22/11/2025
श्रुति द्वारा एबिलिस फाउण्डेशनको आर्थिक सहयोगमा “सुस्त श्रवण युवाहरूको रोजगार तथा स्वरोजगारका लागि क्षमता अभिवृद्धि परियोजना” सम्बन्धी प्रतिवेदन तथा पैरवी कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रममा सुस्त श्रवण युवाहरूको उत्साहजनक उपस्थिति सहित अपाङ्गता क्षेत्रका संघ–संस्थाको सक्रिय सहभागीता रहेको थियो। यस कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोष, काठमाडौँ महानगरपालिका, काठमाडौँ वडा नं. ४, एबिलिस फाउण्डेशन, तथा परियोजनाका पूर्व संयोजकहरूको महत्वपूर्ण प्रस्तुति रहेको थियो। सुस्त श्रवण युवाहरूले आफ्ना सफलताका कथाहरू, भोगेका चुनौतीहरू, र आगामी अपेक्षाहरू प्रस्तुति गरेर यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु भएको थियो। त्यस्तै गरी धनगढी, बुटवल र पोखराका सुस्त श्रवण संघका अध्यक्षहरूले भिडियोमार्फत प्रेरणादायी सन्देश पठाइ यात्रालाई थप प्रेरित बनाउनु भएको थियो। यस कार्यक्रममा स्थानीय तह, काठमाडौँ महानगरपालिका तथा सरोकारवाला सरकारी निकायहरूले सुस्त श्रवण युवाहरूको अधिकार, क्षमता अभिवृद्धि र रोजगारीमा घनिष्ठ सहकार्य र सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। यस कार्यक्रमलाई प्रभावकारी रूपमा सहजीकरण गर्दै श्रुतिका संस्थापक उपाध्यक्ष श्री महेश्वर घिमिरेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
SHRUTI concluded the program on “Capacity Building Project for Employment and empowerment of Hard of Hearing Youth” successfully with the financial support of Abilis Foundation. The program observed the enthusiastic presence of hard of hearing youth and active participation of organizations in the disability sector. The program featured important presentations by the Youth and Small Business Self-Employment Fund, Kathmandu Metropolitan City, Kathmandu Ward No. 4, Abilis Foundation, and former Found project The hard of hearing youth made the program more effective by presenting their success stories, faces challenges, and future expectations. Similarly, the presidents of the hard of hearing associations of Dhangadhi, Butwal, and Pokhara sent inspiring messages through videos to further motivate the journey. In this program, the local level, Kathmandu Metropolitan City, and concerned government agencies expressed their commitment to close cooperation and support in the rights, capacity building, and employment of hard of hearing youth. SHRUTIs founding vice-president, Mr. Maheshwor Ghimire, played a significant role in facilitating this program effectively. Abilis Birendra Raj Pokharel काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office Neeta Bhattarai Dinesh Chaudhary Kopila Humagain