Wellness Hospital • We Care

Wellness Hospital • We Care The Wellness is a complete platform for alternative medicine.It values a holistic approach, where peo

The Wellness is a complete platform for alternative medicine.It values a holistic approach, where people learn how to integrate body,mind and spirit to improve their total health and well-being.The hospital follows treatment methods that are harmless and non-invasive, and adopts lifestyle and natural therapies. Wellness Hospital is fully dedicated to treating specific health conditions as well as preventing diseases and promoting health of the people. Our holistic approach to cure diseases focused on the treatment of the whole person instead of symptoms of diseases. Treating patients with human touch in homely and natural environment are strong components of our services.

जाडोभरी खानुस तिलको लड्डूडा. हेमराज कोइराला
16/01/2022

जाडोभरी खानुस तिलको लड्डू
डा. हेमराज कोइराला

जाडोभरी खानुस तिलको लड्डू
डा. हेमराज कोइराला
मकर संक्रान्तिमा तिलको लड्डु, तरूल, ध्यू, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदी खाने चलन छ। त्यसमा पनि तिलको लड्डु त मकर संक्रान्तिको पहिचान नै हो। मकर संक्रान्तिमा तिलको लड्डु खाने चलन लगभग सबै संस्कृति र जाती जनजाती हरूका बिचमा विद्यमान छ । संक्रान्तिका दिनमा मात्र तिलको लड्डु खाएर अक्सर हामी यो पर्वलाई बिदाई गर्दछौ तर योग, प्राकृतिक चिकित्सा एवं आयुर्वेद जस्ता पूर्विय आयुर्विज्ञानले मकर संक्रान्तिमा मात्र नभएर जाडो भरी नै तिलको लड्डु खानकोलागि निर्दिष्ट गरेको छ र पर्वकै रूपमा मनाएर तिलको लड्डुखाने प्रचलन हाम्रो संस्कृतिमा समावेश गरिदिएको छ। यसरी जाडो मौषममा तिलको लड्डू खानुको निम्नलिखित फाईदाहरू छन्।

१. पेटको लागि गुणकारीः तिलको लड्डूको सेवन पेटको लागि गुणकारी खानेकुरा हो। यसको सेवनले पाचन क्षमतालाई सशक्त पार्दछ भने अपच, अजिर्ण, ग्यास बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरि पेटलाई सफा राख्न मद्यत गर्दछ।
२.चिसोको प्रभाव कम गर्नेः चिसोको मौषममा तिलको लड्डू खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरि न्यानो बनाई राख्दछ। तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउने गर्दछ। चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाईदा पु¥याउदछ।

३. महिनाबारी ठीक पार्न सहयाेगीः तिलको लड्डूको सेवनले महिलाहरूको महिनाबारी ठीक समयमा नहुने, महिनाबारी हुँदा अत्याधिक रगत बग्ने, तत्लो पेट दुख्ने जस्ता मासिक धर्म सम्बन्धि गडबडीलाई पनि ठीक पार्न मद्यत गर्दछ।

४.रक्त अल्पतालाइ निकाे पार्नेः तिलमा उच्च मात्रामा फलाम र रगत बनाउने भिटामिनहरू पाईने हुदाँ रक्त अल्पताका समस्या झेलि रहेकाहरूलाई पनि तिलकोे सेवनले विशेष फाईदा पु¥याउछ।
५. उच्च पाेषकः तिल, सक्खर, चाकु, कुराउनी र सुख्खा फलफूलहरूको प्रयोग गरेर बनाईने हुनाले तिलको लड्डू असाध्यै पौष्टिक हुन्छ। १०० ग्राम तिलमा २३.४ ग्राम कार्बोहाईड्रेटस, ४९.७ ग्राम तेल र १७.७ ग्राम प्रोटिन पाईन्छ। यी तिनै पोषक तत्वबाट शरीरले लगभन ५७३ किलोक्यालेरी पोषण पाउदछ। यसैगरि तिलमा उच्च मात्रामा विद्यमान खनिज र भिटामिनहरूले पनि शरीरलाई भरपुर पोषण प्रदान गर्दछ।
६.छाला, नङ र केशको लागि लाभदायकः तिलमा उच्च मात्रामा खनिज, भिटामिन एवं एण्टि अक्सीडेण्ट पाइने हुँदा यसको सेवनले छाला, नङ र केशको लागि अत्यन्त लाभ पु¥याउदछ।
७.हाड जोर्नीको लागि राम्राेः हाड जोर्नीको सामस्याको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक मानिएको छ किनकि तिलमा प्रशस्त मात्रामा हड्डी बन्न आवश्यक तत्वहरू मौजुद रहेको छ। राती दुध संङ्ग तिलको लड्डू खाने गर्नाले आस्टियो पिनिया,आस्टियो पोरोसिस एवं आस्टियो मलेसिया जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।
८. रूघा मर्की दम खाेकीकाे रागी राम्राेः दमका बिरामीहरूको लागि पनि तिलको लड्डूको सेवन अत्यन्त लाभदायक छ। जाडो बढे सगै वायूमण्डलमा आद्रता बढ्ने र चिसोको कारणले श्वास नलीहरू सागुरिने हुँदा श्वास प्रश्वासमा समस्या बढ्न सक्छ। खोकी लाग्ने, कफ आउने जस्ता समस्याबाट मुक्ति पाउन पनि दैनीक एक वा दुईवटा लड्डू खाईरहनु पर्ने हुन्छ।
९. नातागतलाइ भगाउछः नातागत झेलिरहेकाहरूको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक छ। तिल, गुड र कुराउनी मिलाएर बनाईएको तिलको लड्डू उच्च पौटिकता र क्यालोरीले यूक्त भएकाले नातागतका बिरामीले खानै पर्ने खानेकुरा हो ।
१०.मुटुका लागि राम्राेः
तिलमा मुटुको लागि आवश्यक पौष्टिक तत्वहरू जस्तौ पोलिअनस्याचूरेटेड फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्टहरू, भिटामीनहरू र फाईबर खादि प्रचूर मात्रामा पाईने हुँदा यसको नियमित सेवनले प्लाक निर्माण रोकी मुटुलाई बलियो बनाउदछ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर–१ चितवनका निर्देशक हुन।

आकार र आकृतिमा एक समान देखिने यी दुई बस्तु मध्ये कुन ज्यादा खतरनाक होलान?डा. हेमराज कोइराला
15/12/2021

आकार र आकृतिमा एक समान देखिने यी दुई बस्तु मध्ये कुन ज्यादा खतरनाक होलान?
डा. हेमराज कोइराला

आकार र आकृतिमा एक समान देखिने यी दुई बस्तु मध्ये कुन ज्यादा खतरनाक होलान?
डा. हेमराज कोइराला

आकर्षक र सुन्दर देखिने चाह हरकसैमा हुने गर्दछ। यसरि राम्रो देखिनको लागि मानिसले अनेकौ प्रकारका सौन्दर्य प्रसाधनका सामाग्रीहरू प्रयोग गर्नेगरेको पाईन्छ। यीनै सौन्दर्य सामाग्रीहरू मध्ये संसारमा सबैभन्दा धेरै उपयोग गरिने एउटा सौन्दर्य सामाग्री हो लाली अर्थत लिपिस्टिक। आफ्नो ओठलाई विभिन्न किसिमको आकर्षक रंङ्गरूप दिन विश्वका अधिकांश महिलाहरूले यो सौन्दर्य सामाग्रीको उपयोग गर्नेग्रेको पाईएकोे छ।
लिपिस्टिकको प्रयोग ओठलाई सुन्दर र आकर्षक देखाउनका लागि गर्ने गरिन्छ। यसरि लगाउने वित्तिकै ओठलाई सुन्दर र आकर्षक देखाईदिने लिपिस्टिक अनेकै रंगहरूमा उपलब्ध छन् । लिपस्टिकमा प्रयोग हुने यी रंङ्गहरू यथार्थमा प्राकृतिक रङ्ग नभएर कृतिम र रासायनिक रङ्गहरू हुन्। यसर्थ लिपस्टिक प्रयोग गर्दा हामीले ओठमा मनले चाहेको रंङ्गले ओठलाई रङ्ग्याउनुको साथसाथै स्वास्थ्यलाई प्रतिकुल असर पार्ने किसिमको केमिकलको लेप पनि लगाईरहेका हुन्छौ। यसरि निरन्तर रूपमा केमिकलले ओठ पोति रहदा यसले स्वासथ्यमा अनेकौ प्रतिकुल असर पार्ने गरेका छन्। यसर्थ आउनुस हामी पनि जानौ लिपस्टिकले सवास्थ्यमा पार्ने प्रतिकुल असरहरूलाई।
के हो लिपस्टिक?
ओठको सौन्दर्यका लागि प्रयोग गरिने दण्डाकार सौन्दर्य सामाग्रीलाई लिपस्टिक गरिएको हो तर अब ओठको सौन्दर्यका लागि लगाईने सबै किसिमका जेल,जेली, पेष्ट वा तरल आदिलाई पनि लिपस्टिक नै भन्ने भरिन्छ।
लिपस्टिक रसायनिक संरचनाः लिपस्टिक बनाउनको लागि मुख्यतहः मैन, तेल, एण्टिअक्सिडेण्ट, रङ्ग रसायन र ओठलाई आद्र बनाउने रसायनहरू हालिएको हुन्छ।
१. मैनः मैनको प्रयोग लिपस्टिकलाई आकार र आकृति प्रदान गर्न गर्ने गरिन्छ। मौरीको मैन, क्यान्डेलिलाको मैन, पेट्रोलियम मैन र केही सेन्थेटिक मैनहरूको प्रयोग लिपस्टिकमा गर्ने गरिएको छ।
२. तेलः लिपस्टिकलाई स्नेहक (लुब्रिकेटिङ्ग) बनाउनको लागि विभिन्न किसिमका तेलहरू जस्तै, जैतुनको तेल, खनिज तेल, कोका बटर, चिउरीको तेल, र पेट्रोलियम आदि प्रयोग गर्ने गरिन्छ।
३. रङ्ग रसायनः लिपस्टिकमा धेरै प्रकारका रंङ्ग रसायनहरूको प्रयोग गरियको हुन्छ।ती रङ्ग रसायनहरूमा मुख्यतः सिसा, एल्युमिनियम, क्याडमियम, क्रोमियम र म्याग्नेसियमको, म्याङ्गनीज, पेट्रोलियम प्रोडक्ट,अलाकत्रा, ईष्टर थ्यालेटस, अक्सिबेञ्जन, मिथाईल–प्याराबिन, पोलि–प्याराबिन, डाई, रेनिटाईल पाल्मिटेट, डी एण्ड सी रेड ७, २१, २२, ३४ हेमाटिन, हेमाट्याक्सोलिन, ब्रोमो एसिड,टाईटेनीयम अक्साईड, डी एण्ड सी अरेन्ज १७, क्यालसियम लेक, सिलिका जस्ता सामाग्रीहरू हालिएका हुन्छन।

लिपस्टिकको स्वासथ्यमा असरः
१. एलर्जीः
लिपस्टिकको प्रयोगले एलर्जी पनि हुन सक्छ। एक अनुसन्धानका अनुसार यसमा प्रयोग गरिने कृत्रिम रङ्गहरू मुख मार्ग हुँदै शरीरभित्र पुग्दा एलर्जी र डर्मेटाइटिस हुने सम्भावना रहन्छ।
२. आँखा पोल्ने समस्याः लिपस्टिकमा हालियका अधिकांश केमिकलहरू आँखाको स्वास्थ्यको लागि पनि हानिकारक मानियका छन। यी केमिकलहरू उडेर वा हातले छोएर आँखाको सम्पर्कमा आउदा आँखाको जलन गराउन सक्छ ।

३.पेटको समस्या ःलिपस्टिकमा सिसा लगाएतका भारी धातु हालीएको हुन्छ। यी भारी धातुहरू पेट आन्द्रा, कलेजो, मृगौला, प्यान्क्रियाज जस्ता कोमल अङ्गहरूको लागि अत्यन्त हानीकारक छन्। ओठमा लिपस्टिक लगाउनाले मुखको माध्यमबाट पेटमा सिसा लगाएतका भारीधातुहरू पुग्न सक्छ, जसले पेट, आन्द्रा, मिर्गौला र कलेजोको समस्या निम्त्याउन सक्छ।
४. स्नायूको समस्याः
लिपस्टिक लगाउनाले स्नायू एवं मस्तिष्कसँग सम्बन्धित समस्या पनि आउन सक्दछ। अनुसन्धानले लिपस्टिक बनाउन प्रयोग हुने सिसालाई न्युरो टक्सिक अर्थात् मस्तिष्कमा क्षति पु¥याउन सक्ने रसायनको रूपमा बताएको छ । सीसाको कारणले स्मरणशक्तिमा कमी आउने नशानाडीहरू सुन्नीने र सुन्ने पनि हुन्छ। यसैगरि मस्तिष्कमा पुग्ने सिसाको उच्च स्तरले स्नायूहरूको संवेग प्रसारणमा हस्तक्षेप गर्ने, शरीरमा क्याल्सियमको आपूर्तिमा हस्तक्षेप गर्ने आदि गर्दछ। यसै गरि लिपस्टिकमा हालिएको क्याडमियम पनि मस्तिष्कको लागि धेरै हानिकारक रसायन हो ।

५. गर्भावस्थाको लागि हानिकारक
लिपस्टिक बनाउन प्रयोग गरिने सिसा, ईष्टर थेलेट्स र अन्य भारी धातुहरू गर्भावस्थाको लागि खतरनाक भएको कुरा विभिन्न अनुशंधानले दर्शायका छन्। यसले गर्भवती महिला र उनको पेटमा भएको भ्रूणलाई हानि पु¥याउन सक्छ र गर्भपतन पनि हुन सक्छ।
६. बाँझोपन
लिपस्टिकमा पाइने विभिन्न केमिकलका कारण पनि बाँझोपनको समस्या आउन सक्ने विश्वास गरिएको छ । महिलाहरूले दिनभरि धेरै पटक ओठमा लिपस्टिक लगाउँदाँ लिपस्टिकमा पाइने रसायनहरू मुख हुँदै पेटमा पुग्दछन्।
७. हार्मोनल असंतुलनः
लिपस्टिकमा पाइने विभिन्न रसायनहरूलाई हर्मोनल असंतुलनको मुख्य जिम्मेदार ठह¥याईएको छ। यी तत्वहरू जस्तै सिसा, थ्यालेट्स आदिलाई ईण्डोक्राईन डिस्रप्टीङ्ग फ्याक्टरको रूपमा चित्रण गरेएको छ।
८. क्यानसरः लिपस्टिकमा प्रयोग गरिएका विभिन्न तत्वहरूले क्यानसर गराउनपनि सक्दछ।

कब्जियतलाई सधैकालागि जीत्ने तरिकाडा. हेमराज कोइराला
18/07/2021

कब्जियतलाई सधैकालागि जीत्ने तरिका
डा. हेमराज कोइराला

कब्जियतलाई सधैकालागि जीत्ने तरिका
डा. हेमराज कोइराला
मल निस्कासनको स्वभावीक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकि बल प्रयोगगर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट सम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ ।
विशेष रोगावस्था जस्तै आन्द्राकाघाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसनरोग जस्ता समस्या बाहेक अधिकांश कब्जियत को मूख्य कारण अप्राकृतिक जीवन शैली हो । भोजन ब्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलीत जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोक भन्दा ज्यादा खाने गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफूड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्रायस खाईरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ । व्यस्ततम् र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु, श्रम पछि विश्राम नगर्नेहरु भय, चिन्ता, शोक र उदासिनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । ब्यायाम र श्रम बाट भाग्नेहरु लाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ ।
लक्षणहरुः
मलत्यागको प्राकृतिक आवृतिमा विलंब हुनु, मलत्याग गर्न बल लगाउनु पर्ने अवस्था आउनु, दिशा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारीहुनु वा दुख्नु, भोक नलाग्नु मुखविग्रिनु, रिङ्गटालाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु ।
जोखिम
कब्जीयत सामान्य, अहत्वपूर्ण तथा बहुु प्रचलीत रोग भएतापनि यो रोग कयौ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जीयतलाई भवावही रोगहरुको जननी मानीएको छ । कब्जीयत हु“दा लामो समय सम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी अनकौ लामो समय सम्म आन्द्रामा मल रहीरहदा आन्द्रा भित्रै विषक्त पदार्थहरु बन्न पुुग्छ । यी विषात पदार्थहरु आन्द्राबाटै अवसोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गइ महत्वूूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् । पूर्वीय स्वास्थ्य विज्ञानहरुको मत अनुुसार कब्जीयतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि«क, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाईटिस, अपच, गुुदद्धार खस्नुु, डकार आउनुु, चाया, पोतो, डण्डीफोर, आउनु, जोर्नी दुख्नुु, हड्डी खिइनुु, सुुन्नीएर विकृत हुनुु (इकतभय ब्चतजचष्तष्क) मानसिक समस्याहरु जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिन्द्रा, यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडीनुु जस्तै पटक पटक इन्फेक्सन भईरहनुु, सर्दी–मर्कीले सताई रहनुु, ज्वरो, खोकी वल्झी रहनुु, मांसपेसी तथा नसा–नाडीहरु कमजोर हुनुु अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हारमोनहरुको मात्र घटवड भइरहनुु, कोलेस्टेरोल, यूूरोक एसीड आदी रगतमा भएका तत्वहरुका मात्रा घटवड भईरहनुु रक्तअल्पताको समस्या देखापर्नु महत्पूर्ण अंगहरुको कार्य क्षमता घट्न जस्ता रोगहरु हुन जान्छ ।
उपचारः
विशेष रोगावस्थाका कारणले कब्जियत भएकोभए रोगको उचित निधान गरेर रोग निर्मुल पार्नेतिर लागौ । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन सुधार हो । भोजन सुधार गर्दा निम्नलिखित तथ्यहरूलाई ध्यान दिनुपर्ने हुन्छ।
१. कब्जियत भएकाहरूले पाचन अंङ्गहरुलाई अधिकतम विश्राम दिनकालागि १६ घण्टे उपवाश विधि अपनाउनु पर्ने हुन्छ । यो उपवाश गर्नका लागि शाझ ६ःः०० बजे भन्दा पहिल्यै खाना खाएर विहान १०ः०० बजे भन्दा पछाडी मात्र खाना खाने गर्नु पर्दछ ।
२. शाझको खानामा अन्नलाई समाबेश नगरेर फलफूल, तरकारी र झोलीलो कुरालाई मात्र समाबेश गर्ने गर्दा कब्जियतलाई जीत्न सजिलो हुन्छ।
३ं. बिहानको नास्ता पुर्व कुभीण्डो वा लौकाको जुस खानेगर्दा यो रोगको लागी अत्यन्त राम्रो गर्दछ।
४. विहानको नास्तामा आफ्नो तौलको एक प्रतिशत जस्तै ७० किलोको मान्छे हो भने उसको लागि ७०० ग्राम, ६० किलोको मान्छे हो भने उसको लागि ६०० ग्राम, मौसम अनुसारको चार किसिमका फलफुलहरु जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काक्रो, आँप, सरिफा, बेल बेलौती, मेवा का साथै अंकुरित मुंग र मेथीहरु मौसमि तरकारीहरु लाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ ।
५ ठोस भोजन दिनको एक पल्ट मात्रै लिने गरौ विहानको भोजनमा रातो चामल वा मकैकोभात, गहँुको वा मकैको पिठोको रोटि, काउली बन्दा तोरई र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पु¥याउछ ।
६. बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ ।
७. माछा, मासु अन्डा, घ्यू, पनिर,दुध, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । चीकु, केरा, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।
ब्यायमः
अङ्गब्यायम,रिढब्याम, सिथिलीकरणब्यायम, प्रातःभ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउँदछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ ।
उपचारः
१.पेटलाई सफागर्ने षटकर्म विधिहरू जस्तै एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन, पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ ।
२. पेटको मांशपेशीहरूलाई प्रभाव तुल्याउने किसिमका उपचार पद्धतिहरू जस्तै तातोको सेकाई, पेटको व्यायाम आदि गर्दा पनि राम्रो लाभ पु¥याउदछ।
कब्जियत आफैमा ठुलो समस्या नभय पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ ।
सावधानीहरु
१. राती चाँडै सुत्ने बिहान ब्रह्म मूर्हत (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडि देखि घाम झुल्किदा सम्मको समय) भित्र उठी सक्ने । उठ्ने बित्तिकै १ लिटर जती मन तातो पानी पुउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पु¥याउदछ ।
२. दैनिक ३० मिनेटको व्यामलाई जीवन शैलीको अभिन्न अंग बनाऔँ । अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पु¥याउछ ।
३. भोजनको समय निश्चित गरी नियमित उसै समयमा भोजन गर्ने गरौँ । रातीको भोजन सकभर सुुर्यअस्त आसपासको समयमा होस् । भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्य एक हो । भोजन गर्दा खुुब चपाई चपाई खाने गरौ । भोजनको समयमा बातचित गर्ने, उठी उठी बा टिभी, कम्प्युुटर अथवा मोबाइलमा ब्यस्त रहेर भोजन गर्नेहरुमा कब्जियत ज्यादा पाइएको छ ।
४. कुुटाइमा कचर पचर खाइ रहने बानी भए त्यागौ ।
५. खानामा मौसमी तथा क्षेत्रीय (लोकल) अन्न तथा सागसब्जिहरुको बिशेष समायोजन होस् । कच्चा सागसब्जि, सलाद तथा रेसादार फलफूलहरुको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।
६. मल त्यागको समयमा मनलाई पूर्ण रुपमा मल त्याग गर्नमा नै लगाऔ । शौचालयमा बसेर अखबार पढ्ने, गीत संगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिस्किले मल त्याग सम्बन्धि सूचना सम्बन्धित अंगहरुलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जीयत हुने सम्भावन रहन्छ ।
७. कब्जीयतका उपर्यूूक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्स लिई रोगको निदान गर्न तिर लागौ ।

मालिस गर्नुका फाईदाहरू।डा. हेमराज कोइराला
05/07/2021

मालिस गर्नुका फाईदाहरू।
डा. हेमराज कोइराला

मालिस गर्नुका फाईदाहरू।
डा. हेमराज कोइराला
मालिस अत्यन्त लोकप्रीय प्राकृतिक उपचार विधि हो। मौषम परिवर्तन, वातवारणिय प्रदूषण, गलत आहार विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिका कारणले शरीरका साम्य अवश्थामा रहेको पञ्च महाभूतहरूको असन्तुलन पैदा भएर विभिन्न किसिमका रोगहरूको जन्म हुने गर्दछ। फलतः व्यक्ति रोगी हुन पुग्दछ । प्राकृतिक चिकित्साको सिद्धान्त अनुसार यि असन्तुलित पञ्चमहाभूतहरूलाई साम्य अवस्थामा ल्याएर सन्तुलित गराएमा रोगी पुनः स्वस्थ्य जीवनमा फर्कन्छ । पञ्चमहाभूत सन्तुलनका लागि प्राकृतिक चिकित्सामा विभिन्न किसिमका उपचार विधीरु छन् जसमध्ये तेल मालिस पनि एउटा उपचार पद्धति हो।

स्वस्थ व्यक्तिले तेल मालिस योग्य मालिस कर्तासंग गराउन सक्छन भने रोगीले मालिस गराउनु पूर्व प्राकृतिक चिकित्सकको परामर्श लिन जरुरी छ । चिकित्सकले मालिस गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति रोगका कारणले उत्पन्न विकृति, पञ्चमहाभूत हरूको अवस्था, व्यक्तिको बल, बय (उमेर) र रोगावस्था आदिको वारेमा पूर्ण जानकारी लिनेछन् । मालिसको प्रकार, समय, मालिसको कला र स्नेहन द्रव्य (तेल) छनोट व्यक्तिको शारीरिक तथा मानसिक प्रकृतिको आधारमा गरिन्छ। रोगीको रोगलाई हेरेर रोग सामक तेलको प्रयोग नै तेल मालिसको विशेषता हो । यी औषधिय द्रव्यहरुको क्रिया र मालिस कलाको संयोजन नै तेल मालिस हो ।
फाइदाहरु
व्यस्तताले भरिएको तनावग्रस्त आध’निक जीवनशैलीका लागि तेल मालिस अमृत समान हो । विशेषतः कफ तथा वात रोगहरुमा तेल अत्यन्त लाभदायक छ । तर, ज्वारो आएको, घाउ खटिरा भएको, एकाएक । सुन्निएको अवस्थामा अभ्यङ्ग गराउनु हुदैन । उपयूक्त औषधिय ्द्रव्यहरुको छनोट गरेर गराइएको मालिसले स्वस्थ्य जीवन चाहने जो कोहिलाई पनि पोषण गर्दछ ।
१. निद्रा सम्वन्धि समस्यहरु जस्तै, निद्रा नआउने, विचविचमा निद्रा टुटिरहने, गहन तथा आरमदायि निद्राको अवस्थासम्म पुग्न नसक्ने, स्वप्ना ज्यादा देख्ने, निद्रामा बरबराउने आदि समस्यमा लाभदायक छ ।
२. त्वचाको रक्तसंचारलाई बढाएर भोजनवाट प्राप्त पोषक तत्वहरु र अक्सिजनलाई तुलनात्मक रुपले कम रक्तसंचार हुने, त्वचाको बाह्य स्थानसम्म पुर्याइ पोषण गर्दछ । फलतः मृत कोषहरु हटाएर त्वचालाई सुन्दर वनाउछ ।
३. दिशा, पिसाप, पसिना जस्ता विजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।
४. जोर्नीहरुको कार्यक्षमता बढाई शारीरिक तन्दुरुस्तीलाई जीवन्त राख्न सहयोग गर्छ ।
५. इन्द्रियहरु निर्विकार हुन्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रंग चुस्त रहन्छन् ।
६.तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जिवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा तेल मालिस साहयक छ ।
७. कम उमेरमै देखा परेका बुढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने, चाउरी पर्ने, त्वचाको प्राकृतिक रंग उग्लिने, हाड जोर्नीहरु खिइने, रगतका नसाहरू साघुरिएर रक्तचाप वढ्ने जस्ता समयस्यमा लाभकारी छ ।
८. धातु क्षयलाई रोक्दछ । अनुहारमा चमक ल्याउदछ ।
डा. हेमराज कोइराला

सयन–स्थिति हेरेरै थहा पाउनुहाेस काे मान्छे कस्ताे छ भनेरःडा. हेमराज कोइराला
02/07/2021

सयन–स्थिति हेरेरै थहा पाउनुहाेस काे मान्छे कस्ताे छ भनेरः
डा. हेमराज कोइराला

सयन–स्थिति हेरेरै थहा पाउनुहाेस काे मान्छे कस्ताे छ भनेरः
डा. हेमराज कोइराला

यदि हजुर कुनै व्यक्तिको व्यक्तिगत विषयमा जान्न चाहनु हुन्छ भने उ सुतिरहेको अवस्थामा लुकेर हेर्नुस कि उ कस्तो आसनमा सुतिरहेको छ रु किनकी ओछ्यानमा सुत्ने सैलीले पनि व्यक्तिका आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारीहरु दिन सक्दछ । एक हजार भन्दा धेरै व्यक्तिहरुको संलग्नतामा व्यक्तित्वको र सयन–स्थितिका बारेमा स्कटल्याण्डमा एउटा अध्ययान गरिएको थियो जसले व्यक्तित्व र सुत्ने सैलीका विषयमा धेरै कुराहरुको जानकारी दिन्छ ।
स्कटल्याण्डको ईडीनवर्गमा अवश्थित निन्द्रा सम्बन्धि अध्ययन गर्ने संश्था “स्लिप असेस्मेन्ट एण्ड एडभाईजरी सर्भिसका”, निर्देशक प्रोफेशर क्रिस इजीकोवाक्सीले सयन स्थितिका मुख्य ६ स्थितीहरुको अध्ययन गरेर यी आसनहरु र व्यक्तित्वको अन्तरसम्बन्धलाई छर्लङ्गयाउने कोशिस गरेका थिए । प्रोफेशर क्रिसका अनुसार जाग्रत अवस्थामा व्यक्तिको वडी–ल्यांग्वेजले व्यक्तित्वको बारेमा धेरै कुरा बताय पनि चेतना र व्यात्तिगत सजगताको कारणले सूक्ष्म व्यक्तित्वको सबै पक्षहरु नखुल्न सक्छ । परन्तु सुप्त अवस्थामा व्यात्तिको व्यात्तिगत सजगता नहुने भएकाले सयन–आसन बाटै उसको सही व्यक्तित्वको धेर–थोर जानकारी लिन सकिन्छ । प्रोफेशर क्रिसका अनुसार सयन सैलीका ६ मुख्य आसनहरु फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस हुन । प्रोफेशर क्रिसका अनुसार यी सयन आसन र व्यक्तिको व्यक्तित्व यस प्रकार छः–
१) फिटसः यो गर्भास्थ शिशुको जस्तो दा“या वा बा“यातिर कोल्टे परी टाऊको, हात र खुट्टा खुम्चाएर सुत्ने, सयन स्थिति हो । यो स्थिति प्रयोग गर्ने व्यक्तिहरु बाहिर धेरै कठोर तर आन्तरिक रुपले अत्यन्त कोमल मन भएको पाईएको छ । यस्ता व्यक्तिहरु पहिलो पल्ट कसैसँग मिल्दा धेरै नखुल्ने, अल्पभाषी र लज्जालु लाग्न सक्छन् तर सम्बन्ध प्रगाढ हुँदै गए पछि चाढै सामान्य भई घुलमिल हुन थाल्दछन । यो आसनको सबैभन्दा सामान्य स्थिति हो । प्रा. क्रिसको अध्ययानबाट प्राप्त तथ्यांङ्क अनुसार पुरुषहरु भन्दा महिलाहरुमा प्रचलीत को सयन स्थिति प्रयोग गर्ने हरुको हिस्सा ४१% छ। । फिटस स्थितिमा बा“या पट्टि कोल्टे परेर सुत्ने हरुमा आमाशय, कलेजो र फोक्सो जस्ता अति संवेदनशिल अंगहरुको केहि न केहि समस्या भएको पनि पाईएको छ भने दाया“ पट्टि कोल्टे परेर सुत्ने हरु तुलनात्मक रुपले स्वास्थ पाईएको छ।

२) लगः सर्वेक्षणमा सामेल १५% सर्वेक्षित व्यक्तिहरु दा“या अथवा बा“या तिर कोल्टे परेर हात लाई शरिरसंग टासेर सामानन्तर राखि खुट्टा नखुम्च्याई सुत्ने गरेको पाईएको छ। । यो सयन स्थितिमा सुत्ने मान्छेहरु सोझा–सिधा, सामान्य, सामाजिक र शान्त प्रकृतिका हुन्छन् भने नचीनेका व्यक्तिहरुमा पनि तुरुन्त विश्वास गर्न पछि हट्दैनन् फलतः यिनलाई कसैले पनि ऊल्लू बनाऊन सक्छ । यो स्थितिमा सुत्ने व्यक्तिहरु अत्यन्त सरल हुने भएकाले यस आसनलाई सोझाहरुको सयन आसन पनि भनिन्छ । ढाडलाई नमोडी सुत्नु पर्ने भएकाले यस स्थितिमा सुत्नेहरुमा कम्मर तथा ढाडको समस्या कम भएको पनि पाईएको छ।

३) यार्नरः सर्वेक्षणमा सामेल भएकाहरु मध्ये १३% ले यो सयन विधि अपनाइएको पाइयो । यस्ता व्यक्तिहरु खुट्टा नखुम्च्याई कोल्टे परेर, हातलाई शरीरको लम्ववत, अगाडीपट्टि सिधै वा हल्का मोडेर सुत्ने गर्छन् । यो स्थितिमा सुत्ने व्यक्तिहरु खुला मिजासका तर संन्दिग्ध तथा सन्काहा मनस्थितिका, निर्णय गर्न लामो समय लिने तर एकपटक निर्णय लिई सकेपछि सायदै बदल्ने, हरेक घटना र परिस्थितिलाई फाईदा वेफईदाको तराजुमा तौलिने र नया“ कुरा तुरुन्त सिक्नसक्ने क्षमताका हुन्छन् । प्रा.क्रिसका अनुसार यो सयन विधि अपनाऊनेहरुमा एसिडिटि र निद्रामा निसास्सिने समस्या धेरै पाईएको छ।

४)सोल्जरः सर्वेक्षणमा सामेल ८% व्यक्ति यस स्थितीमा सुत्ने पाइयो । यो स्थितीमा हात शरीरसंग अभिन्न राखी, ड्यूटि गरेको शैनिक जसरी उत्तानो परेर सुत्ने प्रवृतिका हुन्छन् । यस्ता व्यक्ति शान्त प्रकृतिका, अलग्गै रहन चाहने, कसैसग“ हत्त्त–पत्त्त नखुल्ने, सानातिना कुरामा नअल्झी आफ्नो र अरुको ऊच्च भलाई चाहने प्रवृतिका हुन्छन् । घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निद्रा लिन नसक्ने जस्ता समस्या यो सयन विधि अपनाऊनेहरुमा पाईएको छ।

५)फ्रिफलः सर्वेक्षणमा सामेल ८% व्यक्तिहरु यस आसनमा सुत्ने गरेको पाइयो । यस्ता व्यक्तिहरु पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन् । यो सयन विधि अपनाऊनेहरु मिलनसार, बहिरमुखि, चाडै ऊत्त्तैजित भईहाल्ने, कठिन परिस्थितीमा अत्तालिने, ब्याक्त्तिगत आलोचना नसहने, आन्तरिक रुपले धेरैनाजुक र घुसघुसे हुन्छन् । कामुकता र चन्चलता यस आसनमा सुत्नेहरुको एऊटा विषेशता हो भने पातलो छाला र मजबुत पाचनशक्ति अर्को विषेशता हो ।

६) स्टारफीसः सर्वेक्षणमा सामेल व्यक्तिहरुमध्ये यस आसनमा सुत्नेहरुको सहभागिता ५% थियो । यस स्थितीमा सुत्ने व्यक्तिहरु सहयोगी भएकाले प्रायः राम्रा मित्र साबित हुन्छन् । यो स्थितीमा ढाडको बलले, ऊत्त्तानो परि, खुट्टा फट्याएर, हात तकियाको आसपास राखी स्टारफिश माछाको आकृतिमा सुत्ने गरिन्छ । यो सयन विधि अपनाऊनेहरु प्रायशः सबैको कुरा सुन्न तयार हुन्छन । यीनिहरु आकर्षणको केन्द्र बन्न चाहदैनन् । स्टारफिस स्थिीतिमा सुत्नेहरुमा घुर्ने (स्नोरिङ्ग), दुस्वप्न देख्ने र निन्द्रामा निसास्सिने समस्याबाट ग्रसीत भइएको पाइयो ।
प्रा. क्रिसका अनुसार यी विभिन्न विशेष स्थितीमा सुत्नेहरु आमरुपमा अर्को सयन स्थिति परिवर्तन गरेर सुत्दैनन तर ५% ले भने आसन परिवर्तन गरी गरी सुत्ने गर्दछन ।

सूर्य नमस्कार गर्नुका फाईदाहरूडा. हेमराज कोइराला
24/06/2021

सूर्य नमस्कार गर्नुका फाईदाहरू
डा. हेमराज कोइराला

सूर्य नमस्कार गर्नुका फाईदाहरू
डा. हेमराज कोइराला

सूर्य–नमस्कार धेरै जनाले अभ्यास गर्ने गरेको योग आसनको समूह हो। यो योगीक क्रिया गरेर धेरैवटा योगासन गरे बराबरको लाभ लिन सकिन्छ। सूर्य नमस्कारमा १२ वटा आसनहरूलाई समाबेश गरिएको छ। यी आसनहरूको श्रृखलाबद्ध अभ्यासले शारीरिक, मानसिक एवं आध्यात्मिक लाभ मिल्दछ।

सूर्य–नमस्कार गर्दा अपनाउने नियमहरू।
सूर्य–नमस्कार गर्नको लागि उपयूक्त समय ब्रह्म मुहूर्त हो तथापि पेट खाली छ भने साँझपख पनि गर्न सकिन्छ।। ब्रह्म मुहूर्त भनेको बिहान घाम झुल्किनु भन्दा डेढ धण्टा अगाडि देखि घाम झुल्किने बेला सम्मको समय हो। सूर्यनमस्कार गर्न बह्म मुहूर्तमा उठेर शौच, स्नानादि गरिसकेर, खुकुलो वस्त्र लगाई गर्नु पर्दछ।
१. सूर्य नमस्कार गर्दा पूर्व दिशामा फर्किएर गर्नु चलन छ ।
२. सूर्य नमस्कार गरेको बेला शरीरको प्रत्येक क्रियालाई ध्यानपूर्वक एवं आरमदायक ढंगले गर्नुपर्छ ।
३. सूर्यनमस्कारको अभ्यास सुरु गर्नुअघि विज्ञ योग गुरूको निर्देशनमा गर्नुपर्ने हुन्छ।
४. स्वास्थ्यमा समस्या भएकाहरूले चिकित्सकको परामर्शमा मात्र अभ्यास गुर्नपर्छ।
५. सूर्य नमस्कार गर्दा हतारमा होइन, आरमसाथ श्वासको गतिका साथ गुर्नपर्ने हुन्छ।

आवश्यक सामाग्रीः
सूर्य–नमस्कार गर्नको लागि हलुका खालको सुतीको कपडा र एउटा योग म्याटको आवश्यकता पर्दछ।

सूर्य–नमस्कार विधि
योग म्याटलाई पूर्व पश्चिम दिशामा भूमीमा विच्छ्याएर म्याटको अग्रभागमा दुबै खुट्टालाई आपसमा जोडेर, हातलाई शरीरसंग टसाएर उभिनु पर्ने हुन्छ। अब दुबै हातलाई आपसमा जोडेर नमस्कार मुद्रा धारणगर्दै पूर्व क्षितिजमा सुन्दर सूर्योदय भएको दृष्यको कल्पना गर्नुपर्ने हुन्छ। यसरी उभिदा शरीरको दायाँ र बायाँ पक्षलाई सन्तुलित गर्नुहोस। पेटलाई भित्र तानेर छातिलाई बाहीर फुलाउनुहोस। नमस्कार गर्दा हातले छाती नछुनुहोस र काधलाई शिथिल छोड्नुहोला।
सूर्य नमस्कारको अभ्यासः

१. हस्तोत्तानासनः उपरोक्त विधि अपनाउदै स्थिति अवश्थामा उभिए पश्चात लामो गहिरो श्वाव भर्दै ॐ मित्राय नमःको जाप गर्दै, दुबै हातलाई एकसाथ माथि उठाएर ढाडलाई अधिकतम पछाडि मोड्नुहोस ताकि खुट्टाको पैताला देखि हातको औलाहरू सम्म खिचाँव महसुस होस।
मन्त्रः ॐ मित्राय नमः

२. हस्तपादासनः सूर्यनमस्कारको पहिलो आसनः– हस्तोत्तानासन स्थितिमा अधिकतम रहे पश्चात श्वासलाई बाहीर छोड्दै ॐ रवये नमः को जाप गर्दै ढाडलाई सिधै राखेर कम्मरबाट मोड्दै निधारले घुँडामा छुने कोशीस गर्नुहोस र दुबै हातको पञ्जालाई पैताला दाँयाबाँया स्थापित गर्ने कोशिस गर्नुहोस । यस स्थितिमा अधिकतम रहने कोशीस गर्नुहोला।
मन्त्रः ॐ रवये नमः

३. अश्व संचलनसानः हस्तपादासनमा यथासक्य अडिएर बसिसके पश्चात दुबै हातहरूलाई स्थितिमा राखेर देबे्र गोडालाई घुडाबाट मोड्दै लामो गहिरो श्वास लिएर दाँया गोडालाई सिधा पछाडी तन्काउनुहोस। यसो गरि तन्काउदै गर्दा ॐ सूर्याय नमः को जाँप गनुहोस। यस स्थितिमा अधिकतम रहेने कोशिस गर्नुहोला।
मन्त्रः ॐ सूर्याय नमः

४. दण्डासनाः अश्वसंचालनासनबाट पछडिको खुट्टालाई यसै स्थितिमा राखेर पुनः श्वास तान्दै बाँया खुट्टालाई पनि दाँया खुट्टा सगै सिधा पारेर राख्नुहोस। यसरि दण्डासनको अभ्यास गदैगर्दा ॐ भानवे नमः मन्त्रको जाप गर्नुहोस। यो आसनको अन्तिम स्थितिमा हातको पञ्जा र खुट्टाको औलाहरूले मात्र जमिन छोएको हुनु पर्दछ र शरीर पूर्णतः दण्ड अथवा लौरो जस्तो भएको हुनु पर्दछ। यस आसनलाई अन्तराष्ट्रिय जगतले प्लाङ्क पोज भनेर जान्दछ।
मन्त्रः ॐ भानवे नमः

५. शशाङ्कासनः शशाङ्कासन अथवा खरायो आसन सूर्य नमस्कार योगको पाँचौ आसन हो। यो आसन गर्नकालागि दण्डासनबाट दुबै घुँडाहरूलाई जमिनमा टेकाएर आपसमा मोड्दै पैतलाहरूलाई पछाडी फर्काएर पिडौलामाथि बसी दिनुहोस। पिडौलामा बसी सके पछि ढाडलाई अधिकतम तन्काउनुहोस। यो आसन गर्दा श्वासलाई छोड्न पर्ने हुन्छ र श्वास छोड्दा ॐ खगाय नमः को जप गर्नुपर्ने हुन्छ।आसनमा स्थित भए पछि सामान्य श्वासमा अडिग रहनुहोला।
मन्त्रः ॐ खगाय नमः

६. अष्टाङ्ग नमस्कारासनः यो आसन गर्नकालागि शशाङ्कासन पछि पुन चार हातखुट्टामा उभिनुपर्ने हुन्छ। यसरि उभिए पछि श्वास छोड्दै ॐ पुष्णे नमः को जाँप गर्दै छातीलाई दुबै हत्केलाको बीचमा स्थापित गर्नुपर्ने हुन्छ। यसरी स्थापित गर्दा शरीरको आठ भाग दुबै खुट्टाको पञ्जा, दुबै घुँडा, दुबै हातको हत्केला, छाती र चिउडोले मात्र जमीन छुनेछन्। शरीरको आठ अङ्गले मात्र जमिन छुने भएकाले यस आसनलाई अष्टाङ्ग नमस्कारासन भनिएको हो। यो अवश्थामा स्थित हुँदा श्वासलाई सामान्य राख्नु पर्ने हुन्छ।
मन्त्रः ॐ पुष्णे नमः

७. उध्र्वमुखस्वानासनः कुकुरले आकाश तर्फ हेरेर जिउ तन्काए जसरी हात र खुट्टाको पञ्जाको बलले मात्र शरीर थामेर ढाड तन्काइने हुनाले यस आसनलाई उध्र्वमुखश्वानासन भनिएको हो। यो आसन गर्नका लागि अष्टाङ्ग नास्कारमा स्थापित शरीरलाई सोही स्थितिबाट लामो गहिरो श्वास लिदै ॐ हिरण्यगर्भाय नमः जाप गर्दै टाउको गर्दन छाती र कम्मर पनि उठाएर शरीरलाई केवल हातको हत्केला र खुट्टाको पञ्जाको बलमा मात्र अड्याउनु पर्ने हुन्छ।
मन्त्रः ॐ हिरण्य गर्भाय नमः

८. पर्वतासनः उध्र्वमुखश्वानासन गरे पश्चात हात एवं खुट्टालाई उसै अवश्थामा राखेर श्वास छोडेदै ॐ मरिचाय नमः को जाँप गर्दै कम्मरलाई माथि उठाएर ढाड र खुट्टालाई सिधा तन्काएर पर्वत जस्तो आकार दिईन्छ। अन्तिम अवश्थामा कुर्कुच्चाले जमिनलाई छुनु पर्ने हुन्छ।
मन्त्रः ॐ मरिचाय नमः

९. अश्व संचालनासनः पर्वतासनमा यथासक्य अडिएर बसिसके पश्चात लामो गहिरो श्वास लिदै, ॐ आदित्याय नमः को जाप गर्दै दुबै हातहरूको बिचमा दाहीने गोडालाई ल्याएर स्थापित गर्ने र देब्रे गोडालाई सिधा पछाडी तन्काएर राख्नुहोस। यस स्थितिमा अधिकतम रहेने कोशिस गर्नुहोला।
मन्त्रः ॐ आदित्याय नमः

१० हस्तापादासनः अश्व संचालनासनको स्थितिमा अधिकतम रहे पश्चात श्वासलाई बाहीर छोड्दै ॐ सविते नमः को जाप गर्दै दुबै खुट्टालाई दुबै हत्केलाको बिचमा ल्याएर एकै ठाउमा राखेर शरीरलाई कम्मरबाट अधिकतम झुकाएर निधारले घुँडामा छुने कोशीस गर्नुहोस। यस स्थितिमा अधिकतम रहने कोशीस गर्नुहोला।
मन्त्रः ॐ सविते नमः

११ः हस्तोत्तानासनः हस्तापादासनबाट लामो गहिरो श्वास भर्दै दुबै हातहरूलाई आपसमा जोडेर ॐ अर्काय नमः जाप गर्दै माथि उठेर रिढलाई अधिकतम पछाडि मोड्नु होस।
मन्त्रः ॐ अर्काय नमः

१२. प्रणामासनः प्रणामासन सूर्यनास्कार को अन्तिम आसन हो। यो आसन गर्न हस्तोत्तानासन आसनबाट श्वास छोड्दै ॐ भाष्कराय नमः को जाप गर्दै हातलाई पुनः सुरूवातको नमस्कार मुद्रामा ल्याउनु होला।
मन्त्रः ॐ भाष्कराय नमः
यस पश्चात पुनः स्थिति अवश्थामा आएर खुट्टालाई हल्का फट्याएर हातलाई पछाडि बाधेर आराम गर्नुहोस।

सूर्य–नमस्कारको फाईदाहरूः
१. मांसपेशिलाई लाचीलो र फुर्तिलो बनाउदछ।
२. तौल घटाउन सहयोग गर्दछ।
३. नियमित अभ्यासले स्नायू प्रणालीलाई मजबुत बनाउदछ।
४. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउदछ।
५. रक्तचाप घटाउनलाई सहयोग गर्दछ।
६. मधुमेहलाई पनि नियन्त्रण गर्न मद्यत गर्दछ।
७. अभ्यास पछि शरीरलाई आनन्द प्रदान गर्दछ।

रक्तचापको श्रेणीडॉ. हेमराज कोइराला
21/06/2021

रक्तचापको श्रेणी
डॉ. हेमराज कोइराला

रक्तचापको श्रेणी
डॉ. हेमराज कोइराला

रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिइएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा धेरै रगत प्रवाह हुँदा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भन्निछ । क्रियात्मक रूपले स्वास्थ्थ व्यक्तिमा सिस्टोलीक ९० – १२० एम्.एम्.एच्.जी. र डाएस्टोलीक ६० – ८० एम्.एम्.एच्.जीलाई सामान्य रक्तचाप मानिन्छ । यदि रक्तचापले यी मानबिन्दुुहरु नाघेर तल झरी सिस्टोलकि ९० एम्.एम्.एच्.जी. र डाएस्टोलिक ६० एम्.एम्.एच्.जी भन्दा कमभएको अवस्था लाई निम्न रक्तचाप भनिन्छ । सिस्टोलीक रक्तचाप बढेर १२०– १३९ एम्.एम्.एच्.जी र डाएस्टोलिक रक्तचाप बढेर ८०– ८९ एम्.एम्.एच्.जी सम्मपगुे एसलाई पुर्व उच्च रक्तचाप (रक्तचापको सुरुवाति अवश्था) भनिन्छ । तर यदि रक्तचापले यि मानबिन्दुहरु पनि नाघेर उभोलागे भने यस्तो अबश्थालाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचापको अबश्थालाई पनि प्रथम द्वितीय र तृतीय गरी तीन श्रेणीमा विभक्त गरिएको छ । सिस्टोलीक १४०– १५९ र डाएस्टोलिक ९०– ९९ एम्.एम्.एच्.जी भित्रभए प्रथम श्रेणीको रक्तचाप मानिन्छ भने सिस्टोलीक १६० – १८९ र डाएस्टोलिक १००– १०९ एम्.एम्.एच्.जी भित्रभए द्वितीय श्रेणीको रक्तचाप मानिन्छ । तर यदि रक्तचाप अझै बढ्दै गएर सिस्टोलीक १८० र डाएस्टोलिक ११० एम्.एम्.एच्.जी भन्दा माथि भए तृतीय श्रेणीको उच्च रक्तचाप भएको मानिन्छ । उच्चरक्तचापले कुनै पनि लक्षण नदेखाइकनै विरामीका प्रमुख अंगहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खतम पार्दै लान्छ र विरामीलाई मृत्युको मुखमा पु¥याउँदछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ र नियन्त्रण को पहिलो आयाम भनेकै रक्तचाप जचाउनु हो । रगत जचाईसकेपछि आफ्नो रक्तचापको स्तर (श्रेणी ) थहापाउनुहोस् र यथोचित उपचार को लागि मुटुरोग बिशेषज्ञ लाई सम्पर्क गर्नुहोस।

मृगौला को पत्थरीहुँदा के खाने? के नखाने?डा. हेमराज कोइराला
18/06/2021

मृगौला को पत्थरीहुँदा के खाने? के नखाने?
डा. हेमराज कोइराला

मृगौला को पत्थरीहुँदा के खाने? के नखाने?
डा. हेमराज कोइराला

खनिज तत्व र नुन आदिबाट मृगौलामा बनेकोे ढुङ्गा जस्ताे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ।हुनत मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेबार छन् तर हामीले खाने खानेकुराहरूको भूमीका ती सबै कारक तत्वहरू मध्ये मूख्य मानिएको छ। यसर्थ मृगौलाको पथ्थरीको रोक-थाम तथा उपचारमा भोजन व्यवस्थापनको ठूलो महत्व छ। विशेषत: यो रोग केहि हदसम्म बंसानुगत भए पनि यसको मुख्य कारण भनेको खानपान र जीवनशैली हो। रोग निरोध गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्ने र रोग लागि सके पछि पथ-पहरेज मा बस्नाले यो रोग ठिक हुन्छ।

के खाने ?
१ . प्रसस्त पानीः पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरि छ। धेरै पानी पिउँदा पिसापको मात्रा पनि बडने हुंदा एस ले मृगौला मा बनेको पथ्थरलाईं बगाई लान मद्दत गर्छ।
२ . नरिवल पानीः पथ्थरी हुदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी बन्ने प्रक्रियालाई रोक्छ।
३ . हरियो मकैको चीया: यसमा प्रसस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चीया को सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चीयामा टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ। यस चीयामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ।
४ . जौ को मांड: जौ को मांडले मुत्र-प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ।
५ . भुई-कटहरको रस: भुई-कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन। यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ।
६ . पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा भिटामिन बी -६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिदैन।
७ . बदाम : बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन।
८ . कागती: कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले क्याल्सियम अक्जलेट पथ्थरी हुन दिदैन।
९ . गहतको झोल: गहतको झोललाई शक्तिशालि पथ्थरी समक द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुननदिनका साथै बनेको पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ।
१० . करेला: करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ।
११ . गाँजर : यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ.

के नखानेः
मृगाैलाकाे पत्थरी भएकाहरूले के के नखाने भनेर थाहा पाउनु भन्दा पूर्व पत्थरी कस्ताे किसिमकाे हाे भनेर जन्नु पर्ने हुन्छ। मृगाैलाकाे पत्थरी विशेषतः चार प्रकारका छन।
१. क्यालसियम अक्जेलेट पत्थरीः
२. क्यालसियम फस्फेट पत्थरीः
३. यूरिक एसिड पत्थरीः
४. सिस्टिन पत्थरीः

क. क्यालसियम अक्जेलेट पत्थरीमा के नखाने?
यो पत्थरी धेरै व्याक्तिमा देखिने पत्थरी हो र यस किसिमको पत्थरीको निर्माण पिसापमा निहित क्यालसियम संग अक्जेलेट मिलेर अघुलनशिल क्रिष्टल बनाए पछि हुने गर्दछ। क्यालसियम र अक्जालेट दुबै हामीले खाने धेरै खानेकुराहरूमा पाईने गर्दछ। यी मध्ये क्यालसियम हाम्रो शरीरका लागि चाहिने तत्व हो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन। यसर्थ क्यालसियम अक्जेलेट पत्थरी हुन नदिनको लागि मुख्यत उच्च अक्जेलेट भएको खानेकुराहरूलाई निशेध वा कम गर्नु पर्दछ । यसै गरि शरीरमै अक्जेलेट बन्न मद्यत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नु पर्ने हुन्छ।
१. उच्च अक्जेलेट भएका खानेकुराहरूः
– पालुङ्गो।
– भाण्टा
– काजु, पिस्ता र बदाम।
– कालो अङ्गूर
– च्याउ
– फर्सी
– काक्रो
– टमाटर
– अमला
– मिसो सुप।
– बोक्रा सहितको आलु।
– चूकन्दर।
– कोका पाउडर
– भिण्डी।
– फ्रेन्च फ्राई।
– रास्पबेरी।
– स्टेभिया।
– सूठूनी
२. चर्को नुन हालिएका खानेकुराहरूः चाहिने भन्दा ज्यादा नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसापको रूपमा बाहिर गईरहेको पानीलाई पुनः अवशोषण गरि पिसापलाई बाक्लो बनाउने गर्दछ। यसो हुँदा पिसापमा क्यालसियमको मात्रा बढ्न गई अक्जेलेटसंग संयोग भई क्यालसियम–अक्जेलेट क्रिष्टल बन्ने गर्दछ।यसर्थ मृगौलाको पत्थरीकाट बच्नका लागि उच्च मात्रामा नुन हालिएको, अजीनोमोटो हालिएका एवं, तारे भूटेको, चटपटे, फ्राईडफूड, जंङ्कफूड, बोतल र बट्टाबद्ध खानेकुराहरू आदिको सेबन गर्नु हुदैन।
३. प्राणी जन्य खानेकुराहरूः माछा, मासु र अण्डा जस्ता जनावरबाट प्राप्त प्रोटीनको सेवनले पनि मृगौलाको पत्थरीलाई बढाउदछ। यसर्थ जनावर जन्य खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दुध, दही, चिज, पनिर, बटर आदिको सेवन गर्नु हुदैन।
४. उच्च मात्रामा भिटामीन सीको सेवन गर्ने गर्दा पनि यसले शरीरमा अक्जेलेट उत्पादन गरि उच्च पत्थरी बनाउन मद्यत गर्दछ। यसर्थ प्रति दिन भिटामीन सीको सेवन ५०० मिग्रा भन्दा ज्यादा हुनु हुदैन्।

ख. क्यालसियम फस्फेट पत्थरीमा के नखान?ः
पिसापमा भएको क्यालसियमले जव पिसापमै भएको फस्फेट मिनरल संग संयोग गरि बनाएको पत्थरीलाई क्यालसियम फस्फेट पत्थरी भन्ने गरिन्छ।क्यालसियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन तर उच्च फस्फेट भएको खानेकुराहरू खान सक्दैनन। जस्तै
१. माछा, मासु अण्डा जस्ता जङ्गम खाद्यः प्राणी बाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा फस्फोरस पाईन्छ। खाएको फस्फोरस रगत हुदै पिसापमा उत्सर्जित हुदै गर्दा क्यालसियमसंग प्रतिक्रिया गरेर क्यालसियम फस्फेटको क्रिष्टल बनाउने गर्दछ।
२.दुध, दहि, मही, चिज, पनिर, बटर जस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाईने हुँदा पत्थरी बनाउन मद्यत गर्दछ,
३. सामुन्द्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च श्रोत हो।
४. जङ्क फूडः जंङ्कफूडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ। यसै गरि स्वाद बढाउन र आकर्षक बनाउनको लागि पनि फस्फोरस प्रयोग गरिन्छ।यसर्थ जङ्कफूड, फाष्टफूड, प्रोसेष्डफूड, केनफूट आदिको सेवन गर्नु हुदैन।
५. चर्को नुनको सेवनः उचच मात्रामा नूनको सेवन गर्ने गर्दा यसले पिसापलाई बाक्लो बनाउने हुँदा क्यालसियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाईदिन्छ।
ग. यूरिक एसिड पत्थरी हुँदा के नखाने?
रगतमा यूरीक एसिडको मात्रा बढे सगै यूरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ। यसर्थ यूरिक एसिड बढाउने निम्नलिखित खानेकुराहरू नखानुहोला।
१.माछा—मासुः यूरिक एसिड पत्थरी भएका र यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्कीको मासु मुुटु, कलेजो, मिर्गौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन , रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।
२.समुन्द्री खाद्यान्नः विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दछ र यूरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन ।
३.मदिरा ः– युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, ≈वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा बर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।
४.कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
५.दाल – गेडागुडि ः– दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ र यूरिक एसिड पत्थरी हुन सम्दछ।
६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा पाइन्छ । यसर्थ यस्ता तरकारिको सेवन कुनै पनि प्रकारको पत्थरीका लागि राम्रो होईन।
७.जङ्क फूड ः– जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ र पत्थरी बन्दछ।
८.अचार (पुरानो) तामा , गुन्द्रुकसिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन यस्ता खानेकुराको सेवनले रगतमा यूरिक एसिड बढाएर यूरिक एसिड पत्थरी बन्न सहयोग गर्दछ।
घ. सिष्टिन पत्थरी हुँदा के नखाने?
प्रोटिन बनाउन प्रयूक्त हुने सिष्टिन एमाईनो एसिडको रक्त मात्रा ज्यादा भएर पिसापमा उत्सर्जित भएर बन्ने सिष्टिन पत्थरी अन्य पत्थरी भन्दा आकारमा ठूलो हुने गर्दछ र एक पछि अर्को बनी रहने गर्दछ। यस किसिमको पत्थरीको मुख्य कारण सिष्टिन्यूरीया भन्ने आनुबंशीक रोग हो।यद्यपि खानेकुराहरूको पनि सिष्टिन पत्थरी गराउनमा विशेष भूमीका हुन्छ। माछा, मासु, अण्डा, दुध, दही, चीज, पनिर जस्ता जङ्गम श्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्दछ। यसैगरि अत्याधिक नुन हालिएका खानेकुराहरू जस्तै फ्रे¸फ्राई, आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिष्टिन्यूरीयालाई बढाउदछ।
यसै गरि कम पानी पिउनेहरूलाई पनि सिष्टन पत्थरी हुने सम्भावना रहन्छ। पानी कम पिउदा पिसापको अम्लता बढेर पत्थरी बन्ने गर्दछ।

Address

Bansbhari
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Wellness Hospital • We Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram