Loan Béo - Hải Sản Ba Miền

Loan Béo - Hải Sản Ba Miền online as well as door service of lab, pharmacy and health consult.

नमीठो डकार आउँछ? यस्ता छन् घरेलु रोकथामका उपाय: कहिलेकाहिँ अपच हुने गरी खाना खाँदा, बोसो अनि मसालेदार खाना खाँदा, धुम्रप...
13/08/2019

नमीठो डकार आउँछ? यस्ता छन् घरेलु रोकथामका उपाय:

कहिलेकाहिँ अपच हुने गरी खाना खाँदा, बोसो अनि मसालेदार खाना खाँदा, धुम्रपान तथा मद्यपान गर्दा अधिकांशलाई नमीठो डकार आउने समस्या आउन सक्छ। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘एसिड रिफ्लक्स’ (Acid Reflux) भनिन्छ।

ग्यास्ट्रिकको समस्या, पेटको गडबडी र पित्तथैलीको समस्याको कारण एसिड रिफ्लक्स हुने चिकित्सकहरू बताउँछन्। त्यसलगायत कसैकसैलाई मोटोपना र तनावको कारण पनि नमीठो डकार आउने, छात्ती पोल्ने अनि पेट फुल्ने जस्ता समस्याहरू देखा पर्दछन्।

यस्तो अवस्थालाई न्यूनीकरण गर्न अनि यसबाट छुट्कारा पाउनका लागि आज हामी तपाईँहरूलाई केहि घरेलु रोकथामका उपायहरू बताउन गैरहेका छौँ-

१. पुदीना
एक गिलास पानीमा पुदीनाको ५ पत्ता राखी उमालेर पिउनुहोस्।
यसमा पाइने एण्टासिड (Antacid) ले पेटमा अपच भएर बसेका खानेकुराहरूलाई पचाउन मद्दत गर्दछ र त्यसबाट निस्कने नमीठो डकारलाई रोक्दछ।
२. कागती
विहान उठ्ने बित्तिकै १ गिलास पानीमा ३/४ थोपा कागतीको रस चुहाएर पिउनुहोस्।
यसमा हुने एण्टिअक्सिडेण्टले पेटमा भएको गडबडीलाई समाधान गरी पेट फुल्लिएको र नमीठो डकार आउने समस्याबाट राहत प्रदान गर्दछ।
३. मेवा
मेवामा ‘पापिन’ नामक इन्जाइम पाइन्छ। जसले नमीठो डकार आउने समस्याबाट राहत प्रदान गर्दछ।
त्यसैले खाना खाइसकेपछि मेवा खाने बानी बसाल्नुहोस्। यसले खानालाई पचाउन पनि मद्दत गर्दछ।
४. दही
पेट दुखेको बेला, ग्यास्ट्रिकले सताएको बेला, गानो गएको बेला अनि नमीठो डकार आएको बेलामा १ गिलास दहीमा १ चिम्टी बेसार राखेर खानुहोस्। तुरुन्तै राहत मिल्दछ।
५. सुकमेल
१ गिलास पानीमा ३/४ दाना सुकमेल पिसेर मिसाउनुहोस् र त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्।
त्यसलाई मनतातो बनाएर पिउनुहोस्। यसले दुर्गन्धित सास, नमीठो डकार जस्ता समस्याबाट छुट्कारा दिन्छ।

25/09/2017

क्यान्सर लाग्न वा फैलन भन्दा अगाडिनै screening (जांच) गर्न मिल्ने केहि tests हरु:
१. महिलामा स्तन क्यान्सर छ छैन पत्ता लगाउन
-- Mammogram: महिलाको ४० बर्ष उमेर पुगेपछि प्रत्येक साल
(** सरदर प्रत्येक ८ जना महिलामा एक जनालाई breast cancer हुन्छ तर गरिब मुलुकमा धेरैलाई आँफुलाई breast cancer भएको थाह नपाई मृत्यु हुन्छ )
२. गर्भाशय र यो संग सम्बन्धित अंगहरुमा क्यान्सर छ छैन पत्ता लगाउन
-- Pap Test र Human Papillomavirus (HPV) testing: महिलाको उमेर २१ बर्ष देखि ३० बर्ष सम्म प्रत्येक ३ सालमा र त्यसपछि ६५ बर्षसम्म प्रत्येक ५ बर्षमा
३. गुदद्वार देखि ठुलो आन्द्रामा क्यान्सर छ छैन पत्ता लगाउन
-- Colonoscopy: महिला-पुरुष दुबैले ५० देखि ७५ बर्षमा प्रत्येक १० बर्ष
४. ३० बर्ष जति चुरोट पिएकाको फोक्सोमा क्यान्सर छ छैन पत्ता लगाउन
-- A low-dose CT scan (LDCT): ५५ देखि ८० बर्षको उमेरसम्मकाले
५. प्रसटेटमा क्यान्सर छ छैन पत्ता लगाउन
-- ४५ बर्षको उमेर पछि ७६ बर्षसम्मका पुरुषले DRE (digital re**al exam) प्रत्येक साल; PSA test प्रत्येक २-३ बर्षमा
६. छालामा क्यान्सर छ छैन पत्ता लगाउन
-- Skin screening/biopsy: सबै उमेरमा यदि छालामा अनौठो दाग आएमा वा बढ्दै गएमा
-----------------------------------
मेरो उदेश्य जनचेतना दिने मात्र हो उपचार गर्ने होइन
यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनुहोला
Talk2Kalyan/Twitter
----------------------------------
**३० बर्ष नाघेकाले प्रत्येक साल check गर्नु पर्ने:
-- Total cholesterol, HDL, LDL, Triglycerides आदि
-- यी कुराहरु normal राख्न सकियो भने मुटु र रक्तनलीलाई स्वस्थ राखेर heart attack, stroke (मस्तिस्कघात/ पक्षघात) हुन बाट बचाउन सहयोग पुग्छ l
** American Cancer Society (Jan 7, 2017) को बिज्ञप्ति अनुसार अमेरिकामा अघिल्लो २१ बर्षमा रोग लाग्न भन्दा अगाडिनै screening (जांच) गर्नाले क्यान्सरबाट मर्नेको संख्या २३ प्रतिशत झरेछ l रोग लागेपछि मात्र अस्पताल/
क्लिनिक जाने होइन, स्वस्थ भएको बेलामा रोगै लाग्न नदिने उपाय लिन पनि बार्षिक रुपमा अस्पताल/क्लिनिक गएर डाक्टरसंग सरसल्लाह लिन, चेक जांच गर्न जानु पर्दछ भन्ने कुराको पुष्टि गर्छ यो समाचारले l

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Loan Béo - Hải Sản Ba Miền posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram