिकारी एवं सदस्यज्यूहरू, नगर समिति पदाधिकारी एवं सदस्यज्यूहरू, वडा समिति पदाधिकारी एवं सदस्य ज्यूहरू हजुरहरूले गर्नु भएको अथक मेहनत र प्रयासले हामीले नागरिकहरूको माया, विश्वास, भरोसा पाएर निर्वाचित हुन सफल भएका छौं । सबै-सबै मा हार्दिक धन्यवाद ।।

समितिका साथिहरु, हामीले सार्वजनिक स्थानहरुमा हाम्रो पार्टीका झण्डाहरु र प्रचारप्रसार सामग्रीहरु टासिएका वा राखिएका भए सबै निकालिदिनुहुन हार्दिकताको साथ अनुरोध गर्दछु ।

पारश मणि गेलाल
प्रतिनिधि सभा सदस्य, उदयपुर क्षेत्र नम्बर १ ।

10/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलाललाई अमूल्य मत लगानी गरी निर्वाचित गराउनुहुने उदयपुर क्षेत्र नं १ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद !
रवि लामिछाने
सभापति

Address

Beltar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mr. Parash Mani Gelal, Udayapur 1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram