06/04/2026
Just for today, April~6
Growing honesty (बढीरहेको इमान्दारिता)
"व्यवहारिक स्तर मा परिवर्तन आउने गर्दछ किनभने सुधारको एक चरणमा जुन कुरा सहि भएको थियो त्यो अर्को चरण मा पनि सहि हुन्छ भन्ने छैन।"
Basic Text, p. 105
---------------=---------------
जब हामी पहिलो पटक नार्कोटिक्स् एनोनिमोस मा आएका थियौ तब हामी मध्ये धेरै सँग कुनै बैध पेशा थिएन। एन.ए मा आउने बित्तिकै पनि हामी मध्ये सबैले अचानक यो निर्णय लिने गर्दैनौ कि हामी आदर्श र उत्पादक नागरिक बन्न गईरहेका छौ भनेर। तर चाडै नै हामी यो बुझ्दछौ कि सुधारमा हामी धेरै जस्तो कार्य गर्नको लागि त्यति सहज छैन जति हामी त्यसलाई बिना फेरी सोची गर्ने गर्दथ्यौ जब हामी नशा सेवन गर्ने गर्दथ्यौ।
जब हामी हाम्रो सुधार मा विकसित हुदै जाने गर्दछौ, हामी त्यो मामिला हरुमा इमान्दार हुन सुरु गर्ने गर्दछौ जसको शायद हामीलाई कुनै मतलब नै हुने गर्दैनथ्यो जब हामी सेवन गर्दथ्यौ। हामी दोकानादार द्वारा झुक्किएर दिएको बढी रकम फिर्ता गरिदिन सुरु गर्ने गर्दछौ वा आफ्नो गल्ति स्वीकार गर्ने गर्दछौ वा हामी रोकिएर राखेको गाडी मा ठक्कर दिएको कुरा स्वीकार गर्ने गर्दछौ। हामी यो पाउदछौ कि यदि हामी सानो सानो कुरा हरुमा इमान्दार हुन सुरु गर्ने हो भने इमान्दारिता को ठुलो ठुलो परिक्षा हरुको सामना गर्न सजिलो हुने गर्दछ। .
हामी मध्ये धेरै इमान्दारिता को धेरै कम क्षमता लिएर यहा आएका हौ। तर हामीले यो पायौ कि जसो जसो हामी बाह्र पाइला मा कार्य गर्ने गर्दछौ हाम्रो जीवन परिवर्तन हुन सुरु गर्दछ। अब हामी अरुको मिहेनत बाट आफुलाई प्राप्त हुने फाइदा हरुमा त्यति सहज महसुस गर्न सक्तैनौ। आफ्नो नया इमान्दारीता जुन हामीले पाएका छौ त्यसको लागि हामी खुशी महसुस गर्न सक्तछु।
--------------=-------------
आजको निम्ति मात्र :-म आफ्नो जीवनको इमान्दारीताको स्तर को परिक्षण गर्नेछु र हेर्नेछु कि के म यसको साथ् सहज छु।