06/07/2025
हाल उपभोक्ता अदालतले स्वास्थ्यकर्मीहरूमाथि लिएको केही निर्णयहरू वैज्ञानिक, व्यावसायिक र कानुनी दृष्टिकोणबाट उपयुक्त र तर्कसंगत देखिँदैनन्। चिकित्सा सेवा अत्यन्त संवेदनशील र प्राविधिक प्रकृतिको हुने भएकाले यसमा कारबाही वा मूल्याङ्कन गर्दा विशेषज्ञ तथा पेशागत दृष्टिकोणबाट हेर्नु आवश्यक छ। मुलुकी ऐन र अन्य स्वास्थ्यसम्बन्धी कानुनहरूले यसबारे स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा उपभोक्ता अदालतबाट गरिएको हस्तक्षेप चिकित्सा व्यवसायको मानमर्दन गर्न खोजिएको जस्तो देखिएको छ।
यस सन्दर्भमा, नेपाल मेडिकल एशोसिएसन (NMA) द्वारा स्वास्थ्यकर्मीहरूका हकहित र व्यावसायिक स्वतन्त्रताको संरक्षणको लागि सुरु गरिएको विरोध कार्यक्रमप्रति Sirjanshil physiotherapy center पूर्ण ऐक्यबद्धता जनाउँछ।
स्वास्थ्य सेवाको सम्मान, सुरक्षित सेवा प्रवाह र चिकित्सा व्यवसायको मर्यादा कायम राख्न हामी सम्पूर्ण फिजियोथेरापिस्टहरूलाई यस असार २३ गते (सोमबार) एक दिनको लागि फिजियोथेरापी सेवा बन्द गरेर समर्थन गर्दछौं।